पुस्तकालय भवन निर्माण

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

पुस्तकालय भवन निर्माण

पोखरा, २७ साउन । सूर्यचन्द्र विकास समाज पोखरा–५ मालेपाटनले २० लाख रुपैयाँको लागतमा सहिद स्मृति पुस्तकालय भवन निर्माण थालेको छ ।

भवन निर्माणका लागि सांसद विकास कोषबाट एक लाख रुपैयाँ, आवास तथा सहरी डिभिजन कार्यालयबाट एकलाख ९० हजार रुपैयाँ प्राप्त भएको निर्माण समितिका सदस्य धनबहादुर नेपालीले बताउनुभयो ।

भवन निर्माणका लागि १० लाख आठहजार रुपैयाँ सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया छाड्नुस्