पवित्रा :Ananta Lamsal

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

पवित्रा :Ananta Lamsal

  पवित्रालाई दिनभर फुर्सदै जस्तो हुन्छ । बिहानको खाना ख्वाएर पतिदेवलाई स्कुल पठाएपछि घरमा त्यस्तो केही हुदैन । साँझ-बिहान पूजा आरतिको लागि बत्ती कात्छिन् फुर्सदमा । गाईवस्तु छैनन् घाँस काट्नलाई । पहाडको घरमा वस्तुभाउ नभएपछि गर्ने काम नै पो के हुन्छ र ? केही व्यापार व्यवसाय सुरु गर्ने अनि जोई पसल,पोइ स्कुलमा व्यस्त हुने योजनाले नै उनीहरूले गोबर सोहर्ने चाख देखाएनन् । सासु-ससुरा देवरसँग भएकाले बुढाबुढीको देखभाल गरेर भान्छाचौका गर्नुपर्ने बाध्यता पनि थिएन उनमा ।

                 “कति पल्टिनु बिछ्यौनामा ? रातभर पनि यहीँ, दिनभरि नि यहीँ । रातोदिन पल्टँदापल्टँदा ओछ्यान पनि गनाउन थालिसक्यो ।’ पवित्रालाई वाक्क लाग्छ कहिलेकाहीँ । यसो मन बहलाउन घुम्न जाने मान्छे नन्द, आमाजु पनि कोही छैनन् ! न कुनै घुम्ने ठाउँ नै छ । मान्छेले पनि के भन्लान् फेरि ! पति भनौदोलाई पनि कहिल्यै फुर्सद हुने होइन । हप्तामा एकदिनको छुट्टीमा पनि बिहानदेखि साँझसम्म किताब र कलम छोड्ने होइन ।”प्रायः मुर्मुरिन्छिन् उनी यसैगरी मनमनै ।

      माड्सा’पलाई पनि ज्ञान छ- पत्नीको उकुसमुकुस् । ‘के गरोस् बिचरी ! एक दिन होइन, दुई दिन होइन अहोरात्र । न घरमा समय कटाउने कुनै बहाना छ । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तैपनि आफूले एउटा टेलिभिजनसम्म किन्न सकिएको छैन । कमसेकम त्यत्ति भएको भए पनि उसलाई पनि त समय काट्ने मेसो हुन्थ्यो । सुने पनि नसुने पनि त्यही एउटा थोत्रो कसेटप्लेयर, ८ वर्षपुरानो, त्यो पनि जिन्दगीको पहिलो कमाइबाट किनेको । अब त बज्दा पनि ‘क्वाँक्क क्वाँक्क’ गर्छ- गाँस घाँटीमा अड्केजस्तो ।’ आफ्नो लाचारी र विवशता एकैसाथ आत्मबोध गर्छन् उनी ।

    जिन्दगीमा अझै ठूलो लाचारी पालेर बसेका छन्, निःसन्तान हुनुको लाचारी । बिहे भएको ६ वर्ष लाग्यो, पत्नी उर्वर छिन् पाकेको माटोजस्ती । तर आफूले सन्तान दिन सकेको होइन भन्ने छ तिनको मनमा । आफैँसँग सशङ्कित हुन्छन् उनी, ‘कतै आफैँ पो …!’ शङ्कामा पिरलिएको निकै भयो । पवित्राको बारम्बारको आग्रह बाबजुद पनि डाक्टरसँग सल्लाह माग्न जान सकेका छैनन् उनी । ‘एउटा मात्र पिउसो जन्मिदे’को भए नि बिचरीको इच्छा पनि पूरा हुन्थ्यो, यो लाचारीबाट पनि मुक्त भइन्थ्यो । तर के गर्नू – भगवानले पनि मै जस्तालाई सताउँदा रहेछन् ।’ आफ्नो लाचारीको रिस आफ्नो अकर्मण्यताको झटारो दैवमाथि हान्छन् र दुःखी हुन्छन् माड्सा’प । कहिलेकाहीँ मनमनै अठोट गर्छन्- पत्नीलाई लिएर शहर जाऊँ, राम्रो डाक्टरलाई देखाऊँ । के कसको कमजोरी हो उपचार गराउँदा पनि भैहाल्छ । यसरी रातो दिन भुंग्राको माछोझैँ कति छट्पटाउने – सधैँ यो चालाले त हुँदैन ।’ उनी दह्रो अठोट गरेर घर पुग्छन् । पत्नीको हाउभाउ, वदन र असन्तोष आँखाले उनलाई एकैपटक आक्रमण गरेझैँ लाग्छ । अनि झस्किन्छन् र शहरमा डाक्टरलाई देखाउने योजनालाई तुहाउँछन् । ‘अहिले यत्तिकै होस् । मलाई नै देखाएर कमजोरी बताए भने !- अहँ ! हुँदैन … बरु यत्तिकै होस् … जे त होला … ।’ यस्ता योजनाहरू निकैपल्ट बनाए र भत्काए उनले । त्यसैले मनमा सन्तोष छैन, नुन खाएको कुखुराझैँ झोक्राइरहन्छन्- आत्मग्लानीले जलेको मन सम्हालेर ।

   पवित्रा आज पनि खाना खाएर ओछ्यानमै पल्टिइन् । ‘घडीमा ११ बज्न लागेको छ । कहिले काट्ने यो बुढो दिन -‘ अनुहारभरि दिक्दारी सल्बलाउँछन् । पलङको दायाँपट्टी एउटा दराज छ, दराजको माथ्लो भागमा विभिन्न व्यक्तित्वका पुस्तकहरूको लहर छ- मोटा, पातला, रङ्गीविरङ्गी । माड्सा’पले पत्नीकै लागि भनेर पनि निकै पुस्तक ल्याएका छन् तैपनि पवित्रालाई ती केही मनपर्दैनन् । ‘कोरा कल्पनाका भण्डार… कति रमाउनु त्यही कोरामा ।’ उनमा बिस्तारै पुस्तकप्रतिको मोह पनि गौण हुँदै गएको छ । मन अडिँदैन केही चिजमा । सिरानीपट्टी रहेको ड्रेसिङ टेबलमा शृङ्गारपटारका सामानहरू असरल्ल छन्- गाजल, टीका, क्रिम, लिपिस्टिक अनि थुप्रै ।

   उनी जुरुक्क उठ्छिन् र मायाले तिनलाई सुम्सुम्याउँछिन् र मिलाएर राख्छिन् । ऐनाअगाडि उभिन्छिन् । आफ्नो अनुहार फुङ्ग उडेझैँ लाग्छ उनलाई, ‘कति दिनदेखि यो मुहारले शृङ्गार पाएकै छैन । हेर कपाल पनि कस्तो खुज्मुज्जिएको -‘ उनी ‘ड्रअर’बाट काइँयो झिकेर कम्मरसम्म पुगेको केश कोर्न थाल्छिन् । क्रिम, पाउडर, गाजल, टीका तर्किब पुर्याएर लगाउँछिन् । एकपल्ट ढल्किएर ऐनाअगाडि उभिन्छिन् । खै के नपुगेको हो… अँऽऽ ‘लिपिस्टिक’ । हुनत पवित्रालाई लाली दल्न मनपर्दैन । रातो दलेको ओठ लिएर बाहिरफेर गर्न लाज लाग्छ । तै पनि आज उनलाई त्यो लाज लाजजस्तो लागेन ।

          शृङ्गारको कार्य सकेर उनले फेरि एकपटक ऐनाअगाडि आफूलाई तलदेखि माथिसम्म नियालिन् । बिछट्टै राम्री लाग्यो आफैँलाई, मदिर नयन, मधू चुहिएलाझैँ अधर र सुलुत्त परेको नाक हेरेर भित्रभित्रै रोमाञ्चित भइन् उनी । ‘अब के गर्ने – कता जानू ? यो पर्दा पनि कति छिट्टो मैलो देखिन्छ ! नदेखियोस् पनि किन – अलि रङ्गीन कपडा हालेको भए पो ! पर्दा पनि जोगीको वस्त्रजस्तो छ । कस्तो खाले रङ्ग छानेको होला छान्नेले पनि- आफैँजस्तो उडेको, बेरङ्गी ! केही कुरामा पनि रङ्गीन भएर बाँच्न नजानेको उजाड कहीँको । मनमनै फत्फताइन उनी- पर्दालाई अर्को कुनासम्म सोर्क्याएर । पारिलो घामका किरणहरू कोठाभरि झल्मलाए । ढाड फर्काएर पहार ताप्न मग्न भइन् उनी । ‘लुखुरे बाहुन ! कत्ति दुब्लो ! हेर आँखा धसिएका । कति तल पुगेका – अनुहारमा रगत नै छैनजस्तो । शरीर हेर्यो� फुकीढल्लु । आखिर बल पर्ने काम त के पो गर्छन् र ! त्यही भुरालाई पढाउने त हो । खाना पनि समयमै ख्वाएकै छु । जति गरे नि सधैँ उस्तै,’ टेबलमाथि राखेको पतिदेवको फोटो हेरेर भुत्भुताउँछिन् पवित्रा । उनलाई पतिदेवसँग विरक्ती जाग्न थालेको छ आजभोलि । आफ्नो अवस्था र लोग्नेको हविगत सम्झेर रिस उठ्छ अनि फेरि बर्बराउँछिन्- ‘नामर्द ! अहिलेसम्म स्वास्नीको यत्ति सानो रहर पनि पूरा गर्नसक्ने होइन ! ६ वर्षहुन लागिसक्यो, काख रित्तै छ । टुकुटुकु हिँड्ने छोरा खेलाउने रहर पनि मर्न लागिसक्यो । आफूभन्दा पछि बिहे गरेकी बहिनीको काखभरिको छोरा छ । श्रीमान हट्टाकट्टा र रसिक छ । पार्वती, तुलसा, सपना सबै आमा बनिसके । आफू भने सधैँ यस्तै ! आफ्नाको त झन् के कुरा सधैँ बिरामी जस्ता । खल्वाट, शरीरमा ताकतै नभएजस्ता ।’ उनलाई पतिदेवको शरीर देखेर पनि झर्को लाग्न थालिसक्यो । कहिल्यै फुर्तिलो भएन पतिको शरीर उनको सामुन्ने । तकियालाई अझै तानेर काखीमुनि पार्छिन् अनि फेरि सोच्छिन् ‘हैन, यसरी सबै कुरामा उहाँलाई नै दोष दिनुहुन्न मैले के पत्तो – न … आफ्नै पो कमजोरी हो कि ! आफैँमा दोष रहेछ भने – फेरि के गर्नू -‘ हैरान छिन् पवित्रा ।

अर्न्तर्द्वन्द्व चलिरहेको छ, खरोखास दोष कसको ? श्रीमानलाई सम्झिइन् । फेरि आफैँलाई सोचिन् । सोचाइका घनिभूत तरङ्गहरूले उनमा उछालेको घनचक्करको ओखतीले पत्नी हुनुको कारण मागिरहेको छ र मागिरहेको छ- नारीको आमा बन्ने अधिकारको भाग । ‘ममा के कमजोरी हुन सक्ला र ! रसिली छु, सबै अङ्ग पुष्ट छन्, भरिला छन्, मात्र निचोरेर रस निकाल्ने भन्ने आफ्नै पुरुष लाचार छ । यस्तो फक्रेको गुलाबझैँ शरीरमा के दोष होला – हैन, कमजोरी उहाँकै हो । सधैँ बिरामीबाट उठेजस्तो, गलित । हात पाखुरामा बलै छैन । छाती भासिएर हड्डीले बिझाउलाजस्तो । ‘नारीले पुरुषको अँगालोमा बाँधिँदा अलिकति त चैनको अनुभव गर्न पाउनुपर्ने नि ! तर, उहाँमा त्यो बलिष्ठता पटक्कै छैन, सधैँ चिसो ।’ आफैँ तातेको पवित्राको छाती फेरि चिसो भयो र मनमा उठेको पसिनाको सपना एकाएक सेलायो । ढुङ्गाघरे शुक्र, माथिको पदम, सुलोचनाको बुढो कति बलिष्ठ छन्- हेर्दै डाहा लाग्ने । तिनका स्वास्नीहरू हँसिला छन् । सबैको मन खुसी छ । अरूको के कुरा माथ्लाघरे गोथे भास्कर नै हेरौँ न, ‘अधबेस्रो नै भए पनि कस्तो जब्बर, बटारिएका हातपाखुरा बज्याको ,एक पलटमै पानीपानी पार्लाजस्तो । कत्रा तिक्रा ! आहा ! केराका थम्बाजस्ता ।’

    पवित्राका मनमा एकपछि अर्को गर्दै कुराहरू खेलिरहे । अरूलाई हेरेर मनको लड्डु खानुपर्ने पवित्राको नियतिमा यस्ता रोमाञ्चक चित्रहरू धेरै आउँछन् आँखाअगाडि र विलुप्त हुन्छन् क्रमशः । ‘अस्ति धारामा त्यत्रा आइमाईको अगाडि तुलसीले त्यसो भन्दा कम्ता लाजमर्नु भएन । पख्, एउटा छोरा नजन्माई…! तिमीहरूको मुखमा ठेडी कोच्ने दिन पनि त आउलान् नि !’ प्रतिशोधको आगोमा तिनी रातो र तातो हुन्छिन् पटकपटक । पवित्रा बिस्ताराबाट जुरुक्क उठ्छिन् । ढोकाको चुकुल लगाउँछिन् । आफैँले खोलेको पर्दा बन्द गर्छिन् । थचक्क कुर्सिमा बसेर कोठाको चारैतिर नजर डुलाउँछिन् । एकप्रकारको धकले उनको मुटुको रफ्तार तेज हुँदै गएको छ । दराजको लामो ऐनाअगाडि उभिएर उनी शनैः शनैः आफ्ना वस्त्रहरू खोल्दै जान्छिन् । सारीको सप्कोसँगै लुकेका पुष्ट वदन खुल्ला हावामा कावा खान हत्तारिएर कत्तिखेर फालहालुँला झैँ गरेका छन् । उनलाई ब्लाउजको टाँक खोल्न पनि हम्मेहम्मे पर्योल । आफ्नै हातमा विद्युत् प्रवाह भएझैँ लागिरहेछ उनलाई । अटेसमटेस भएर खाँदिएका, छोपिएका, उकुसमुकुसमा वाफिएका अङ्गहरूले खुल्ला हावामा आफूलाई बहलाउन मेसो आयो पवित्राको ।

  पवित्रा निर्वस्त्र ऐनाअघि उभिइन्- लाज र सङ्कोचले । विशाल वक्षस्थल, गहिरो नाभी, चितुवाको झैँ लामो र पातलो ढाड, भुक्क उठेका सफेद नितम्ब, र्सपझैँ बगेर नितम्बसम्म झुलिरहेका केशरासी, आफैँभित्रको पानीमा लत्पत्तिएर काउकुती लगाउँदै आएका मोटा जाँघ । उफ ! चिहाईचिहाई, जोखीजोखी आफ्ना सम्पूर्ण अङ्गहरूको नापतौल गर्दा पवित्रा लल्याकलुलुक परेकी छिन् । आफ्नो देहप्रति लजाइन् उनी । आफ्नै प्रतिरूपलाई ऐनामा हेर्ने आँट पनि आएन तिनमा । निर्वस्त्र नाङ्गिएकी पवित्रा ओछ्यानमा डङ्रङ्ग लडिन् । आफ्ना अङ्गहरूलाई मायाले सुम्सुम्याइन् । ओल्टाइपल्टाइ गरिन् । न्यानो सिरकभित्र आफ्ना कोमल अङ्गहरू सुम्सुम्याउँदा बेग्लै काउकुती लाग्यो । शरीरमा नयाँ तरङ्ग पैदा भयो । ‘आजसम्म यो ओछ्यानमा म यसरी पूर्णत नाङ्गिएकी नै छैन, मैले आँट नगरे पनि लोग्ने भन्नेले त बल गर्न सक्छ नि !’ तर बिचरा ! के गरून् हुतिहाराले । ‘यो कुल्कुलाउँदो विरुवामा खनी खोस्री मलजल गरे पो फसल दिन्छ । त्यस्तो कहिल्यै जानेको भए पो त ! म त पक्कै बाँझी होइन’ तिनलाई रिसको पारो चढ्यो । चिच्याउन मन लागेको थियो संसारको सामुन्ने- ‘म बाँझी हुँदै होइन, मेरो पुरुष नामर्द हो, नपुङ्सक हो । नभए हे बलिष्ठ पुरुषहरू ! आऊ, मलाई भोगेर हेर ।’ मनमनै पवित्राले निश्चय गरिन्- ‘उहाँमै बाँझोपन छ, मेरो दोष होइन । पवित्राको तराजुमा माड्सा’प निकै हलुङ्गो भए, पवित्रा निकै वजनदार ।’

   भाष्करलाई ‘भाष्कर बहुला’ भन्छन् गाउँले । वास्तवमा बहुला नै हो त्यो । घरमा त्यसको कुनै गन्ती छैन, कसैले वास्तै गर्दैनन् । आधासरो सद्दे कुरा गर्छ, आधा कुरा बेसुरको । त्यसैले कोहीकोही त्यसलाई र्’अर्धपागल’ पनि भन्छन् । १९/२० को लद्दु पाइखानाबाट धारासम्म कट्टु हातमा बोकेर नाङ्गै हिँड्थ्यो । तर, आजभोलि त्यस्तो गर्दैन । छिप्पेर जब्बर भने भा’छ । ज्यान हर्ेदा भैँसी बोक्लाजस्तो । आइमाईको बथानमा धारामाथि बसेर के-के बकिरहन्छ । उसका कुराले आइमाइहरू खित्खिताउँछन् । ऊ झनै हाँसिरहन्छ । नुहाइरहेका आइमाईको कपडाको चेपबाट फुत्त बाहिर निस्कुँलाझैँ गर्ने अङ्ग देख्दा टोलाउने भएको छ आजभोलि । गाउँ चाहार्ने उसको दैनिकीमा प्रायः माड्सा’पको घर पनि पर्दछ । दिए खान्छ नत्र एकछिन बक्-बक् गर्छ र बाटो लाग्छ । माड्सा’पलाई दाजु भन्छ पवित्रालाई ‘पवी भाउजु ।’ ऊ दिनको एकपल्ट पबी भाउजुकोमा फिर्दै आइपुग्छ । पवी भाउजुसँग बात मार्न र उनको घरमा जान पसन्द गर्छ । पवित्रा उसको कुरा गराइबाट वाक्क मान्छिन्, आजित हुन्छिन् । तर कहिलेकाहीँ बन्ने दिन काट्ने बहानालाई तिरस्कार गरिहाल्न सक्दिनन् ।

  हिजो धारामा नुहाउँदै गर्दा भास्करले पवी भाउजुलाई मात्तिएको साँढेलेझैँ हेरिरहृयो । पवित्रालाई के गरूँ गरूँसम्मको स्थितिमा पुर्यारयो भाष्करको घुराइले । पेटीकोटमाथिको टालोलाई कसिलो पारिन्, हातपाखुरा र घाँटी मिचमाच पारिन्, पखालिन् । तैपनि भास्करले उठ्ने नाम लिएन । पेटीकोट सारेर पिँडौला माड्न खोज्दा पवित्राले छड्के नजरले भाष्करलाई हेर्दा आशक्तिले भरिएको भाष्करको आँखा उसैगरी टोलाइरहेको थियो । भाष्करको हेराइले झन्डैझन्डै पवित्राको भित्री अङ्गप्रत्यङ्ग गल्ने बेला भइसकेका थिए । कतिपटक त पवित्रालाई नलागेको होइन ‘यो गोथेलाई सप्पै अङ्ग खोलेर मनको तुष्टि हासिल किन नगरूँ ।’ बिस्तारै पवित्राले सङ्कोच हटाइन् र स्नानकार्य सकिन् । धारामाथि जडवत् बसेको भास्कर भिजेको कपडा पवी भाउजुको शरीरमा लपक्क टाँसिँदा सम्मोहित भएर लाटो भयो ।

   पवित्रा अझै बिछ्यौनामै पल्टेकी छिन्- आफ्ना कोमल तर बराठिँएका अङ्गमा टोलाउँदै । ‘यी फूलझैँ फक्रेका अङ्गले पनि कहिल्यै यथेष्ट प्यार पाएन जवानीमा । खसम यस्ता कुरामा किन जहिल्यै चिसो र्सपझैँ हुन्छन् – तिनलाई यिनप्रति कुनै मोह छैन, कुनै चाखै छैन । ‘समयमै पुष्पको लालित्य नचिने मुर्झाएपछि टाउको हातमा राख्नुबाहेक अर्को उपाय के रहन्छ र !’ एउटा बहुलाहा पनि पनि यो तन देखेर होसमा आउँछ तर खोकिलामा मोती राखेर पत्तो नपाउने हुस्सुलाई के पो गर्नू – हेर त त्यो भास्कर, हिजो धारामा कसरी हेरेको – बहुलाहा मोरो ! त्यसले पायो भने त कप्लक्कै खाला । कस्तो प्यासी आँखा बदमासको ? कस्तो तिर्खालु आँखा ? दिमागमात्रै अलिक बेठेगान, शरीर त पाएकै हो नि पहलमानको जस्तो ।’ पवित्रा माड्सा’पको निरीहतालाई, माड्सा’पको कमजोरीलाई भास्करको बलिष्ठ शरीरको धक्का लगाएर चूरचूर पार्छिन् । अब उनको अन्तःस्करणमा माड्सा’पप्रतिको र्समर्पणमा ह्रास आउँदै गएको छ । त्यही बदमास भाष्करप्रति पो आशक्तिले गाँज्दै गएको छ । लोकाचारले बाटो नछेकेको भए पवित्राले के पो गर्थिन् यतिबेला । होइन, पवित्रालाई अब अनर्थतिर पनि उत्तिकै रुचि जागेको छ ।

             ‘सातफेरो लगाएको पति भनेर मात्र के गर्नू ! चाहेर मात्र बस्न सकिँदो रहेनछ । पत्नीको चाहनामा अलिकति पनि सहभाग नभएपछि के लाग्छ र – हररात सँगै सुतेर मात्र लोग्ने हुने हो र !’ यस्ता प्रश्नले घर गर्दै गएका छन् पुनः पवित्रामा ।

 ‘पवि भाउजु !’ बाहिर कसैले पवित्रालाई आवाज दिइरहेको छ ।

 पवित्रा झसङ्ग हुन्छिन्, निर्वस्त्र शरीरमा उनी हत्तास देखिइन् र हत्तपत्त पारदर्शी नै सही, पातलो कपडा घुम्लुङ्ग उन्छिन् । ‘फेरि त्यही बहुलाहा आयो क्यारे ! फेरि के चाहियो यसलाई – आऽऽ जान्नँ तल, आइरहोस् त्यही माथि नै ।’ ‘म माथि छु’, पवित्राले निम्तो दिइन् । एक किसिमको भय छातीभरि मडारिइरहृयो । ढुकढुकी त्यसै बढेर आयो । बिस्तारै चुकुल खोलिन्, बहुलाहा भाष्कर धङ्धङिएर कोठाभित्र छिर्यो ।

  पवि भाउजुको साजसज्जा र वस्त्र देखेर भाष्कर हिजोको जस्तै हेरेको हेर्यै भयो । पवित्राले भाष्करलाई खाटमाथि राख्छिन् । बहुलाहा भास्कर रातो भयो । उसले आफूलाई चिमोटेर जिउँदै रहेको प्रमाण फेला पार्यो । पवि भाउजु त त्यसै भर्भराइरहेकी नै थिइन् । चट्याङ् त परिसकेकै थियो, आगो लाग्नमात्र बाँकी थियो । एकाएक मेघ मडारियो । असिना बर्सियो । पसिना बग्यो । मनभित्रको मुस्लो यसरी दन्कियो कि एकछिनमै सब चिज खरानी भो । अङ्गार भो । निमेषमै अँध्यारोको राज भो । अब देखिने कुरै केही बाँकी रहेन ।

  पवित्रा बिउझँदा सूर्य पश्चिम आकाशमा मलिन हुँदै गइरहेको थियो- आफ्ना आभाले धर्तीलाई सुनौलो बनाउँदै । उनका आँखाहरू एक्कासी दराजमाथिको घडीमा पुगे । ‘ओहो ! कति मीठो निद्रा लागेको । उहाँ आइपुग्ने बेला नाघेछ ।’ पवित्रा जुरुक्क उठिन् । ढोका खुल्लै छ । शरीरमा अघि उनिएको त्यो पातलो वस्त्र पनि शरीरमा थिएन अहिले । खाटबाट उठेर फेरि आफ्नो नाङ्गो बदनलाई ऐनामा नियालिन् । अधरमा लत्पतिएका रङ्गहरू पुछिन् । गालामा टाँसिएको टीका उप्काइन् । भताभुङ्ग भएका केश सम्हालिन् । हावामा उडुँलाझैँ गरी हात फैलाइन् । आजको उल्लासमा पवित्राभित्र सौर्यताका भावहरू प्रष्ट छन् । आफ्नै शरीरलाई छाम्दा पनि पवित्रालाई आफ्नै ज्यान कुनै कोमल पुतलीको जस्तो लागेको छ । धेरैपटकको लामोलामो श्वासमा पवित्राभित्रको जीवनले फेरिफेरि बाँच्ने रहर फ्याँकिरहेको छ । आँखा चिम्म गरेर पवित्राले विलौना गरिन्, ‘हे भगवान् ! बस् मेरो यत्ति एउटा इच्छा पूरा गरिदेऊ ! मेरो उद्दार गर नाथ !’

  साँझ ढल्कँदै गर्दा माड्सा’प दुई हातमा झोला बोकेर आइपुगे । ‘कतिबेर लाउनु भा’- आफ्लाई डर लाइसक्या थ्यो’, माड्सा’पको हातबाट सामानको पोको समाउँदै पवित्रा फत्फताइन्- ‘यत्ति सामान किन्न पनि … ।’ ‘केदार बाजे भेटिएथे’ कुरा गर्दागर्दै दिन र्घर्केछ ।’ थकाइको सुस्केरा बिस्तारामा कोल्टे पर्दै गर्दा झन् दोहोरिइरहेको थियो । ‘सामान त गह्रौँ पो रै’छ त’, बिस्तारै माड्सा’पको हात मुसार्दै पवित्रा बोल्दै गइन्- ‘ज्यान हेर ज्यान ! दुब्लाएर यो गति भा’ – पीरबाहेक केही लिए पो -‘ बिछ्यौनामा पवित्राले माड्सा’पको कपाल चलाइदिइन् । छाती, ढाड, हात, पाखुरा, काँध पालैपालो मुसारिन् । आफ्नो टाउकोलाई माड्सा’पको छातीमा टाँसिन् । उनले कति दिनपछि त्यो शरीर सुम्सुम्याइन्, कति दिनपछि गाला प्रेमले मुसारिन्, ती प्रेममय र्स्पर्श कति दिनदेखि माड्सा’पको गालामा सल्बलाएका थिएनन्, माड्सा’पको सम्झनामा नै छैन ।

‘म खाना पस्कन्छु, आज तपाईँलाई मनपर्ने तरकारी छ,’ पती प्रिती  बौरिएको भावमा पवित्राले कोमल आग्रह गरिन् । धारामा माड्सा’पले सम्झे ‘आज पवित्रा हिजो-अस्तिको भन्दा फुर्तिली देखिएकी छ, खुसी पनि छे, अनुहार नै उज्यालिएको छ ।’ खानापछि माड्सा’पले पवित्रालाई एकटकले हेरिरहे ओछ्यानबाट ।

   ‘विचरी भलाद्मी छे । कुनै फर्माइस् छैन । जे दियो त्यसैमा सन्तुष्ट, कुनै आग्रह छैन । यति थोरै पगार छ, चाहेर पनि केही दिन नसके पनि यिनले अभाव, दुःख र चिन्ताका भावहरू आउन दिएकी छैनन् ।’ बाहिरको चन्द्रमाको शीतलता र कोमलता आज माड्सा’पको कुटीमा भित्रिएको छ । त्यसैले उनी आफ्नो मनोवादमा भक्कानिरहेका छन्- ‘आज कति राम्री देखिएकी, अनुहार किन गुलाबी लागिरहेछ । चम्किला आँखामा बेग्लै सुख, सन्तोष र प्यार अहो ! मेरी पवित्रा ! तिम्रो यो सुन्दर र तुष्ट मुहारको दर्शनमा म कति तर्सन्छु, भौँतारिन्छु जहाँतहीँ । यो खुसी, यो प्रफुल्लतालाई मुर्झाउन नदेऊ । म तिम्रै भक्त हूँ, अनन्य भक्त’, माड्सा’प मनमनै बर्बराइरहेका छन् ।

 बागेश्वरी-४, नुवाकोट

5 प्रतिक्रिया

  1. Dhak Gurung says:

    राम्रो कथा बहुत राम्रो बिश्लेषण

  2. Casino Bonus says:

    I always motivated by you, your opinion and way of thinking, again, appreciate for this nice post.

    – Mark

  3. I had been arguing with my close friend on this issue for quite a while, base on your ideas prove that I am right, let me show him your webpage then I am sure it must make him buy me a drink, lol, thanks.

    – Lora

  4. college loan says:

    Keep posting stuff like this i really like it

  5. Looks like you are an expert in this field, you really got some great points there, thanks.

    – Robson

प्रतिक्रिया छाड्नुस्