गीत: सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गीत: सुबिसुधा आचार्य

पराइलाई दिलमा बसाइ गरेँ मीठो भुल
किन फुट्यो परेलीमा यो आँसुको मुल

मन दिएँ मुटु दिएँ दिएँ आफ्नोपन
कलेजीमा छुरा चलाई टाढा भयो झन
ऊ त गयो यी ओठमा नाम अझै छ
हृदयमा ऊस्ले टेक्या डाम अझै छ
मन ओइलायो तन ओइलायो के फुल्छ र फुल
किन फुट्यो परेलीमा यो आँसुको मुल

मेरा सारा साँझ बिहान जगाएर गयो
जिन्दगीलाई खोटो सिक्का बनाएर गयो
ऊ त गयो आउन्न होला आस अझै छ
मेरो सारा सपनाहरूमा बास अझै छ
मन गाँसी, मुटुभित्र चलाई गयो सुल
किन फुट्यो परेलीमा यो आँसुको मुल

प्रतिक्रिया छाड्नुस्