गजल: अनन्त लम्साल बगर

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल: अनन्त लम्साल बगर

हजारौँमा हजारै तीर् हान्छ प्यासी भंवराले।

जवानीले पुस्ट कुन् छ,छान्छ प्यासी भंवराले।।

घाम पानी हुरी सहि, रंगाएको पत्र-पत्र,

मनोमानी जथाभाबी तान्छ प्यासी भंवराले।

मात्तिएर नकचरो, पुष्प-मधु पीइ-पीइ,

आफैँ एकाधिकारीझैँ,मान्छ प्यासी भंवराले।

चुम्न खोज्दा नमानेर,यताउता सर्दा पनि,

जबर्जस्ती जुठो पारी,जान्छ प्यासी भंवराले।

टोक्छ,चुम्छ,रस चुस्छ,लडिबुडी गर्छ सधैंँ,

अस्मिता त्यो सोहोरेर,लान्छ प्यासी भंवराले।।

प्रतिक्रिया छाड्नुस्