आँखुको सुसेली सार्वजनिक

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

आँखुको सुसेली सार्वजनिक

कर्मचारी मिलन केन्द्रले वाषिर्क मुखपत्र ‘आँखुको सुसेली’ प्रकाशन गरेको छ । १५ वर्षअघि सुरु पत्रिकाको एघारौं अंकमा पनि धादिङका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक पक्षबारे जानकारी छन् ।

जिल्ला न्यायाधीश नवराज उपाध्यायले बुधबार उक्त पत्रिका सार्वजनिक गर्दै केन्द्रका कर्मचारीहरू पेसाप्रति व्यस्त रहँदारहँदै सिर्जनात्मक काममा अग्रसर भएकोमा प्रशंसा गरे । उक्त अवसरमा धादिङका साहित्यकार डिल्लीरमण शर्मा अज्र्याललाई ५ हजार रुपैयाँसहित सम्मान गरियो । उनी उक्त मुखपत्रका अतिथि सम्पादकसमेत हुन् ।

कार्यक्रममा केन्द्रका संरक्षक प्रजिअ भरत पौडेल, जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिवजीप्रसाद दास, कोष नियन्त्रक खगेन्द्रकुमार श्रेष्ठ र प्रहरी निरीक्षक मीनबहादुर घले, दलहरूका प्रतिनिधिसमेत सहभागी थिए ।

प्रतिक्रिया छाड्नुस्