प्राणभन्दा धन प्यारो : सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

प्राणभन्दा धन प्यारो : सुबिसुधा आचार्य

कुरा मेरो बाल्यकालको हो स्कूले बिद्यार्थि भएको कारण शनिबार छुट्टि हुँदा संसार जितेको झैंभान ममा पर्न जान्थ्यो, त्यहि छुट्टिको शनिबारलार्ई सदुपयोग गर्दै हामी साथीसंगीहरु मिलेर बिभिन्न कार्यक्रमहरुको तय ग¥थ्यौं  । असोजको महिना हुनुपर्छ त्यती जाडो र त्यती गर्मि पनि थिएन  । घरमा बाबा आमाको सन्तानमा कान्छि नवरत्न भएरै होला घर ब्यवहारको कामकाजमा मलार्ई बन्देज थियो  । जुन चिजमा बन्देज लगाइन्छ त्यतैतिर मन मष्तिष्क बढि हुत्तिनु स्वभाबिक नै हो  । एउटा शनिबार म लगायत तीन जना साथी मिलेर घरभन्दा टाढा घाँस काट्न जाने निर्णय ग¥याँेै  । मलार्ई आमाले स्विकृती दिनु भएको थिएन  । तै पनि मेरो एकोहोरो ढिपिले सीमा नघाएर गइछाडेँ  । पुग्नु पर्ने घरबाट टाढा थियो  । धादिङ्ग जिल्लाको केवलपुरबाट तिलखेत तर्फ बिहानीको समयमा खुट्टामा जुत्तासम्म नलगाई मर्निङ वाक गर्नु छुट्टेै रमाइलो हुँदोरहेछ  । एकघण्टा जति केवलपुरको डाँडाबाट ओरालो झ¥यौ  । तिलखेतमा आइपुग्दा त मान्छे डुबाउने घाँस रहेछ  ।
हामी एक आपसमा बाजी लगाएरै घाँस काट्न थाल्यौँ, शुरु गर्न के लागेका थियौँ  । अनौठो एउटा आवाज कानका जाली फुट्ला झैंंंंंंंंंंंं गरी कानका पर्दामा ठक्कर लाग्न आइपुग्यो  । हामी सबै बिचलित हुन पुग्यौँ घाँस काट्न छाडेर दायाँ बायाँ हे¥याँै, आकासमा कालो मुस्लो धुवा फ्याक्दै नजिकबाट उडिरहेको हेलिकप्टरमा हाम्रो ध्यान केन्द्रीत रह्यो  । हाम्रो नजरले नियाल्दा नियाल्दै हामीबाट केही पर पुग्दा नपुग्दै हेलिकप्टरको आवाज हरायो  । हामीले सोच्यौ त्यो हेलिकप्टर खस्यो डाँडामा, हाम्रो मन एक तमासले आत्तिइरह्यो, मुटुको धड्कन तिब्र हुनु स्वभाबिकै हो  । हामी अनुमान लगाउन सक्थ्याँै कि हेलिकप्टर पक्का जल्यो होला  । त्यहाँका चालक लगायत यात्रुलार्ई के भयो होला ? पानीको माछा जसरी वगरमा ल्याउँदा छट्पटिन्छ त्यसरी नै हाम्रो मन छट्पटिन थाल्यो  । हामी चार जना त्यहाँ जाने निधो ग¥याँै त्यही अनुरूप हाम्रो घाँस, हसिया, नाम्लो त्यहीँ छाडेर हामी हेलिकप्टर खसेको खोज्न ओरालो अझ तल झ¥यौ  । हाम्रा कपडाहरुमा अर्थुङ्गे, कनिके कुरो आदि आदि लागेर एउट्टै डल्लो परेको थियो भने स—साना गेगर र रुखका ठुटाले कोतरेर पैतालाहरु सबैको रक्ताम्मे थिए  । जे होस् हामीहरु हेलिकप्टर दुर्घटना भएको ठाउँमा पुग्न सफल भएकोमा जुन खुशि थियौँ, त्यसले त्यो दर्द र पीडा लुकाइदिएको थियो, हामी अचम्ममा प¥याँै, हेलिकप्टर खोलामा अवतरण गर्न भ्याएछन् जसमा जम्मा तीन जना मात्र रहेछन्  । उनीहरु प्रसन्न मुद्रामा थिए र खोलामा पौडि खेल्दै पनि  ।
हुन सक्छ कालको मुखबाट बचेको आभास उनीहरुमा परेको थियो  । नहोस् पनि कसरी अलिकति दायाँबायाँ भई जंगलमा खसेको भए बिचराहरुको जिन्दगी समाप्त  । त्यहाँ हामी त मुकदर्शक भई उनीहरुलाई हेरिरह्यौँ केहीबेर पछि मात्र अन्य मान्छेहरुको भिड लाग्यो  । हुन सक्छ जंगलहरुको नजिकै खोलामा भएर केही ब्यक्तिहरुले त के भयो तपाईहरुलाई ? ठीक त छ भन्दै सुमसुमाउँदै चालकको पर्स र बगली छामेछन्  । एक चालक त बेस्सरी कड्केर भन्दै थियो—“हैन तपाईहरुको कस्तो तरिका हो उद्धार गर्ने हेतुले यहाँ आउनु भएको कि सर सामानहरु लुट्ने हेतुले ? हामीहरु सम्पर्क बिहीन छैनौ, हामीलाई आकाशमा अर्को हेलिकप्टरले पच्छ्याइरहेको छ बुझ्नु भो  ।” केही ब्यक्तिहरुले खोजेको होस् तैले भन्दै झम्टिन थालेका थिए त्यही समयमा अर्को हेलिकप्टर केही सुरक्षाकर्मीहरु बोकेर नजिकै वगरमा अवतरण भइहाल्यो  । त्यसपछि तिनीहरु कता लागेछन्, हामीलाई पनि एकिन भएन  । हेलिकप्टरको इन्धनको ट्याङकी फुटेको कारण नै अवरोध आएको कुरा खुल्नमा आयो  । हेलिकप्टरको अगाडिको भागमा हल्का क्षत्रिग्रस्त पनि भएको रहेछ  ।
अर्को हेलिकप्टरमा आएका सुरक्षाकर्मीहरुबाट क्षतिग्रस्त हेलिकप्टर फुकाल्ने काम भयो, हेर्दा हेर्दै एउटा ठूलोे हेलिकप्टर स—साना टुक्रा टु्क्रामा परिवर्तन भयो त्यो हाम्रो लागि अनौठो साथै कौतुहलको विषय पनि थियो  । त्यसैमा केन्द्रीत रहदा समय गएको पत्तै भएन, घडि हेरेको त दिउँसोको तीन बजिसकेछ  । सधै जसो त आठ बजे खाना खाइ सक्थ्यौ तर त्यो दिन तीन बज्दासम्म पनि हामीमा भोकको आभाष भएन  । हामी त्यहाँको दृष्य नियाली रहेका थियौँ  । हाम्रो गाउँबाट बाबा र दाइहरु पनि हामीलाई खोज्न त्यही आइ पुग्नु भएछ  । घरमा त त्यो आवाज सुनेपछि रुवाबासी नै चलेछ  । बाबाले घर जाउँ भन्दा पनि हाम्रो मनले त्यहाँको घटना नियाल्न नपुगेको कारण घर जान मानेन  । हाम्रो ढिपीले उहाँहरु अझ केही समय त्यही अल्झनु भयो  । पालैपालो अरु दुई तीनवटा हेलिकप्टर पनि त्यहाँ आयो क्षतिग्रस्त हेलिकप्टरका मानिसहरु सबै उड्ने भए  । उड्ने बेला थाहा भयो एक चालकको नगद रुपिया, कागजात र कपडा भएको सुटकेश नै गायव भएछ  । त्यहाँ धेरै खोजतलास भयो  । सुरक्षाकर्मिहरुले हाम्रा बाबा र दाजुहरुलाई पनि केरकार पारे  । तर बाबा, दाजुहरु र हामी त एउटा नजिकैको खेतको गह्रामा बसिरहेका थियौँ  । त्यहाँबाट दाँया र बाँया सम्मपनि लागेका थिएनौँ  । धेरै समय खोजि हुँदा पनि नभेटिएपछि उनीहरु निराश भएर उडे  । हामी पनि खिन्न भएर आफ्नो बाटो लाग्यौँ  । हामी साथीसँगीको साथमा त पैसा पनि थिएन तर भोकले सारै गाँज्यो, बाबा र दाजूहरु साथमा नभएको भए त वर्वाद हुने थियो तर बाबा साथमा भएको कारण अलिवर पसलमा आएर चिउरा र तरकारी खाँदा पो छुट्टै संसार पाए झैं लाग्यो  । मैले घरमा आमालाई सताउँदा तरकारी र चिउरा कहिल्यै पनि खाँदिन थिएँ किनकि दुध र घिउ खाने बहानाले तरकारीमा हात हाल्ना साथ पिरो भएको नाटक गर्थेँ  । दाइहरुले त जिस्क्याउन पनि बाँकी राख्नु भएन, “सुधा तरकारी पिरो भएन त आज ? ”मैले हाँस्दै भनेँ–“धत् दाजुहरु पनि बिरवल र अकवरको कथामा नै भनेको छ कि भोक मीठो हो भोजन हैन  ।” त्यो दिन मैले पनि अनुभव यो गरेँ कि वास्तममा भोक मीठो रहेछ भोजन हैन रहेछ  । यदि कुनै ब्यक्ति खानाको सवालमा मीठो र नमीठोको बादबिवाद गर्छ भने एक दिन भोकै बसेर हेरोस् ता कि उसले अनुभव गर्ने छ  । चर्कदो घामले बाटो तातेर पैतला टेकि साध्य थिएन, निधारबाट खल–खल पसीनाको मुलको त के बयान गर्नु, हामीलाई साँच्चै नै बहुत गाह्रो भइरहेको थियो  । हाम्रो थकाइलाई भुलाउन बाबा र दाजुहरु केही वर्ष अगाडिको हवाइजहाज दुर्घटना भएको घटना बारेमा छलफल गर्दै हुनुहुन्थ्यो  । त्यो बेलामा त बनमा हवाइजहाज खसेको थियो रे, आगो त हुरहुर्र रे, तर वरपर भएका मान्छेहरु त्यहाँ गएर आगो निभाउँदै चालक तथा यात्रुको बारेमा दुर्घटना भएको जानकारी दिनको निम्ति चौकीमा सम्पर्क गर्नुको साटो दुर्घटना भएको हवाइजहाजमा रहेका मृतक ब्यक्तिहरुको हातमा रहेको, गलामा रहेको सुनका गहनाहरु छाम्न र झिक्नमा निकै ब्यस्त थिए रे, अवसरवादी मोराहरु ! त्यतीखेरको हवाइजहाज दुर्घटनाले त कतिले घरमा जस्ता लगाए, कतिले खेत किने, कतिले त बजारमा नयाँ घर नै बनाए रे  । हवाइजहाजका यात्रुहरुले धेरै गरगहना भिर्छन् रे भन्दै हाम्रा बाबाले सुनेका कुरा हामीलाई सुनाउनु भयो  ।
हुन सक्छ त्यहि स्वादले त्यस दिन पनि मान्छे ओइरिएका थिए  । त्यो पृथ्वी राजमार्ग नजिकका मान्छेहरुले अरुको उद्वार गर्न हैन धन सम्पतीको स्याहार गर्न जानेका हुन्छन्  । यो कुराले हामीलाई धेरै नै नरमाइलो लाग्यो  । दाइले भन्दै हुनुहुन्थ्यो—“पृथ्वी राजमार्गबाट खोलामा बस खस्दा पनि हातमा टर्च बोकेर बगली हात र गला छाम्छन् अरे, रातमा पनि  ।” थुइक्क अवसरबादि मोराहरु हो  । आफूले दश नङ्गरा खियाएर कमाएको पैसाले त जिन्दगी भरी पुग्दैन अरुलाई आपत परेको बेला साच्चै भन्ने हो भने अरु जीवन र मृत्युको दोसाधमा पुगेर एक चिम्टी प्राणको भिक मागेको बेला लुटेको सम्पतिले कति समयलाई पुग्ला ? यही प्रश्नले मेरो सानो मस्तिष्कमा भने पानी उम्लिएसरी उम्लीरह्यो बारम्बार  । साँझको सात बजेतीर म घरको संघारबाट भित्रिएँ  । आमा भर्सेलीमा सुक सुकाई रहनु भएको थियो दिदी पनि चुलाको एक कुनाबाट आँसु झार्दै हुनुहुन्थ्यो  । घरमा बिहानको खाना कसैले खानु भएको रहेनछ  । मलाई पनि नरमाइलो लाग्यो, सबैसँग माफि मागेँ अव त्यसरी धेरै टाढा कहिले पनि जान्न भनेर बल्ल सबै जना खुशी हुनु भो र खाना खाइयो  ।
थकाइले भुतुक्क पारेको बेलामा पनि मेरो दिमागमा भने दिउँसोकै घटना उम्लिरहेको थियो  । मान्छे कति सम्म पतित, नालायक र निच बन्दा रहेछन्, मान्छेको प्राणभन्दा सम्पतिमा त्यती ठूलोे प्यार  । धिक्कार छ महत्वकांक्षी मनहरुलाई अनि जीवन रक्षार्थ भन्दा स्वार्थपुर्तीमा खटेका आत्माहरुलाई  । यिनै सोचाइका तन्द्राहरुलाई मष्तिष्कले उघ्राउँदै आमाको न्यानो काखमा खै कति खेर निदाएँछु पत्तै भएन  ।
(रत्नराधिका मासीक पत्रिकाको बर्ष २ अंक १ मा प्रकाशित)

2 प्रतिक्रिया

  1. Anup Pokhrel says:

    Well, I read this article and I was enjoying the way it started. However, towards the end, the story made a jump and many of the things mentioned seemed irrelevant to me. That’s exactly what I felt and I’m writing it honestly. No offense.

  2. Ganesh bhandari says:

    राम्रो लाग्यो, पैसाको निम्ति मानिस कति सम्म कुरुर बन्दो रहे६,

प्रतिक्रिया छाड्नुस्