कबिता:सिड्नी बन्दरगाह-Surendra Dawadi

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कबिता:सिड्नी बन्दरगाह-Surendra Dawadi

एक चोक्टा समुन्द्र माथि

आदिवासीहरुको

करंग र हड्डी जोडेर बनाइएको जस्तो

अझंग सिड्नी बन्दरगाह पुल

आफ्नो टांग मुनि वार पार गराई रहन्छ

छ्वांके थुतुनो परेका

सेता डुंगाहरु ।

किनाराका भित्ताहरुमा

कट काटिएका

तिनै आदि बासीहरुका

रगतका टाटा पखाल्न

छयाप्प! छयाप्प!

नुनिलो पानी छ्यापी रहेछ

कृत्रिम लाग्दो समुन्द्र ।

केमेटीन्थ्यो र इतिहास

मेट्न खोजेर !

हर साँझ

कुना काप्चा तिर

रेस्टुराँका सेता टेबुलहरुमाथि

आप्रवासी बिद्यार्थीहरुका पसिनाका गन्ध मिश्रित

बर्गर र सिज्लर सजिन्छ्न ।

गैडा इतिहास

लामखुट्टे वर्तमान रमिताको

मौन साक्षी छन्

तख्ता तख्ता

गगनचुम्वी महलहरु ।

कुनै अपराध बोध गरेको अपराधी जस्तै

ओपेरा हाउस

लाजले

आफ्नो मुण्टो

उठाउन नसकी

निरन्तर

निहुर्याइ रहेछ… निहुर्याई रहेछ ।

झिलिमिली रेशमी खोल ओढेर

भित्र भित्र

गन्हाई रहेछ

सिड्नी बन्दरगाह ।

प्रतिक्रिया छाड्नुस्