साहित्य सन्ध्या पुरस्कार कवि रमेशध्वजलाई

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

साहित्य सन्ध्या पुरस्कार कवि रमेशध्वजलाई

काठमाडौँ, असोज विसं २०६६ को साहित्य सन्ध्या पुरस्कार कवि रमेश (रमेशध्वज) श्रेष्ठलाई प्रदान गरिएको

साहित्य सन्ध्या २०३९ द्वारा आज यहाँ आयोजित समारोहमा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले कवि श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्नुभयो

पुरस्कारको राशि रु १० हजारसहित सम्मानपत्र रहेको

साहित्य क्षेत्रमा खासगरी बिम्ब कविताका रूपमा चिनिने श्रेष्ठलाई साहित्यक्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रही उत्कृष्ट योगदान पु¥याएवापत उक्त पुरस्कार प्रदान गरिएको आयोजक संस्थाले जनाएको

साहित्य सन्ध्या पुरस्कार प्राप्त गर्ने कवि श्रेष्ठ २७ औँ श्रष्टा हुनुहुन्छ

विसं २०३९ मा राजविराजमा स्थापना भएको साहित्य सन्ध्या स्थापनाको केही वर्षपछि नै राजधानीमा सारिएको थियो

सो अवसरमा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष खनालले एकीकृत नेकपा (माओवादी) नेकपा (एमाले)बीच हिजो भएको तीनबुँदे सहमति कसैका विरुद्ध नभई संविधान लेखन, शान्तिप्रक्रिया नयाँ सरकार गठनका लागि भएको स्पष्ट पार्नुभयो

उहाँले भन्नुभयो हिजो भएको सहमति शान्तिप्रक्रिया, संविधान लेखन, राष्ट्रिय सरकार गठन राष्ट्रिय सहमतिका निर्माणको कडीका रुपमा आएको , यो नेपाली काँग्रेसविरुद्ध होइन, माओवादीलाई सहमति ल्याउने प्रयासका रूपमा भएको हो

पछिल्लो समयमा शान्तिप्रक्रियाले केही गति लिएको उल्लेख गर्दै अध्यक्ष खनालले संविधान लेखन शान्तिप्रक्रियामा भाँझो हाल्न खोज्ने प्रतिगमनकारी प्रतिक्रियावादीको सपनालाई तुषारापात गरी अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो

कार्यक्रममा शब्द संयोजन मासिक पत्रिकाद्वारा आयोजित राष्ट्रव्यापी युवाकथा प्रतियोगिता २०६३ मा सर्वोत्कृष्ट उत्कृष्ट हुने क्रमशः प्रकाश आस्था, संविना सिन्धु तृष्णा राजश्री कुँवरलाई समेत पुरस्कार प्रदान गरिएको थियो

आयोजक संस्थाका अध्यक्ष रामविनयको सभापतित्वमा भएको सो कार्यक्रममा अध्यक्ष खनाल, कवि शीतविन्दु, लक्षण गामनाङे, देवी नेपाललगायतका कविले कवितावाचन गर्नुभएको थियो ।

प्रतिक्रिया छाड्नुस्