कलिलो उमेरमा, पाका कविताहरू

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कलिलो उमेरमा, पाका कविताहरू

कलिलो उमेरमा ः पाका कविताहरू
– केशव आचार्य palpaliacharya@gmail.com

उमेर ढल्क“दैमा, कपाल फुल्दैमा र दा“त झर्दैमा साहित्य सिर्जना गहकिलो र उत्कृष्ट हुन्छ भन्ने छैन । सिर्जनामा गहकिलो, मर्मस्पर्शी भाव हुनु जरुरी छ, अभिव्यक्तिलाई सशक्त बनाउन उपयुक्त शब्दको छनोट, उपमा, विम्ब, प्रतिक र अनुप्रास जस्ता कुराहरूमा ध्यान दिनु पर्दछ ।
उमेरलाई होइन, सिर्जनालाई प्राथमिकता दिनु पर्छ भन्ने विषयमा विगत लामो समय देखि आवाज उठाउ“दै आएको थियो यस स्तम्भकारले । यसैको उदाहरण बनेर नेपालको ऐतिहासिक जिल्ला पाल्पामा जन्मिएर हाल अमेरिकामा स्थायी बसोबास गर्दै आएकी, भर्खर तेह्र वर्ष पार गरेकी नेपाली कवयित्री कृति ज्ञवाली (जन्म ः इ.सं.१९९६, जून ०२) को पोइम्स फ्रम माई हर्ट ९एयझक ँचयm ःथ ज्भबचत० नामक अंग्रेजी भाषाको कवितासङ्ग्रह भर्खरै प्रकाशन भएको छ । अनुवाद गरिएको होइन उनले अंग्रेजी भाषामै सिर्जना गरेकी हुन् । यसमा नेपालीले गर्व गर्नु पर्दछ र त स्तम्भकार पनि यतिखेर खुशीले पुलकित भएको छ ।
यस पुस्तकमा सङ्ग्रहित उनका कविताहरू उत्कृष्ट छन् । उनको उमेर कलिलो भए पनि उनी संवेदनशिल छिन् । मानविय संवेदना, सम्झौता, प्रेम, आघात, युद्ध कविताका हरफहरू बनेर सजिएका छन् । उनको भावनात्मक संवेग, मानवता, नैतिकता, इमान्दारिताले हुनुपर्छ लगन, मिहिनेत र परिश्रमका लेपनले सिर्जनाहरू चम्किएका छन् । पुस्तकमा रहेका ५२ वटै कविताहरू सशक्त छन् । सरल, सरस र दरिला शब्द संयोजनले सिर्जना मिठासपूर्ण बनाउनु उनले आङ्खनो विशेषता नै बनाएकी छिन् । उनको कलिलो बाल मनस्थिती भित्रको उदार कल्पनाशीलता र सिर्जनशीलतालाई सलाम गर्नै पर्छ । अझ उपयोगी, कलात्मक र उत्कृष्ट अथाह सिर्जनाहरू उनीबाट सिर्जित हुनेछ भन्ने विश्वास लिन सकिन्छ ।
उत्कृष्ट सिर्जनाहरूले भरिएको, आकर्षक आवरण कला, प्रा.मोहन सिटौलाको महत्वपूर्ण भूमिका, कागज तथा छपाइ प्रविधिको गुणस्तरीयताका कारणले पुस्तक समग्रमा पठनीय र सङ्ग्रहणीय रहेको छ भने ‘पुरानो पुस्ताको कवि हू“ म’ भन्नेहरूलाई गतिलो सिर्जनाको झापड हुनेछ भन्ने विश्वास समेत लिन सकिन्छ

प्रतिक्रिया छाड्नुस्