जुन गीतले श्रोताको भावनालाई स्पर्श गर्छ त्यही गीतले चर्चा पाउनुपर्छ : गीतकार विद्याप्रसाद घिमिरे

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

जुन गीतले श्रोताको भावनालाई स्पर्श गर्छ त्यही गीतले चर्चा पाउनुपर्छ : गीतकार विद्याप्रसाद घिमिरे

काठमाण्डौं, लैनचौरमा जन्मिनु भएका गीतकार विद्याप्रसाद घिमिरे नेपाली साहित्यिक तथा सांगितिक फाँटको निम्ति कुनै नौलो नाम होइन । विगत दुई दशक देखि साहित्यका भिन्न बिधाहरुमा सशक्त रुपमा कलम चलाउने हस्तिहरु मध्ये उहाँ पनि पर्नु हुन्छ ।

सामाजीक तथा साहित्यिक गतिविधिहरुमा अत्यन्त क्रियासिल गीतकार घिमिरेका हालसम्म दर्जनौ गीतहरु वजारमा आइसकेका छन् । उहाँले प्रहरी पत्रिकाको सम्पादन अनुभव लिनुका साथै विशेष रुपमा दर्शन, चिन्तन, समसामयिक विचार विवेचना आदिमा सशक्त रुपमा कलम चलाउने गीतकार घिमिरे मूलतः पद्य तथा गद्य साहित्यका अध्येता हुन् भन्दा फरक पर्दैन । उहाँ प्रेरणाको श्रोत समेत हुनुहुन्छ, नयाँ पुस्ताको निम्ति । थोरै बोल्ने र धेरै कार्य गर्ने, सञ्चार माध्यमहरुमा चर्चा पचिर्चामा आउने चाहना नलिने गीतकार घिमिरेसँग काव्यसुधा डट कमको निम्ति लिएको भेटवार्ताको सारसंक्षेप ।

तपाइँको पृष्ठभूमिको बारेमा केही भनिदिनु हुन्छ कि ?

म सामान्य मध्यम वर्गीय पारिवारिक पृष्ठभूमिमा जन्मेको मान्छे, बुबा सरकारी कर्मचारी, आमा साधारण गृहिणी । जागिरको क्रममा बुबा जहाँजहाँ सरूवा भएर जानुहुन्थ्यो, त्यहीँको विद्यालयमा अध्ययन गर्दै मेरो बाल्यकाल बित्यो । धेरै विद्यालयहरू चहार्न पुगेँ, र अन्त्यमा काठमाडौं आएर अध्ययन गरी यहीँबाट एस.एल.सी. उत्तीर्ण गरेँ । कलेज पढ्न थालँे, समय बित्दै जाँदा जागिरको पनि खोजी सुरू भयो र प्रहरी सेवामा आबद्ध हुन पुगेँ । मेरो पारिवारिक परिवेश धार्मिक प्रवृत्तिको थियो । बुबाको संस्कृतमा गहिरो अध्ययन थियो । त्यसैले होला घरमा संस्कृत भाषाका धार्मिक ग्रन्थ र पुस्तकहरू थिए । मलाइ पनि बुबाले पढ्ने गर्नुभएका ती धार्मिक पुस्तकहरूको अध्ययन गर्ने अभिरूचि जाग्न थाल्यो । तिनै विशुद्ध संस्कृत तथा नेपाली पुस्तकहरूको अध्ययन गर्दागर्दै मेरो लेखन शैली बस्न गएको हो ।

तपाइँले कलम चलाउन सुरू गर्नुभएको कति सालदेखि हो ?

त्यसो त म सानै उमेरदेखि नै कविता, कथा कोर्थें, साथीभाइलाई सुनाउथेँ र थन्क्याउथेँ, तर फेरि तिनको खोजी गर्दैनथेँ । खोजी गर्नुको मतलब पनि थिएन त्यतिबेला । किनकि प्रकाशनको बारेमा ज्ञान थिएन । साहित्यको महत्व नै थाहा थिएन भन्दा पनि हुन्छ । साथीहरूलाई सुनाउनु नै ठूलो कुरो जस्तो लाग्थ्यो, त्यो उद्धेश्य पूरा भएपछि आफ्नो रचनाले पूर्णता पाएको अनुभूति हुन्थ्यो । पछि आएर केही वर्ष पढाइको चापले हो वा सङ्गतिले हो यो क्रम टुट्न गयो । लेखेर आफ्ना रचनाहरू सङ्कलन गरेर राख्न थालेको भने त्यही २०५५/५६ सालदेखि मात्र होला ।

कुनकुन विधामा कलम चलाउनुहुन्छ ? किन ? अनि आपूmलाई मनपर्ने विधा ?

आपूmले आपैmलाई चिनाउनु पर्दा म अलि लहडी खालको मान्छे भन्न मन लाग्छ । त्यसैले जे विषयमा लहड चल्छ त्यही विषयमा लेख्छु र लेख्दै जान्छु । कहिले समसामयिक राजनैतिक चिन्तनसम्बन्धी, कहिले अध्यात्मिक लेख, कहिले दर्शन त कहिले गीत, कविता । छोटो बसाइमा आफ्ना मनका भावहरू केही पङ्क्तिमै उतार्न सकिने भएर होला गीत कविता लेख्न मलाई विशेष मनपर्छ ।

कुन समयमा सिर्जना गर्नुहुन्छ ?

दिनभर त कार्यालयकै काममा व्यस्त भइन्छ । शान्त वातावरण नभई मलाई केही सिर्जना गर्न मन लाग्दैन । पहिले मस्तिष्कमा कुनचाहिँ विषयवस्तुले घोच्छ, एकान्तमा बसेर त्यस सम्बन्धमा शान्तपूर्वक केहीक्षण विचार गर्छु । राम्रा÷नराम्रा पक्षका बारेमा एकछिन विश्लेषण गर्छु अनिमात्र कोर्न सुरू गर्छु । यही स्वभावले गर्दा रातको शान्त वातावरण सुहाउँदो भएको छ मलाई सिर्जना गर्न ।

गीतकार भएर अघि बढ्दा के कस्ता अप्ठ्यारा र समस्याहरू भोग्नु भएको छ ? हालसम्म तपाइँका कति गीतहरू रेकर्ड भए ?

प्रकाशनका लागि मात्र गीत लेख्ने हो भने त कुनै समस्या छैन, तर गीतले पूर्णता भने पाउँदैन । एउटा गीत जब सङगीतबद्ध भई उचित गायकको आवाजमा गुञ्जिन्छ अनिमात्र गीत वास्तवमै गीत बन्छ र गीतले पूर्णता पाउँछ । यसका लागि गीतकार, सङगीतकार वा गायकमध्ये कुनै एकजनाको मात्र प्रयासले पुग्दैन । सङ्गीतको मर्मलाई राम्ररी बुझी गीतको भावअनुसार सङ्गीत सिर्जना गर्न सक्ने सङ्गीतकार, कुशल सङ्गीत संयोजक, दक्ष बाद्यवादकहरू, अनुभवी रेकर्डिस्ट, आधुनिक रेकर्डिङ्ग सिस्टम यी सबैको उत्तिकै प्रयास र मेहनत हुनुपर्दछ र यी सबै पक्षले गीत रेकर्डिङ्गमा प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ । यी पक्षहरूबीच एकआपसमा तालमेल हुन नसक्दा समस्या उत्पन्न हुन्छ । धेरै बाद्यसामग्रीको प्रयोग हुँदैमा गीत राम्रो हुने होइन । कुनै पीडादायी गीत छ भने त्यस्तो गीतको सङ्गीत सिर्जना गर्दा श्रोताको मनलाई ध्यानमा राखेर भावनालाई नै झक्झकाउन सक्ने खालको सङगीतको सिर्जना गर्नुप¥यो । भावुक गीतको लय आधुनिक नृत्य गर्न मिल्ने खालको भयो भने त्यसले श्रोताको मनमा कस्तो प्रभाव पार्ला < यस्तोमा विचार पु¥याउनुपर्छ । त्यस्तै अर्को समस्या हो, रेकर्डिङ्गको । कहिले सङ्गीतकारको फुर्सद नहुने, सङ्गीतकारलाई समय मिलेको बेला आपूmले चाहेको रेकर्डिङ्ग स्टुडियोमा डेट नमिल्ने । स्टुडियोमा डेट मिल्छ, बाद्यवादक अर्कै काममा व्यस्त हुने । यस्ता समस्याहरू गीत रेकर्डिङ्गका क्रममा आइरहन्छन् । सङ्ख्याको कुरा गर्दा—गीत सङ्ख्यात्मक भन्दा पनि गुणात्मक हुनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसैले गीत रेकर्डिङ्गको सङ्ख्यालाई म त्यति अहम् मान्दिन । स्तरीय गीत चाहे दुईवटै मात्र किन नहोस् त्यसले अर्थ बोक्छ । स्तरहीन गीतको सङ्रख्यामात्र बढाएर केही अर्थ छैन । मेरा केही गीतहरू रेकर्डिङ्गको तयारीमा छन्, र करिब डेढ दर्जनको हाराहारीमा मेरा गीतहरू रेकर्ड भएका छन् ।

तपाइँलाई जहिलेसुकै व्यस्त देख्छु । दिनहरू कसरी विभाजन गरेर समय मिलाउनु भएको छ ?

व्यस्तता आपैmले निम्त्याउने कुरो हो । व्यस्त हुन नचाहने मानिसलाई सधैँ फुर्सदैफुर्सद हुन्छ । व्यस्त रहन चाहनेले खाली समय पायो कि केही न केही गरिरहन्छ, त्यत्तिकै हात बाँधेर खाली बस्दैन । व्यस्त रहन चाहनेहरूका लागि अहिले संसारमा यति धेरै संसाधनहरू पाइन्छन् कि ती गन्नेमात्र हो भने पनि व्यस्त भइन्छ । र कुरो आयो समय विभाजनको । यसमा के भने—एउटा रचनाकारले आपूmले सिर्जना गर्नुपर्ने कुनै विषयवस्तुका लागि छुट्टै समय विभाजन गनुपर्छ भन्ने पक्षमा म छैन । र यसरी सिर्जना हुन पनि सक्दैन । साहित्य सिर्जना भन्ने कुरो एउटा घटना जस्तो हो यो आपूmले निर्धारण गरेको समय सीमाभित्र नै घट्छ भन्ने छैन । सिर्जना त मनको भावना र मनोदशामा निर्भर गर्दछ । बाटोमा हिँड्दाहिँड्दै, नदी झर्ना, खोला, छहरा, हेर्दाहेर्दै पनि साहित्यिक घटना घट्न सक्छ । प्रकृतिमा यति धेरै सम्पदाहरू छन् कि सिर्जनाको भावना बोकेर हिँड्ने मानिसका लागि क्षणक्षणमा साहित्य जन्मन सक्ने अवस्था छ । हामी हेरौं पूmलैपूmलले भरिएको बगैँचा, स्वच्छ निलो आकाश, उडिरहेका पंक्षी, उषाकालमा उदाइरहेको सूर्य र साथमा गीत गाइरहेका चराहरू, कोही जन्मदाको खुसी, कसैको मृत्युको शोक यी सबैमा साहित्य छ । यिनै विषयवस्तुको गहिराईलाई बुझ्ने हो भने तत्क्षण साहित्यिक घटना घट्न सक्छ र सिर्जना हुनसक्छ । यस्तो साहित्यमा मिठास पनि हुन्छ । तसर्थ, साहित्य सिर्जनाका लागि विशेष समय तालिका बनाउनुपर्छ भन्ने कुरामा मेरो पटक्कै विश्वास छैन ।

अन्य गीतकारका गीतभन्दा तपाइँका गीतमा के भिन्नता पाउनु भएको छ ?

यो त बडो अप्ठ्यारो प्रश्न राख्नुभयो । आफ्नो गीतको मूल्याङ्कन आपैmले कसरी गर्ने । यो त श्रोता र पाठकहरूलाई छोडिदिन राम्रो हुन्छ । तैपनि केही कुरो म प्रस्ट्याउन चाहन्छु । भिन्नभिन्न व्यक्तिका आ–आफ्नै विचार र शैली हुन्छन् । यिनै विचार र शैलीले साहित्यमा अवश्य नै प्रभाव पार्छ । यिनै विविधताले सिर्जनामा पृथकता ल्याउँछ । सबैका गीत पढ्छु, सुन्छु र आफ्नासँग दाँज्छु, अनि सबैभन्दा नमिलेका र नराम्रा पाउँछु आफ्ना गीतहरू । अन्य गीतकारका शब्द संयोजन, शैली सबैमा विशिष्टता पाउँछु । म आफ्ना सिर्जनाबाट कहिल्यै सन्तुष्ट हुन सकेको छैन । असन्तुष्टि भएकै कारण होला थप सिर्जना गरेर सन्तुष्टि प्राप्त गर्ने लालसा रहिरहेको छ मभित्र । यसले सिर्जनामा थप प्रेरणा र हौसला मिलिरहेको महसुस पनि गरेको छु ।

‘वाद’ र ‘ तन्त्र’ बारे आफ्नो धारणा बताउनु पर्दा ?

यो त नितान्त गैह्रसाहित्यिक प्रश्न हो, राजनीतिक व्यक्तिसँग राख्नुपर्ने जिज्ञासा हो । तापनि अहिले विश्वका कुनै कुरा पनि राजनीतिबाट अलग हुन नसक्ने अवस्था छ । त्यसैले प्रत्येक व्यक्तिमा केही न केही राजनैतिक चेतना हुनु आवश्यक छ । मेरो विचारमा ‘वाद’ भनेको उत्कृष्ट वैचारिक मन्थनबाट निस्किने विशिष्ट विचार हो भने ‘तन्त्र’ भनेको ‘वाद’लाई समाजमा लागू गर्दै गएपछि निस्किने परिणाम हो । सामाजिक रूपान्तरण भइसकेपछि देखिने स्वरूप हो । भन्नुको अर्थ ‘वाद’को टाउकोमा टेकेर ‘तन्त्र’सम्म पुग्न सकिन्छ, त्यसैले ‘वाद’ भनेको ‘तन्त्र’ भेट्ने खुट्किलो मात्र हो ।

गीतको परिभाषा कसरी दिनुहुन्छ ? तपाइँको विचारमा एउटा राम्रो गीत सङगीतबद्ध हुन कसको भूमिका बढी हुन्छ जस्तो लाग्छ ?

गीतले श्रोताको हृदयको बोली बोल्न सक्नुपर्छ, मस्तिष्कलाई छोएरमात्र पुग्दैन हलचल नै मच्चाउन सक्नुपर्छ । अनिमात्र गीतले सार्थकता पाउँछ र गीत वास्तवमै गीत बन्छ । मैले अघि नै बताएँ—एउटा राम्रो र स्तरीय गीत तयार हुन गीतकार, सङ्गीतकार, सङ्गीत संयोजक, गायक, बाद्यवादक, रेकर्डिष्ट, रेकर्डिङ्ग सिष्टम सबैको उत्तिकै महत्व हुन्छ । यसको बढी र उसको कम भन्नै मिल्दैन । तापनि गीत साहित्यको एउटा विधा हो । सङ्गीतबद्ध नगरेर प्रकाशन मात्र गरेपनि त्यो शैलीको साहित्यिक रचनालाई गीत नै भनिन्छ र सङ्गीतबद्ध गराए पनि त्यो रचना गीत नै हो । त्यसैले गीत—रचनाको मौलिक स्वरूप हो । गीतकार गीतको जन्म दिने आमा हो । यस अर्थमा गीतकारको भूमिका गीत निर्माणमा केही बढी हुन्छ जस्तो लाग्छ मलाई ।

खास गरी तपाइँ कुन–कुन गीतकारबाट बढी प्रभावित हुनुहुन्छ ?

त्यसो त सबै गीतकार राम्रा हुनुहुन्छ, सक्दो मिहिनेतका साथ सिर्जनामा लागिरहनु भएको छ । राम्रो नराम्रो भन्ने त आ–आफ्नो दृष्टि र सोचमा भर पर्ने कुरो हो । राम्रोसँग भाव बुझ्न सकेको खण्डमा सबै साहित्यिक सिर्जनाले केही न केही झक्झक्याउँछ । तापनि हरिभक्त कटवाल, कालीप्रसाद रिजाल, ईश्वर बल्लभका गीतमा विशेष मिठास र माधुर्य पाएको छु मैले । र वहाँहरूकै गीतबाट प्रभावित पनि छु ।

जीवन भनेको के हो ? जीवनमा हामीले के गर्नुपर्छ जस्तो लाग्छ ?

जीवन भनेको भोगाइ हो । जन्म सत्य हो, मृत्यु शाश्वत सत्य हो र जीवन जन्म र मृत्युबीचको बाध्यता हो । मान्छेहरू आ–आफ्नै शैली र सोचअनुसार भोग्ने गर्छन् यसलाई । अरूको सहयोगी भएर दुःखको साथी बनेर जीवन बाँच्नु विशेष अर्थपूर्ण हुन्छ । अरूलाई केही सहयोग गर्न नसके ठिकै छ, तर आफ्नो कारणबाट अरूले दुःख भोग्न नपरोस् भन्नेतर्पm विशेष सजग रहनु पर्दछ । हरेक मानिसले यतिमात्र गर्न सक्यो भने पनि संसार अर्कै हुन्छ । जन्म्यो, हुक्र्यो, खायो । केवल खानकै लागि स्वार्थमा लिप्त भई जीवनभर दौडधुप ग¥यो, जस्तो जन्मेको छ त्यस्तै मरेर गयो । न कसैले जान्दछ, न कसैले चिन्दछ । जन्मेको पनि कसैलाई थाहा छैन र मरेको पनि कसैलाई थाहा छैन । यस्तो जीवनको के अर्थ हुन्छ र /

तपाइँले मान्नुपर्ने गीतकारहरूको नाम लिनु प¥यो भने कस कसको नाम अगाडि आउँछ ?

प्रश्न दोहोरिइरहे जस्तो लाग्दैछ । मैले अघि नै बताइसकेको छु—म हरिभक्त कटवाल, कालीप्रसाद रिजाल, ईश्वर बल्लभका गीतबाट प्रभावित छु र वहाँहरूप्रति नै मेरो अगाध श्रद्धा पनि छ ।

हालसम्म तपाइँंद्वारा रचित गीतहरू कसकसले सङ्गीतबद्ध गर्नु भएको छ र विशेष गरी कसकसले गाउनु भएको छ ?

गीतको मर्म र भावअनुसार सङ्गीतकारद्वारा सङ्गीतबद्ध गीतले सदैव स्थान पाउँछ । आफ्ना गीतहरू धेरै जना सङ्गीतकारबाट सङ्गीतबद्ध गराउनसक्ने गीतकार नै अब्बलकोटीको गीतकार हो भन्ने मान्यता राख्नेहरूको भन्दा केही फरक धारणा छ मेरो । राम्रो सङ्गीत र सुमधुर आवाज दिन सक्ने गायकद्वारा गुञ्जिने गीत पुस्तौंपुस्तासम्म जीवित रहन सक्छ । आज चर्चाको शिखर चुमेर भोलिदेखि कसैले सुन्न नरूचाउने गीतको कुनै मूल्य हुँदैन । मेरा धरैजसो गीतहरूमा विशेष गरी किशोर खतिवडा, मनोज सिंहजस्ता सङ्गीतकारहरूले सङ्गीत दिनु भएको छ भने आनन्द कार्की, राजेश पायल राई, स्वरूपराज आचार्य, जगदीश समाल, अन्जु पन्त जस्ता गायक गायिकाहरूले आफ्नो सुमधुर आवाज दिएर सिँगार्नु भएको छ ।

तपाइँले छोटो समयमा नै निकै चर्चा परिचर्चा पाउनु भएको देखिन्छ, यो यात्राको अनुभवका आधारमा यसलाई निरन्तरता दिने हो भने कस्तो भविष्य होला जस्तो महसुस गर्नुभएको छ ?

चर्चा परिचर्चाभन्दा पनि आत्मसन्तुष्टिका लागि आफ्ना मनका भावना म साहित्य सिर्जनामा उतार्ने प्रयास गर्छु । र गीतको प्रसङ्गमा कुरा गर्नु पर्दा मलाई के लाग्छ भने जुन गीतले श्रोताको भावनालाई स्पर्श गर्छ त्यही गीतले चर्चा पाउनुपर्छ । तर अहिले आधुनिक गीत सङ्गीतको क्षेत्र त्यस्तो छैन । अहिले गीतलाई चर्चाको शिखरमा पु¥याउने कार्य ज्यादै महँगो हुन गएको छ । पहिलापहिला गीत सुन्ने गरिन्थ्यो । अहिले गीत सुन्नका लागिमात्र बन्दैनन्, गीतलाई हेर्ने परिपाटी पनि बढ्दै गएको छ । यसबाट सङ्गीतको क्षेत्रमा अनेकौं गलत प्रवृत्ति र अस्वस्थ्य प्रतिष्पर्धा पनि देखा परेको छ । पहिला गीत रेकर्ड हुनुपूर्व सङगीतको सिर्जना र गीतका शब्दहरूमा विशेष ध्यान दिइन्थ्यो । अहिले त्यो अवस्था छैन, गीत रेकर्डिङ्ग भएर बजारमा गइसकेपछि त्यसका लागि कति बजेट छुट्याउने भन्ने हाडबाजी नै चल्न थालेको छ । एक/दुई अपवादका कुरा नगरौं, हैन भने जसमा प्रचारप्रसार र विज्ञापनमा अन्धाधुन्ध खर्च गर्न सक्ने सामथ्र्य छ, त्यसैको गीतले स्थान पाउँछ । यसै गलत प्रवृत्तिका कारण वास्तविक गीतहरूको भ्रूणहत्या भएको छ, नजन्मिँदै घाँटी निमोठिएको छ । नयाँ सताब्दीले सकाएको यस्ता गलत प्रतिष्पर्धालाई हेर्दा गीत÷सङ्गीतको क्षेत्र र यसमा लाग्नेहरूको भविष्य भयावह देखेको छु, मैले । भोलिका दिनमा सङ्गीतको क्षेत्र कस्तो दुर्दशातर्पm उन्मुख होला भन्ने कल्पनामात्रले पनि भित्रभित्रै पिरोलिएको छु ।

‘प्रहरी द्वैमासिक’को सम्पादन पनि गर्नुभएको छ, नयाँ प्रतिभाहरूलाई कसरी हेर्नुभएको छ ?

नयाँ युगले नयाँ पुस्ता जन्माउँछ र नयाँ पुस्ताले नयाँ प्रतिभा । अझ प्रस्ट भन्नुपर्दा नयाँ प्रतिभा नयाँ युगको संस्कारबाट प्रभावित हुन्छ । यस पुस्ताले नयाँ युगको प्रतिनिधित्व गर्न सक्नुपर्छ । नवीन सन्देशवाहक बनेर समाजमा सचेतना पैmलाउन सक्नुपर्छ । समाजलाई सही दिशा निर्देश गर्ने किसिमका सिर्जना गर्नसक्ने नव प्रतिभाहरूलाई कसैले अवमूल्यन गर्नु हुँदैन । सभ्यताका नाममा नयाँ पुस्ताले सामाजिक विचलन र विशृङ्खलतालाई प्रोत्साहन गर्ने र समाजलाई अधोगतितर्पm धकेल्ने किसिमका सिर्जना गर्ने गरेको पनि नपाइएको होइन । यस्ता गलत प्रवृत्तिलाई निरूत्साहित गर्न सर्वत्रबाट विरोध हुनुपर्दछ भन्ने मेरो धारण छ । यसै विषयमा केन्द्रित रही मैले सम्पादनको कार्यलाई निरन्तरता दिँदै आइरहेको पनि छु ।

वर्तमान अवस्थामा नेपाली साहित्यिक र साङ्गीतिक यात्रा कहाँ पुगेको छ भन्ने अनुमान गर्नुभएको छ ?

अहिले नेपाली साहित्य र सङ्गीतको अवस्था अत्यन्त जर्जर अवस्थामा छ । राम्रा कुराहरू जो कोहीको पनि अनुशरण गर्नमा कुनै आपत्ति हुँदैन । तर, आधुनिकीकरणका नाममा विदेशी संस्कार र सोचलाई हुबहु नेपाली संस्कृतिमा ढाल्ने प्रयास गर्नुचाहिँ मुर्खता हो । हामीले साहित्य र सङ्गीतको माध्यमबाट आफ्नो कला, संस्कृति र सभ्यताको जगेर्ना र उत्थान गर्न सक्नुपर्छ । मानिस कहिल्यै वर्तमानसँग सन्तुष्ट हुन सकेको पाइँदैन । हामी बितेका दिनलाई सम्झन्छौं र ती पलहरू स्वर्णिम थिए भन्ने सोच्छौ, या भोलि आउने दिन सुखद होला कि भन्ने कल्पना गर्छौ । तर वर्तमानमा भने कहिल्यै रमाउन सक्दैनौं । वर्तमानमा जुन क्षण छ त्यही क्षणलाई नै सुनौलो र खुसीको क्षण भनेर भन्नसक्ने अवस्थामा पु¥याउन हामी कलम चलाउनेहरूले जान्नुपर्दछ । अनिमात्र वर्तमानसँग सन्तुष्ट हुन सकिन्छ ।

सङ्गीत सन्तुष्टिको क्षेत्र हो वा होइन ? तपाइँको धारणा बताइदिनु हुन्छ कि ?

अत्यन्त अचम्मको प्रश्न हो यो । सङ्गीतले जो कसैलाई पनि आनन्दित बनाउँछ । सुनिएकै छ—सोभियतसङ्घमा बाली लगाइएको खेतमा विशेष प्रकारको सङ्गीतको ध्वनि बजाइदिएर उब्जनी बढाउने प्रयोग भइरहेको छ । त्यस्तै स्वीट्जरल्याण्डका गाई फारममा रहेका गाईहरूलाई सङ्गीत सुनाएर बढी दूध निकाल्ने प्रयोग हालैमात्र सफल भएको छ । जब वनस्पति र पशुलाई सङ्गीतले आनन्द दिन्छ, प्रभावित पार्छ भने यो भन्दा बढी के भनूँ

अन्त्यमा तपाइँलाई माया गर्ने श्रोता र पाठकलाई केही भन्नु हुन्छ कि ?

आफ्नो माटोको मौलिकता बोकेको नेपाली गीत/सङगीतलाई माया गर्न सिकौं । विदेशी संस्कृतिको वाहवाहीको पछि लाग्न छाडेर आफ्नो संस्कृतिप्रति गर्व गरौं । अरूका सामु आफ्नो राष्ट्रिय अस्मिताको खुल्लम्खुल्ला लिलामी नगरौं । यतिमात्र गर्न सक्यौं भने बस् ।

2 प्रतिक्रिया

  1. KaitlinHolt says:

    Hundreds of guys are able to create common book reports. However, it is not so easy to cope with book reports essay completing. Specialized paper writers are wanted for such kinds of assignments!

  2. car accident essay…

    Untitled Document…

प्रतिक्रिया छाड्नुस्