चिठ्ठी सम्झनु, नवराज लम्साल

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

चिठ्ठी सम्झनु, नवराज लम्साल

प्रिय बहिनी सुबि सुधा,
तिम्रो गजल सङ्ग्रर्ह अब शहीद बोल्छ ’ को पाण्डुलिपि सम्पुण पढें । पढ्नकै लागी मात्र भएको भए –शायद यतिधरै प्रमसँग पढ्ने थिइनँ । पढेपछि केही लेखिदिनु वा लेख्नु थियो ,तसर्थ प्रेमपूर्वक पढें । हृदयले पढें ,मष्तिष्कले पढें , केवल आँखाले मात्र पढिनँ , भावहरुले तिम्रा गजलका भवहरु पढें । संस्कृत साहित्यमा मता कवि कालीदासका माहाकाव्यहरु पढेको प्रभाव हो वा छन्द साहित्यको मोहले हो, गजलका शेरहरुको सुुगन्धले हो वा रदिफ र काफियको आवध्यताले हो मलाइृ संरचनाको शाष्त्रीयता मन पर्छ । भावको प्रवाह वा सूस्दिमयता बिहीन शब्दको थुप्रो भित्र म काव्यिक सौन्दर्य र स्वाद पाउन्न । कुनै पनि विषयमाथि टिप्पणी गर्नु अधि त्यसमा गम्भीर अध्ययन हुनु जरुरी छ ।सुबि सुधाको गजललाई केवल सुविशे मात्र नठानेर आजका तन्नेरी पुस्ताको चेतन धरातताको प्रतिनिधि गजलहरु मध्य एक ठान्नुपर्दछ ।
आज गजल लेखन र सङ्ग्रह प्रकाशनको क्रम ज्यादातर वृध्दि भएको छ – गजल लेखन र लघु साहित्यिक पत्रिका प्रकाशनको क्रम इतिहासमै सर्वाधिक ज्यादा देखिएको छ । जति धेरै उम्रिन्छन् विरुवा –त्यति नै झाङ्गीन्छ –साहित्यिक बाग । गजल प्रतिको मोहलाई बाढी र साहित्यिक पत्रिका प्रकाशन प्रतिको रुचिलाई केवल लहड सम्झmने भूल कसैले नगरुन । यही भनिने बाढी एकदिन सङ्लिएर कञ्चन निर्मल नदी हुनेछ , यही भनिने लहड पछि साहित्य प्रतिको प्रतिबध्यता र अठोटमा रुपान्तरीत हुनेछ । सहयोग गर्न नजान्ने , नसक्ने वा नरुचाउनेहरुले कम्तीमा विरोध त नगरुन , तर युवाहरुको यो पवित्र कर्म उपासनालाई सलाम नगर्नेहरुले एकदिन अवश्यै पनि पछुताउनु पर्नेछ । भुल्न नहुने कुरा के हो भने –प्रत्येक शुरुवात अपूर्ण हुन्छ र त पूर्णता तर्फ दिनानुदिन सभ्यता लम्किरहन्छ । जन्ममै पूर्णता भेटिन्थ्यो त सम्पुण सृष्टिको यात्रा शायद त्यही रोकिन्थ्यो होला । मधुवन रेडियो कार्यक्रम मार्फत इतिहासमा पहिलो पटक साहित्यिक पत्रिकाको समिक्षा प्रारम्भ हँदा विज्ञापन भयो भनेर मलाई स्पष्टीकरण सोधिएको र कार्वाहीको धम्की दिइएको हिजै झैं लाग्छ तर आज साहित्यिक पत्र पत्रिकाको निर्वाध टिप्पणी एउटा अङ्ग नै भइसकेको छ ÷ रेडियो प्रसारणको सुरुमा कार्यक्रम मधुवनको शुरुवात ,गजलको आकर्षण र साहित्यिक पत्रपत्रिका प्रकाशनको बढ्दो क्रमलाई एकै ठाउँमा राखेर त्रिवेण्ी भन्न चाहन्छु । यो भनाई मुलुकका ८७ वटा मधुवन स्रोता क्लवलाई साक्षी राखेर बहशका निन्ति अघि सारेको हँु ।
अब फकूँ सुबिको गजल सङ्ग्ह तर्फ । सुबि सुधा सुधामय हरफको संयोजन मार्फत गजल विधाको विस्तारमा सक्रिय छिन् । लेख्ने वा प्रकाशन गर्ने सुतराका रुपमा मात्र नभएर म सुबिलाई गजल यात्राको प्रबक्ताको रुपमा चिन्दछु । आफु लेख्नु एउटा कुरा , अरुलाई लेख्न लगाउनु र लेखिएकालाई प्रचार प्रसारमा ल्याउनु अर्को कुरा । यो दुबै डुङ्गामा खुट्टा हालेकी छिन् सुबिले ।रत्नराधिका उनको सपना हो भने गजल लेखन साहित्य पूजाको सर्दाम । प्रस्सत लेख रचनाको पर्रा छुटाईसकेकी सुबि –अब गम्भीरताको खोजीमा लागेको अनुभव हुन्छ । सुबिमा अब परिपक्कता भाव गम्भीरता र लेखनीय सुकोमल शैली संरचना प्रतिको मोह बढ्दै गएको अनुभव हुन्छ । सुबिभित्रको सुबिले भोगेको जीबन शैली –अनुभव, अनुभूति र प्रेम प्रणयका अतिरिक्त सुबि जस्ता अरु धेरै सुबिहरुको मनोदशा र सिङ्गै मुलुकको पीडालाई गजलले सम्बोधन गरेको छ ।
‘दाजु भाइ लड्दैछन् मिलाउन सकिन आमा
चोली तिम्रो च्यातिँदा सिलाउन सकिन आमा
आहा कति सुन्दर छ –लेखाइको यो बनोट र भाव प्रभाव ।
साँझको बत्ती झुल्की सक्यो दाजु आएनन्
ढिडाको पानी भल्की सक्यो दाजु आएनन्
यी हरफमा भने झै दाजु हराएका अभागी चेली कति होलान् वा छन् यो देशमा । भुलुक्क भुल्केको पानीमा पिठो हालेर ढिंडो मस्काउने चेलीहरुको आँखामा विदेश पलायन भएको वा जङ्गगल पसेको दाजु फर्कने सपना कति होलान् ?
मैले मात्र चाहें तिमीले सहारा पठाएनौं
उज्याले छर्न जीवनमा खै तारा पठाएनौं
तारा नपठाउने त्यो निस्ठुरी सुबिको केशव आचार्य मात्र होइन , भोट लिएर गएपछि गाउँ नफर्कने जाली नेता पनि हो । सुबिको अर्को विशेषता उनि पुरुषको भावसँग मजाले खेल्न सक्छिन् । कोमल नारी मनले कुनै मदिरासँग एक्लै संवाद गर्दै गरेको पुरुष विचारको अभिव्यक्ति दिन सक्नु कम महत्वको कुरो होइन । भावहरुको यस प्रकारको विनिमयले उनलाई एउटा सुन्दर स्रष्टाको रुपमा उभ्याएको छ ।
पीडा भुलाउनै सकिन एक प्याक ल्याइदेउन कान्छी
मैले मात्र कसरी पिउँ एक चुस्की खाइदेउन कान्छी
समसामयिक बस्तु स्थिति ,मानवीय स्वार्थी स्वभाव , खिचातानी , बर्तवानको अतृप्त चाहना र छलछाम तथा बेइमानी बीच सुबिले गजललाई नमुना बनाएर उभ्याएकी छिन् । उनी भावमा कठोर र दृढ भएर पनि शब्दका थुङ्गाहरुलाई भने जतन साथ टिप्न सफल छिन् ।शहीदका अपूर्ण सपनालाई देखेर उनको मन भत्भती पोलेको छ । माइतीघरको सम्झनाले पिरोलेको छ । रहरहरुको बाढी उर्लेको छ र प्रेमको पबित्र आग्रह छ । सुबिले आफ्नो कलममा बिर्को लगाइनन् भने र मात्रालाई निरन्तरता दिइरहिन भने सुबि नेपाली गजलको सुन्दर फूल हुनेछिन् –जसको सुवासले मगमगाउने छ –नेपाली साहित्व बगैंचा । आशिष छ सुबिलाई , प्रेम छ –सुबिलाई । सद्भाव र स्नेहको शव्दहरु सहित िआजलाई यति –जिउँदा जाग्दा छन् सुबिका शेरहरु । पाठकहरुबाट न्यानो माया अबश्य प्राप्त हुनेछ ।उत्तरोत्तर प्रगति र जीवनमुखी साहित्य निमार्णका लागी सफलता मिलोस भन्ने हार्दिक शुभकामना ।
शव्द शिविर ,काठमाडौं

प्रतिक्रिया छाड्नुस्