गीत:मधुश्री

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गीत:मधुश्री

तिम्रो नजरको वाण तिमी तिरै फर्किँदैछ ।

दरो सँग टेक साथी तिम्रो धर्ती चर्किँदैछ ।।

कहिले चर्यौ मेचीकाली,नालापानी सुस्ता हुँदै ।

नर्तकी झैँ नचाई हेर्यौ सधैँ पुस्तौँ पुस्ता हुँदै ।।

बुढोरुख गलिसक्यो नयाँ पोथ्रा दरिँदैछ ।।

दरो सँग टेक साथी तिम्रो धर्ती चर्किँदैछ ।।

घट्नेछैन सगरमाथा खाल्डो खनि पुरिँदैन ।

उच्चै हुन्छ देशभक्ति मरि भ्रम चुलिँदैन ।।

लालि चढी पालुवामा प्रेमरस दर्किँदैछ ।

दरो सँग टेक साथी तिम्रो धर्ती चर्किँदैछ ।।

तिम्रो नजरको वाण तिमी तिरै फर्किँदैछ ।

दरो सँग टेक साथी तिम्रो धर्ती चर्किँदैछ ।।

प्रतिक्रिया छाड्नुस्