द पाइड पाइपर : माया ठकुरी

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

द पाइड पाइपर : माया ठकुरी

 टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरू पुछपाछ गर्नेक्रममा मैले चित्रकथाको द पाइड वाइपर पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरूमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ, मनमनै साँचे । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक पढ्न थालेँ ।

जर्मनीमा हृयामिलिन नाउँ गरेको सहर थियो । त्यस सहरका बासिन्दा सुख शान्तिपूर्वक जीवन बिताइरहेका थिए ।

एकदिन अचानक त्यो सहरमा हजारौँको सङ्ख्यामा मुसा आए र सहरमा जताततै उत्पात मच्चाउन थाले । मुसाहरूले बच्चाहरूलाई टोक्न र बाटामा जेजे भेटियो त्यो सब नष्ट गर्न थाले । मुसाको आतङ्कबाट हृयामिलिनबासी ज्यादै भयभित भए । मुसा आतङ्कको समस्याबाट बच्नको लागि सहरवासीले अनेक उपाय गरे तर सफल भएनन् । त्यति धेरै मुसा मार्नको निम्ति सहरमा प्रशस्त बिरालाहरू पनि थिएनन् । एकदिन मुसाका कारण उत्पन्न समस्या समाधान गर्ने उपायबारे छलफल गर्न त्यहाँका नगर प्रमुखले बोलाएको आपत्कालीन बैठकमा सहरवासीहरू भेला भए ।

ए भाइ …. ! अमेरिकाको एउटा नम्बर मिलाइदिनोस् त… ! ” भन्दै एकजना अधबैंसे व्यक्ति एक किशोरीसँगै आए र मेरो अघि नम्बर लेखेको कागज राखिदिए ।

ती व्यक्ति फोनमा बोल्न लागे । “अँ … अँ…. म बुबा बोल्या हो । के छ त तेरो हालचाल ए… काम पाइस्… ! ठीक छ, ठीक छ । अहिलेलाई जे जस्तो काम पाइन्छ त्यसैमा झुण्डी … जसरी भए पनि आ�नो पढाइ र बस्ने खाने खर्चको जोगड गर्ने काम गर्नु । के अरे… ! अँ ….. यताको हालखबर उस्तै छ । काम र मामको समस्याले गर्दा मानिसहरूको बेहाल भएको छ । महँगीको त कुरै नगर । जनतालाई जीवन धान्नै गाह्रो छ । बेरोजगारीको कारणले गर्दा जताततै हत्या, लुटपाट, अपहरणजस्ता आपराधिक गतिविधि बढ्याको बढ्यैछ । बिहान घरबाट हिँडेको मान्छे बेलुका फर्किने हो कि होइन कुनै ठेगान हुँदैन । जे होस्, तैँले त्यहाँ दुःख गरेर केही गर्न सकिस् भने केही होला कि भन्ने आश छ नत्र त… खोइ के भन्ने � …. ए…. ल यहाँ तेरी बहिनीले पनि तँसँग कुरा गर्ने रे ल गर… ।” त्यसो भन्दै उनले फोन युवतीको हातमा थमाइदिए “दादा … � दर्शन… सञ्चै होइसिन्छ ? हजुर…. हजुर… हो…. मेरो पनि अब चाँडै नै रिजल्ट हुन्छ । मेरा जम्मै साथीहरू उच्चशिक्षाको लागि उतै जाने भन्दैछन् । म पनि त्यहीँ नै आएर पढ्छु है दादा… युवतीले आ�नो दाजुसँग अनुनय गर्दै बोलिन् । ‘खोइ ल्या’ यता म बोलूँ … । युवतीको पिताले छोरीको हातबाट फोन लिएर बोले ‘के अरे …? आमाले के भन्छे भनेको … ? उही त हो नि जतिखेर पनि अब मेरो छोरोसँग कहिलेभेट हुने हो.. भनेर रोइरहन्छे । अँ … सम्झाउनुसम्म सम्झाएँ ‘हाम्रो छोरो मात्र विदेश गएको होइन, यहाँ घरैपिच्छेका छोराछोरीहरू विदेशिएका छन्’ भनेर कत्ति भनँे तर बुझ्ने होइन । ल त अहिलेलाई फोन राख्छु । राम्ररी पढ्ने काम गर्नु । बरालिने काम नगर्नु । त्यति भनेपछि उनले फोन राखिदिए र पैसा तिरे । ती बाउछोरी गएपछि मैले फेरि द पाइड पाइपरको कथा पढ्न थालेँ ।

अचानक हृयामिलिन सहरमा अनौठो पहिरन लगाएको मानिस आयो । त्यो नौलो मानिसले लाएको टोपीको किनारमा हरियो रङको प्वाँख सिउरेको थियो भने कम्मरमा एउटा बाँसुरी घुसारेको थियो । “म तपाईंहरूलाई मुसाको आतङ्कबाट छुट्कारा दिलाउन सक्छु ।” त्यो मानिसले भन्यो “तर त्यसको सट्टामा तपाईंहरूले मैले मागेको रकम दिनुपर्छ ।”

नगरप्रमुख र सहरवासीहरूले त्यो मानिसले भनेको शर्त माने । उसको नाउँ सोधे । ‘मेरो नाम पाइडपाइपर हो’ उसले भन्यो ।

त्यसपछि त्यो मुरलीवाला सहरको छेउ भएर बगिरहेको नदीको किनारमा गएर तन्मयताका साथ मुरली बजाउन थाल्यो ।

पाइड पाइपरले बजाएको मुरलीबाट निस्केको जादुई धुन सहरभरि तरङ्गित हुन थाल्यो । सहरका कुनाकाप्चाबाट निस्केर ताँतीका ताँती मुसाहरू मुरलीको धुनलाई पच्छ्याउँदै नदी किनारतिर लागे । नदीको किनारमा पुगेपछि सबै मुसाले नदीमा हामफाले र ती विलीन भए । त्यसपछि त्यो सहरमा एउटा मुसा पनि बाँकी रहेन ।

नगरवासीहरूले त्यो दृश्य आ�ना घरका झ्याल, कौशी र खुला ठाउँबाट हेरिरहेका थिए । मुसाबाट छुट्कारा पाएकोमा ज्यादै खुसी भएका सहरवासीले खुसीयाली मनाए ।

“दाइ …. एउटा नम्बर मिलाइदिनुहोस् त… अमेरिका .. । एक हूल विद्यार्थी आए र जो विद्यार्थीमध्येको एकले निकै चुरीफुरीका साथ भन्यो । मैले द पाइड पाइपर बन्द गरँे र उसले भनेको नम्बर मिलाउने प्रयत्न गरेँ । उताको घण्टी बज्न थालेपछि मैले फोन दिएँ । “को रतन दाइ हो … ? म विजय बोल्दैछु अँ …. हो…. हामी आठैजना साथीको भिसा मिल्यो । अँ… हाम्रो पूरा ‘ग्याङ्ग’ उतै आउने भयो । काम त पाइएला नि, होइन दाइ एकपटक जसोतसो त्यही छिर्न पाए त भइगयो नि…अँ मीनु दिज्यूहरू पनि स-परिवार त्यतै आउनु हुनेछ । ल…ल.. भिसा पाएको कुरा दाइलाई यसो खबर गरिदिउँ भनेर फोन गर्‍या हो । भेटमा कुरो गरौँला ।’ “के हो भाइ तपाईंहरू सबै विदेश जाने हुनुभयो कि क्या हो ?” मैले उसको हातबाट … पैसा लिँदै प्रश्न गरेँ । “अँ दाइ सबै उतै जाने भइयो…. ।’ अनुहार उज्यालो पार्दै प्रफुल्लित स्वरमा अघिकै केटो बोल्यो । “तपाईंहरू युवा जति यसरी सबै विदेशिएपछि यो देशमा को बस्ने त बूढाखाडा र अशक्तहरू मात्रै ?” मैले खुद्रा पैसा फर्काउँदै भनेँ । उसले केही उत्तर दिएन ।

उनीहरू गएपछि मैले फेरि ‘द पाइड पाइपर’ पढ्न थालेँ । पाइड पाइपरले हृयामिलिनवासीलाई मुसा आतङ्कबाट छुटकारा दिलायो र ऊ आफूले पाउनुपर्ने रकम लिनको लागि नगरप्रमुख कहाँ गयो । नगरप्रमुख असाध्य लालची थियो । उसले पाइड पाइपरलाई आफूले कबुले जति रकम दिन मानेन । नगरप्रमुखले धोका दिएकोमा पाइड पाइपर एकदमै रिसायो । उसले सहरवासीहरूलाई सजाय दिने निर्णय गर्‍यो । ऊ सरासर सहरदेखि बाहिर गयो र एकनाससँग मुरली बजाउन थाल्यो ।

“ए भाइ ल छिटो एउटा नम्बर मिलाइदिनुस् त … ।” हत्तारिँदै आएर एकजना ग्राहकले मेरो अघिल्तिर नम्बर राखिदिए । हातमा फोन लिनासाथ उनी बेस्सरी कुर्लिन थाले । “के अरे … अरे ? पढाइ सिद्धिएपछि यतै र्फकन्छु भन्छस् अरे ? तँ आमाछोराले कुरा मिलाएर हुँदैन बाबै � भन्दियाछु । आफू पार्टीमा लागेको हुनाले कत्रो तिगडमबाजी गरेर तँलाई पूर्ण छात्रवृत्तिमा पढ्न पठाएको । लरतरो मान्छेले गर्नै नसक्ने काम हो यो । तँ भने बडो देशभक्त बन्न खोज्ने । यहाँ न जीउधनको सुरक्षा छ, न त भविष्यको । पढाइ सिध्याएपछि पनि यता र्फकने होइन भनिदियाछु । त्यहाँ तँजस्ता लाखौँ युवा छन् आ�नो दुनो सोझ्याउन बसेका बुझिस् ? ल पछि कुरो गर्दै गरौँला । हाँडीमा मकै पड्केको झैँ गरेर आफू मात्र एकोहोरो बोलेपछि फोन राखे उनले । ‘लौन बाबु छोरोको फोन मिलाइदिनुहोस् न । नियमितजस्तै फोन गर्न आइरहने एक बूढीआमाले मेरो अघि आएर भन्नुभयो । बिचरी बूढी आमैले आफैँले हिजो बेलुकी पनि आ�नो एक मात्र सन्तान छोरोसँग कुरा गर्न खोज्दा उता फोन नै उठेन ।

‘बस्नोस् न आमा �’ मैले भनेँ र उनले दिएको नम्बरमा फोन मिलाउने प्रयास गरेँ । बल्लतल्ल घण्टी बज्यो तर उताबाट अहिले पनि कसैले फोन उठाएन । निन्याउरो अनुहार पारेकी बूढी आमैलाई ‘एकछिन पछि फेरि कोसिस गरौँला है त आमा’ भनेँ ।

‘यसबाजी त छोरोलाई निकै छिटो फोन गर्न लाग्नुभयो नि आमा … ।’ मैले कुरो कोट्याएँ । ‘हो बाबु, मेरा देउरानी र उनका छोरी जुवाइँ सबै तीर्थ जाने भएका छन् । मलाई पनि ‘जाउँ’ भनेका छन् । सङ्गी-साथी पाएपछि मैले पनि जाने आँट गरेकी छु । यत्रो ठूलो काम आँट्दा छोरोसँग पनि एक पटक सोध्नै पर्‍यो, उनले भनिन् । ‘तपाईंको छोरो विदेश गएको त निकै वर्ष भइसक्यो होइन आमा ?’ मैले फेरि सोधँे । ‘हो बाबु आउँदो मङ्सिर चार गते उसले देश छोडेको अठार वर्ष लाग्छ ।’ खुइय्… गर्दै उनले भनिन् । अनि यतिका वर्ष बित्दा पनि उनी यता आउन खोज्दैनन् त …? मेरो मुखबाट कुरा फुस्कियो । ‘खोज्छ बाबु … आउन त किन नखोज्नु’ र तर खोइ कुन्नि कस्तो कागज बनाउन नसकेको हुनाले हो, आउन सकेको छैन भन्छ । बरा आफू जन्मेको, हुर्केको गाउँघर सम्झेर कति रुँदो हो उसको मन ।’ भावविभोर हुँदै भनिन् उनले । तपाईंसँग यहाँ को बस्छ त ?’ मैले फेरि प्रश्न तेर्साएँ । ‘एउटी मजस्तै बूढी छन् । हुन त उनी मेरो कतैपट्टकिो पनि नातागोता होइनन् तर बाल विधवा भएर गाउँमा साह्रै दुःख पाएर बसेकी थिइन् । उनैलाई मैले साथमा राखेकी छु । भयो, धेरै वर्ष । अब त हामी एउटै आँतका दिदी बहिनीजस्तै भएर बसेका छौँ ।

फेरि फोन लगाउने कोसिस गरेँ । यसबाजी पनि उता घण्टी गइरहृयो तर कसैले पनि फोन उठाएन । होइन यतिविधि कोसिस गर्दा पनि उता किन फोन उठेन बाबु …� कतै मेरो छोरो बिरामी परेर पो कोठामा नभएको हो कि … । ‘लौ न प्रभु’ अब म के गरौँ ?

एकाएक अधीर भएर विवशतापूर्ण स्वरमा भनिन् उनले । ‘पीर नगर्नुहोस् आमा तपाईंको छोरो अन्त कतै गएका होलान् । भरै भोलि र्फकन सक्छन् ।’ मैले उनको मडारिएको मनलाई धेरै कुरा भनेर सान्त्वना दिने प्रयास गरेँ ।

बूढीआमैले भनिन्- छोरो देश छोडेर परदेश गएको यतिका वर्ष भइसक्यो तर मेरो आँखामा भने विदेश जान ऊ हिँडेको दिनको घटना अझै पनि आँखाको अगाडि झल्झली नाचिरहन्छ । त्यस दिन उसलाई जाहाजसम्म पुर्‍याउन म पनि गएकी थिएँ । बाटाभरि ऊ मेरो हात समातेर भक्कानिएर रोइरहृयो । रुँदारुँदा मेरा आँखाहरू पनि बारुलाले डसेजस्तै गरी सुन्निएका थिए ।

जाहाज आएपछि ऊसँगै सबै यात्रुहरू लाम लागेर गए । उसले एकपटक पनि फर्केर हेरेन । उनीहरू जहाजभित्र पसे जहाजको ढोका बन्द भयो । त्यसपछि ऊ कता हरायो कता भन्दै हत्केलाले आँसु पुछ्न थालिन् । उनको अवस्था देखेर मेरो मन साह्रै नै कुँडियो ।

बूढीआमा दिउँसो फेरि आएर छोरोसँग कुरा गर्ने मनसाय जनाएर घरतिर लागिन् । त्यसपछि मैले फेरि द पाइड पाइपरको कथा पढ्न थालेँ ।

पाइड पाइपरले बजाएको एक तमासको धुन हृयामिलिन सहरभरि गुञ्जिन थाल्यो । त्यो धुन सुनेर सहरका बालबालिकाहरू हूलका हूल बाँधेर नाच्दै उपि|mँदै रमाइलो गर्दै पाइड पाइपर भएतिर गइरहेका थिए । आ�ना बालबालिका पाइड पाइपरलाई पछ्याउँदै गइरहेको देखेर तिनका अभिभावकहरूले उनीहरूलाई फर्काउन अनेक प्रयत्न गरेँ तर बालबालिकाले पछि फर्केर पनि हेरेनन् ।

अन्त्यमा त्यो पाइड पाइपर बच्चाहरूसहित एउटा पहाडको नगिच पुग्यो । उनीहरू पुगेको पहाड बीचमा चिरियो । पाइड पाइपर मुरली बजाउँदै

चिरिएको ओढारभित्र पस्यो । उसको पछिपछि लाम लागेर आएका बालबालिकाहरू पनि त्यही ओढारभित्र पसे । त्यसपछि त्यो ओढारको ढोका बन्द भयो । बिस्तारै मुरलीको धुन पनि सुनिन छोड्यो । त्यसरी नगरवासीले आ�नै आँखाको अगाडि आ�ना लालाबालाहरू ओढारमा कता हो कता विलीन भएको देखे । अभिभावकहरू दुःख र पीडाले आकुलब्याकुल भएर शोकमा डुबे ।

मुसा आतङ्कबाट बचेका हृयामिलिनवासीहरूले यसरी ठूलो मूल्य चुकाउनु पर्‍यो /

प्रतिक्रिया छाड्नुस्