www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गीत/गजल

Page 5 of 8« First...34567...Last »

गजल: Bhanu Sunuwar

गजल: Bhanu Sunuwar

पीडाभरि जलि बस्छौ, कहाँ खुशी मीत हुन्छ, हार्दा पनि नथाके पो, यहाँ तिम्रो जीत हुन्छ । कहाँ फुल्छ खुशीहरु, शंकै शंका रोप्छौ भने, शंका पाले बर्षात नै, शिसिरको शीत हुन्छ । विश्वासगरि हेर त थाहा, हुन्छ माया के हो, विश्वासगर्न... (थप पढ्नुस् )

गजल: अनन्त लम्साल बगर

गजल: अनन्त लम्साल बगर

हजारौँमा हजारै तीर् हान्छ प्यासी भंवराले। जवानीले पुस्ट कुन् छ,छान्छ प्यासी भंवराले।। घाम पानी हुरी सहि, रंगाएको पत्र-पत्र, मनोमानी जथाभाबी तान्छ प्यासी भंवराले। मात्तिएर नकचरो, पुष्प-मधु पीइ-पीइ, आफैँ एकाधिकारीझैँ,मान्छ प्यासी भंवराले। चुम्न खोज्दा नमानेर,यताउता सर्दा पनि, जबर्जस्ती जुठो पारी,जान्छ प्यासी... (थप पढ्नुस् )

गजल: अमर ‘सरोवर’

छाडिदिए हुन्थ्यो कि त, तारिदिए हुन्थ्यो बरु । रुवाएर राख्नु भन्दा, मारिदिए हुन्थ्यो बरु ।। म फुटेर टुक्रा-टुक्रा, हुँदा पनि नहोस् दुखी, दु:ख जति मेरै तिर, सारिदिए हुन्थ्यो बरु । माया गर्ने मन भन्दा, धोका दिने मन धेरै, मुटु अझै... (थप पढ्नुस् )

गजल: नवराज “नबोदित”

मेरो जस्तै तिम्रो आँशु,छल्किएला सानी बैनी । आँखा हरु रसाएर ,टल्किएला सानी बैनी । तिमी जस्तै चुलबुले,थिएँ म नि जवानीमा होस गर्नु प्यासीहरु,पल्किएला सानी बैनी । सोच्ने गर्नु हिड्दाखेरी,पाइलामा सधैंसधैं बेमानि’का जालभित्र,अल्झिएला सानी बैनी । ख्याल गर्नु सधैंसधैं,तिमी तिम्रो भबिष्यको... (थप पढ्नुस् )

गजल :Postraj Chapagain

गजल :Postraj Chapagain

हिरा नाच्ने शितदाना छटा छोड्ने शशीले हो । कुटुम्बेरी कथा लेख्ने विधाताको मसीले हो ।। यहीं दिन् भो यहीं रात्री लमी बन्यो नि झिस्मीसे । दुर्इ अ।त्मा मिली यस्तै बिहे रच्ने दसीले हो ।। मलेवा झैं घुमी नाच्ने प्रिया साथै... (थप पढ्नुस् )

गजल : सुवास श्रोष्ठ

गजल : सुवास श्रोष्ठ

जिन्दगीमा साथीहरु कति आए कति गए कति साथी साथैमा छन् कति डाँडा पारी भए। कोही लागे धन तिर कोही साथी बन तिर जाने ठाउँ एक भए नि हुन्छ अरे बाटो सय। थाहा छैन जिन्दगीमा कहाँ कहाँ पुग्नु पर्छ जन्मदैमा हुन्छ... (थप पढ्नुस् )

गज़ल : कृष्ण प्यासी, झापा हाल: दुबई यु.ए.इ.

गज़ल कोरी तिमीलाई , सुनाएरै छाड्छु। प्यासीको यो मनमा सानु, थुनायेरै छाड्छु। फुलेकीछ्यौ गुराँस झैं, ढकमक्क लाली छर्दै, रस चुस्न भमरा झैं, भुनायेरै छाड्छु। लालुपाते ओठ तिम्रो, भुल्न सक्छु कसरी म, माया गर्न बल्छी भित्र, उनायेरै छाड्छु। प्यासीको यो बल्छी... (थप पढ्नुस् )

गजल : माधब दाहाल ‘निश्छल’

एक पल्ट मरि फेरि जिएको मान्छे हु“ म । आफ्नै चिता जलाएर फर्किएको मान्छे हु“ म । जँड्या मान्नुहोस् या मान्नुहोस् परुषार्थि, सयौं बोतल लडाएर उभिएको मान्छे हुँँ म । जो—जो आए आफ्ना बनि कुल्चिएर गए सबै दुनियाले घृणै—घृणा दिएको... (थप पढ्नुस् )

गजल: आकांक्षा शर्मा

गजल: आकांक्षा शर्मा

फूलले रंग गुमायो तिमि हाँसेको देखेर। मयुर शीर झुकायो तिमि नाँचेको देखेर। हराए तारा झुल्कियौ जब जुनेली रातमा, जूनले ज्योति लुकायो रूप बालेको देखेर। आकास ढाकी फैलेको मेघ खुम्चियो रिसाइ, बैंसालु हावा लोलायो केश बाँधेको देखेर। झरिले मोति बर्षायो,क्षीतिज् इन्द्रेणी... (थप पढ्नुस् )

गजल :Karun Thapa

जति चले तीर सबै यही छातीले छेक्दै आएँ । यौटा फूल टिप्नलाई सयौं काँढा टेक्दै आएँ ॥ तिम्रो माया अमृत भन्दा कम्ति कहाँ रहेछ र जति जति घाउ लाग्यो त्यही मायाले सेक्दै आएँ ॥ तिमीलाई धेरै माया गर्छु म त... (थप पढ्नुस् )

गजल: स्वप्निल प्रमेश

कमल हुन खोजें हिलो भएकोछु थिचिएर साह्रै गिलो भएकोछु  जस्ले देख्यो उस्ले गए निचोरेर हिजोआज सबको पिलो भएकोछु गइन उनी पनि पाउ तर्काएर पैतालामा बिझ्ने किलो भएकोछु बाटो ढुकी बस्छन जवाफ माग्नेहरु आज पनि थोरै ढिलो भएकोछु रसाएर आँखा... (थप पढ्नुस् )

गजल:लेकाली सुनगाभा

पूर्णिमाको यादमा किन,रुन्छे होला चाँदनी । खै औंसीको रातमा कहाँ,हुन्छे होला चाँदनी । । मोतिदाने शीतको थोपा,तप्प तप्प चुहाउँछे । सधैंसधैं प्रात:मा मुख,धुन्छे होला चाँदनी । । प्रियतमको मातमा झुम्न,पन्ध्रै दिन कुरेपछी । हररात सपना कस्तो,बुन्छे होला चाँदनी । ।... (थप पढ्नुस् )

गजल: एकान्तमा झस्काउँछ:अन्तरिक्षा यात्री

एकान्तमा झस्काउछन, शुन्य पदचापहरु टिप्छु तिम्रै अभावमा , पैतालाका छापहरु झोसी दियौ पीडा दिल्मा, पुत्ताउँदै जलिरहेँ पिउन सक्छु बिना पानी, आगोका ती रापहरु के के गरेँ जिन्दगीमा,छैन कुनै लेखा जोखा मृत्युपश्चात् जोखिएलान्, धर्म अनी पापहरु यता तान्छु उता छोटो, उता... (थप पढ्नुस् )

गजल: Neel Bahadur Khadka

नजर जुधाइ हेरिरन्थेँ, हेर्दिन म ढुक्क बन । गौंडा ढुकी घेरिरन्थेँ, घेर्दिन म ढुक्क बन । धेरै गरेँ आकाशका, तारा झार्ने कुरा पनि । ढाँट्दै कुरा फेरेँ होला, फेर्दिन म ढुक्क बन । समयको गतिसँगै, मन मोडी गयौ तिमी ।... (थप पढ्नुस् )

गजल :दीपक लोहोनी

लेक अनि वेशी धाउँछु होनी काली नेपाली पुत्र। सबै सँग प्रीत गाउँछु होनी काली नेपाली पुत्र।। सरल् भेष सरल् लवाज बोलि भित्र मिठास छ नि। सबै सँग मित लाउछु होनी काली नेपाली पुत्र।। कर्म गरी रम्छु सदैव दिन्न दोष भाग्... (थप पढ्नुस् )

Page 5 of 8« First...34567...Last »