अध्यात्म चिन्तन प्रतिष्ठानद्वारा भक्ति संगीत कार्यक्रम

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

अध्यात्म चिन्तन प्रतिष्ठानद्वारा भक्ति संगीत कार्यक्रम

काव्यसुधा / अध्यात्म चिन्तन प्रतिष्ठान नेपालको आयोजनामा पाक्षिक कार्यक्रम स्रष्टा समूहको प्रस्तुत कार्यक्रम स्रष्टा एक सिर्जना अनेक विषयक वैदिक साहित्य सम्बन्धी अन्तरक्रिया, कविता वाचन, अध्यात्मिक प्रवचन सहित भक्ति संगीत कार्यक्रम हालै काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रम संयोजक अच्युतप्रसाद पौडेल चिन्तनले धार्मिक प्रवचन प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि शीतलबाबु रेग्मीले कार्यक्रममा समाहित भएको विविध स्वरुपबाट असल समाज निर्माण र धर्म संस्कृतिको संरक्षण हुने बताएका थिए । गायक दिपक ठकुरी , गायिका चन्द्रकला घिमिरे , पुष्प रंजित , माधव परियार, रामबहादुर सुनुवार, राजेश वस्याल, रत्नप्रसाद उप्रेती, राधेश्याम अर्याल, भाग्यशाली अधिकारी, श्रीराम ढकाल, संजीजनी कुंवर, भगवती खरेल, शोभा डंगोल, रिता के.सी, प्रमिला न्यौपाने, उषा देवी चापागाइँ, सान्नानी पाण्डे, श्री निवास श्रेष्ठ, रामसुन्दर तिवारी आदि दर्जनौं व्यक्तिहरुबाट भजन तथा नृत्य प्रस्तुत भएको सो कार्यक्रमको सभापतित्वमा मातृ शक्ति भुवनेश्वरीबाट भएको थियो ।

यसैबीच नागपंचमीको पावन अवसरमा पशुपति भुवनेश्वरी क्षेत्रमा आरम्भ भएको ११ दिने धार्मिक अनुष्ठानको उद्घाटन १०८ दीप प्रज्वलनका साथ अध्यात्म चिन्तन प्रतिष्ठानका अध्यक्ष पं अच्युतप्रसाद पौडेल चिन्तन, सनातन धर्म सेवा समितिका अध्यक्ष शिला पन्त एवं स्वदेश, विदेशका धार्मिक गुरुहरुबाट समुद्घाटन सम्पन्न भएको छ । कालसर्प योग निवारण यज्ञ, राधाकृष्ण झुला महोत्सव तथा नियमित कथा प्रवचन, गणेश पुराण पारायण तथा संगीतमय भजन, कीर्तनका साथ कार्यक्रम यही ऋषि तर्पणी पूर्णिमासम्म संचालन हुने कुरा तुलसी संजीवनी संस्थाका तिलक पौडेलले बताएका छन् ।

प्रतिक्रिया छाड्नुस्