निबन्ध मित्रता

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

निबन्ध मित्रता

Subisudha Acharya
“खाली दिमाग सैतानको घर” भनेको पनि ठीकै रहेछ । जब मान्छे कामधामबाट अलग्गिन्छ, तब उसलाई समय बिताउन बहुत गाह्रो पर्छ, अनि त मानिसको दिमागमा ज्ञानगुनको चासो प्रियसीको नासो, अतीतको डायरीबाट भावनाको सायरीबाट, कागजको पानामा बोरा च्यातिएझैँ गानामा ओकल्न थाल्छन् । त्यसमाथि पनि टिन यज बैंषको रेज, काँडामा पूmल देख्नु कुकुरलाई बाटो छेक्नु, क्यातुकेको पातमा प्रेमपत्र चाहना अलपत्र, आफ्नो पराई–पराईको पछि धाई दिन बेथित गर्छन् । प्रकृतिको रीत हुन्छ, त्यसकै जीत, आखिर म पनि टिन यजर नै थिए, त्यस्ता रोगबाट अछुत रहने कुरै आएन ।
पढ्ने बेला सल्लाघारीमा काइयोले कोर्दै दाह्रीमा पात बजाएर ठिटी हसाएर गुरूलाई ढुङ्गाले केटीलाई कागजको डुङ्गाले पछाडिबाट कसले हिर्काओस् । एसएलसी दियो न केही गरेको थियो, रिजल्टमा जिरो आपूm मान्छे हिरो अब के गर्ने त ? बाबुआमा कराउँथे– सकेसम्म काममा दलाउँथे, काम गर्न परे उही हो आपूmलाई ज्वरो आउँथ्यो । थुइक्क अभागी खप्पर, जहाँ गए नि ठक्कर ! पहाडी बस्ती गाईगोरूको गस्ती, गोठालो पेसा मेरो कस्तो दशा, रेडियो साथी भयो । समय कटाउने मेसो, पत्रमित्रताको बारेमा त्यसले खुब भट्टायो । सुरूसुरमा त मेरो दिमाग नै टट्यायो । दिन बित्दै गयो, बानी पनि भयो । एउटी पत्रमित्र बनाउने चाहना केटीसँग नजिक हुने बहाना, मलाई पनि चाहियो नभन्दै सौभाग्य रेडियोबाट ठेगाना पनि पाइयो । एउटा पत्र कोरेँ, दोहो¥याई, तेहे¥याई हेरेँ, प्रसारण भए पत्र अवश्य आउँछ । हुलाकमा लगी खसाली दिएँ । एक हप्ता बित्न नपाई मेरो पत्र प्रसारण भयो । खुसीले झण्डै होस् हवास गयो ।
पिँढीमा बसेर अम्ला भाँचेर, क्यालेन्डर हेर्दै, बिँडी बेर्दै समय बिताउन थालेँ । जब दुई हप्ता बित्यो, हुलाकी आयो, तिनवटा पत्र ल्यायो । सबै पत्र केटीको तीनवटी मध्ये दुईटी जेठीको एउटै रै’छ धरानकी, अर्की पोखराकी, बाँकी रहेकी एउटी मोरी मोरङकै परिछ । मेरिबास्सै, पत्र खोली हेर्दा सुन्दर फोटो देख्दा मन बसमै भएन, अन्त ध्यान गएन, फेसनमा छाडाकी अति नै आधुनिक पाराकी, अहिल्यै बोल्लीजस्ती, उत्ताउली कस्ती मिनिस्कट लाइछ, आधा शरीर देखाइछ, नेपाङ्ग्रेजी छाँटेकी शिक्षा आईए भनेर ढाँटेकी, अन्त्यमा आइ लव यु लेखिछ । नाम सुन्दैमा हेनसम पो देखिछ । मेरो फोटो पनि चाहिन्छ रे, उसलाई मन परे मात्र मित्रता गाँस्न पाइन्छ रे ।
सुकुलमा बसेर पलेटी कसेर पत्र लेख्न थालेँ, सुरू कसरी गर्ने के शब्दले भर्ने मलाई थाहै थिएन । पहिलो पत्रमित्र हुन्छ कि अलपत्र, ओठमुख सुक्यो शब्द सबै लुक्यो । के सम्बोधन लेखौँ, म त दुविधामा परँे जे पर्ला, जसो गर्ला भावनाले पूmलबुट्टा भरी, शब्दको चैन गरी पत्र तयार पारेँ मनको आँखाले, दिमागी भाकाले नियाल्दा राम्रो लाग्ने एउटा फोटो एल्बमबाट झिके र पत्रसँगै खाममा राखी, पशुपति भाकी खाम बन्द गरेँ। रात छिप्पेको थियो, निभी गयो दियो, सिरक तानतुन पारी त्यस रात निदाएँ । भोलिपल्ट चिबे बास्यो, कुकुर हाँस्यो, मुखै नधोई, कामै नछोई हुलाकतिर बाटो तताएँ । पत्र रजिष्ट्रर गरेर पठाएँ, छिटो पुगोस् भन्दै दिन गन्दै बस्नथाले । तीनवटीमध्येकी एउटीको जवाफ आयो, मनमा खुसी छायो । बिस्तारै पत्रहरू ओइरिने क्रम जारी भयो । ‘जुन गोरूको सिङ छैन, उसको नाम तिखे’ भनेझैँ जसलाई पत्रमित्रको अर्थ नै थाहा थिएन, ऊ पत्रमित्रको सागरमा डुबेर गहिराईमा पुगेर भावनाको चुस्की लगाउँदै थियो, मानौँ म त्यसै गर्दै थिएँ ।
पूर्वको कालेको, पश्चिमको पालेको उत्तरको रिठ्ठेको र दक्षिणको डिठ्ठेकोसम्म पत्र आइपुग्यो । भत्केर खाली भा’को, माकुराले जाली ला’को, बाजेको पालामा बनाएको ढुसीले गन्हाएको मेरो घरमा अब त पत्रको खात लाग्यो । खाएको पचाएर पान चपाएर गाना गाउँदै चश्मा लाउँदै हेर्दा पनि एक दिनमा आएका सबै पत्र पढ्न भ्याइन्नथ्यो । कसैले मायाको कुरा त कसैले छायाको कुरा, कसैले घरपरिवार त कसैले जीवनको सार लेखी पठाउँथे, ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ भनेझैँ गाँठी कुरा एउटै हुन्थ्यो । आकाशबाट घुमाएर पाताल पु¥याए पनि केटीको कुरा एउटै बुझिन्थ्यो । तिम्रो विवाह भयो, या त उमेर गयो ? पैसा कति कमाउँछौँ भट्टीमा कति रमाउँछौ ? गर्लफ्रेन्ड छ कि छैन, विवाह गर्ने हो कि हैन ? दाइ, दिदीको विवाह भयो, मेरो बाँकी रह्यो । लव म्यारिज गर्ने हो सँगै जिउने मर्ने हो । तिम्रो के छ सोच हुन्छ भनी मैलाई रोज । म पनि के कम थिए र ? गाउँघर कस्तो छ । गाउँले ठिटी कतिको सस्तो छ । हाम्रो त यहाँ ‘विन्टर भ्याकेसन, समर भ्याकेसन, दिवाली भ्याकेसन, नयाँ वर्ष, भ्यालेन्टाइन–डे’ गरी बाह्र महिनामा दस महिना त विदा नै पर्छ । विदाको समय घुम्न आउनु छ, तिम्रो गाउँसँग पिरती लाउनु छ, बनाई पठाउनु घरसम्मको लोकसन् हामी घुम्न आउँदैछौँ नाई नभन । तेरिमा गाँठे, अब त यस्तो लाग्न थाल्यो, कुन दशा लागेर पत्रमित्रमा हात हालेछु ।
त्यसैबीचमा काठमाडौँ सहरदेखि घुम्ने रहर बोकेका दुईवटा ठिटा मोटरसाइकल चढेर मेरो गाउँमा आए । चश्मा लाएका चुरोट खाएका, पाइन्ट पनि च्यातेर टालेका, टुप्पी पनि पालेका के कुरा गर्नु, न झुण्डेर मर्नु, दही, घिउँ चाहिन्छ रे, बाउ ! गाउँ त क्या रमाइलो स्वच्छ हावापानी पाइन्छ रे । तेरीमा सौतेनी आमाका छोरा हो, घरमा अन्न छैन, तिमीहरूलाई मीठो नखाई भएन, १५–१५ दिन बस्ने यो त अली भएन नि, कलेज जान पर्दैन र भनेर सोधेको त विन्टर भ्याकेसन अरे । थुइक्क पाजी हो ! हुन्छ नि एउटा सीमा फेरि सहरीयालाई गाउँमा बस्न पाउँदा ताजा फलपूmल, दूध, दही, घ्यू खान पाउँदा के चाहियो र ‘नपाउनेले के पायो बोक्रैसंग पो चपायो’ दुई दिन घुम्न आएका १५ दिन बसेर बल्ल मुन्टे । घरमा बाउले झन्डै ढाड सेकेका, मलाई पनि आबारा गुन्डा पो देखेका, केटा भएको ठाउँमा केटाहरू घुम्न आउन त्यो त ठीकै थियो । मेरिबास्सै एक दिन बिहान–बिहानै बाथरूममा पसेरै रामनाम जपेर नुहाउँदै थिएँ । चारवटी केटीहरू चरिचुच्चेको घर यही हो भन्दै आऊछन् । बाबु बूढा पनि के कम ‘बाघ बूढो भए पनि घाँस टिप्दैन’ भनेझैँ जुँघा मुसार्दै चुच्चो पसार्दै फलैँचामा गलैँचा विछ्याएर चुरोट तान्दै साइड पो हान्दै गरिराख्या, नुहाइ–धुहाइ सकेर कट्टु तान्दै, इजार बान्दै, बाहिर निस्केको त ओहो ! चारवटी मरीमरी हाँसेका के गर्नु झुर नै भो । हत्त न पत्त घरभित्र पसी, एउटी त एक छिन ल भन्दै पछिपछि पो लागी, म पनि के कम बुइँगलमा चढी, घोप्टे लगाइदिएँ । लौ थेच्ची रहोस् नै भ¥याङमै, दिनभरि गाउँ घुमाएँ, पालैपालो हातमा समाएँ, साँझमा जालान् त नि भनेको त हामी त दुईचार दिन बस्ने हो भन्दै घरतिर पो तेर्सिन्छन् । एउटी मोरी साह्रै नकचरी, भान्छामा पसेर आमासँग बसेर मकै पनि भुटी छ । बहिनीले भाउजू भनेर जिस्काइछ,, विचरीलाई नराम्रोसँग कुटी छ । गाउँ घर न हो छेड हान्न थाले । आँखीझ्याल र खटिप्वालबाट चियाउन लागे । मारमा त म पो परेँ । एउटी पो हुन्छ, चारचार वटीलाई कसरी पाल्छस् हे चरिचुच्चे पो भन्छन्– “मुखैमा हान्नुजस्तो’ आपूmसँग कस्ले माया लगाउने हो कस्ती पो आउने हो, बेकारमा मेरो नाम मात्र मुछिने भो, कुमारत्व पुछिने भो । के गर्नु जाओ भन्दै गलहत्याउन नहुने, पाँच दिनपछि बल्ल बाटो तताए । जानेबेला एउटी नजिक–नजिक हुन्छे, सुक–सुक गरेर रून्छे, कति न वर्षौंदेखिका प्रेमी र प्रेमीका विछोडिन लागेका जस्तो, होइन हे गाँठे नारीको जातै कस्तो ? आँसु त बहुत सस्तो बेला न कुबेला झर्ने, आपूmलाईचाहिँ टाउकोको जुम्रा लखेटेझैँ बडो हाइसन्चो भयो ।
सबैजना मकहाँ आउँछन् घाटा नै लगाउँछन् । मैले पनि दिमाग लगाएँ, विचार तताएँ । एकदुईजनाको घरमा त म पनि किन नजाउँ, घुम्न पनि पाइने, मीठो–मीठो खाइने, यो महँगीमा घरको अन्न पनि जोगिने, नयाँ नौलो ठाउँको चालचलन पनि भोगिने । पोखराकी एउटी पोख्रेली कान्छीले घरको नक्सा, आउनेजाने बाटो सबै लेखेर पठाएकी थिई, फोननम्बर पनि खटाएकी थिई । म पनि के कम जुल्फी लर्काउँदै कम्मर मर्काउँदै, दौरा–सुुरूवाल लगाएर लोकगीत गाएर पोखरातिर हान्निएँ । पोखराको बसस्टपबाट झरेर फोन गरेँ, आफैँले फोन उठाएर अंग्रेजी छाँटी, दिदी त छैन म बहिनी भनेर ढाँटी मिलनचोक आउनु दायाँ गल्लीबाट बायाँ गल्ली धाउनु सेतो कलर लगाएको, गमलाले सजाएको एउटा घर छ । गेटमा बेल छ बजाउनु अलिअलि लजाउनु भनेर बताई । भनेअनुरूप दायाँबायाँ हेर्दै फेटा गलामा वेर्दै म पनि अगाडि बढ्एँ । ठ्याक्कै भनेकै घरमा पुगेछु । बेल पनि बजाएँ, झ्यालबाट हेर्छन् । आँखा–आँखाले हेर्छन् । ढोका खोल्न पनि आउँदैनन् । बोलाउँदा पनि बोलाउँदैनन् केही समयपछि एउटा भुसतिघ्रे बूढाले गेट खोल्यो, कसलाई खोज्याबाबु भनेर बोल्यो । पोख्रेली कान्छी बताएँ । उसको त यो घर होइन, हामीले तिमीलाई चिनेको छैन भन्दै गेट लगायो, मलाई त सिधै त्यहाँबाट भगायो लौ वित्यास पारेन त ?
त्यसपछि जति पटक फोन गरे पनि फोन उठ्ेन, ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ योजना चौपट भयो, साँझ ढल्दै गयो, जीउ गल्दै गयो । अब बास कहाँ बस्ने पैसा धेरै थिएन । होटलले बस्न दिएन । वल्लो गल्ली, पल्लो गल्ली कहिले बसपार्क दौडिरहेँ । चिनेको कोही छैन, बसौँ त कसैले पनि भन्दैन । बल्लबल्ल काठमाडौँ आउने एउटा बस आयो, झुन्डेर चढेँ, भित्र सबै सिट प्याक भएछ । थोत्रो बोरा ओछ्याएर ढोकानिर बसेँ, निद्राले उघ्न थाले, उपियाँ, उडुसले चुम्न थाल्यो । हे नारायण ! मेरो हरिबिजोग, साथमा पैसा छैन खान पा’को हैन, पेटमा मुसा कुदेको, कस्तो दशा भोगेको मनमनै सोचेँ, पत्रमित्रताको अर्थ खोजेँ, देखावटी रै’छ सबैले आँगालेको फेसन रै’छ । पत्रमित्रताले बाबुको बिहे देखायो, नराम्रोसँग चेतायो । आजको आधुनिक युगमा म जस्ताले पत्रमित्रता गर्नु भनेको एउटा ठूलो भयानक भूल रहेछ । जुन कसैले नदोहो¥याओस् । हुन त सबै त्यस्ता हुँदैनन् तर लाखौँ आलु अटाएको बोरामा एउटा–दुईटा कुहिँदा बोरै सड्ने रहेछ, त्यसैले मित्रहरू पत्रमित्रबाट होसियार ।

4 प्रतिक्रिया

  1. CHANDRAGRG says:

    निबन्ध को सुरुवात नै मिठो र स्वादिलो लाग्यो । बिषय प्रबेस केही पछि मात्र भए पनि त्यसको खासै आभास पाठकले पाउदैनन् । बिषय प्रसङ्ग हरु धेरै नै उठाएर पनि रुप वा मुख्य बिसयलाई राम्ररी बाँध्न सफल हुनु भएको छ । कुनै पनि कुराको दुरुपयोग को परिणाम र त्यस बाट शिक्षा र सन्देश प्रस्तुत निबन्धले दिन्छ । राम्रो लाग्छ तपाइको लेख रचनाहरु । अझै प्रगति गर्दै जानुस , सुभकामना !!!

  2. bhanu says:

    निबन्ध को सुरुवात नै मिठो र स्वादिलो लाग्यो । अझै प्रगति गर्दै जानुस , सुभकामना !!!

  3. ganesh bikash bhetuwal says:

    हसाउने चास्काउने मस्काउने र लास्काउने को संयोजन भएको लेख आँखाको अदेख नहोस भने चाहना सँगै सफलताको कामना, हुनत बयान गरे ऐन लाग्छ भन्छन त्यसैले योभन्दा धेरै नबोलौ मनको कुरा नखोलौ फेरी तितो हुन्छ बिस त थोरैले नै मिर्त्यु छुन्छ, घाम अस्ते आजलाई नमस्ते |

  4. swapnil pramesh says:

    यहाँको लेख्ने शैली साह्रै राम्रो छ। जुन प्रकारले आनुप्रासीक शब्दहरुको समायोजन गराउनु भयो, त्यसले निबन्धमा अझै सुगन्ध थपेको मैले महसुस गरें । त्यो कलमलाई सलाम अनी निरन्तरताको कामना !!!!

प्रतिक्रिया छाड्नुस्