गजल :दीपक लोहोनी

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल :दीपक लोहोनी

लेक अनि वेशी धाउँछु होनी काली नेपाली पुत्र।

सबै सँग प्रीत गाउँछु होनी काली नेपाली पुत्र।।

सरल् भेष सरल् लवाज बोलि भित्र मिठास छ नि।

सबै सँग मित लाउछु होनी काली नेपाली पुत्र।।

कर्म गरी रम्छु सदैव दिन्न दोष भाग् यमा मैले।

चट्टानमा हिरा पाउँछु होनी काली नेपाली पुत्र।।

काम गरी खेत् मा शरीर पसीना ले भिजेको बेला।

चिसो हावा बनी आउँछु होनी काली नेपाली पुत्र।।

चिरीदिने निशा रातको राख्छु मैले सामर्थ्य आज।

जुन बन्दै रात् मा छाउँछु होनी काली नेपाली पुत्र।।

प्रतिक्रिया छाड्नुस्