के नै छ र लानी ? : Shrestha Surakshya

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

के नै छ र लानी ? : Shrestha Surakshya

तिम्रो मात्र होइन कुरा मेरो पनि सुन

बिनासित्ती गालि गर्छौ मनलाग्छ रुन

दुर्बासा को रुप छोडी बन तिमी  जुन

मिठो हुन्छ तरकारी नि ठिक्क भए नुन

केहि कुरा गर्न खोजे फोड्छु भन्छौ गाला

देख्दिन है आजभोली तिम्रो निको चाला

सधै यस्तै चाल ले त जिबन के जाला?

थुंगा थुंगा उनेरै पो बन्छ बल्ल माला

शिलयुक्त बन तिमी अहंकार छोडी

आनीबानी सपार है झारजति गोडी

बिर्सिएउ र कसम खाको बनकाली ढोगी

हिड्न खोज्छौ आज किन अन्तै बाटो मोडी

पहाड नि तिल हुन्छ तिल हो भन्ने ठानी

फुस्स मरे रित्तो हात के नै छ र लानी

जिन्दगी यो घाम छायाँ मायाको हो खानी

भान्सा तयार पारेकी छु लसुन ले झानी

2 प्रतिक्रिया

  1. zerodtkjoe says:

    Thanks for the info

  2. Superb blog post, I have book marked this internet site so ideally I’ll see much more on this subject in the foreseeable future!

प्रतिक्रिया छाड्नुस्