www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

साहित्य संसार

Page 20 of 20« First...1617181920

गजल

Jyotipunja Suresh: घाऊ जति सबै ,गढाएर हेर्नु । मन त्यति अझै,सडाएर हेर्नु । बिषैफूल फुले,बोटैभरी किन? जरा सबै काटी, लडाएर हेर्नु । ऐना हेरी होला,भय आँफैसित, हातै बैरीतिर , बढाएर हेर्नु । बाँच्नुमर्नुबिच,रेखा रै’छ कस्तो? भिरछेउ मनै ,अडाएर हेर्नु ।... (थप पढ्नुस् )

गजल : पग्लिएर प्यालासम्म

Narayan Gaunle पग्लिएर प्यालासम्म नझरेको भए रुन्थें म’नि प्यूने बानी नपरेको भए ! ढाकिएछ मनको क्यारी उम्रिएर आँसु बाँझै बस्थ्यो बरु खुसी नछरेको भए ! सासैभित्र बल्झिएर छोइएर दुख्छौ कति टाढा हुन्थ्यौ डेरा नसरेको भए ! छट्पटी छ पर्खाइ छ... (थप पढ्नुस् )

धेरैलाई नया जीवन दिलाउन सफल रूपा विमल

मणिपुर, भारतमा माता अनु बस्नेत र पिता गोपालसिंह बस्नेतको कोखबाट जन्मिएर हाल मैजुबहाल, चावहिलमा बस्नुभएको सुमधुर स्वरकी धनी रूपा विमल । रेडियो नेपालका उपनिर्देशक श्रीमान् धनेन्द्र विमल क्षेत्रीको धर्मपत्नी रूपा विमल विगत लामो समयदेखि सञ्चार माध्यमहरू (रेडियो नेपाल, क्लासिक एफ.... (थप पढ्नुस् )

प्राप्त पुस्तक

प्राप्त पुस्तक १) कृति ः वर्तमान बिझाउँदा (गजल संग्रह) स्रष्टा ः अथाहसागर तीर्थमान पृष्ठ ः ६० + १२ मूल्य ः रु. ४०।– प्रकाशिका ः प्रमिला श्रेष्ठ, सुमी श्रेष्ठ ‘अर्पणा’ सम्पर्क ः अथाहसागर तीर्थमान, हरफ साहित्यिक मासिक पत्रिका, गण्डकी पुस्तक भण्डार,... (थप पढ्नुस् )

यातायात, विकास र राजनीति : नम्रता शर्मा

अँध्यारो महादेशका रूपमा चिनिएको अफ्रिका एक अति रोचक र धेरै कुरामा वास्तवमा उज्यालो पनि छ । यहाँका मानिसको रङ कालो भए पनि मन मैले धेरै उज्यालो पाएँ । गरिबी र भोकले पिल्सिएर कतिपय ठाउँमा आतङ्क त अवश्य छ तर, त्यो... (थप पढ्नुस् )

‘रहस्यमय भोगाइ’ मा घोत्लिंदा : मित्र पोखरेल

सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवं सिलसिलेबार प्रस्तुतीनै कथा लेखन हो । हाम्रो दैनिक जीवनमा घटेका यस्तै–यस्तै सामाजिक, राजनितिक तथा पारिवारिक घटनाहरूलार्ई कथानक बनाएर सिङ्गो कथासङ््ग्रह लिएर आएकी छन् कथाकार सुबिसुधा आचार्य कृति रहस्यमय भोगाई मार्फत् । नेपाली साहित्यको उर्भरभूमि... (थप पढ्नुस् )

सुनको गलै“चामा हिरामोती जडेजस्तो टोरोन्टो : सुलोचना मानन्धर

सुभयात्रा ! रातैरातलाई नाघेर अगाडि बढिरहेका छौं । राति १० बजे क्यानाडा, टोरोन्टोबाट उड्न खोजेको जहाज झण्डै ११ बजेतिर मात्र उड्यो जहाजमा टाँसिएका बरफ सफा गर्न समय लिएको रे । कति चिसो थियो होला बाहिर ! हुन त यो डिसेम्बर... (थप पढ्नुस् )

समय रक्तस्नान गरिरहेछ उपत्यकामा सार्वजनिक

ब्यस्तता, हतारो, आतुर यी सबै माखेसाङ्गलो हुन् जुन सिङ्गो मानवत्वलाई पिञ्जडामा थुन्ने, ब्यक्तिगत स्वतन्त्रतामाथि धावा दिंदै कैदी बनाउने र लाद्ने आफू खुशीका स्वच्छन्दतालाई बिवशता र बाध्यताको पोल्टामा, कावाखाँदै वातावरणीय संसारिक वागमा स्वच्छन्द पंक्षी सुनौलो पंख फिजाएर उड्न नपाउने ? समयको... (थप पढ्नुस् )

अद्भूत दृष्य : जलेश्वरी श्रेष्ठ

म सानो हुँदा पढेको विद्यालयको रजतजयन्तीमा सम्पूर्ण भूतपूर्व बिद्यार्थी, शिक्षकहरुलाई उपस्थितिका लागि एउटा पत्रिकामा निमन्त्रणा दिइएको रहेछ । म पनि त्यसै विद्यालयमा पाँच कक्षासम्म पढेको थिएँ । मैले पाँच कक्षासम्म पढेर त्यो विद्यालय छाडेको थिएँ । त्यो विद्यालय दुई पटकसम्म... (थप पढ्नुस् )

बन्दढोका : चन्द्रकला नेवार

सबैको जीवनमा एकपल्ट बैश उर्लेर आउँछ । जीवनको त्यो पाटा ………..जहाँ स्वयं आफ्नो जीवनले समेत बुझ्न नसकेका रहस्यहरुको उद्घाटन हुँदछ । रङ्गीन सपनाको मीठो मीठो तृष्णामा मानिस छट्पटाउँछन् । त्यो छट्पटाइमा जीवनको अलौकिक सौन्दर्य लुकेको हुन्छ । तर ……..यस्ता स्वप्नमय... (थप पढ्नुस् )

म अब एक्लो छैन : इल्या भट्टराई

देहब्यापार कतिको लागि विवशता हुन सक्छ, तर तिनको लागि भने देहब्यापार विवशता होइन भन्ने मलार्ई पक्कै थाहा छ । त्यसैले त तिनी देह ब्यापार गर्छिन् भन्ने तथ्य जब मैले थाहा पाएँ, त्यो सत्य मेरा लागि आठौं आश्चर्य भै दियो ।... (थप पढ्नुस् )

आरनका गोलहरू : सुबिसुधा आचार्य

“पुन्टे ए पुन्टे ! कता मुन्टिएछ, यो घोक्रो सुक्ने गरी कराउँदा पनि चाइँचुइँ छैन, आमाचाहिँ कता अन्मरिई ।” आरनमा रहेका गोलहरूले चुसेर बाँकी रहेको रगत पनि चुस्छन् सबै परिवार मिलेर । मच्चाएर उचाली सकेको घन त्यसै लसक्क भुइँमा फ्यात्त फाल्छ,... (थप पढ्नुस् )

कन्जुस : विमल मित्र

एकदिन म हावडादेखि विलासपुर गइरहेको थिएँ । म बसेको पहिलो श्रेणीको डिब्बामा एउटा मानिस चढ्यो । उसको धोती अलि फाटेको थियो अनि कमिज मैलो थियो । मैले उसलाई शंकाको दृष्टिले हेरें । त्यो मानिसले छेउमा आएर सोध्यो– “तपाइँ कहाँ जानुहुन्छ... (थप पढ्नुस् )

Page 20 of 20« First...1617181920