गीत – फेरी आज…

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गीत – फेरी आज…

Amar Sarobar

फेरी आज सपनीमा देखेँ तिमीलाई
हिर्दयको पानाभरी लेखेँ तिमीलाई
घरिघरि सम्झनाले विरहको आँशु झर्छ
नछाउँदै सु-विहानी हरदिन साँझ पर्छ
छातीभित्र वेदनाले मुटु त्यसै दुखिदिन्छ
छल्किएर आँखाबाट मनैभरी पोखिदिन्छ
आफ्नै मन्को मझेरीमा भेटेँ तिमीलाई
हिर्दयको पानाभरी लेखे तिमीलाई
तिमी गयौ धेरै टाढा नफर्किने गरी
तिमीबिना एक्लै यहाँ बाँचू कसो गरी ?
 जून देख्दा तिमीलाई नै सम्झिरहन्छु
तिम्रै मिठो यादमा सधैं कल्पीरहन्छु
आँखा बन्द गर्दा पनि देखे तिमीलाई
हिर्दयको पानाभरी लेखेँ तिमीलाई

1 प्रतिक्रिया

  1. हार्दिक धन्यवाद सुविसुधा जी, मेरो रचनालाई यो सुन्दर ब्लग म समाबेश गरिदिनु भएकोमा । खुशी लाग्यो ।

प्रतिक्रिया छाड्नुस्