www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कविता

Page 2 of 3123

मभित्रको म: Swapnil Nirav

मभित्रको म: Swapnil Nirav

मलाई अंगाले झै निर्धक्क अंगाल्न नखौज मनभरि वितृष्णा संगाल्न नखोज किन कि मभन्दा कठोर छ मभित्रको म म भन्दा खतरनाक छ मभित्रको म मलाई कुल्चिए झै निर्लज्ज कुल्चन नखौज संवेदना विर्सन नखौज किन कि मभन्दा सचेत छ मभित्रको म मलाई... (थप पढ्नुस् )

कविता: Uddhav Silwal

कविता: Uddhav Silwal

चक, डस्टर र कालो पाटी अनी उही उत्ताउला बसन्ती युवाहरुसङ्गको सङ्सर्ग जीवनका संध्याकालीन एक्ला रातहरु पल पल थाहा छैन किन उमङ्ग छर्न खोज्छन ? पछील्लो बेन्चमा बसेर मुस्कुराइ रहन्छ ?? म आफ्नो त्यो यौबन सम्झन्छु जब उच्छ्वासले छचल्किएर मेरा रेसमी... (थप पढ्नुस् )

कबिता: Surendra Devkota

कबिता: Surendra Devkota

मलाइ नसिकाउ आगोको गणित बरु लैजाउ आकाश भन्दा पर जहाँ आगोको कुने रापले छुन नसकोस् नडसुन् अतितका सापहरुले । तिम्रा बगै‌चाहरुमा पारीजात फुलेको साँझमा तिम्रो प्रथम ऋतुयामको सुर्यस्नान हेर्न कुनै चोरबाटो बाटआउन नसकेकोमा पछुताउदै अन्जुलीभरी टिपेका फूलहरुलाई कसरी बगाउनु मैले फोहर बाग्मतीमा ।... (थप पढ्नुस् )

काव्यदृष्टिमा अधमरा रातहरु : रामप्रसाद प्रसाईं

 काव्यदृष्टिमा अधमरा रातहरु : रामप्रसाद प्रसाईं

पारूहाङ्ग-सुम्निमालाई मकलभरि धुप सल्काएर मुन्धुम गम्दा आंशु आंशु हुन्छन् यी आंखाहरू बोधगम्यताको अज्ञेय भेदमा अवचेतन रेडियोधर्मिता संजीवनी सजीऊन मुखरित सदाबहारछन् बहारहरूमा अधमरो रातसँगै स्वपनिल घोप्टे भीरहरू बक्षस्थलका मानचित्रहरूमा श्रृजना र सन्त्रासका त्रिशुलीहरू कलकल कलकल सुसेल्दैछन् हु/चीलका स्पन्दनहरूबाट अ/प्र/भावहरूको बिरौटो खलोमा... (थप पढ्नुस् )

कबिता :सुरेश नाचीज

कबिता :सुरेश नाचीज

बाउबाजेकै छाला काढेर त गिँजा दुखाउने होला’नि यसपालि पनि! आईज दशैँ म तँलाई जमराले स्वागत गर्छु रक्तरंजित! हावाले छोइँदा पनि महाभारत लड्लान जस्ता! बिर्से होलान्? आमाहरुले लट्टे पकाउन! बा’का तिघ्राका रौँ उडेका डल्लीभैँसीका गहनाहरु कन्तबिजोग! जमानाले काँढे घिउ बिर्सेको छैन... (थप पढ्नुस् )

कबिता : पदम चिन्तित नेपाल

कबिता : पदम चिन्तित नेपाल

 “म म्रुत्यु सल्काई रहेछु”  म डन्हिलमा पीडा सल्काउँछु पीडा सँगै सल्किएका मेरा अधुरा ईच्छाहरु मृत पलहरु अनि त्यसका धमिला छाँयाहरुलाई धुवाँ सँगै आकाशतिर उडाउँछु एक पछि अर्को गर्दै निस्किएका मेरा अधुरा ईच्छाहरु मृत पलहरु अनि त्यसका धमिला छाँयाहरु रुमुलिदै मेरै... (थप पढ्नुस् )

कबिता : बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’

कबिता : बसन्त कुमार श्रेष्ठ 'क्षितिज'

झल्को मनमा आइरन्छ सान्नानीले हाँसेको सल्लेरी पाखैमा हाम्रो माया पिरती  गाँसेको आजै जस्तो लाग्छ डाँफे मुनाल नाचेको हे होइ भन्देउ साँहिली याद आउछ आउदैन ? घाँस दाउरामासंगै छौ मन मन्दिरमा बस्दछौ मेला पात मै चाहिने मुस्काएर हाँस्दछौ बस्यो प्रेम तस्बिर... (थप पढ्नुस् )

नेपथ्यको पीडा : सुनील पुरी

नेपथ्यको पीडा : सुनील पुरी

नेपथ्यबाट रङ्गमञ्चमा संवाद्का दृश्यहरू बोलिरहेका छन्— पात्रहरू एकअर्कासँग ! र संवाद्मा प्रश्न गरिरहेका छन्— एकएक गरी । तिम्रो, नाम ?— ‘नेपाल’ तिम्रो, धर्म ?— ‘नेपाल, तिम्रो कर्म ?— ‘नेपाल’ तिम्रो, जात ?— ‘नेपाल’ र तिम्रो ‘नेपाल’ ! दर्शक हाँसिरहेका छन्—... (थप पढ्नुस् )

के नै छ र लानी ? : Shrestha Surakshya

तिम्रो मात्र होइन कुरा मेरो पनि सुन बिनासित्ती गालि गर्छौ मनलाग्छ रुन दुर्बासा को रुप छोडी बन तिमी  जुन मिठो हुन्छ तरकारी नि ठिक्क भए नुन केहि कुरा गर्न खोजे फोड्छु भन्छौ गाला देख्दिन है आजभोली तिम्रो निको चाला सधै... (थप पढ्नुस् )

आमा म अमान्छे जन्मन चाहन्छु:Anju Subedi

आमा ! म अमान्छे जन्मन चाहन्छु मेरा चाहना शब्दहरुमा अनपेक्षित हुन सक्छन तर अब यो उपेक्षित नगरियोस किनकि मान्छेका आयामहरुमा मान्छेहरु सधै एहाँ छोरा वा  छोरी मात्रै भए काला वा गोरी मात्रै भए कि भए गरीब र अमीर बहेन समान... (थप पढ्नुस् )

कबिता :रबी रोशी

उषाकालिन प्रहरसंगै पूर्व क्षितिजबाट अंकुरित कलिलो शरदप्रभाकर अनि, नेपाली आँगनमा उदाउँदै गरेको तिमी बडादशैँ यसपाली त देशवासीका लागि सुखद बनेर आइदिनु आफ्नो त झेली भाग्यले बाध्य बनाई बिदेशिनु पर्दाको शाश्वतपीडा दशैँको चटारो संगै गाउँमा रोटेपीङ्ग घुम्दा यता मन फनफनी घुम्छ... (थप पढ्नुस् )

कबिता: हेमन यात्री

उस्तै छु म आजपनि आइरहेछ स्मृतिमा अतीत जीवनका कुनै एकबेला टुप्लुक्क पुग्थ्यौं तिमी मेरो घरको आँगनमा र समयको बुई चढेर लेखेट्थ्यौ दिनभरि घर छेउछाउ लुकिबसेको एकान्त, साँझपख जब कतै फर्कनुहुन्थ्यो आमा तिमी स–सानो चोरबाटाको पछि लागेर हिँड्थ्यौं हिउँदमा नदीले किनारमा... (थप पढ्नुस् )

कविता-माधव प्रसाद भट्टराइ ( बिवश बिप्र )

कविता-भिक्षु मन …..म हिडिरहेछु………….. विशुद्ध पथहरुमा/पथहरुविच मनको डोको भर्न इलामे-इच्छा खोज्दै !! तर, खै भेटेको ?? म…… झुस् स्वागत गर्न सक्दिन !! भनौंला ….. झुस् पनि माया गर्न सक्छ चसक्क बिझेर !! भो, चाँहीन्न त्यस्तो माया !! पहिलो-पटक प्रेम अस्वीकारको... (थप पढ्नुस् )

कबिता:सिड्नी बन्दरगाह-Surendra Dawadi

एक चोक्टा समुन्द्र माथि आदिवासीहरुको करंग र हड्डी जोडेर बनाइएको जस्तो अझंग सिड्नी बन्दरगाह पुल आफ्नो टांग मुनि वार पार गराई रहन्छ छ्वांके थुतुनो परेका सेता डुंगाहरु । किनाराका भित्ताहरुमा कट काटिएका तिनै आदि बासीहरुका रगतका टाटा पखाल्न छयाप्प! छयाप्प!... (थप पढ्नुस् )

कबिता: सुरेश नाचीज

कबिता:  सुरेश नाचीज

अर्चना-पुजा भ्यागुता कता छन? मोबाईल ट्यार्र ट्यार्र! खुशी होलान ईन्द्र? बाँझोबारीमा हलो अड्काएर एक जत्था हलीहरु मुहाली हाँस्छन खिस्स! बर्षात होला कि?पातालबाट! नन्दी भृङ्गीदेखी भूत् प्रेतसम्म तेत्तीस कोटी? मोहोडामा धुप दिप नैबेद्य दक्षिणा! साष्ट्रङ्ग दण्डवत गर्छ बबुरो शोडषोपचार! फल? प्राप्तीको... (थप पढ्नुस् )

Page 2 of 3123