दृष्टि बिहिन कांग्रेस र नौटंकी एमाले

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

दृष्टि बिहिन कांग्रेस र नौटंकी एमाले

शिब प्रसाद ज्ञवाली
जब देशमा जनयुद्ध वार कि पारको अवस्थामा थियो राजतन्त्र अत्ताल्लिएको थियो, कांग्रेस एमाले लगायत संसदिय दलहरू घर न घाटका भएका थिए । माओवादीले राजनैतिक इमान्दिारिता अनि राष्ट्रिय आवश्यकतालाई अन्दाज गर्दै भिरबाट लडिसकेका एमाले कांग्रेसलाई बाह्रबुदे एतिहासिक सम्झौता मार्फत पुर्नजीवन प्रदान ग¥यो । १० वर्षे जनयुद्धको बलमा संसदिय पार्टी अनि माओवादीको संयुक्त र शसक्त १९ दिने जनआन्दोलनको भार थेग्न नसकेर ज्ञानेन्द्र सत्ताच्युत हुन पुगे । आन्दोलनको बलमा आन्तरिम व्यवस्थापिका गठन भयो । कांग्रेस र एमालेको नियत त्यतिबेला देखि संकास्पद थियो । जब ज्ञानेन्द्रले संसद पुनस्र्थापना गरे कांग्रेस एमालेले त्यही संसदलाई पुर्णरुपमा संचालन गर्न चाहन्थे । आन्तरिम संसद गठन प्रकृयामा नै कांग्रेसले १०/१२ वर्ष अघिको तथ्याङ्कको आधारमा आफू देशको ठूलो दलको अहम् पालेर बसेको थियो । १० वर्ष देखि ऊ न गाउ छिरेको थियो न आङ्खना तल्ला स्तरका कार्यकर्ता र जनता जनयुद्धमा होमिएको देखेको थियो । त्यस्तै भ्रम एमालेले पनि पालेको थियो । कांग्रेसको भ्रम थियो कि माओवादी राप्रपा भन्दा सानो पार्टि थियो । त्यसले माओवादीका ३५÷३६ हजार नियमित सेना अनी लाखौ मिलिसिया र दशौलाख कार्यकर्ता देख्ने उसको दृष्टि थिएन । कुवाको भ्यागुतोले कुवा नै संसार देखेजस्तै त्यसको दृष्टि उपत्यकाको खाल्डो भन्दा बाहिर जान नसक्ने भएको थियो । एमालेले पनि माओवादीलाई वामदेवको माले भन्दा बढि आकलन गर्न सकेकोे थिएन । त्यही आंकलनको भरमा आन्तरिम संविधानमा दुइ तिहाइको प्रावधान राख्न सजिलै सहमति जनाए । कांग्रेसले सोचेको थियो कि २ तिहाईको प्रावधान राख्यो भन्यो सबैभन्दा ठूलो पार्टी आफूनै हुने भए पछि सत्ताको स्वाद राम्रै चाख्न पाइनेछ । एमालेको त कुरै भएन । उ त ताक परे तिवारी नत्र गोतामे । उसको अवसरवादी चरित्रको त्यसबेला कुनै अर्थ थिएन । उसलाई माओवादी र आङ्खनो कद बराबर बनाइएकोमा मुर्मुरिएर मात्र बसेको थियो । कांग्रेस–एमालेले त्यही आन्तरिम व्यवस्थापिकालाई तिनीहरुको संसद बनाउने अनि २०४७ सालको संविधान ब्युताएर राजालाई कहिले बेबी किङ कहिले महिला किङ र कहिले कल्चरल किङको नाममा स्थापित गर्ने सपना बुन्दै परिवर्तनलाई तुहाउने अनि त्यसको दोष माओवादीलाई दिन तल्लिन थिए । त्यसको लागि विभिन्न दलाल–मिडिया र त्यसका मालिकहरू अनि दक्षिणको आशिर्वाद लिनमै व्यस्त भए । अनेक षडयन्त्रका वावजुत माओवादीको निरन्तरको आन्दोलन अनि छलफल पछि मात्र असम्भव प्राय भइसकेको संविधानसभाको चुनाव सफल भयो ।
आन्तरिम संविधानमा राखेको दुई तीहाइको प्रावधानको अर्थ कांग्रेस एमालेले बल्ल बुझे जब संविधान सभाको चुनावमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्न पुग्यो । अझ त्यसमा पनि माओवादी नभै कसैले पनि दुइतिहाइको सपना नदेखे हुने भयो । अब उनीहरुको निद्रा हरायो । दुई तिहाइको प्रावधानमा टेकेर संविधान नबनाई संविधान सभाको म्याद थप्दै वर्षौं वर्ष सरकार चलाउने सपना देखेको दृष्टिहिन कांग्रेसले त्यसपछि ‘सर्वसत्तावाद’ अनि ‘माओवादी तानासाही’ हुने हौवा पिटाएर दुई तीहाईको प्रावधानलाई गणतन्त्रस“ग सौदावाजी ग¥यो । गणतन्त्र र सहमतिय प्रणली साट्नु पर्ने भयो । गणतन्त्र स्थापनाको लागि माओवादीले सहमतिय प्रणालीलाई त्याग्नु पर्ने भयो । यदि त्यो समयमा एमालेले माओवादीको साथ दिएको भए सहमतिय प्रणालि पनि स्थापित हुन्थ्यो अनि गणतन्त्र पनि स्थापित हुन्थ्यो र गइसकेको जेष्ठ १४ गते नेपालीले संघिय गणतन्त्र नेपालको संविधान प्राप्त गरी सोको अभ्यासमा तल्लिन हुन्थे । वास्तवमा भन्ने हो भने सहमतिय प्रणाली एमालेकै कारणले हटाउनु परेको थियो भन्दा पनि फरक पर्दैन । हुनत एमाले इतिहास देखि नै देशको कलंक हो । हर अन्तिम समयमा यसले प्रतिगमनलाई साथ दिएको कसैका सामु छिपेको छैन । एमालेलाई प्रतिगमनको मतियार भन्दा पनि फरक पर्दैन । १५÷१५ वर्षसम्म हावादारी र चुट्कावाजले चलाएको पार्टी त्यो भन्दा फरकको अपेक्षा गर्नु पनि गलत हुन सक्छ । ‘स्याटेलाइटबाट बिजुली बेच्ने’ले एमालेको माक्र्सवाद स्याटेलाइटबाट साम्राज्यवादीलाई बेचेछन् । जबजको खोल ओढेर विस्तारवाद र साम्राज्यवादको सेवा गर्दै विसर्जनवाद तिर जानु एमालेको चरित्र बन्यो र अहिले पनि निरन्तर त्यही यात्रामा छ ।
सत्ताको रस्वादन गर्न जो कसैको साथ दिन पनि पछि नपर्ने एमाले अहिले सम्मा कहिले मन्त्रि त कहिले प्रधानमन्त्रिको स्वाद चाखेको छ । अहिले सम्म न एमालेले सहमतियि पद्दतिको वकालत ग¥यो न त सहमतिय पद्दतिको पक्षमा रह्योे । आन्तरिक कलह र सत्ता मोहमा फसेर एमालेले अहिले फेरि नया“ नौटंकी देखाउन थालेको छ । सहमितको नाममा देशलाई अनिर्णयको बन्दी बनाई रहेको छ । सतहमा हेर्ने हो भने एमाले सहमतिय पद्दतिको पक्षपाती देखिन खोजेको छ । तर त्यसको यो कदमले संविधान सभा विघटन गरी पुनः २०४७ सालको संविधान व्युताउनेहरुलाई टेवा पु¥यारहेको मात्र नभएर ऊ आफै त्यो षडयन्त्रमा लागेको छ भन्न हिचकिचाउने पर्ने अवस्था छैन । सहि नियतले गरेको गलत काम पनि सहि हुन्छ तर गलत नियतले गरेको सहि काम पनि गलत हुन्छ । एमालेको नियत नै गलत राखेर सतहमा सहि जस्तो देखिने नाटक अहिले गरेको छ । फेरि पनि घुमाइ फिराइ ऊ प्रतिगमनको बाटोमा जान चाहन्छ । त्यसैको लागि संविधान सभालाई बिना कामको सावित गर्ने र विघटन गर्नेमा लागिरहेको छ । यदि एमाले साच्चिकै सहमतिय पद्दतिको पक्षपाति भएको भए संविधानसभाको पहिलो बैठकमै माओवादीको साथ दिनु पर्दथ्यो । नत्र भने जनतालाई यो नौटंकि देखाउने बेला होइन । तिमीहरुको नौटंकी जबज देखि सुरु भएको थियो । तिमीहरुको निरन्तर नौटंकी ‘महाकालीबाट स्याटेलाइटबाट बिजुली बेच्ने’, ज्ञानेन्द्रका पाउमा दाम चढाउने अनि आधाप्रतिगमनसम्म आउदा जनतालाई बढि भइसकेको छ । जनताले तिमीहरुको अरु नौटंकी हेर्नु छैन । पार्टी भित्रको आन्तरिक कलहको कारणले देशलाई अनिर्णयको बन्दि बनाउनु भन्दा तिमीहरुको पार्टी विघटन गरेर आ–आङ्खनो वर्गिय औकात अनुसार कुनै पार्टी छोप्यो भने एमालेका नेता कार्यकर्ताको पनि भलो हुन्छ अनि देश पनि वार या पार लाग्छ । जबसम्म एमाले भन्ने नाटकबाज यो देशमा रहिरहन्छ तब सम्म यो देशले निकास पाउ“दैन ।
अन्तमा, दृष्टिहीन कांग्रेसको सही र गलत देख्ने दृष्टि भर्ने अनि एमालेको नौटंकि बन्द नगर्दा सम्म न हामीले नया“ जनमुखी संविधान पाउन सक्छौं न त देशमा दिगो शान्ति स्थापना गर्न सक्छौं । ती दुई दृष्टिहिन र नौटंकीबाजलाई परास्त गर्न माओवादी नेतृत्व एकता र दृढताकासाथ अघि बढ्नु पर्दछ । एकता र दृढता भयो भने कुनै ‘माइकलाल’हरुले चाहेर पनि सूर्यलाई हत्केलाले छेक्न सक्नेछैनन् । जो अगाडी बढ्छन् उही गन्तब्यमा पुग्छन् बीचबाटोमा बस्नेको कुनै औकात हु“दैन ।
साभार जनदिसा दैनिक

प्रतिक्रिया छाड्नुस्