कबिता: सुरेश नाचीज

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कबिता: सुरेश नाचीज

अर्चना-पुजा
भ्यागुता कता छन?

मोबाईल ट्यार्र ट्यार्र!

खुशी होलान ईन्द्र?

बाँझोबारीमा

हलो अड्काएर

एक जत्था हलीहरु

मुहाली हाँस्छन खिस्स!

बर्षात होला कि?पातालबाट!

नन्दी भृङ्गीदेखी

भूत् प्रेतसम्म

तेत्तीस कोटी?

मोहोडामा धुप दिप

नैबेद्य दक्षिणा!

साष्ट्रङ्ग दण्डवत गर्छ

बबुरो शोडषोपचार!

फल? प्राप्तीको खातिर

ज्योतिषी नै उस्तै

अक्टोपस!

गोचरमा ग्रहण लागेका बेला

ग्रहहरु धमिरा बनेर

माटोमुनी

कुटी निर्माणार्थ

तल्लीन छन्

तर

अब यो लथालिङ्ग

जरामुरा खोतलिनेछ छिट्टै!

अस्थित्वको खातिर

बालुवाको जलपे सुरुङ

अट्टहासहरु?

निकाल तिम्रा

गैटी बेल्चा

करौँती छुरा

यो चमक धेरैदिन टिक्दैन

बुढीका काला

दाँत उम्रिँदैछन्॥

गोरखा

2 प्रतिक्रिया

  1. भक्तिप्रसाद पौडेल says:

    कविता स्तरीय छ प्रगतिशील विचार राम्रो लाग्यो

  2. Dhak Gurung says:

    राम्रो कविता एक नया कविको उदय

प्रतिक्रिया छाड्नुस्