गजल:लेकाली सुनगाभा

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल:लेकाली सुनगाभा

पूर्णिमाको यादमा किन,रुन्छे होला चाँदनी ।

खै औंसीको रातमा कहाँ,हुन्छे होला चाँदनी । ।

मोतिदाने शीतको थोपा,तप्प तप्प चुहाउँछे ।

सधैंसधैं प्रात:मा मुख,धुन्छे होला चाँदनी । ।

प्रियतमको मातमा झुम्न,पन्ध्रै दिन कुरेपछी ।

हररात सपना कस्तो,बुन्छे होला चाँदनी । ।

मुस्काउँछे नखरा पार्दै,लठ्याएर तारा ग्रह ।

अरबौँको खातमा जून,चुन्छे होला चाँदनी । ।

लजाउँदै युवती जस्तै,जूनेली रातमा रम्दै ।

फूल अनि पातमा चुम्दै,छुन्छे होला चाँदनी । ।

प्रतिक्रिया छाड्नुस्