कथा-अभिसाप -आचार्य सुबिसुधा

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा-अभिसाप -आचार्य सुबिसुधा

अभिसाप
टेकुमा अवस्थित पचली भैरवको मन्दिरमा मेरी संगीनी सुदेश्नाकी दिदी सिर्जनाको विवाहको भब्य तैयारी रै’छ । केराको खम्बा एक एक बित्तामा काटेर पाँच ठाउँमा राखिएको छ भने त्यसको बीचभागमा पैयूँको स–सानो हा“गा गाडेर साथमा उखुका साना साना पोथ्रा पनि स“गै बाधिएको छ । पा“चैवटा पैयूको हा“गालाई मध्यनजर गर्दै बीचभागमा चदुवा टाँगिएको छ भने चदुवामा सेल कसार र चिउरा राखिएको, त्यसैको ठीक तल चारवटा इट्टा राखेर त्यसमाथि काठका स–साना समिदा होमादीको लागि तयार बनाइएको छ । यसरी सजाईएको विवाहको मण्डपमा सुदेश्नाको बुबा र दाजु यताउता गर्दै हुनुहुन्छ । एकातर्फ यज्ञ–मण्डपको पूर्ण तयारी हु“दैछ भने अर्को पेटिमा ठूलो चुलामा बडे बडे काठको मुडा बालेर पुलाउ, तरकारी कुन्नि के के पाक्दैछ । म हातमा केही सामान बोकेर बिस्तारै बिरालाको चालमा त्यहा“ँ पुग्छु, यज्ञमा यताउता गर्दै रहनु भएको सुदेश्नाको बुबाले देख्नुहोला भन्ने डरले मेरो आङ ढक्क फुल्छ र कुखुरा समाउन तम्सेको बिरालाको चालमा म मन्दिरको पुर्वपट्टि रहेको पाटी भित्र छिर्छु । जहा“ँ सिर्जना दिदीलाई जतिसक्दो राम्रो बनाउने होडबाजी चल्दैछ । म भित्र पस्छु सबै एकहलको मेलो हा“स्दै थिए । मेरो प्रवेशले सबै एकाएक झस्के मानौ म मान्छे होइन चिडियाखानाको बाघ झंै खोर भत्काएर त्यहा“ँ पुगेको छु । त्यहा“ँ रहेका सबै मान्छेको सामान्य परिवेश भएपछि सुदेश्ना ठुस्किदै मलाई भन्छे–“पबित्रा ! तेरो आउने समय यही हो ? झन हिजो त्यती धेरै सम्झाएको तैले त मलाई कहिल्यै साथी देखिनस् नि हैन ?” सुदेश्नाको सवालको जवाफ दिन नभ्याउँदै सिर्जना दिदी प्रश्नको वाँण तेर्साउनु हुन्छ–“ऊ ठूली मान्छे हामी जस्ताको विवाहमा आएर समय के खर्चनु भनेर होला हैन र ?” म नाजवाफ भएर त्यहा“ँ ठिङ्ग उभिएँ । त्यहा“ँ उपस्थित सबैले मलाई नै यसरी हेरिरहेका थिए मानौ म मान्छे नभएर एउटा बुख्या“चा हुँ । एकछिनको मौनता पछि एउटीले ब्यङ्यबाण हानी–“पबित्राजी ! हामीलाई त केश मिलाउन खासै आउदैन, अघिदेखि नै हजुरको चर्चा परिचर्चा यहा“ँ खुब चलेकै हो त्यसैले स्वागत छ म्याम सायब ! केश सज्जाको लागि ।” हुन पनि हो सिर्जना दिदी र सुदेश्नाले महिनौ अगाडि देखि मलाई यो कुरा भन्दै आएका हुन् । म चुपचाप सबैलाई पन्छाउ“दै सिर्जना दिदीको पछाडि पुग्छु र आफूले लगेको का“टी झिकेर केश बनाइदिन थाल्छु ।
मेरो आमाको पालामा हो भने दुईटा बच्चा जन्माउन ढिला भई सकेका मस्त तरुनीहरु उपस्थित छन् त्यहा“ँ, पुङ् न पुच्छरको गफ छाट्छन् अनि अरु हा“से हा“सोस् नहा“से नहा“सोस् आफै एकहलको मेलो हा“स्छन् । मलाई उनीहरुको चर्तिकला पटक्कै मन पर्दैन । ‘वैंशले मात्तेका मोरीहरु ! कहिले आफ्नो पालो आउला भनेर होला छिल्लिएको’ मनमनै साेंच्छु मुखले प्याच्च भन्नपनि मन लाग्दैन । मैले भन्दा कम्तिमा पा“च छ वटा भोटा बढी नै फटाएका होलान् । यस अर्थमा पनि मैले उनीहरुलाई आदर त गर्नै पर्छ, त्यसैले केही भन्न पनि मिल्दैन । अरु श्रृङ्गारको मेसो पुगिसकेको रहेछ । मैले कपाल पनि बनाइ सकें,बाफ रे क्या राम्रो‘ सबैले यसै भन्छन् सिर्जना दिदीलाई । कपडा पनि पहिराइ सकेको रहेछ, तर साडी लगाइदिएको मलाई पटक्कै चित्त बुझेन । फेरि फुकालेर साडी लगाइदिन थालेको थिए“ । त्यती बेला बाहिर कल्याङ कुलुङ् आवाज आउ“छ, सुदेश्नाको कान्छो काकाको छोरा अजीव खुर्रर कुदेर भित्र पस्छ र तोते बोलीमा भन्छ–“दिज्यू तपाइको दुलाह आइसक्यो यत्रो माला लाएर ।” त्यहा“ँ फेरि हा“सोको भब्य मूल फुट्छ । सिर्जना दिदी जुहारी फूल झैं मन्द मुस्कुराउँदै लजाउँछिन् । उनको आ“खा आगोको ज्वाला झैं चम्किलो भएको हुन्छ भने ओठ पाकेको सुन्तलाको केस्रा जस्ता । सा“च्चै आज सिर्जना दिदी असाध्यै राम्री भएकी छिन् । हुन पनि दुलही हु“दाको पल नउघ्रिएको रुप कहिले उघ्रियोस्, रमेश दाजुले भन्नु भयो–“ल ल भित्र हुल गरेर बस्ने मात्र होइन दुलहीलाई बाहिर यज्ञमा लैजानु प¥यो ।” सिर्जनाकी अर्की साथीले दिदीलाई लिएर जानुभयो । सुुदेश्ना र म पनि पछि पछि लाग्यौं, हाम्रो आ“खा एकाएक दुलाहामा गएर ठक्कर लाग्छ । दुलाहा छ्या भन्ने खालका पनि थिएनन् र वा भन्ने खालका पनि थिएनन् । सिर्जना दिदी भन्दा भने अली नराम्रो नै हो । हुन त मान्छेको रुप भन्दा गुण राम्रो हुनु पर्छ भन्छन् के थाहा उनी गुणमा कस्ता छन् त्यो त सिर्जना दिदीलाई नै थाहा होला, आखीर पा“च वर्षको प्रेमको अनुभव बटुलेर विवाह गर्दैछन् । त्यो भएर पनि होला उनको शिर कत्ति पनि झुकेको छैन, बेहुली भएको बेलामा अली अली झुक्नु पर्छ भन्छन्, तर उनी त भर्खर सरेको धानको गावो जस्तो ठाडो देखिन्छिन् । हेर्दा हेर्दै स्वयम्बरको काम समाप्त हुन्छ र गोडाधुने काम शुरु हुन्छ । गुलाबी रङ्गको कुर्था सुरुवालमा गुलाव झैं सजिएर सुदेश्ना सिर्जनास“गै हुन्छिन्, आज उनी पनि कम्ति राम्री छैनन् । जे होस् उनलाई त्यो रङ्ग खूव सुहाएको छ । असारको घाम, त्यो पनि मध्यान्हको पुर्पुरो सेक्नु सम्म सेक्दै छ । सबै आ–आफ्नो ध्यानमा विवाह मण्डपको दा“या–बा“या कुडुलो लागेर बसेका छन् मानौ उनीहरुलाई घामको तापले अलिकत्ति पनि छोएको छैन । बालीमा नमिलेको डुम झैं म पृथक एक्लै बसेकी छु । रमेश दाजुले कलम र एउटा कापी ल्याएर मलाई दिदै भन्नुहुन्छ ‘पबित्रा विवाहमा दाइजो दिएका सामानहरुको नाम, लिस्ट, संख्या, बिवरण सबै यहा“ँ टिप है ।’ यति भन्दै उहा“ँ भीडमा हराउनु हुन्छ । म भने दाजुले अह्राएको काम, सामग्री टिप्दै हुन्छु, गोडा धुवाई सकेर अव कन्यादान दिने बेला आएछ । जिन्सी दान, द्रब्य दान, त्यो त ठीकै थियो गाई दान साथमा कन्यादान । दश महिना गर्भमा असह्य पीडा सहेर बोक्यो, आकास धर्ती एक होला झैं प्रसव बेदनामा छट्पट्टिएर जन्मायो, पाल्यो, पोस्यो, खाई नखाई हुर्कायो, शिक्षा दीक्षा दीयो, राम्रो संस्कार सिकायो, लक्का जवान र सक्षम बनायो बस तीन अञ्जुली गोडाको पानी खाएर पराइको हातमा मारे पाप पाले पूण्य भन्दै सुम्पियो ! मानौं दान दियो त्यो पनि दाइजो सहित, कस्तो परम्परा होला हाम्रो ? कसले बनायो होला यो चलन र कस्तो सस्कार होला यो ? म यही सोंचाइको कालो बादलभित्र हराउन पुग्छु । ठीक त्यती नै बेला कसैले मेरो हातबाट कलम फुत्त तान्छ । म झसङ्ग हुदै पछाडि फर्केर हेर्छु । एउटा युवक दुई हातले मुख छोपेर ठिङ्ग उभिरहेको हुन्छ, म उस“ग अमुक भाषामा कलम माग्छु । मुखबाट हात हटाएर खिस्छ हा“स्दै ऊ मेरो हातमा कलम थमाउँछ । त्यती बेलासम्म मैले उसलाई चिनीसकेकी हुन्छु ।‘ओ मोहन ! तिमी कसरी यहा“ँ ?’ मेरो आश्चर्य मिश्रित प्रश्नको जवाफमा ऊ भन्छ ‘पबि ! आजका दुलाहा मेरा मामा अनि म यहा“ँ नभएर को हुन्छ त ?’ ‘ए त्यसो भए तिमी भिनाजुको भान्जा, यम आइ राइट’ मान्छेको भीडमा मोहन मलाई बिस्तारै पाखुरामा चिमोट्छ । ‘नो डन टच टु मी’ मेरो मुखबाट एक्कासी यही बाक्य निस्कन्छ । ‘पबि कतै बसेर हामी कुरा गरौं न ।’ उसले प्रस्ताव राख्छ, ‘एकछिन ल मोहन’ भन्दै म कलम र कापी जिम्मा लगाउन रमेश दाजु खोज्न थाल्छु ।
रमेश दाजु विवाह मण्डपको उत्तरपट्टी दराजमा फुट्ने नफुट्ने दाइजोका सामान थन्काउ“दै हँुनु हुँदोरहेछ–“दाजु यो” भन्दै मैले उहा“ँको अगाडि हात पर्साछु । ‘ए पबित्रा ! सबै टिपेकी छौ हैन त ?’ जवाफमा म टाउको हल्लाउँछु । मोहन र म त्यो विवाह मण्डप छाडेर टेकु भन्सार हु“दै बसन्तपुर तिर पाइला बढाउँछौ । हाम्रो यो भेट एस.एल.सी.दिएपछिको अथवा तीनवर्ष पछिको पहिलो थियो । त्यसैले पनि महत्वपूर्ण बन्दै थियो हाम्रो मौन यात्रा । उक्त मौनतालाई तोड्दै मोहन सोध्न थाल्छ– “पबि तिम्रो इन्टरको परीक्षा कस्तो भयो ? ‘राम्रै भएको छ अनि तिम्रो नि ?’ केही बेर अन्कनिदै उ भन्छ ‘ठीकै भयो’ । मलाई झल्यास्स दुर्गाको याद आयो ।‘अँ साँच्चि मोहन दुर्गा कहा“ँ छिन् त ?’ मेरो प्रश्न मुखबाट भुइँमा खस्ने बित्तिकै मोहनको मुहार कालो निलो भयो । हिड्दा हिड्दै ऊ टक्क रोकियो, उसको मुखबाट कुनै जवाफ आएन । म अलमल्लमा परें । ‘अरे मोहन दुर्गाको प्रसङ्ग उठाउने बित्तिकै के भो तिमीलाई ? किन टोलाएको ?’ उसको मसिनो पीपलपाते ओठहरु काँम्दै शब्दको उच्चारण हुन्छ । ‘प्लिज पबि थाहा पाएर पनि मेरो खाटा बसेको घाउको पाप्प्रा उप्काउने प्रयास नगर ।’ उसको जवाफले म तीन छक परें । ‘कसम मोहन जव हामी एस.एल.सी. दिएर छुट्टियौं त्यसपछिका दिनमा न मैले तिमीलाई भेटें न त दुर्गालाई नै, जसरी तिमी बिना जानकारी हरायौ त्यसरी नै दुर्गा पनि मेरो सम्पर्कबाट हराएकी छे । मलाई केही थाहा छैन भन न के भयो ?’ मोहन लामो सुस्केरा तान्दै भन्छ,‘पबि दुर्गाले त गाउ“कै राजुस“ग विवाह गरी । अहिले एक वर्षको त छोरा नै भइसक्यो ।’ ‘ओ माइ गड ! यत्रो परिवर्तन, अनि उसको तिमीस“गको सम्बन्ध, तिमीस“गको प्रेम, त्यो सब के थियो मोहन ?’ ‘क्षणिक जवानीको आबेग थियो । समय पास गर्ने वहाना थियो । तात्तिएको उन्मुक्तता चिस्याउने पानी थियो । बस अरु म के भनौं ।’ अगाडिको विजुलीको पोललाई हेर्दै जवाफ दिन्छ । चन्द्रमा जस्तो मुहारलाई निलोतुतो जस्तो बनाउन बेकार दुर्गाको प्रसङ्ग उठाएँछु, एक पटक मनै अमिलो भयो । हामी पढाई र अन्य प्रसङ्गको कुरा गर्दै बसन्तपुर, गणेश स्थान एक फन्को लगायौं र पून विवाह स्थान पचली भैरवको मन्दिर तर्फ लाग्यौं ।
विवाह अन्तिम तयारीमा पुगिसकेछ, सिर्जना दिदीलाई अन्माउने बेला भएछ, सबैको मुहार मलिनो छ । सुदेश्नाको आमा त बिहान देखि नै रोइरहेकी थिइन्, के गर्ने संसारको रीत यस्तै छ । छोरीलाई सधै आफूस“ग राखौ भने पनि बिभिन्न लाल्छनाहरू आइपर्छन्– बिकिन, बुढिकन्या भै, नराम्रो काम गरेको भएर पत्याएनन्, बस यस अर्थमा पनि मुटु माथि ढुङ्गा राखी छोरीलाई पराइको हातमा सुम्पनै पर्छ । सिर्जना दिदीलाई अन्माएर ट्याक्सीमा लैजान्छन् । म पनि बिदा मागेर डेरा तर्फ प्रस्थान गर्छु । बाटामा मोहन मलाई नै पर्खिएर बसेको रै’छ, ‘ल त पबि साथीहरु गइसके म पनि जान्छु । धेरै वर्षपछि तिमीलाई भेट्दा खुशी लाग्यो फोन गर है ।’ मोहनका आ“खाहरु रसिला भएका थिए मैले मौन स्वीकृति दि“दै टाउको हल्लाएँ । उ सरासर आफ्नो बाटो जान्छ । थाहा छैन आधा घण्टाको बाटो कति छिट्टै पार गरिसकेछु । घरको गेटमा पुग्दा मोती बेस्करी चिच्याइ, उसको आवाजले म झसङ्ग भएँ । मोतीलाई मायाले सुमसुमाएँ ऊ खुसीले पुलकित भै पुच्छर हल्लाउँदै चोकमा गइ, म सरासर आफ्नो कोठा तिर लागें । कुन्नी किन धेरै थाकेको महसुस भयो, डे«स फेर्न इच्छा पटक्कै लागेन, हल्का कपाल दुखेर आयो । म एक गिलास पानी पिएर खाटमा पल्टिएँ । मोहन मेरो आ“खाका कोनिकाहरूमा, मुटुको ढुकढुकीहरूमा, संझनाको तरेलीहरूमा आइरह्यो । आखिर जीवनमा मैले कुनै केटा मन पराएकी थिएँ भने उही मोहनलाई मन पराएकी थिएँ ।
संसारमा आफूले चाहेको, रोजेको, खोजेको कहा“ँ पाइन्थ्यो र यही नै नियतीको निष्ठुरी नियम रहेछ । बिगतको बिद्यार्थी जीवन एक पटक ताजा भएर आ“खामा उदायो । म र दुर्गा आठ कक्षामा पढथ्यौं, मोहन नयाँ छात्र हाम्रो बिद्यालयमा भर्ना भयो । मैले उसको खासै चासो लिएकी थिइन, कक्षाको प्रथम ब्यक्ति, दा“या बा“या भन्दा पढाइमा बिशेष प्राथमिकता दिनु मेरो लागि महत्वपूर्ण थियो । मोहन प्रायः म स“ग बोल्न आइरहन्थ्यो । कहिले साइन्सको त कहिले म्याथको नोट माग्न, टिफिन टाइममा ऊ म स“ग नै म्याथ सिकेर बस्थ्यो । आफूले जानेको कुरा अरुलाई सिकाउन पाउ“दा आफैले बढी सिक्ने मौका हुने हुनाले म पनि जानेसम्म सिकाउथे“ । समय यसरी अगाडि बढिरहेको थियो । मानिसको जीवनको सबैभन्दा सुनौलो पल भन्नु नै उसको बालापन हो । त्यसमाथि पनि बिद्यार्थी जीवन त जीवनको सुन्दर बिहानी नै हो भन्दा अतियुक्ति नहोला । एकदिन म बिद्यालयबाट घर फर्केर माथि कोठामा खाजा खा“दै थिए“ । तल छिंडीमा कोही कराएको आवाज आयो, झ्यालबाट हेर्दा मोहन र उसका साथी रहेछन् । आमास“ग पानी मागेर खाए र मस“ग अग्रेजीको नोट मागे, मैले दिएर पठाएँ । सा“झमा आमाले मलाई धेरै गालि गर्नु भयो मोहन र उसका साथीको बिषयमा । मैले ऊ साथी मात्र हामी बीच कुनै घनिष्ठता नभएको स्पष्टिकरण दिएँ । त्यो रात मलाई मोहन देखि असाध्यैे रिस उठ्यो । कहा“ँको पाखण्य, नोट त बिद्यालयमा नै मागेको भए भइजान्थ्यो । घरमा नै किन मुन्टिनु परेको होला । मेरा बाबा र आमा पनि कति सा“घुरो बिचारधाराका छन् भने मैले स्पष्टिकरण नै दिनु पर्ने । मेरो त्यो रात यता कोल्टे र उता कोल्टे फेर्दैमा बिहानी भएछ । अघिपछिका दिनहरुमा भन्दा त्यस दिन छिट्टै बिद्यालय गएँ । मोहन आएकै रै‘नछ, म मुरमुरीएर भित्र बाहिर गर्दै थिएँ, बल्ल बल्ल ऊ परैबाट हा“स्दै र ‘हाइ पबि’ भन्दै आयो । मेरो रिसको पारा तीब्र भैसकेको थियो, हा““डिमा मकै पड्किए जस्तो गरी म मोहनलाई नाना भा“ति गालि गर्न थालेँ । ऊ पिलपिलाउ“दो मुहारमा सरी बस यति भन्यो, उसका आ“खामा आ“सु छचल्किएका प्रस्टैस“ग देख्न सकिन्थ्यो । मनको मैलो शब्दबाट ओकल्न पाउ“दा मलाई भने एकातिर मनमा भब्य शान्ति भयो भने अर्कोतिर महान युद्ध जिते झैं भयो । त्यसपछिका दिनहरुमा मोहन मस“ग बोल्न कहिल्यै आएन, बाटोको का“डा पन्छिएकोमा म मन मनै खूव आनन्दित थिएँ । त्यसको केही समयपछि दुर्गाको कापीमा मोहनको पत्र पाएँ, जहा“ँ एक अनुच्छेद मेरो बिषयमा पनि लेखेको रहेछ । ‘सा“च्चै दुर्गा मैले यो बिद्यालय टेकेको दिन देखि पबित्रालाई असाध्यै मन पराउ“थे, बिभिन्न बहाना बनाएर उसको नजिक जाने प्रयास गरिरहन्थें तर भन्ने अवसर कहिल्यै आएन । मनमा अंकुराएको माया टुसाउन नपाउ“दै पबित्रामाथि मेरो नराम्रो साेंचाइ मनमा भरिन गयो जसको कारण उ मेरो मुखसम्म नहेर्ने अवस्थामा पुगी । उसले अव त मलाई घृणाको दृष्टिले मात्र हेर्छे के गर्नु दोष मेरो नैे थियो उक्त दिन पबित्राको घरमा जान नहुने थियो । यस्तै रहेछ संसारमा सबैले देखेको चाहेको कहा“ पाउ“छन् र ? म नै अभागी पबित्राको साथ पाउने सौभाग्य मेरो नसिवमा नै लेखेको थिएन होला । उक्त पत्रको ति हरफहरु पढिसक्दा मलाई चिटचिट पसिना आयो । पहिले उसलाई नानाभा“ति गाली गरेकोमा पश्चाताप लाग्यो । तर मोहनस“ग क्षमा माग्ने हिम्मत पनि मस“ग भएन । बस चुपचाप भए“, यसैमा मेरो कल्याण थियो । यसैबीचनववर्ष आयो मोहनले दुर्गा र मलाई उस्तै कार्ड दियो जसमा मलाई सच्चा मित्रको सम्बोधन थियो भने दुर्गालाई ढुकढुकि भनेको थियो, कुन्नि किन त्यो पल दुर्गालाई गरेको सम्बोधन ढुकढुकी अति नै प्रिय लाग्यो । मनमा कता कता काउकुति लाग्यो भने दुर्गादेखि इष्र्या पनि लाग्यो । त्यो इष्र्या इष्र्यामा नेै सिमीत राख्नु पर्ने थियो कारण अव मोहन कुनै हालतमा पनि मेरो बन्न सक्दैन थियो । एक पटकको गल्तिले जुनी भरी पछुताउने कस्तो गल्ति गरें मैले, मनमनै म आमालाई पनि गाली गर्थे, किन मलाई सा“घुरो घेरामा कैद गर्ने सोचाइ पाल्नु भयो ? यदि त्यो दिन मस“ग स्पष्टिकरण नमागेको भए मैले मोहनलाई गाली गर्ने पनि थिइन । आज पश्चातापमा म जल्नु पर्ने पनि थिएन । शायद, जे नहुनु पर्ने थियो त्यो भैसक्यो । भन्छन् बगेको खोला, मुखको बोली र बन्दुकको गोली निस्केपछि कहिल्यै फर्केर आउन्न रे । मैले यसैमा चित्त बुझाउन थालेँ । समयले एक फन्को मारिसकेको थियो । अव त मलाई मोहनको हरेक आनी बानी मन पथ्र्यो तर के गर्नु अरु कसैको मायामा डुबुल्की मार्दै थियो उ । यहि नै मेरो दुभाग्र्य भन्नु पर्छ । दुर्गा र म अति मिल्ने साथी थियौँ कुनै दिन दुर्गा म कहा“ आउथी त कुनै दिन म आफै दुर्गा कहा“ जान्थे“ । मोहनको प्रत्येक पत्र हामीस“गै पढथ्यौं, मलाई थाहा थियो अझै पनि मोहनले मलाई माया गथ्र्यो । यदि मैले उसलाई आफूले पनि चाहेको कुरा गर्ने हो भने उ मेरो प्रस्ताव सहर्ष स्विकाथ्र्यो । तर आफ्नो निजी स्वार्थको लागि आत्मीय साथी दुर्गाको चित्त दुखाउन म चाहन्न थिए“ । कहिलेकाही यस्तो लाग्थ्यो मोरी कति भाग्यमानी रहिछ मोहन जस्तो एक जेहेन्दार असल मिजासिलो केटाको साथ पाई । बिस्तारै बिस्तारै बिद्यालयमा हामी तीनजना असाध्यै मिल्न थाल्यौं । मोहन पढाइमा नै ट्यालेन्ट भएर अव्सनल म्याथमेथिक लिएको थियो, मेरो ऐच्छिक विषय नै त्यहि हो नलिने सवाल नै आएन । दुर्गाले भने हाम्रो कारण उक्त विषय लिएकी थिइ, हामी तीन जनालाई देख्दा बिद्यालयका सबै साथी भाई इष्र्र्र्या गर्थे तर आगो लगाउने काम भने गर्दैन थे ।
दुबो मौलाए झैं दुर्गा र मोहनको प्रेम दिनानुदिन मौलाउदै थियो, कहिले काही लाग्थ्यो कवाफमा हड्डि बनेर म किन उनीहरुको साथमा छु जस्तो लागरे उनीहरुबाट टाढिने प्रयास नगरेको पक्कै होइन तर दुवैले मलाई एक छिन पनि छोड्न मान्दैन थे । दुर्गा र मोहन बिचको प्रेमको चर्चा परिचर्चा एकान दुकान सबैले थाहा पाए यति सम्मकी दुर्गाको बुबाले पनि ति दुईको सम्बन्ध थाहा पाएको दिन दुर्गालाई पिटेर घरबाट निकाली दिएछन् । ऊ रुँदै मेरो घरमा आएकी थिई, बिचरी एक महिना त म कहाँ नै बसी र मेरै घरबाट बिद्यालय जान्थी । अचम्मको बिषय बाबु छोरीको बाटामा भेट हुन्थ्यो, न ऊ बोल्थी न त बुबाले नै छोरी भनेर बोलाउनु हुन्थ्यो । दुई महिनापछि आमाले गर्दा बाबु छोरीको सम्झौता भयो र दुर्गा आफ्नै घरमा बस्न थाली,एस.एल.सी.को परिक्षा दिन हामी सदरमुकाम जानु प¥यो । दुर्गा र मस“गै एउटै कोठामा बस्थ्यांै, मोहन प्राय सधै हामी कहा“ँ आइरहन्थ्यो । नयाँ नौलो ठाउँमा बिभिन्न अनुभव बटुल्दै परिक्षा सकियो, दुर्गा र मोहन त त्यसै दिन भाग्ने तयारीमा थिए । दुर्गालाई उसको बुबाले मेरो जिम्मामा छाड्नु भएको कारण मैले त्यसो गर्न दिइन, घर फर्कदा दुबै म देखि रुष्ट थिए । एक मन त कस्तो काम जिम्मा लिइछु जस्तो लाग्यो । त्यसपछि लगतै म काठमाडौँ कम्प्यूटर सिक्न गएँ । घरको निर्णय यति हतारमा भयो कि मैले दुर्गा मोहन दुवैस“ग बिदा पनि माग्न पाइन । त्यसपछिका दिनहरुमा दुर्गा र मोहन दुवैस“ग मेरा सामिप्यता हुन सकेन । यिनै तर्कना पछि मैले सोच्न थाले“, हैन दुर्गाले त मोहनलाई औधि माया गर्थी तर कसरी राजुस“ग विवाह गरी ? यस्तो होला भनेर मैले कल्पना सम्म गरेकी थिइन । आखिर दुर्गा के चाहन्थी मोहनस“ग ? मोहन पनि कोही भन्दा कम त थिएन, मैले सुनेकी थिएँ सच्चा प्रेम गर्नेहरु प्रेमकै लागि प्राणको आहुती दिन पछि पर्दैनन्, तर प्रेममा नाफा घाटाको जोखना पनि हेरिदो रहेछ । शायद, नत्र दुर्गाले मोहनलाई किन धोका दिइ ? मेरो मनले मनलाई बुझाउने जवाफ कहिले फेला परेन । दुई वर्ष पछि दुर्गाकै साथी रुपास“ग विशालबजारमा मेरो भेट भयो । रुपाको काखमा पनि घुतमुने छोरा रहेछ, असारको महिना पानी ठूलोवर्षिरहेको थियो, हामी दुबै जना एउटै पसलमा ओत लाग्न आइपुग्यौं । रुपा एक्कासी चिच्याए पछि पो मैले उसलाई चिनें, रुपालाई देख्ने बित्तिकै दुर्गाको याद आयो कारण दुर्गा म स“ग जति मिल्थी रुपास“ग पनि कम मिल्दैन थिई हतपत्त मैले सोधि हालेँ–रुपा विवाह गरिछौ, छोरा पाइसकेर पनि विवाह भोज ख्वाइनौ, ठीकै छ अनि दुर्गाको हालखवर के छ त ? ऊ अचम्म पर्दै मतिर हेरेर जवाफ दिन्छे ‘पबित्रा के तिमीले दुर्गाको बिषयमा थाहा पाएकी छैनौ’ ‘अ“ ह ।’ ‘दुर्गाले राजुस“ग विवाह गरी एउटा छोरा पाएकी छ अहिले राजु र दुर्गाको सम्बन्ध बिच्छेद भै सक्यो ।’
यो शब्दले म नराम्रोस“ग झस्किएँ , दुर्गाले किन त्यसो गरी मोहनलाई लत्याउनु र राजुलाई अंगाल्नु नै दुर्गाको लागि अभिसाप हो भने फेरी सम्बन्ध बिच्छेद गर्नु अर्को अभिसाप माथिको अभिसाप हो । घरको छानाबाट झरेको पानीका थोपा जस्तो जीवन कति अनिश्चित कहिले कहा“ गएर पोखिनु पर्ने त कहिले कता मिसीनु पर्ने ! आखिर जीवन त्यसै सस्तो छ कि मानव आफै जीवनलाई सस्तो बनाउदै छ यो प्रश्नको जवाफ मैले भेटाउन सकिन । जीवन आफैमा अभिसाप हो कि मानिस नै जीवनलाई अभिसाप बनाउँदै … ?
(गुञ्जन राष्ट्रिय त्रैमासिकको बर्ष १० अंक १ मा प्रकाशित)

4 प्रतिक्रिया

  1. SANTOSHCHAULAGAIN says:

    its really nice,tapaiko lekh ko aarko ashal pato,keep on writing

  2. Ramesh Neupane, UAE says:

    सम्पादक ज्यू, सुबिज्यूको यो कथा पनि निकै मन पर्यो । उहाँको लेखन क्षमता प्रति सलाम गर्नु नै पर्छ । हाम्रो राज्यले सम्वन्धित निकायहरुले सुबिसुधाहरु जस्ता साहित्यकारहरुको सम्मान गर्नुपर्ने देख्छु । त्यतिमात्र कहाँ हो र र ? उत्कृष्ठ लेखन तर्फका सर्जकलाई उचित वातावरण पनि हुनु पर्यो । राष्ट्रकवि र राष्ट्रिय गीतका रचनाकार मात्र यो देशका सर्जक हैनन् अन्य कैयौँ छन् एकेडमीमा बस्ने काला चश्मा लगाएका मानवहरु हो, कि कसो ?

  3. Achut sapkota says:

    रम्रो लग्यो

  4. prem shyangatan lama says:

    thank u subisudha jee nice story !!

प्रतिक्रिया छाड्नुस्