गजल :Karun Thapa

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल :Karun Thapa

जति चले तीर सबै यही छातीले छेक्दै आएँ ।

यौटा फूल टिप्नलाई सयौं काँढा टेक्दै आएँ ॥

तिम्रो माया अमृत भन्दा कम्ति कहाँ रहेछ र

जति जति घाउ लाग्यो त्यही मायाले सेक्दै आएँ ॥

तिमीलाई धेरै माया गर्छु म त भन्थें तर

बाटोभरि तिम्रो लागि मर्नेहरु देख्दै आएँ ॥

मन्दिरमा देउतालाई फूलले पूजा गरे जस्तै

जहाँ तिम्रो तस्वीर देखें त्यहाँ दिल फेंक्दै आएँ ॥

फर्कंदा यो बाटो कतै बिर्सिन्छ कि भनी मैले

जहाँ जहाँ पुगें त्यहाँ तिम्रो नाउँ लेख्दै आएँ

1 प्रतिक्रिया

  1. उत्कृष्ट गजल !

प्रतिक्रिया छाड्नुस्