नफर्केको दशैँ : बिनोद खड्का

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

नफर्केको दशैँ : बिनोद खड्का

प्रवासको निरस जीवनमा पनि दशैका पुराना सम्झनाहरु ताजा भएर आउँदा कहिल्यैकाही रमाइलो पनि महशुस हुन सक्छ । तर सधै रमाइला यादहरु नै दोहोरिन्छन् भन्ने जरुरी भने छैन । धेरै वर्ष पहिले नातीको जिज्ञासा निवारण गर्दै उसको हजुरबुबाले भनेको कुरा यसपाली उसलाई याद आयो । हजुरवुवाले भनेका थिए “दशैमा मान्छेहरुले वर्ष दिनभरिको दु:ख पीडाहरु बिर्सेर रमाइलो गर्छन् । घरदेखि बाहिर भएका सबै मान्छेहरु दशैको मौकामा घर फर्कन्छन अनि परिवारसंगै यो महान पर्व मनाउँछन । मान्यजनहरुका हातवाट टिका थाप्छन । कार्यालय, स्कुल, कलेजहरु सबै वन्द हुन्छन ।”

उसका बाउले उसलाई दशैको लागि नयाँ लूगा जुत्ता किन्न बजार गएको पनि सम्झयो । उसका बाउ र उनका साथीहरुले तास खेल्दै मासु खाँदै विदेशी रक्सीकॊ रातो झोल पिएर मात्तेको पनि सम्झयो । रातो झोलको सुरमा उसको बाउ र उसका साथीहरुले घुस खाएका घटनाहरु बताईरहँदा उसकी आमाले दाँतले जीब्रो टोकेको पनि सम्झिएको थियो । मासुका थरीथरी परिकारहरु बनाइएको थियो । घरमा सबैजना आ-आफ्नै खुसीमा रमाइरहेका थिए । यि सबै कुराहरुका बाबजुद पनि उसको मूहारमा त्यो दशैमा खुसी छाएको थिएन ।

उसले आफ्नो घरभन्दा अलि पर एउटा पुरानो घरमा आफ्नी आमासंग बस्ने उसकै उमेरको साथी नविनलाई पनि सम्झ्यो जो कुनै अर्कै गाँउबाट त्यहाँ आएर विदेशमा वसेको कसैको त्यो पुरानो घरमा घर कुरुवाको हिसाबमा उसकी आमासंग बसीरहेको थियो । ऊ समय पाउने बित्तिकै नविनको घरमा पुगिहालथ्यो । उसलाई नविनका बाउ कस्ता होलान भन्ने जिज्ञासा थियो । नविन बोल्दैनथ्यो त्यसैले उसका मुखबाट उसको बाउको बयान सुन्न सकिने सम्भावना थिएन । हजुरबुबाले भनेजस्तै घरदेखि बाहिर भएका सबै दशैमा घर फर्कने क्रममा नविनका बाउ पनि टाउकामा सुटकेस बोकेर घर फर्केलान, नविनलाई लुगा खेलौना लिएर आउलान भन्ने लागेको थियो । सबैका घरमा खसी, च्युरा, र नयाँ लुगाहरुको व्यवस्था भैसक्दा पनि त्यो घरमा केही पनि व्यवस्था भएको थिएन । दशै चल्दै गयो, दिनहरु घट्दै गए तर न त नविनका बाउ फर्के न त उसका घरमा उज्यालो फर्क्यो, न त नविन पींग खेल्न गयो, न त ति आमा छोराको अनुहारमा उज्यालोको आभास छायो । कौतुहलतालाई रोक्न नसकेर उसले नविनकी आमालाई सोधेको थियो “नविनका बाउ कहाँ गएका हुँन अनि कहिले आँउछन ”

ति आमाले लामो श्वास छोड्दै नविनका बाउको कथा बताएकि थिईन । उसको बाउलाई बन्दुक बोकेर आएको एक समूहले आधा रातमा लछार पछार गर्दै लिएर गएका थिए । त्यसपछि उनी कहिल्यै फर्केनन । उसको बाबुलाई खोज्ने उसकी आमाका धेरै प्रयासहरु विफल भएपछि र गाँउमा छिमेकीहरुको खासै सहयोग नमिलेपछि उनले नविनलाई लिएर गाँउ छाडेकी थिईन । त्यो डरलाग्दो घट्नालाई आफ्नै आँखाले देखेको नविनको आवाज त्यतिखेर नै हराएको थियो जुन आजसम्म फर्केको छैन । बेलाबेलामा उ तर्सीरहन्छ ।

हामी र हाम्रा टोलका कसैले पनि त्यो परिवारले यथार्थमा दशै मनायो मनाएन थाहा नै पाएन । त्यसो त कसैले पनि तिनीहरुको घरतिर गएर बुझ्ने चासो पनि देखाएन । प्रवासको एउटा कुनामा यी कुराहरु सम्झिरहँदा परपरसम्म फैलिरहेको अगाडीको विशाल समुन्द्रको छालहरुमा उसले नविनका जीवन तरंगहरु देखिदै मेटिदै गरेको अनुभव गरिरहेको थियो । दोहा कतार
Khadkabinod02@yahoo.com

1 प्रतिक्रिया

  1. Searching for professional custom writing service? Hence, you’re in a right one to buy coursework. Numbers of people come to our website and order course works of solid quality.

प्रतिक्रिया छाड्नुस्