कथा: त्यो रात : दिनमान गुर्मछान ‘दिगु’

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा: त्यो रात : दिनमान गुर्मछान ‘दिगु’

रात छिप्पिदो थियो सायद चुक घोप्टिएझैँ गरी । तपाईंको कोलाहलमय सहरमा वल्ल ध्वनि प्रदूषणको मत्थरताले स्थान पाउँदै थियो होला । हो त्यहीँ समय एकादेशको कुनै सहरको एक कुटीमा मलाई छिटो पुग्नु थियो ।

सडक अलपत्र त्यही भुइँमा असरल्ल अस्तव्यस्त लडिरहेको थियो । त्यही माथि म आफूलाई बिना सङ्कोच डोर्‍याइरहेको थिएँ । सडक नापिरहेको थिएँ या जिन्दगीको नाप लिँदै छोट्याइरहेको थिएँ । जे होस् यो निष्पट अँध्यारोमा गन्तव्यतिरै पाइला बढेको थियो । गल्लीका कुकुरहरू घरिघरि रातको चकमन्नता चिर्दै भुक्ने गर्थे । कुनै बेला त्यसको भुकाइ डरलाग्दो पनि हुन्थ्यो । लाग्थ्यो सुतिरहेका आत्माहरूलाई ब्यूँझाइरहेको छ, केही भनिरहेको छ-कति सुत्छौ, अब त उठ ।

मन ढक्क भएर अडियो, श्वास फुलेर आयो । अचानक डरले डेरा जमाइसकेकोझँै लाग्यो । मुटुले ठाउँ छोडिसकेको थियो । एउटा कालो छायाँ आफ्नै अगाडिबाट हिँडेको देखियो । पोथ्राइलो झाडीबाट निस्किएको छायाँ छेउ हुँदै मध्यसडकमा फुत्त हिँडेको आफ्नै आँखाले देख्दा गोडा लगलग कामेको थाहा पाएँ ।

म जहाँको त्यहीँ अडिएँ ।

”थुक्क Û” आफैँलाई हकार्न मन लाग्यो । आफँैप्रति हाँसो पनि उठ्यो । जाबो एउटा कुकुरदेखि पनि डराउने त लाछी, डरछेरुवा रहेछस्, मनमनै आफँैलाई गाली गरेँ । कुकुरको छायाँ हिँडेको थियो त्यो, पल्लो पट्टीबाट प्रकाशको कारणले छायाँ सडकमा परेको थियो ।

मनमनै हाँसो पनि उठ्यो । खुल्ला आकाश, शान्त वातावरण र सडकमा एक्लो यात्री म मात्र थिएँ । अलिकति थियो त शरीरमा अलकोहलको धङधङी ।

आफँैलाई गिज्याउँदै अँध्यारोमा पाइला अघि सार्दै रहेँ । परपर कुनै घरको सजावट र उज्यालो चहक पनि देखिन्थ्यो । त्यो रात्रि जीवनको समय कटाउने थलो हो भन्न सकिन्थ्यो । त्यहाँबाट प्रतिध्वनित सङ्गीतका धुन चर्को आवाजमा निस्किएको हुनुपर्छ, यहाँसम्म आउँदा मधुरो सुनिन्थ्यो । अर्धनग्न होर्डिङबोर्ड यहाँबाट पनि प्रस्टैसित नियाल्न सकिन्थ्यो ।

रात्रि यौन जीवनको रमाइलो क्षण त्यहीँ बिताउन पाइन्छ । काठमाडौँको रात्रि जीवन अचेल बडो सहज भएको छ ।

दिउँसोको समय बितिसकेपछि हामी साँझ पर्ने बेलामा भेट्टएिका थियौँ । हामीले मिटिङप्वाइन्ट घण्टाघरको जामे मार्केटमा रहेको पुस्तक पसललाई बनाएका थियौँ । -तपाईंलाई सम्भिmन गाह्रो भएन होला भन्ने मलाई लागेको छ, किनकि तपाई पनि कहिलेकाहीँ त्यहीँ पुस्तक पसलमा साहित्यिक कृति किन्दै गरेको कसैले त देखेकै होला ।) हो त्यहीँ हाम्रो भेट सधैँझैँ भएको थियो । मौसम हिमालयनको विरानो जङ्गलको एकान्तकुनामा मन्द चिसो भएजस्तै थियो । भर्खरै पानी परेर शान्त थियो । आकाश कुनै नवयौवनाको गोरो छात्ती खुल्ला भएझैँ विल्कुल नाङ्गो थियो । चिसोले शरीरको अङ्गअङ्गको नाप लिइरहेको जस्तो लाग्थ्यो ।

हामी बागबजारको एउटा होटलको कुनामा थियौँ । एकान्तताले यहाँ हामीलाई साथ दिइरहेको थियो ।

“चिसोमा जीउ तताउने काम यो वाहियात भूलमात्र हो । शरीरको तातोजस्तो त्यो मजा यसमा कहाँ ।” कमलले टेबलमा राखेको गिलास उठाउँदै भन्यो ।

कमलराज यौनका वाहियात कुरा उसको मुखबाट ओकल्दै थियो । यस्तो लाग्थ्यो ऊ रात्रि जीवन र स्त्रीका बारेमा सम्पूर्ण ज्ञान राख्दछ । मलाई शब्द-संयोजनमा निर्भिक राईको कविता छापिएको याद यति बेला आयो । यौन जति गोप्य राखियो त्यति नै खुला र भावनात्मक हुन्छ भन्ने धेय त्यस कविताको थियो । टुँडालको वास्तविकताबाट जो कोही जान्दछ त्यहाँ खुलापन छ र त त्यहाँ अश्लीलता छैन ।

जो कोही हेर्न सक्छन् । पढ्न सक्छन् ।

“यी आवश्यक कुरा होइनन्” विजयले कुरा अन्तै मोड्न चाहे । उसले जीवन र यथार्थता भोग्नु र झेल्नुमा अन्तर रहेका कुरा गरे । हिजोआजका प्रयोगसम्बन्धी धेरै जानकारी गराए ।

“हो, प्रयोग आवश्यक छ । प्रयोग यौनमा पनि आवश्यक छ । आजको दिनमा” कमल ऊर्जा थप्दै गिलासमा स्यानमिगल भर्दै थियो । हामी निक्कैबेरसम्म शान्त वातावरणको होटलको एक कुनामा गफिरहेका थियौं ।

त्यसबेला मलाई विजयको विजेता कथाको मुख्य पात्रको याद आइरहेको थियो । उसले भोग्नु परेको कुण्ठित यौन जीवनको पनि दृश्य आँखाभरि नाचिरहेको भान हुन्थ्यो ।

“च्याटमा यौन क्रियाकलाप गर्छन् हिजो आज” कमल मादकतामा हल्लिरहेको थियो । भन्दै थियो- “नयाँ प्रविधिको फाइदा र प्रयोग हो यो ।”

“म त भन्छु यौन शोषणको अर्को रूप र प्रयोग हो । स्त्रीहरू अब यसरी पनि शोषित र पीडित हुनेछन् । पुरुषले फाइदा लिइरहेको उनीहरूले पत्तो नै पाउँदैनन्” विजयले नयाँ थप कुरा भनिरहँदा मलाई विश्वप्रसिद्ध सुन्दरी क्लियोपेट्राको सम्झना भइरहेको थियो । जसले आफ्नो यौवनको जालमा धेरैलाई फसाएकी थिई र त्यसै यौवनको उन्मादले उसलाई डसेको थियो ।

होटलबाट निस्किँदा बाहिर अन्धकारले प्रभुत्व जमाउने सुरसार गरिसकेको थियो । बत्तीको उज्यालो कतैकतै थियो । सबै पसलहरू बन्द थिए । धेरैबेर बसेको थाहा पायौँ । अलकोहल शरीरको नशानशामा दौडिरहेको थियो ।

हामी छुट्टएिर आ-आफ्नो गुँड खोज्दै बाटो नाप्न लागिपर्‍यौँ ।

अन्धकार र सुनसान गल्ली हुँदै म आफ्नो कुटीको सामुन्ने पुगेँ । ढोका बन्द थियो । ढोकाले मलाई एकोहोरो हेरिरहेथ्यो । म भने यतिबेला भित्र पसिसकेको थिएँ । ढोका खोल्नै परेन ।

भित्र पस्नासाथ शरीर अनौठो किसिमले हल्का भएको महसुस हुन्थ्यो । खाना खाने मन भएन । कोठामा मधुरो उज्यालो फैलिएको थियो । शून्यता यहाँ व्याप्त थियो । यस घरमा म एक्लो छुजस्तो भान भइरहेको थियो । झ्यालहरू सबै ड्याम्मडुम्म बन्द थिए तर झ्याल बाहिरको दृश्य भने म देखिरहेको थिएँ । कस्तो आश्चर्य थियो भने बाहिरको अन्धकार सम्पूर्ण मेरो आँखा अघिल्तिर छर्लङ्ग थियो ।

अघिसम्म थकान अघ्घोरै लागेको थियो, जुन अहिले बिल्कुलै छैन । यो कस्तो जादू थियो ।

“आज मलाई के भएको छ” आफैँलाई मनभित्रै प्रश्न गर्छु । जवाफ केही छैन । म को हूँ भन्ने पनि बिर्सन खोजेझैँ हुन्छ ।

ओहो Û म त आखिर म नै हूँ । -सोच्छु ।

टेबलमा तस्बिरहरू ठडिएका छन् । मेरो आफ्नै तस्बिर छ, जहाँ एउटी सुन्दरी केटीको पनि फोटो छ । जुन मेरी श्रीमतीको हुनुपर्छ ।

“मलाई पर्खिरहेकी होली” अचानक केही याद आएझैँ भयो । वास्तवमा म मेरै घरभित्र थिएँ, त्यसैले कुनै द्विविधा थिएन मलाई आफ्नो शयनकक्षसम्म पुग्न । म आफ्नो घर यसैका लागि त्यति लामो बाटो काटेर आएको थिएँ ।

आफ्नो कोठामा पुग्नुअघि लगाइराखेको कपडा खोल्न मन लागेको थियो । सधैँ लुगा फुकालेर भित्ताको हृयाङ्गरमा झुण्ड्याउने गरेको थिएँ । कस्तो अचम्म त्यहाँ लुगा पहिलेदेखि नै झुण्डिएको थियो ।

त्यो मैले अहिले लगाइराखेकै लुगा झुण्डिरहेको थियो । मलाई चक्कर आएजस्तै भयो । मैले केही बुझ्न सकिरहेको थिइन ।

घटघटी पानी पिएँ, टेबलमा रहेको गिलास उठाएर पिएको थिएँ । त्यो वास्तवमा पानी थिएन ।

अलकोहलले ज्यादै नै लागेको महसुस हुन्थ्यो । म सरासर आफ्नो कोठाको ढोकामा पुगेँ । म लगत्तै कोठाभित्र पुगेँ । ढोका मैले खोल्नै परेन । त्यहाँ एकदमै मधुरो प्रकाश फैलिएको थियो । राति सधैँ सुत्दा रातो मधुरो बत्ती बाल्ने गथ्यौर्ं । त्यसैले पुष्पाले सुत्नु अघि नै यो बत्ती बालेर सुतेको हुनुपर्छ, मलाई यस्तै लाग्यो ।

यतिबेला म गञ्जी र अन्डरवेयरमा मात्र छु ।

तपाईं अनुमान लगाउन सक्नुहुन्छ । एउटा लोग्नेमान्छे आफ्नो कोठामा सुत्न गइरहेको छ, उसको हालत कस्तो हुन्छ ।

तर, यतिबेला म आश्चर्यको चरम विन्दुमा थिएँ । म,…..म यो के देखिरहेको थिएँ । मेरी श्रीमती पुष्पा जो अर्को पुरुषसित थिई । पलङमा रहेको ओछ्यान अहिले अस्तव्यस्त थियो । लाग्थ्यो यहाँ केहीबेर अघिमात्र ठूलै युद्ध मच्चिएको थियो ।

पुष्पाको शरीरमाथिको लुगाले उसका सम्पूर्ण अङ्गको सुरक्षा गरेको थिएन । उनी विलकुल अर्धनग्न देखिन्थिन । छातीको आधिभाग उदाङ्गो थियो । हिमालको उच्चतामा हिउँको उज्यालोजस्तो देखिन्थ्यो । केशराशी असरल्ल फिजिएको थियो जस्तो घना जङ्गलको बढ्दो विकराल झैं ।

म उसैलाई हेरिरहेको थिएँ । उसको त्यो मादक अङ्गलाई नियालिरहेको थिएँ । जसले मलाई उहिले मादकता दिन्थ्यो तर आज ममा त्यस्तो केही थिएन । यतिबेला मलाई विजय मल्लको कालो चश्माको याद आइरहेको थियो । त्यो कालो चश्मा उनले लगाएझैँ गरी म कसरी लगाउन सक्थे ?

अचानक मेरो नेत्र विजुली चम्किएसरी कुनै भ्रमको शिकार भएझैँ देखिन्थ्यो । म चुपचाप हेरिरहेको थिएँ । पलङछेउमै रहेको टेवलमा उभिएको प|mेमभित्रको मेरो फोटोले मलाई एकोहोरो घुरिरहेको थियो । म भने पलङमा मस्त मेरी पुष्पासँग सुतिरहेको भुसतिघ्रे शरीरलाई हेरिरहेको थिए । जुन मेरै शरीर थियो । अचम्म लाग्यो, मेरैसामु मेरो अर्को शरीर थकित भएर पसि्रएको थियो । यो कस्तो जादू थियो ।

म अलकोहलको धङधङीमा अचेत छु । म भ्रममा थिएँ कि जस्तो पनि लाग्यो । धेरै नजिकबाट एकोहोरो नियालेँ । वास्तवमा के भनौँ त्यो म नै थिएँ । होइन, मझैँ लाग्ने शरीर भने अवश्यक थियो । म त मनै थिएँ, जो आफ्नै प्रतिविम्बझैँ कुनै शरीर नियालिरहेको थियो ।

जाडोमा पनि गञ्जी र अन्डरवेयरमा मात्र थियो, त्यो मस्त सुतिरहेको शरीर । म आफैँ पनि यही अवस्थामा थिएँ । दुरुस्त देखिन्थ्यो । हे Û भगवान् यो कसरी हुनसक्छ- म अत्तालिन्छु । चिटचिट पसिना आउन थालेथ्यो ।

देख्छु, सिलिङ पङ्खा अघिसम्म बन्द देखिएको अहिले फनफनी नाचिरहेको छ । मधुरो रातो बत्ती हरियो, नीलो बलेको देखिन्छ । के भइरहेको छ थाहा पाउदिनँ ।

म एकपल्ट म झैँ लाग्ने शरीरलाई पुनः घुरेर अवलोकन गर्न खोजेझैँ गर्दै थिएँ । कोही अरू नै हो कि भन्ने उद्देश्यले हेरेको मात्र हुँ । अहँ त्यो म नै थिएँ । पिठ्यूको दाग मेरै थियो । म सोच्छु-त्यो कसरी हुनसक्छ ? फनक्क फर्किएर उभिएँ । मलाई अब त्यो हेरिरहन पटक्कै मन थिएन । पिँठ्यू त्यसतर्फ फर्काएर उभिरहेको थिएँ । यसबेला मेरो सामुन्नेमा भने एउटा विशाल ऐना अवश्य थियो । ऐनाले मलाई एकोहोरो घुरिरहेको थियो ।

केवल ऐना मात्र थियो । त्यहाँ मेरो प्रतिविम्ब पटक्कै देखिनँ । कस्तो आश्चर्य म ठीक ऐनाको अघिल्तिर उभिएर ऐनालाई हेरिरहेको थिएँ, ऐनाले मलाई हेरिरहेको लाग्थ्यो । ऐना कुनै भित्तोझैँ भयो, किनकि त्यहाँ म थिइँन ।

अब भने मैले बुझिसकेको थिएँ । ओछ्यानमा सुतिरहेको व्यक्ति किन म झैँ थियो । यो कोठा, ओछ्यान र घरको झझल्को मेरो मस्तिष्कमा सपनाझैं भयो । म त्यहाँबाट भाग्न चाहन्थे औडाहा भएर बेतोड ले । त्यहाँबाट म कुदेँ । मेरो कुदाइ अचानक त्यही ऐनामा गएर ठोक्कियो ।

मधुपर्क असोज , २०६७

प्रतिक्रिया छाड्नुस्