२०६६ सालको मदन पुरस्कार साउदलाई प्रदान गरिने

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

२०६६ सालको मदन पुरस्कार साउदलाई प्रदान गरिने

काठमाण्डौ । मदन पुरस्कार गुठीले २०६६ सालको मदन पुरस्कार बैतडीका नरबहादुर साउद र जगदम्वा श्री पुरस्कार डा. राजेन्द्र विमललाई प्रदान गर्ने भएको छ ।

‘नेपालका बालीनाली र तिनको दिगो खेती’ भन्ने विद्धत ग्रन्थका लागि बैतडीका साउदलाई मदन पुरस्कार दिने घोषणा गरेको हो ।

गत चार दशक देखि मिथिला क्षेत्रमा मैथिलभाषी विद्यार्थीहरुलाई नेपाली भाषामा शिक्षित गराई विद्वान बनाउने कार्य गरेको र नेपाली भाषामा अनेकानेक ग्रन्थ रचना गरि नेपाली भाषा वाङ्मयको क्षेत्रमा योगदान पुर्‍याएकोमा विमललाई जिगदम्वा श्री पुरस्कारले सम्मान गर्ने घोषणा गरेको हो ।

दुवै पुरस्कारको राशी २/२ लाख रुपियाँ रहेका छन् । २०१२ सालमा स्थापना हुँदा यस पुरस्कारको राशी ४/४ हजार रुपियाँ मात्र थियो ।

यी दुवै पुरस्कार आउँदो नौरथामा प्रदान गरिने गुठीका कार्यालय सचिव गजेन्द्रनाथ रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया छाड्नुस्