www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा/लघुकथा

Page 2 of 41234

कथा : विकास : बखतबहादुर थापा

कथा : विकास : बखतबहादुर थापा

प्रकृतिले मान्छेलाई जति लोभ्याउँछ, मान्छेले मान्छेलाई त्यति नै तर्साउँछ । नागबेली डाँडाहरूमा ढकमक्क फुलेका फुलहरू, वन्यजन्तुको लुकामारी, चराचुरुङ्गीको चहचह स्वर, झरनाको मोहक सुसेली । कति सुरभ्य प्रकृति ! यो हाम्रो प्रकृतिको अतिरञ्जित गुणगान हैन । प्राकृतिक सौन्दर्यले परिपुण छ हाम्रो... (थप पढ्नुस् )

नयाँ नेपाल ! नयाँ नेपाल ! !:भाउपन्थी

“नयाँ नेपाल ! नयाँ नेपाल ! नयाँ नेपाल !” यस्तो सुनियो बिहानै सडकमा चिच्याउँदै हिँडेको । के रहेछ भनेर हेरेको त टाउकोमाथि डालोमा बदाम लिएर बेच्ने पो रहेछ । “आयो आयो नयाँ नेपाल !” उसले फेर िचिच्याएर भन्यो । कस्तो... (थप पढ्नुस् )

कथा : आधुनिक सन्दर्भमा पौराणिक प्रेमकथा: अरुणा उप्रेती

पौराणिक कालका सावित्री र सत्यवानले फेरि पृथ्वीमा जन्म लिएछन्। पहिलेको जन्मको याद दुवैलाई भएकाले दुवै एकअर्कासँग नै प्रेम र विवाह गर्ने ध्याउन्नमा थिए। तर, पूर्वजन्मजस्तो राजा-महाराजाको घरमा जन्म नलिएर सावित्रीले राष्ट्रपतिको घरमा जन्म लिइन्। सत्यवान चाहिँ राजनीतिक नेताको घरमा जन्मिए।... (थप पढ्नुस् )

कथा : निदाएँ जगदम्बा: नयनराज पाण्डे

उनलाई अचेल राम्ररी निद्रा पर्दैन। अनिद्राका रोगी भएका छन्। सुरुसुरुमा त उनले आफ्नो अनिद्रालाई सामान्य रूपमा लिएका थिए। तर पछि उनलाई यसले निकै दुःख देला जस्तो लाग्न थाल्यो। एक त राजनीति गर्ने मान्छे। त्यसै पनि सधैँ तनावग्रस्त, सधैँ चिन्ताग्रस्त भइरहनुपर्ने।... (थप पढ्नुस् )

कथा: त्यो रात : दिनमान गुर्मछान ‘दिगु’

रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो । सडक अलपत्र त्यही भुइँमा असरल्ल अस्तव्यस्त लडिरहेको... (थप पढ्नुस् )

कथा : पराई आमा : सरु पोखरेल

बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ । जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल-व्यवसायीको महत्त्वपूर्ण समय हो । दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन् । ”बहिनी, फूल दिनोस् न... (थप पढ्नुस् )

कथा : ढुलमुले चोक : दिनेश बस्नेत

‘एकाबिहानै आँखा मिच्दै निस्केको मान्छे । खाना खान पनि वास्ता छैन, कहिल्यै बेलामा खान जाने होइन । उही झोल धोक्न पाए पुग्यो । चामल किन्ने भनेर हजार राखेकी थिएँ । अहिले सिरानीमुनि हेर्दा त छैन । होइन, पैसा राखेको ठाउँबाट... (थप पढ्नुस् )

कथा : मञ्जरी दिदी ! : विनोद दीक्षित

पुष्पालाई एक वर्षदेखि देख्दै आएको थिएँ । बोलचाल पनि धेरै पटक भएकोले क्यान्टिनमा सँगै खाना पनि खाएका थियौँ । हप्तामा दुई पटक जति भेट हुन्थ्यो पुष्पासित । उनी पनि हाम्रै ˆयाकल्टीमा पढ्थिन् पहिलो वर्षमा । म भने तेस्रो वर्षमा ।... (थप पढ्नुस् )

कथा : म डाक्टर भइनँ : नृपेन्द्र पुरुष ‘यादि’

मान्छेको जस्तै संसारको पनि भाग्य हुन्छ भन्ने कुरा अब प्रस्ट भइसकेको छ । संसारलाई न त विश्वयुद्धले बदल्न सक्यो नत विश्व क्रान्तिले । मान्छे के ले सञ्चालित छ त, संसारजस्तै, सृष्टि के हो, प्रलय ? छन् त अरू पशुहरू !... (थप पढ्नुस् )

कथा : क्यान्टोनमेन्ट नम्बर ३७३० : डा. ऋषिराज बराल

हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो यसयलआर र माथिदेखि... (थप पढ्नुस् )

कथा : टेस्ट्युब बेबी र मेरी प्रेमिका : अनमोलमणि

रात छिप्पिँदै बिस्तारै कालो बन्दै गइरहेको छ। बहिर कुकुर कराएको सुनिन्छ। पर कतै मोटरको मधुरो आवाज पनि आइरहेको छ। ठीक त्यही वेला मैले आफ्नो कोठाको कम्प्युटर अन गरेँ र टेलिफोन लाइन थुतेर इन्टरनेट जोडेँ। शायद यो त्यस्तै राति बाह्र बजेको... (थप पढ्नुस् )

कथा : उल्टो कोट : कृष्ण प्रसाई

सिगरेटको अन्तिम सर्को तानेर निखि्रसकेको ठुटोलाई छेउकै खाली भुइँमा �याँकिसकेपछि पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउँदै लामो सास तानेर काकाले भने “मेरो पुरानो प्रतिज्ञालाई पुनःर्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो गरेँ ।” यति भनिसकेपछि तत्कालै उनले आफ्नो... (थप पढ्नुस् )

कथा : ओ पत्रकारज्यू ! : कृष्णराज सर्वहारी

सुन्नु भएन, घरबेटी बा कराई रा’ को । उठ्नुस् न भन्या । (श्रीमतीले झक्झकाइन्) । ओ पत्रकारज्यू पत्रकारज्यू । घरबेटी न्वारनदेखिको बल निकालेर चिच्याइराखेको छ । घडी हेर्छु, बिहानको पाँच बज्नै लागेको छ । म तौलिया मात्रै बेरेर ढोकाबाट चियाउँछु... (थप पढ्नुस् )

कथा : लोभ : होमशंकर बास्तोला

नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली � ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ ।’... (थप पढ्नुस् )

कथा : अस्तित्व : ज्योति जङ्गल

अन्ततः हामी छुट्टयिौँ । छुट्टनिु थियो, कि थिएन ? छुट्टनिे गरी हामी एक भएका नै थियौँ कि थिएनौँ अथवा हाम्रो मिसावटमा अब छुट्याउन सक्ने किसिमको के छ र ? हामी दुवैले पहिलो स्पर्शमा एकअर्कालाई छोएका थियौँ । हामीमा अपार सामीप्य... (थप पढ्नुस् )

Page 2 of 41234