अमेरिकी पेट्रिसिया म्याककमिकद्वारा लिखित ‘बेचिएकी’ विमोचन

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

अमेरिकी पेट्रिसिया म्याककमिकद्वारा लिखित ‘बेचिएकी’ विमोचन

काठमाडौँ, १० भदौ । देह व्यापारमा संलग्न नेपाली चेलीबेटीको मार्मिक र हृदयविदारक तथ्यमा आधारित उपन्यास ‘बेचिएकी’ आज यहांँ सार्वजनिक गरियो ।

अमेरिकी नागरिक पेट्रिसिया म्याककमिकद्वारा लिखित ‘सोल्ड’ नामक अङ्ग्रेजी पुस्तकबाट अनुवाद गरिएको सो पुस्तकमा गाउँकी १३वर्षीया लक्ष्मी नामकी केटीलाई उसका सौतेली बाबुले कोलकातामा लगेर बेचेको कथा छ । कृतिमा उनको नारकीय अवस्थाका बारेमा दर्दनाकरुपमा प्रस्तुत गरिएकोछ ।

आफ्नी आमाको घरमा टिनको छाना हाल्ने सपना साकार पार्नका लागि पैसा कमाउने चाहनामा दलालको फन्दामा परी ती अबोध बालिका बेचिनुपरेको यथार्थ झल्काइएकोछ ।

कार्यक्रममा एबिसी नेपालका अध्यक्ष दुर्गा घिमिरेले नेपालबाट बर्सेनि करिब सात हजार चेलीबेटीलाई देहव्यापारका लागि विदेश पु¥याउने गरिएको बताउँदै गरिबी,अशिक्षा,घरेलु हिँसा नै यसको प्रमुख कारण रहेको उल्लेख गर्नुभयो ।

द दिदी प्रोजेक्ट नामक गैरसरकारी संस्थाद्वारा आयोजित कार्यक्रममा स्वयंसेविका डा.तारा उप्रेतीले ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षा र महिलालाई ज्ञान र सीप दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पुस्तकका अनुवादकमध्येका विश्व पौडेलले पुस्तकमा नेपालमा हुने गरेको देह व्यापारको सूक्ष्मरुपमा अध्ययन र विश्लेषण गरिएको बताउनुभयो । अर्का अनुवादकमा टीकाराम शर्मा हुनुहुन्छ ।

विश्वभर प्रत्येक वर्ष २५ लाख चेलीबेटी बेचिने गरेको तथ्याङ्क छ । रासस

प्रतिक्रिया छाड्नुस्