रिर्पोटिङ्लाई नगएको त्यो पल : सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

रिर्पोटिङ्लाई नगएको त्यो पल : सुबिसुधा आचार्य

२०६७/ ०५/०५ भोक, रोग र शोकले ग्रस्त एउटा देशमा महात्मागान्धी पुगेछन्, घुम्दै फिर्दै जाने क्रममा । महात्मागान्धी त ठूला नाम चलेका व्यत्तmि, सबैले पुज्ने उनलाई, उनको आगमनमा ठूलो स्वागतसभाको आयोजना गरिएछ । खास भन्नु पर्दा त्यो देशका जनतामा परेको समस्या, आपत, संकट आदिबाट सबैलाई छुटकारा गराउने ठूलो उदेश्य लिएर उनी त्यहाँ पुगेका थिए ।
स्वागत, सत्कार गर्ने क्रममा एकजना महिला अगाडी देखा परिन् र झुकेर अभिवादन गरिछन् । उक्त महिलाको शिरदेखि पाउसम्म नियालीरहेका गान्धीले सोधेछन् – ‘हैन तिमीले कसलाई नमस्कार गरेको ? ‘ती महिला एकछिन त टोलाइछिन् भनाइको तात्पर्य नबुझेर त्यसपछि भनिछन् –‘हजुरलाई हो महाराज ।‘
बाँधेको फेटाले मुख पुछ्दै गान्धीले भनेछन्– ‘सज्जन महिला महोदय, तपाईले मलाई सम्मानले नमस्कार गरेको हैन, यो त मलाई अपमान गरेको भयो नि त ।‘
‘तर कसरी महाराज ? ‘आश्चर्यले चकित हुँदै सोध्छिन् महिला ।
गम्भिर मुद्रामा गान्धी बोल्छन् –‘मैले त यो देशका सबै जनता भोक, रोग र शोकले त्रसित अनि ग्रसित छन् भनेर पो यस समस्याको समाधानको खातिर केही गर्न सकिन्छ कि भनेर आ‘को तर तपाईंले त यो देशलाई खरिद गर्न पुग्ने गहना लत्ता–कपडा लगाएको पाएँ अनि यो मेरो अपमान भएन त ?‘ गान्धीको यो वचनले ती महिला एकैपल्ट कृष्णभिरबाट त्रिसुलीमा फालहालेको जस्तो भइछन् ।
उनको मुख रातो पोलेको फलाम जस्तो भएछ र उनले हत्त न पत्त आफूले लगाएको सबै गहना फुकालेर पोको पारेर गान्धीको हातमा थमाइ दिएर त्यहाँबाट भागिछन् । त्यो गहना राष्ट्रकै ढुकुटीमा जिम्मा लगाएर गान्धी आफ्नो देश फर्केछन् र फर्कने बेलामा सबैलाई भनेछन्– यो देश गरिव, असहाय, भोक, रोग र शोकको सिकार किन भएको होला भन्ने सोचेको थिएँ, त्यसो हैन रहेछ, यहाँका मानिस, मानिसको सोचाइ पो गरिब, भोको र रोगी रै‘छ ।‘ यस्तो रोगको कही कुनै देशमा पनि उपचार छैन ।
सभाका मान्छेहरु सबै मुखामुख गर्न थालेछन् र महात्मागान्धीले आफ्नो बाटो तताइसकेपछि भट्टाभट आफ्नो घरको सन्दुकमा थन्काएको गहना ल्याएर राष्ट्रको ढुकुटीमा जिम्मा लगाएछन् । यस्तो कार्य गरेको एक महिनामै देशका कोहि पनि मान्छे भोक, रोग र शोकले तड्पिने, छटपटाउने भएन । अरु देशको तुलनामा त्यो देशका जनताहरु सुखी, खुसी भए । अनि एउटा सून्दर नमुना देश भएर चिनिएको थियो रे, त्यो देश ।
हो, मलाई यही कुरा सम्झेर घरी घरी मुटु कोपरिरहन्छ । जब बाढी पिडीतहरुले, रोगीहरुले वा जुनसुकै प्राकृतिक प्रकोपबाट पिडितहरुले आफनो क्षेत्रमा नयाँ मान्छे जो आए पनि औषधि, खाद्यान्न, लत्ताकपडा ल्याएको हो कि भन्दै आसाले नजर बिच्छ्याउछन्, त्यो मैले देखेँ, भेटेँ ।
त्यति मात्र कहाँ हो र ? साउनको अन्तिम सोमबार पशुपतीबाजेको दर्शन गर्न आएकी नेपालको उच्चपदमा बिराजमान भएको मन्त्रीकी पत्नी चिल्लो मोटरबाट मैलो लाग्ला कि झैँ गरेर जमिनमा टेक्दै बाहिरिन् ।
ठीक त्यही बेला भिडबाट अनायासै दुबै खुट्टा नभएको दश–बाह्र बर्षको बच्चा पाँच,दश रुपैया माग्दै उनको सारीको फेर समाउन आइपुग्यो ।
ती मन्त्राणी सारीको सप्कोले केटालाई हिर्काउदै र बकुल्लाको चुच्चो जस्तो हिल भएको जुत्ताले त्यो ठुटे खुट्टामा करप–करप कुल्चदै मुखबाट ‘इडेट‘ शब्द उच्चारण गर्दै अघि बढिन् । उनका सुरक्षाकर्मीहरुले त्यो केटोलाई लात्तीले हानेर पाखा लगाउदै, मन्त्राणीको पछि पछि लागे ।
मैले यसो चियाएँ, ती मन्त्राणीलाई । उनको गलामा मात्र बिस तोला भन्दा बढी सुन झुण्डिएको हुनुपर्छ । हातको गोडाको गहनाको त के कुरा ? अनि उनलाई नियाली रहेका मेरा आँखा अनायासै बाटोमा दायाँ–बायाँ बसेका, अन्धा, लुला, लङ्गडा, बैरा, बृद्धा रोगी अशक्त माथी गएर टाँसियो । ती मन्त्राणीको कार्यक्रममा म रिर्पोटिङमा नगइ त्यहीँ अल्झिएँ । रिर्पोटिङ्लाई नगएको त्यो पलमा मन मनै भनँे ‘एकपल्ट नेपालमा पनि आइदिन प¥यो लौन महात्मागान्धी, यो भोक, रोग र शोक नियन्त्रण गर्न । के आइदिन सक्नुहुन्छ ?‘
acharyasubisudha@yahoo.com

2 प्रतिक्रिया

  1. Krishna Adhikari says:

    धेरै धेरै धेरै राम्रो दिदि हजुर को कलम यसरि नै चल्दै जाओस साच्चै गान्धि आऊनेछन यहा यो भोक, रोग र शोक नियन्त्रण गर्न

  2. santos timilsina says:

    साह्रै सान्दर्भिक बिषय उठाउनु भो सुबी जि, मेरो मन छोयो यो लेखले यस्तै लेख सधैं पढ्न पाईरहु मेरो चाहना छ !!

प्रतिक्रिया छाड्नुस्