विदेशिनुको पिडा

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

विदेशिनुको पिडा

मधु अभागी

सुर्य दाजु तपाईले त विदेश पठाउनु हुन्छ भन्ने सुनेकी थिए के साचो हो ? उर्मिला राईको भनाई थियो । किन विदेश जान मन लाग्यो घरमा के नपुग छ र । के गर्नु दाजु सधै घरमा कच कच मात्र छोराले मात्र कमाउन सक्छ छोरीले केहि पनि गर्न सक्दिन खाली घाँस दाउरा, मेला पात मात्र भन्ने बोली कति सुनिरहनु । बरु अलि राम्रो भिषा र सस्तो पैसामा बिदेश जान पाए केहि हुने थियो कि । पल्लो गाउँकी मनकुमारी पोहोर साल साउदी अरब गएकी हिजो मात्र १ लाख पैसा पठाएकि रहिछ । हस्पिटलमा रहेछ काम गर्ने यहाँबाट जाँदा दुब्ली पातली थिई उहाँ गएर त धेरैनै मटाईछ मोरी । मनकुरमारीलाई पनि तपाईले नै पठाउनु भएको हैन र । हो तर तिमी किन जाने, बुवा आमा, दाजुभाइहरुलाई छोडेर त्यहि पनि यो लक्का जवानीमा विदेश गएर के गर्ने बरु राम्रो केटा खोजेर घरजाम गरी बस्दा राम्रो हुन्छ । ठिक छ यदि तपाईले पठाउनु हुँदैन भने तपाई जस्ता विदेश पठाउने मान्छे कति पाईन्छन् कति । हैन मैले हाँसो पो गरेको हुँ खै लेउ तिम्रो पासवर्ट म आजै देखि कोशिज गर्ने छु ।

उर्मिला राई एक उच्च खानदानकी अति सुन्दर केटि हो । उच्च खानदानमा भएपनि उसले राम्रो शिक्षा हाशिल गर्न सकिन । जेठा दाजु मलाएमा भर्ति भएका थिए भने कान्छो भाइ भर्खरै एस. एल. सी दिने तयारी गर्दै थिए । बुवा आमा घरमा सामान्य ब्यापार गरेर बसेका थिए । उर्मिला सानै देखि मेक अप र ड्रेसमा अलि बढि सौखिङ भएकी केटि हो । उसलाई बुवा आमाले र दाजुले महिनामा खर्च दिएर सक्दैनन् । उर्मिलाले सोच्न पुग्दछे नेपालमा मलाई मिल्ने जागीर पाउन अति गाहो छ त्यसकारण विदेश तर्फ जाने योजना बनाउँदछे । पोहोर सालमा मात्र उसकि अति मिल्ने साथी मनकुमारी उहि सुर्य गुरुङ्गसँग साउदी अरब आएकि थिई । आज उसले आफ्नै बैंकमा थुप्र्रै पैसा जम्मा गरी सकेकी छे ।

सुर्य गुरुङ्ग ८ बर्ष साउदीमा बसेर विदेशको अनुभव बटुलेर गएको हो । आजकल उ मेनपावरमा नलागी भारत दिल्लीबाट आफैले साउदी अरबमा कामदारहरु पठाउदै आईरहेको छ । उसको दिल्लीमा र साउदीमा चिनजानका मानिसहरु छन् । उनिहरुकै सहायताले उसले साउदी अरब कतार, दुवैमा कामदारहरु सप्लाई गर्दछ । उसलाई थाहा छ विदेशमा भोग्नु पर्ने दुःख दायी पिडा, अनि दर्दनाक घटनाहरु उसले पनि विदेशमा अनेकौ दुःख र बेदनाहरु भोकेर आएको हो ।

समय बित्दै गयो सुर्य गूरुङ्गले करिब १० जना महिलाहरुलाई जम्मा गराई साउदी अरबको एक प्रतिष्ठित हस्पिटलमा काम गर्नकोलागि जनही रु ४० हजार लिई भारत दिल्ली तर्फ लिएर आयो । जसमा ६ जना बिवाहित महिला थिए भने ४ जना अबिवाहित महिला । त्यस मधे उर्मिला अति राम्री र हट्टाकट्टा र अलि चलाख पनि थिई सबैले उसलाई आँखा लगाउदथे । करिब १ महिनाको प्रयास पछि सुर्य गूरुङ्गले ति सबै महिलाहरुलाई दिल्ली लान सफल भयो । नेपालमा पनि सुर्य गूरुङ्गको प्रहरीमा ठुला ठुला मान्छेसँग सम्पर्क थियो । त्यसकारण दिल्ली लान त्यति कठिनाई भोग्नु परेन ।

नयाँ दिल्लीको एक होटलमा ति महिलाहरुलाई राख्यो । उसले उर्मिला राईलाई पहिला देखिनै आफ्नो गिद्धे नजर लगाएको थियो । जहाँ जाँदा पनि उर्मिलालाई सँगै साथमा लिएर जान्थ्यो । करिब १ महिना सम्म नयाँ दिल्लीमा बस्नु प¥यो धेरै जसो महिलाहरु राई र गुरुङ्ग जातका भएकाले साझपख सबै सामान्य नसामा झुमिन्थे । १, २ जनामात्र नसाभन्दा बाहिर हुन्थे । उर्मिला राई पहिला त केहि पनि खादिन थि । आजकल उसले विस्तारै चुरोट, बियर खान थालेकि छे ।

ल अब तिमीहरुको भोली यहाँबाट दुवई, बहराईन हुँदै साउदी अरबको रियाद सम्मको फ्लाईट हुँदैछ बिहानै ६ बजे नै तयारी हुने आफुलाई चाहिने बाँकि सामानहरु आजै खरिद गर्नु भनि सबैलाई भन्यो । आज तिमीहरुको लागि अन्तिम रात आज अति रमाईलो गर्नु पर्दछ । सुर्य गुरुङ्गको साथमा अन्य ५ जना नेपाली साथीहरु थिए । उनिहरु दिल्लीमा नै बस्दथे । त्यस रात होटलमा सबै एकै ठाउँमा बसी मासू रक्सी बियर खान थाले । मानौ त्यहाँ बिवाहको भतेर चलिरहेको छ । उर्मिला राई र सुर्य गुरुङ्ग सँगै बसेका छन् भने अन्य केटाहरु अरु केटिहरुका साथ मिठा मिठा गफहरु गर्दै बिदेशमा गएर गर्नु हुने काम र गर्न नहुने कामका बारेमा सामान्य कुराहरुमा छलफल गर्दै छन् । अलि अलि गर्दा गर्दै सबैलाई मस्त नसा लागिरहेको छ । सुर्य गुरुङ्ग त्यस्तो काममा अति होसीयारी र चलाखी छ । उसले पहिला देखिनै महिलाहरुलाई विदेश पठाउँदा राक्षसी ब्यवहार गरिसकेको थियो । केटिहरुलाई कसरी आफ्नो बसमा पार्नु पर्दछ राम्रोसँग थाहा थियो उसलाई । उर्मिलाले त्यस रात अति मस्त नसामा थिई । आफ्नो कोमल ज्यान एता उता ढल्काई रहेकि थिई । कति कति बेला उसले सुर्यलाई मस्त ठक्कर दिन्थी । रातको करिब १२ बजे सबैजना अति आनन्दमा थिए । अवश्य बिपरीत लिङ्ग एक आपसमा ठक्कार खाँदा उत्तेजना त बढ्दछ । सबै जनालाई अब सुत्ने भोली बिहानै उठ्नु पर्दछ भनि कोठामा लगेर सुताउन थाले । सुर्य गुरुङ्गले उर्मिलालाई उसको कोठामा लगि सुताउन थाल्यो । उर्मिला अति मस्त थिई आफ्नो ओछ्यानमा पुग्दासाथ पल्टिहाली सुर्यलाई सहि नसक्नु भयो तत्काल उसले उर्मिलालाई आफ्नो बसमा लियो । करिब १ घण्टासम्म उनिहरु मस्त आनन्दमा डुबे उर्मिला अचेत अवस्थामा थिई । बल्ल बल्ल उ दुई घण्टा पछि होसमा आई होसमा आउँदा त उ पुर्णरुपले लुटिईसकेकि थिई तर उसले केहि प्रतिउत्तर जनाईन । किनकी उ केहि समय पछि बिदेश आउदै थिई ।

बिहान करिब ६ बजे उठेर सबै तयार भए । सुर्य गुरुङ्गले एर्यपोर्ट सम्मकोलागि ट्याक्सीहरु तयार पारेको थियो । अरु ५ जना साथीहरु पनि त्यस रात त्यहि बिताएका थिए । मलिनो अनुहार लिएर उर्मिला गाडीमा चढि अगाडी सिटमा सुर्य थियो । उर्मिला जी हिजो राती जे जस्तो भयो त्यसमा सरी ल हैन केहि भएको छैन न्याउरो स्वरमा उर्मिलाको जवाफ थियो । एर्यपोर्टमा पुगेर सबै प्लेन तर्फ लागे । उर्मिला र मिठु एउटै सिटमा परे भने अरु अन्य सिटमा मिठू पनि न्याउरो मुख लगाएकी थिई । एकातर्फ उनिहरु नौलो अनुभव बटुलिरहेका थिए भने अर्को तर्फ रातको पिडादायिक बेदना बाध्यताले खपिरहेका थिए । उर्मिलाले भनि हिजो राती अति पिईएछ होसै भएन । मिठूले हैन मलाई पनि त्यस्तै भयो मिठूलाई पनि त्यस रात अन्य केटाहरुले लुटेका रहेछन् । तर त्यस समयमा उनिहरुलाई त्यस रातको भन्दा पनि कस्तो ठाउँमा पुगिने हो? काम कस्तो पर्ने हो ? कहिल्यै नगएको ठाँमा र सुन्दा पनि अति कहाली लाग्दो ब्यवहार गर्ने देशमा जाँदा मन मनै डर लागिरहेको थियो । आफ्नो मात्रृभूमी छोडेको त १ महिना भईसकेको थियो । बिदेश आउने रमझममा आफ्नो परिवारको सम्झना र याद भुलिसकेका थिए । करिब ४ घण्टाको प्लेन यात्रा पछि उनिहरु अवुदुवै एर्यपोर्टमा उत्रिए । अरु यात्रीहरुले जस्तो गर्दछन् त्यस्तै गरी त्यहाँबाट उनिहरु साउदी अरबको रियाद तर्फ लागे ।

यार यो पालाको जस्तो मज्जा र आनन्द अझसम्म भएको थिएन । यसपाला त अति मोज गरियो सुर्यको भनाई थियो । सुर्यले त्यहाँबाट साउदी अरबमा फोन गरी महिलाहरु आएको खवर ऐजेन्टलाई बतायो । साउदी अरबमा महिलाहरुलाई खुल्लारुपमा हिडडुल गर्न दिईन्नथ्यो । साउदी अरबको स्थानिय बासिन्दा कालो सिसा भएको गाडी लिएर एयरर्पोट पुग्यो । त्यहाँ लस्करै १० जना महिलाहरु अति आकर्षक पहिरनमा खडा भएको देख्दा त्यस साउदी अति खुशी भयो । ताल ताल उसको भनाई थियो महिलाहरु कोहि पनि साउदी भाषा नबुभ्mने के भनेको होला ताल ताल तर हातको इसाराले बुझे हामीलाई लिन आएको यहि रहेछ भनेर (हादा कम नेपाल सुर्य) तिमीहरु सुर्यको मार्फत नेपालबाट आएका हौ । उनिहरुले बुभ्mन त बुझेनन् सुर्य भने पछि मात्र बुझे । त्यस साउदीले उनिहरुलाई लिएर एउटा ठुलो घरको माथिल्लो तलामा लग्यो । (अलियोम खल्ली इजलेस बोक्ररा फिरो सुकुल) आज तिमीहरु आराम गर भोली देखि काममा जानु पर्दछ । उसले साउदी भाषामा भन्यो बीच बीचमा अंग्रेजी पनि मिसायो । एकैक्षण पछि उसले प्लास्टिकमा अति ठूला रोटी र करी लिएर आयो । यो खपुस हो तिमीहरुलाई भोग लागेको होला खाउ भन्दै दियो । एक्कासी कहिल्यै नदेखेको रोटी र करी देख्दा बान्ता आउला जस्तो भयो उनिहरुलाई रात भरीको थकाई र दिल्लीको होटलको अनैतिक कार्यले उनिहरुको ज्यान शिथिल भएको थियो । कुनै महिलाहरु त पल्टिए । भोग लागेकाले खाए साउदी अर्को कोठामा बसी राखेको थियो (अन्ता फि मुस्कीला थाप्गा काल्म कलाम) तमीहरुलाई कुनै समस्या भएमा मलाई बोलाउनु अंगे्रजी मिसाउदी साउदी भाषामा भन्यो । उर्मिलालाई ट्वाईलेट जान मन लाग्यो तर कतै पनि देखिन त्यस साउदीलाई ढक ढक गरी ढोका खोली अनि ट्वाईलेट भनि उसले साउदी भाषामा हमाम भन्यो हमाम भनेको टवाईलेट रहेछ भन्ने बुझी मुन्टो हल्लाई अँ । उसले देखाईदियो । त्यस दिन उनिहरु थकित ज्यानलाई केहि आराम गरे । बाहिर निस्कन पनि डर आफुलाई चाहिने सामान किन्न जान पनि सकेनन् । बेलुका खानाखाने बेलामा एउटा ठूलो पलास्टिकमा नेपालमा बनाईले कुखुरा सग्लै लिएर खाप्सा भन्दै साउदीले लिएर आयो र सबैको बीचमा राखिदियो । उनिहरु सबै अल्ल मल्ल परे कसरी खाने अझ सम्म कसैको पनि जुठो नखाएको भिन्दा भिन्दै खाउ भने खाने भाडा छैन । साउदीले हातको इसारा लगाउदै साउदी भाषामा भन्यो । (कुल्लु सावा सावा अकिल माफि मबजुत प्लेट) एकै ठाउँमा खाउ, भाँडा छैन. । बल्ल बल्ल दुई तिन गाँस खाना खाएर उनिहरु सबै एकै ठाउँमा सुते । भोली बिहान बिहानै साउदीले (याल्ला जाल्दी थाप्गा रो सुकुल) ए केटी हो उठ अव काममा जानु पर्दछ । छिटो तयार भई भन्यौ सबै जना तयार भए तर कपडा के लगाउने साउदीले सबैलाई बाहिरबाट लगाउने साउदीमा बुर्खा भनिदो रहेछ तल देखि माथि सम्म कालो एकै कपडाले बनेको बुर्खा दियो । देख्दै घिन लागेर आउने बल्ल बल्ल उनिहरुले आफ्नो ज्यानमा घुसारे । एकै क्षण पछि बाहिर टि टि गाडीको हर्न बज्यो साउदीले (याल्ला कुल्लु सैखी तर्तिब सामान) यल्ला यल्ला ताल ताल छिटो छिटो गर तिमीहरु सबैको सामान भिन्दा भिन्दै प्याक गर अझ सम्म त उनिहरुले हामीहरु सबैले काम गर्ने एकै ठाउँमा होला भन्ने सोचेका थिए तर बाहिर निस्कदा बल्ल थाहा भयो उनिहरु एकै ठाउँमा नभएर भिन्दा भिन्दै ठाउँमा रहेछ । त्यस दिनबाट सबै भिन्दा भिन्दै छुट्टीएर गए । एउटा गाडीमा २ जना अर्कोमा ३ जना अर्कोमा ४ जना उर्मिला एक्लै परी । एउटा साउदीले उर्मिलालाई औलाले देखाउदै हादा माईडम सवा सवा रो (हादा अना थाप्गा अना फि सील) यस केटीलाई मेरो साथ लान्छु । म त एक पटक अल्ल मल्ल परे जाँउ कि नजाउ तर म बाध्यतामा थिए जसरी भएपनि जानु पर्दथ्यो । म त एक पटक लुटिसकेकि छु अब अवश्य म सधै लुटिनेनै होला भन्ने सोचे र गाडी मा गएर बसे । मेरा साथीहरुलाई पहिलानै लिएर गयो त्यस दिन देखि उनिहरुलाई कहाँ लग्यो कस्तो अवस्थामा छन् केहि थाहा भएन । गाडीमा गएर उसले मलाई सोध्यो हाट ईच योर नेम (एस फी सिस्म अन्ता) तिम्रो नाम के हो ? डराई डराई उर्मिला साउदीले अलि अप्ठेरो मानी उर्मि भन्दै छोटकरीमा उर्मि नै भनि बोलाउन थाल्यो । मैले कता कता सुनेको त थिए । साउदी अरबमा कहि कहि महिलाहरुलाई घरमा काम गर्न पनि राखेको हुन्छ भनेर नभन्दै म घरमानै काम गर्न पुगे ।

पहिलो पटक साउदीको घरमा पुग्दा कता कता मलाई अचम्म लाग्यो सोच्न पुगे यसको घरमा काम गर्नु भन्दा त आफ्नै घरमा काम गरेर बस्न पाएको भए हुने थियो भेर तर त्यो कल्पना मात्र थियो । समय बित्दै गयो उसले मलाई छुट्टै कोठामा लगेर राख्यो नेपालमा ठुला ठुला झ्याल ढोका हुन्थे यहाँ त सानो हावा आउने प्वाल पनि रहेनछ डर लाग्यो । भित्र पस्दा एक्कासी आगोको रापमा परेको जस्तो अनुभव भयो साउदीले एसी चलाईदियो । भुईमा च्यातिएको कार्पेट थियो । सानो सिङ्गल खाट थियो सामान राखे ऐना पनि रहेनछ । झोला खोल्दा साने एना भेटाए आफ्नो अनुहार एनामा हेर्न पुगे आफैलाई अनौठो लाग्यो लाज लागेर आयो । बाहिरबाट कसैले ढोका ढक ढक गरेको आवाज सुने अनि ढोका खोले एक जना महिला रहिछन् सायद त्यहि मलाई लिएर आएको साउदीको श्रीमती हुन कि जस्तो लाग्यो नभन्दै उनि उसकै श्रीमती रहिछन् । ताल सदिक ताल माईडम भनी मलाई ताल भनेको आईजा भन्ने थाहा भईसकेको थियो उसको पछि पछि गए । उसले साना दुई वटा बच्चाहरु देखाउदै भनि (फि सेख वालत क्लीन तर्तिव कुल्लु किदा वस, तैले यिनिहरुलाई हेर्ने घर सफा गर्ने आदि इत्यादि कामहरु गर्नु पर्दछ । मैलै हुन्छ भनि टाउको हल्लाए ।

बिहान सबेरै उठेदेखि बेलुका १० बजेसम्म काममा जोतिनु प¥यो । घरको प्रत्यक कोठाहरु सफा गर्ने देखि लिएर बच्चाहरुलाई स्कुल पु¥याउनकोलागि बस स्टेसन सम्म लगिदिने । आफैले आफैलाई अचम्म लाग्दथ्यो बाहिर निस्कदा मुख छोपेर हिड्दा पातलो कालो कपडाले मुख छोप्नु पर्दथ्यो । बिस्तारै समय बित्यो अब त म पनि त्यहाँको पुरानो मान्छे भए । मालिकलाई थोरै पैसा मागे मलाइ आज सम्म थाहा थिएन कति तलब दिन्छ भनेर नेपालमा सुर्य दलालीले महिनाको ८ सय दिन्छ खाना बस्न उसैको हो भनेको थियो । मालिकले आज ३ महिनाको हिसाव गरेर जम्मा १५ सय रियल दियो महिनाको ५ सयका दरले मैले अंग्रेजीमा भने २४ सय भयो भन्दा मैले नेपालबाट तलाई ल्याउनकोलागि उल्टो २ हजार रियल एजेन्टलाई दिएको छु । तलाई ५ सय भन्दा बढी दिन सक्दिन भन्यो । मलाई अति रिस उठ्यो अगाडी नै सुर्यलाई भेटाउन पाए मारिदिन्थे जस्तो लाग्यो आज हस्पिटलमा काम गर्न भनेर आएको घरमा त्यहि पनि भनेको तलब नपाईने ।

एक दिन मालिक्नीले बजार जानकोलागि मलाई कर गरी म पनि बजार जान तयार भए उनिहरुकै ड्रेसमा आज पहिलो पटक साउदी अरबको रियाद मार्केटमा जाँदैछु । म आफैलाई अचम्म लागिरहेको थियो कस्तो होला यो देश आज एक्काईसौ सताब्दीको सङघारमा पनि आईमाईले मुख छोपेर हिड्नु पर्ने । आज घरबाट आएको १ बर्ष बिती सकेको थियो । साथमा अलि अलि पैसा पनि थियो घरमा पठाउनकोलागि स्पिड क्यासमा गए । त्यस समयमा मैलाई मालिकले मोवाईल दिएको थियो । १ महिनाको सेलरीमा काट्ने गरेर । स्पिड क्यासमा एउटा फर्म भर्नु पर्ने रहेछ त्यहाँ अन्य देशका नागरीकहरु पनि थिए । नेपालका कैयौ यूवाहरु लाईनमा बसेका थिए मैले नेपाली यूवाहरुलाई एक आपसमा कुराकानी गर्दा चिने तर उनिहरुले चिनेनन् । मसँगै फम भर्ने एक जना दाजु हुनुहुँदो रहेछ मैले मलिनो स्वरमा भने दाजू मलाई सिकाईदिनुहोस्न फम भर्न उहाँ एक पटक झस्याङ्ग हुनु भयो साउदी ड्रेसमा नेपाली बोल्दा तपाई नेपाली अँ म नेपाली उसले मेरो मोवाईल नम्बर त्यहि फम भर्दा लिएछ । मलाई थाहा भएन । त्यस दिन मलाई अति रमाईलो लाग्यो नेपाली दाजुभाइहरु देख्न पाउँदा म बाध्यतामा थिए उनिहरुसँग कुराकानी गर्नकोलागि त्यसकारण छिटोछिटो पैसा पठाई मार्केटमा चाहिने सामान किनी म आफ्नो गन्तब्य तिर लागे ।

आज कोहि नयाँ मान्छेको आगमन भएको रहेछ साउदीको घरमा मलाई बिहानै देखि नयाँ नयाँ कपडाहरु लगाउन दिएर अर्कै कौठामा लगेर राख्यो मलाई अचम्म लाग्यो आज किन यो साउदीले मलाई यहाँ राख्यो भनेर पछि त त्यो मान्छेलाई स्वागत गर्नकोलागि मलाई राखेको रहेछ । त्यस दिन म पहिलो पटक साउदीबाट लुटिए त्यस पछिका दिनहरुमा त्यहि मालिकले पनि श्रीमती नहुँदको समयमा धेरै पटक लुट्यो । कुनै नयाँ मान्छे आउँदा सधै म उसको ओछ्यान भएर स्वागत भएर बस्नु पर्ने । समय बित्दै गयो मलाई यस्ता कार्य गर्नु भनेको सामान्य नै भयो । आज मेरो मोवाईलमा कुनै नयाँ मान्छेले फोन ग¥यो ३ घण्टी लगातार आयो फोन उठाए । कुनै नेपाली यूवाको स्वर सुने एक्कासी उसले भन्यो मैया के छ हालखवर के गर्दै छौ पहिला त राम्रै जवाफ दिए पछि त उस्ले नाना भातीका नचाहिदा शब्दहरु प्रयोग ग¥यो मलाई ति शब्दहरु पचाउन गाह्रो भयो र भने मैले त एक नेपाली भाइको नाताले हेरेको थिए तपाई यस्तो हुनुहुँदो रहेछ मैले केहि सहयोगको आशा राखेको थिए । तपाईको दिदी बहिनी अथवा आफन्त मेरो ठाउँमा भएको भए तपाइ के गर्नुहुन्थ्यो ? यदि कसैले तपाईको आफन्तलाई यस्तै प्रकारका शब्दहरु प्रयोग गरेको थाहा पाएमा तपाई चुप लागेर बस्नुहुन्थ्यो ? उहाँ चुप चाप लागेर फोन राख्नु भयो । सायद उहाँले त्यो नम्वर तिनै बैकमा भेटिएका दाजुले दिनु भएको होला भन्ने अनुमान लगाए ।

छोरी मान्छेको जिन्दगी यस्तै रहेछ । जहाँ गएपनि ओछ्यान भएर बस्नु पर्ने भविश्यको कल्पना गरे आँखाभरी आसु खसाल्दै खै अब मेरो भविश्य यस्तै अन्य मानिसलाई ओछ्यान बनाउदै बित्ने होकि भन्ने ? सायद अब म कसैको लायक हुदिन होला । सोचे नेपाल फर्केर जानु भन्दा त यहि बस्दछु भनेर बल्ल याद आयो बुवा आमा साथी भाइले भनेका दुई शब्दहरु चाहे जस्तो सुकै बाधा अड्चनहरु किन नआउन् आफ्नै देशमा घरजम गरेर बस्न राम्रो । आज यस साउदी अरबको मरुभूमिमा पाहिला टेकेको पनि ३ बर्ष पुग्यो । मालिकसँग रोए कराए नेपाल फर्कनको लागि तर उसले मेरो पुकार सुनेन बल्ल बल्ल फेरी फर्केर आउने बाचाका साथ २ महिनाको छुट्टी मिलाएर नेपाल फर्किए । हातमा सानो सुडकेस थियो । कतार एरलाईन्स हुँदै नेपालको काठमाण्डौ एर्यपोर्ट सम्म पुग्दा धेरै अनुभव गरे त्यहाँ अन्य देशमा गएका महिलाहरु पनि थिए । उनिहरुको छाटकाँट बेग्लै थियो । हामी खाडी मुलुकबाट गएका महिलाहरुको त कुनै ईज्जत नै हुँदो रहेनछ चुप चाप लागेर सहनु पर्ने । उनिहरु जापान, हङकङ्ग, अमेरीका, दक्षिण कोरियामा हामीहरुले भन्दा पनि निच काम किन नगरुन् उनिहरुको मान मर्यादा हाम्रो भन्दा उच्च हुँदो रहेछ । काठमाण्डौ पुग्दा सबैको मुखबाट त्यो त साउदी अरब, कतार दुवैबाट आएकी आईमाई हो भनि होच्याउँदा रहेछन् । कता कता मैले आमालाई दोष दिए किन मलाई छोरीको रुपमा जन्म दिएकी भनेर ।

केहि दिन पछि घरमा पुगे साथमा केहि पैसा पनि लगेको थिए । आमा बुवालाई दिए पहिला लिन मान्नु भएको थिएन पछि कर गरेपछि लिनु भयो । गाउँघरमा सबैको मुखबाट सधै नराम्रो मात्र सुन्न पुगे । सधै बुवा आमा मेरै पिरले पिरल्लिनु हुन्थ्यो । छुट्टि लिएर आएको ३ महिना मात्र पुगेको थियो अब त जान्न भनेर बसेको थिए तर गाउँघरको भनाई बुवा आमाको टोकेसो, अनि भविश्यको चिन्ताले गर्दा छुट्टि पनि पुरा गर्न नपाई म फेरी त्यहि नर्कमा फर्कन बाध्य भए । मलाई थाहा थियो मैले राम्रो बाटो अगाल्न सकेको छैन भनेर तर न त म कसैसँग घरजम गरेरनै बस्न सक्थे न त गाउँघरमा बस्न सक्थे त त म कुनै पेशा गरेरनै बस्न सक्थे । म दोधारमा थिए । त्यसैले दोश्रोपटक फेरी यो ज्यानलाई साउदीको साथमा सुम्पिए ।

यसपाली त म झन नराम्रोसँग पिल्सिए । घर धन्दा भन्दा पनि नयाँ नयाँ साउदीहरुलाई स्वागत गर्नमानै ब्यस्थ भए । नेपालमा मासु भन्दा घिन लागेर आउँदथ्यो । यहाँ त के को मासु हो के को हो थाहा पाउन नै नसकिने बाध्यताले खानु पर्ने । उनिहरुकै रमझममा भुले । के दशै के तिहार सबै मेरा लागि विरानो भए । उनिहरुको ईद पर्वमा सामेल भए । समय बित्दै गयो मालिकले एक दिन मलाई कुनै अस्थाई साधन प्रयोग नगरी सेक्स ग¥यो । अलि अप्ठेरो महसुस भयो त्यस समयमा । १ महिना बित्यो, २ महिना बित्यो म त गर्भवति पो भएछु । मालिकलाई भने उ डरायो । यदि मलाई यस्तो गरेको रिपोर्ट प्रहरीमा दिएको भए उसलाई फासी हुन्थ्यो तर मेरो सामाथ्र्य थिएन त्यस्तो गर्नु बाध्यताले चुप लागेर बसे । करिब ६ महिना पछि मालिकले एक जना नेपाली केटालाई लिएर आयो र रु १० हजार साउदी रियल दिन्छु यसलाई लिएर नेपाल जा भन्यो । यसो सोचे मरे पनि म आफ्नै देशमा गएर मर्दछु । यहाँ मर्दिन भनेर जाने निर्णय गरे । भर्खर कम्पनीबाट छुट्टि जान लागेका रहेछन् ति भाइ मलाई माया लागेर आयो । ति भाइले मलाई अति सहयोग गरे नेपालको एक दुर्गम गाउँमा लगेर सानो पाखा बारी किनेर छोडि दिए । त्यहि गाउँलेको साहायताले एक छोरालाई जन्म दिन पुगे । आज म त्यहि छोरासँग खेल्दै यहि पाखो बारीमा यि दुई पाखुरा खियाउदै दुई थोपा पसिना यहि माटोमा मिलाउदै समय काटेको छु । भविश्यमा के हुने हो त्यो त आउने समयले बताउने छ । अहिले बिदेश जानुको पिडा सम्झदै आँखाभरी आसु झार्दै दिन काट्दै छु ।

1 प्रतिक्रिया

  1. thank you madhu g, aafno bidesh ko story bhatayeko ma. sahed nepali daju bhai ko pida lai na bhujda yesto stithi aaoune garcha. ma pani yesh ko biruddha ma kam garne 21 barsiya uwa hu. nepali daju bhai ko dekha sikhi tatha paisa ko lov ma pari mera pani didi bhahini ko yo halat bhayeko cha. tyesaile hami sabai mili nepal mai kehi garne batabaran milaou. nepal mai kehi garou. ma yeshko khoji chu. yedi sathi kasaile nepal mai kehi garne tatha tyesta group ko khoji ma hunuhuncha bhane malai mero mobile no. 9847316864 ma please 1 call garna na bhulnu hola.

    i wish to our enjoy life………. Bye Friend

प्रतिक्रिया छाड्नुस्