गजल: एकान्तमा झस्काउँछ:अन्तरिक्षा यात्री

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल: एकान्तमा झस्काउँछ:अन्तरिक्षा यात्री

एकान्तमा झस्काउछन, शुन्य पदचापहरु

टिप्छु तिम्रै अभावमा , पैतालाका छापहरु

झोसी दियौ पीडा दिल्मा, पुत्ताउँदै जलिरहेँ

पिउन सक्छु बिना पानी, आगोका ती रापहरु

के के गरेँ जिन्दगीमा,छैन कुनै लेखा जोखा

मृत्युपश्चात् जोखिएलान्, धर्म अनी पापहरु

यता तान्छु उता छोटो, उता तान्छु यता छोटो

नसकिने रैछ लिन, भाग्यका ती नापहरु

कहाँ मात्र गरूँ यात्रा, ठेसै लाग्छ गोरेटोमा

पच्छ्याउनु पर्ला अब, डुबाउने धापहरु

आफ्नै आसु आँफैलाई, रेट्छ बनी हतियार

परेलिमा छुपाउन, पर्‍यो बरै दापहरु !!

प्रतिक्रिया छाड्नुस्