सामाजिक साँस्कृतिक रुपान्तरणमा जनसाहित्यको भूमिका

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

सामाजिक साँस्कृतिक रुपान्तरणमा जनसाहित्यको भूमिका

काठमाडौँ, ६ भदौ । साहित्य¬सन्ध्याको २९४ औँ नियमित मासिक कार्यक्रमका रुपमा हिजो ‘सामाजिक¬–साँस्कृतिक रुपान्तरणमा जनसाहितयको महत्व’ विषयक विशेष परिचर्चा तथा कविगोष्ठी कार्यक्रम गरियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार आनन्ददेव भट्टले गायिका नमुना शर्माद्वारा लिखित ‘उन्मुक्तिका पाइलाहरू’ नामक गीतिसङ्ग्रहको लोकार्पण गर्नुभयो ।

उक्त कृतिमाथि जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले टिप्पणी गर्नुहुँदै परिस्कृत विचार गीतमा आएको बताउनुभयो ।

‘सामाजिक–साँस्कृतिक रुपान्तरणमा जनसाहित्यको भूमिका’ विषयमा चर्चा गर्दै साहित्यकार भट्टले साहित्यले समाजमा विद्यमान ढोङ्ग, आडम्बर, पाखण्डलाई रुपान्तरण गर्न सक्ने क्षमता राख्नुपर्दछ भन्नुभयो ।

सभासद् गोपाल ठाकुरले सबै वर्ग, भाषा तथा समूहलाई समेटेर अगाडि बढ्ने हो भने साहित्यले सामाजिक¬–साँस्कृतिक रुपान्तरणमा ठूलो भूमिका निर्वाह गर्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षतामा भएको गोष्ठीमा गोविन्द, निर्भिक राई, तेराख, अतिन्द्र दाहाल, देवी नेपाल, यशोदा अधिकारी, ब्रह्मप्रिय प्रेमस्वरुप, सरस्वती चिमौरीया, भागवत आचार्य, विमला न्यौपाने, कृष्णदेव रिमाल, गोविन्दप्रसाद आचार्य, अग्नी पुष्प, ईश्वर थोकर, सरु आस्था, चेतनारायण राई, अनुज गन्मी, बालकवि सभ्यता नेपाल, मधु गुरुङ, बालकृष्ण उप्रेती, गोपालकुमार मैनाली, वरुण सिग्देल र जय गौडेलले आ–आफ्ना गीत, कविता, गजल बाचन गर्नुभएको थियो । रासस

प्रतिक्रिया छाड्नुस्