गजल : राजु दाहाल

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल : राजु दाहाल

तिम्रो मेरो साथ थियो ।

हात माथी हात थियो ।।

बन्द दुई ओठ भित्र

चाहनाको खात थियो  ।।

फुले पनि मुहार हाम्रो

मन भित्र रात थियो।

बढ्दै थिए रहरहरु

मौन केही बात थियो ।

नपिएरै लड्खडाउने

मिठो एउटा मात थियो ।

तिम्रो मेरो साथ थियो ।

हात माथी हात थियो ।।

प्रतिक्रिया छाड्नुस्