पुनर्जन्म: सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

पुनर्जन्म: सुबिसुधा आचार्य

जेठको महिनाको उखरमाउलो गर्मी, धर्तीधपधप बलिरहेको थियो । इनार, कुवा र धाराको पानी पनि उमालेझै“ थियो । नजरले अलि पर नियाल्न खोज्ने हो भने सूर्यका विकिरणको प्रभावले रिमरिम देखिन्थ्यो । पृथ्वी राजमार्गमा अवस्थित कुनै एक छेउको बजार गर्मीकै कारण शून्यताभित्र कैद थियो । मध्यान्हको समय सडकमा त्यती बसहरु आवतजावत गरेका थिएनन्, फाट्टफुट्ट मालवाहक ट्रक पनि गर्मीले इञ्जिन तातेर होला घ्यार्र–घ्यार्र आवाजका साथ अघि बढेको देखिन्थ्यो भने कतिपय ट्रक सानीको होटलअगाडि रोकिएका थिए ।

आज पल्लवीको होटलमा भने त्यती ग्राहक आएका छैनन् । बिहानको खाना खाइवरी छोरालाई लिएर होटलकै टेबलमा पल्टिन्छिन् । आ“खाहरु लाग्न पुगेका हुन्छन् । ठीक त्यती नै बेला मोटरसाइकल रोकेको आवाजले पल्लवीको नी“द टुट्न जान्छ । छोरालाई सानो खास्टोको टुक्रा ओढाइदिन्छिन् । सायद झिङ्गाहरुले नटोकून् भनेर होला । त्यतिबेलासम्म मोटरसाइकलमा आउने युगल जोडी पल्लवीको होटलभित्र पुगी बेञ्चमा बसेका हुन्छन् । त्यत्तिकैमा ङिच्च हा“स्दै युवकले भन्छ “दिदी फाइनको स्पीड बढाउन मिल्दैन ।” “पूरा स्पीड लगाएकै छ यहा“को अत्यधिक गर्मीको कारण हावा नै तातो बगिरहेछ भने फाइनले मात्र कहा“ चिसो हावा लिएर आओस्” यति भन्दै पल्लवी “हजुरहरुलाई के ल्याऊ“” भन्ने हेतुले युगल जोडीतिर नजरमात्र के हुत्याउ“छिन्, उनलाई एकाएक रिङ्गटा लागेर आउ“छ । अ“ध्यारो देख्छिन्, आ“खाले कतै भ्रम पो देखिरहेछ कि, अफ्اना आ“खालाई माडमुड गर्छिन् । एक त लाग्यो यो कतै सपना त हैन । त्यो वास्तविक विपना थियो ।             पल्लवी अलि चलाख बनिन्, आफ्नो कम्मरमा बा“धेको पटुकीले टाउकामा निधारसम्म बा“धिन् र शिर झुकाइरहिन् । उनको चाह थियो त्यस केटाले नचिनोस् । “दिदी दुईओटा चिसो ल्याइदिनुस् न ।” हात उठाएर बेञ्चबाटै केटाले भन्यो । बाहिर भा“डा मोलिरहेको केटालाई पल्लवीले चिसो लगिदिन अह्राइन् । पल्लवी काउन्टरमा निहुरिएर बसिरहेकी थिइन् । उता केटा र केटी भने एकअर्कामा जिस्क“दै चिसो पिइरहेका थिए । त्यती नै बेला सम्भवतः निद्रामै हुनुपर्छ पल्लवीको छोरा टेबलबाट खस्छ । पल्लवी काउन्टरबाट निस्केर जान्छु भन्दा त्यो केटा नै पहिला बालकलाई उठाउन पुग्छ । रोइरहेको बालकलाई काखमा लि“दै ऊ फुलाउनतर्फ लाग्छ । पल्लवी भने पछि हट्दै फेरि काउन्टरमै गएर बस्छिन् । एकपटक छड्के नजरले आफ्नो छोराको अनुहार र केटाको अनुहार तुलना गर्न मन लाग्छ, नभन्दै आ“खा, नाक, निधार कस्तो ठ्याक्कै मिलेको ।    जोडले रोइरहेको छोरा त्यो केटाले काखमा च्याप्नेबित्तिकै सुक्क–सुक्क गर्दै चुप लाग्यो, कस्तो अचम्म — अपरिचित व्यक्ति देख्दा त ऊ भाग्दै रुन्थ्यो तर आज ऊस“ग किन मानिरहेछ । कतै रगतको नाताले बा“धेर त होइन । केटाले बालकलाई आफूस“ग लगेर बसायो, केटीले पनि गाला मुसारी र पकेटबाट सयको नोट बालकको हातमा थमाइदिई । बालक मुसुक्क हा“स्यो, मानौ“ उसले चिनेको छ । आफ्नो हातले मुख छोपेर हा“स्दै केटीले व्यङ्ग्य गरी “रवि ¤ यो बालक त काटिकुटी तिमीजस्तै रहेछ ।” केटीको गालामा प्याट्ट पिट्दै केटाले भन्यो “धत् लाटी खै ¤ तिमीले जन्म दिएकी नै छैनौ“ अनि कसरी मस“ग मिल्छ ।” निधारमा अलिकति पसिना निकाल्दै काउन्टरतिर हे¥यो । पल्लवीले बाहिर सडकतिर हेरेकी थिइन् ।

करिब आधा घण्टाको बसाइपछि उनीहरु बाहिरिने तरखरमा थिए, पैसा बुझाउन केटा आए त फसाद पर्छ पल्लवी यस्तै सोच्दै थिइन् । दैवसंयोग सानो पर्स खोल्दै केटी नै पैसा बुझाउन आइन् । दुवैजना मोटरसाइकल चढेर बालकलाई बाईबाई गरे । उता गालामा खाल्टो पारेर हा“स्दै बालकले पनि आफ्नो छोटोमोटो हात हल्लायो । बिस्तारै उनीहरु ओझेल परे ।    त्यस बजारबाट त ती युगल जोडी ओझेल परे तर पल्लवीको मनमा भने ठूलो बाढी–पहिरो नै चलाएर गए । विगतका घटना एकपछि अर्को गर्दै पल्लवीका मन–मस्तिष्कमा सलहझै“ सल्बलाउन थाले । पल्लवीले रविलाई पहिलो पटक आफ्नै कलेजको वार्षिक उत्सवको सांस्कृतिक कार्यक्रममा चिनेकी थिइन् । उनकै क्लासमेट अनुराधाले परिचय गराइन् । उक्त कार्यक्रममा आफ्नो ब्याण्डसहित रवि गीत गाउन आएको थियो । स्वरसम्राट नारायणगोपालको आवाजमा चर्चित भएको गीत “मेरो आ“खालाई राख्ने फूलबारी छैन, तिम्रो मुहारमा राखू“की ।” सा“च्चै रविले यो गीत पल्लवीतिर हेर्दै गाएको थियो । त्यसभन्दा अगाडि रेडियोबाट सुने पनि त्यती याद नभएको गीत उक्त दिनको कार्यक्रमले पल्लवीको मुखैमा झुण्डिएको थियो, मानौ“ रविले पल्लवीलाई नै सम्झेर त्यो गीतको सिर्जना गरेको हो । बिहान कलेज दिउ“सो दाजुको साइबरमा बस्नु नै पल्लवीका दिनचर्या थिए । एकदिन अनायासै रविको फोन आयो । हुन पनि पल्लवीले त्यही चाहेकी थिइन् । फोनबाटै रविले पल्लवीलाई भेट्न आग्रह ग¥यो । दोस्रो भेट काठमाडौ“ रत्नपार्कमा भएर त्यो दिन उनीहरु नगरकोट गएका थिए ।

नगरकोटको रमणीय वातावरणमा कैयौ“ गीतहरु पल्लवीकै लागि रविले गुनगुनाएको थियो । त्यही स्थानमा स–साना बोटबिरुवा, वारिपारी लम्पसार परेर बसेका थुम्का र डा“डालाई साक्षी राखेर पल्लवीको हात समाती मायाका, सपनाका मीठा–मीठा कुराहरु गरेको थियो । पल्लवीलाई रविको आवाज, शारीरिक बनावट र हाउभाउ एकदमै मन पथ्र्यो । रविस“गको भेटमा ऊ आफूलाई सिनेमाको नायिकास“ग कल्पना गर्थी र हराउ“थी त्यसैभित्र ।    यसरी नै समयले कोल्टै फेर्दै थियो । परीक्षा नजिक आएको बेलामा पनि साथीस“ग ‘कम्वाइण्ड स्टडी’ गर्छु भनेर दाजुको आ“खामा छारो हाली पल्लवी रविस“ग कहिले नगरकोट, कहिले धुलिखेल त कहिले ककनी जान्थी, समय यसरी नै चिप्लिरह्यो, रविको दोस्रो गीति क्यासेट बजारमा आउने तयारीमा थियो । भिजियोलाइज गर्नको लागि मोडेलमा पल्लवी नै बसेकी थिइन् । सुटिङ्गको लागि एकपटक उनीहरु पोखरा जानुपर्ने भयो । आफ्नो दाजुको स्वीकृतिबिना नै एक पराई केटास“ग एकहप्ताको लागि पल्लवी पोखरा उडिन् । जीवनमा पहिलोपटक जहाजको यात्रा त्यो पनि आफ्नो मनले खाएको व्यक्तिस“ग, मनमा खुसीको ज्वारभाट कति तरङ्गित थिए । त्यसलाई वर्णन गर्ने शब्द नै सायद शब्दकोशमा छैन होला ।

पोखराको विमानस्थलमा अवतरण पश्चात् रवि र पल्लवीले एउटै लजको एउटै रुम बुकिङ्ग गरे । छायाङ्कनका सिलसिलामा गएका समूह पनि त्यही लजमा थिए । जहाजको यात्रा गर्दा लागेको थकानको कारण गएको दिन कुनै सुटिङ्गको कार्य भएन, बेलुकाको खानापश्चात् रवि र पल्लवी एउटै रुममा पल्टिए । भनिन्छ ‘आगोको नजिक घ्यू राख्दा पग्लन्छ’ कति अ“ध्यारो रात बोकेर भोलिको भविष्य उदाउने हो अनि जीवनका स्वर्णीम पाटाहरुलाई तहसनहस बनाउने हो त्यो त पल्लवीले कल्पनासम्म गरेकी छैनन् । खाली सिउ“दो, रित्तो गला, बाबाआमाका पनि स्वीकृतिबेगर र पञ्चेबाजा, लावालस्कर, जन्ति अनि अग्नीलाई साक्षी राख्नु अगावै परपुरुषको अ“गालोमा बा“धिएर कुमारित्व लुटाई पोखरामै पल्लवीले रविस“ग हनिमुन मनाइन् । पश्चिमी मुलुकहरुमा विवाह अगावै शारीरिक सम्बन्ध राख्नुलाई साधारण मानेता पनि हाम्रोजस्तो हिन्दू राष्ट्रमा यस्तो कार्यलाई सहज रुपमा हेरिन्न । भनिन्छ ‘जोसमा होस हु“दैन’ आफूले जे गरिन् पल्लवीलाई कुनै पश्चात्ताप थिएन । उनीमा दृढविश्वास यो थियो कि रविले उनलाई अ“गाल्ने छ जीवनसाथी पनि बनाउने छ । यसरी नै नया“ ठाउ“ घुम्दै, नया“–नया“ पोशाकमा सजि“दै एक हप्ताको समय पोखरामै बिताई दुवैजना काठमाडौ“ फर्किए ।    प्रेमको चक्कर र मोडलिङ्गको हावामा हुत्तिएकी हुनाले पढाइमा खासै ध्यान दिएकी थिइनन् तैपनि दाजु र अरु परिवारको आ“खामा छारो हाल्न परीक्षा त दिनै प¥यो । उनी परीक्षाको तयारीमा जुट्न थालिन् । समय आफ्नै रफ्तारमा पङ्ख फि“जाएर उडिरह्यो ।

पल्लवीलाई फोन गर्ने समय त्यती मिलिरहेको थिएन भने उता रविले पनि कुन्नि किन हो सम्पर्क गरेन । यसैबीच पल्लवीको शरीरमा परिवर्तन आयो । खानामा खासै रुचि नहुनू, वाक्–वाक् लाग्नु, अल्छी लाग्नु साथै महिनावारी पनि रोकियो । उनको मन अलिकति चिसो भयो । शङका त लागेकै हो तैपनि स्पष्ट पार्न पल्लवीले मेडिकल टेष्ट गराइन् ।‘शङकाले लङका जलाउ“छ’ भनेझै“ नभन्दै पल्लवी आमा बन्ने भइछन् । रवि र पल्लवीको प्रेमको कोपिला बिस्तारै पल्लवीको पेटमा हुर्कदै थियो यो कुराले उनी हर्षविभोर थिइन् । हुन पनि हो आमा बन्ने कुराले कुनचाहि“ महिला खुसी नहोलिन् र जीवनमा सबैभन्दा सुख नै मातृसुख हो । तर यो कुरा उनलाई ज्ञान भएन कि विवाहित महिला आमा बन्नु र कुमारी आमा बन्नुमा आकाश र धर्तीको फरक पर्छ । यो खबर रविलाई सुनाउन र आफू छिट्टै बेहुली बनी रविको घरमा भित्रिन पल्लवी हतारमा थिइन् । त्यसैदिन उनले रविको घरमा फोन गरेर भेट्न अनुरोध गरिन्, फोनमा कुरा भएमुताबिक रवि र पल्लवीको भेट गोदावरीमा भयो । उनले हतार–हतार रविलाई आफू आमा बन्दैछु भन्ने कुरा सुनाइन् । उनलाई लागेको थियो कि यो खबर सुन्दा रवि खुसीले पुल्कने छ । एकपटक अ“गालोमा बाधेर अङ्ग प्रत्यङ्ग चुम्छ अनि बोकेर घुमाउँछ । तर………. सोचे जस्तो घटनाले मोड लिएन । रबि उदास निरास देखियो, उ एकछिनसम्म त टोलायो पनि । रबिको पारा देखेर पल्लवीले प्रश्न गरिन् –“रबि किन खुशी लागेन ?” प्रतिजवाफमा रबिले भन्यो–“हो पल्लवि मलार्ई खुशी लागेन, बरु दुख लाग्यो हाम्रो यो उमर भनेको घुम्ने, रम्ने, प्रगति तथा उन्नती गर्ने उमेर हो यति कलिलो उमेरमै घरजमको साङ्लोले बाँधेर ब्यवहारीक कैदी म बन्न सक्तिन । तिमीले पनि भर्खर त इन्टर पढ्दैछौ, खै पढाइ पुरा गरेको ? आफ्नो खुट्टामा उभिन सक्ने क्षमता भएको खै ? अहिल्यै आमा बनेर बच्चाको आची र सुचीमा डुबेर बस्न रहर लाग्यो ? ” पल्लवी झल्याँस्स हुन्छिन् । अत्तालिएको आवाजमा रबिलाई उनी भन्छिन–“ जे नहुन थियो त्यो त भइसक्यो अव के गर्ने त रवि ?” एकाएक मुहारमा चमक ल्याउँदै रबि भन्छ “गर्भपतन” “नाइ” पल्लवीको मुखबाट एकपटक यही शब्द उच्चारण भयो । “म आफ्नो पेटमा बसेको रगतको डल्लो, प्रेमको निसानी, मायाको भु्रणलाई संसार नियाल्न पाउने अधिकारबाट बञ्चित गराउँदै हत्या गरी हत्यारो बन्न सक्दिन । यदि मैले यसो गरेँ भने सात जुनिसम्म सन्तानको मुख हुर्न पाउन्न ।

आखिर यो रगतको पिण्डको के दोष छ र उम्रन नपाउँदै मरोस् ? अहिले गरेनि पछि गरे नि आखिर हामीले त विवाह गर्ने पर्छ । सन्तानको जन्म गराउनै पर्छ फेरि जति पढे पनि नारीहरुले अरुको घरमा गइ चुलोचौको, घर—ब्यवहार सम्हाल्नु नै पर्छ भने किन पछिलाई सारेर मेरो बच्चालाई मार्न खोज्दैछौ  ? किन रवि, आखिर किन ? ” रबि बसेको ठाउँबाट जुरुक्क उठछ र पल्लवी तीर हेर्दै भन्छ—“हुन सक्छ तिम्रा भनाइहरु पनि केही हदसम्म ठिक होलान् तर तिमीले के सोच्यौ भलाई ? म तिम्रो कल्पनाको राजकुमारभन्दा फरक छु । मैले धेरै प्रगति उन्नति गर्नु छ तिमीजस्ती एउटी साधारण नारीको लागि के क्यारीएर नै बिगारौं ? मबाट यो हुन सक्दैन ।” उ आफ्नो बाटो लाग्न लाग्छ , पल्लबीले चारैतीर अँध्यारो देखिन् । उनले देखेका सपना बालुवाको महल झै क्षणभरमा ढल्यो, लाग्छ त्यहि महलले उनलाई थिचिरहेको छ । आँखाबाट आँसुको धारा वर्षाउँदै उनी रबिको मोटरसाइकलमाथि छाँद हाल्न पुग्छिन् ।     अब भने साँच्चै रबिलाई त्यहाँबाट उम्कने उपाय चाहियो । केही मिठा कुराले फकाउँदै रबि पल्लवीलाई काठासम्म पु¥याउन जान्छ । जाने बेलामा आश्वासनस्वरूप “म बाबा—आमासँग सल्लाह गरी तिमीलाई खवर गर्छु एकदुई हप्ता तिमीले घरमा फोन नगर्नु ल ।” भन्दै आफ्नो बाटो लाग्छ रबिको कुटिल चाल पल्लविलाई थाहा हुँदैन । गाउँकी सोझी केटी न परिन् । होला भन्ने विश्वासको साथ हप्ता दिन गनेर बसीन् । रात ढल्दै गयो, दिन पलायो, फेरि दिन पनि ढल्यो । यसरी नै एक हप्ता दुई हप्ता गर्दै महिना दिन बित्यो तर रबिको फोन आएन । पल्लवीलाई भने सहिनसक्नु भयो जे त पर्ला उनले आफै फोन गरिन् बल्ल थाहा भयो रबि त बिदेश गइसकेछ । तीन वर्षको लागि । आकाशको एक टुक्रा खसेर पल्लवीलाई थिचेको जस्तै भयो । अव के गर्ने ? कुनै निणर्य गर्नै सकिनन् ।

जिन्दगीले ठगेको भनौ वा अल्लारे बेलामा बुद्धि पुगेन, एउटा कालो ग्रहण पल्लवीको जीवनमा लागि नै सक्यो । हुन सक्छ त्यो ग्रहणले सिङ्गो जीवन अन्धकारमय बनाउन पनि सक्छ । पल्लवीले आफ्नो साथी अनुराधालाई भेटेर सबै कुरा बताइन् र अनुराधाले उल्टै गाली गरिन्–“तिमीहरुको सम्बन्ध यहाँसम्म पुग्छ भन्ने मैले कल्पनासम्म गरेकी थिइन, यदि यस्तो हुन्छ भन्ने जानेको भए रामकसम म परिचय नै गराउने थिइन ।” अनुराधाबाट पनि उचित सल्लाह आएन । आज भन्दा भोली भन्दा पल्लवीको पेटमा रबिको नासो बढ्दै गयो । उनको कोलो कर्तुत बिस्तारै दाजुले पनि थाहा पाउनु भएछ । नपाउनु पनि कसरी चार पाँच महिनाको पेट त जोसुकैले पनि अनुमान लगाउन सक्छ । एकदिन रातमा पल्लवीको दाजुले “मेरो इज्जतमा दाग लगाइस्, नाक काटिस् कुलको इज्जत फालिस् अब तँ यहाँ नबस भनेर कोठाबाट निकालिदिए । पल्लवी साँच्चै धर्मसङ्कटमा परिन् । दाजुले कोठाबाट निकालिदिएकै रात उनी सहरको गल्ली गल्ली हुँदै कलङ्की आइपुगिन् । दिमागले एउटा योजना बनायो, पेटको बच्चालाई मात्र मार्दा पो पाप लाग्छ म आफै मरे त कुरै खतम । यही योजना अन्तिम बिकल्पको रुपमा आयो । तर मर्ने पो कसरी, मु्त्यु जस्तो कुरा बोलाएर आउँदैन भने नचाहेर पनि टार्न सकिन्न । सोचाइको तन्द्रामा डुब्दै कलङ्कीमा यताउता गर्दै गरको बेला एउटा ट्रक आएको देखिन् । अनायासै पल्लवीको हात गाडि रोक्नमा अघि बढ्यो । रातको समय खुल्ला सडकमा एउटी महिला पक्कै समस्यामा परेरै होला भन्ने सोचाइले चालकले ट्रक रोके र उनी ट्रकमा चढिन् । ड्राइभर खलासी र पल्लवी बाहेक ट्रकमा कोही थिएनन् पहिला पहिला दिनमै ट्रकको यात्रा गर्न डराउने उनी आज रातमा पनि निर्धक्क यात्रा गर्दैछिन् । भनिन्छ आगो छउन्जेल पोल्लाकी भन्ने डर जव खरानी बनि सससकेपछि के डर के चिन्ता ! खलासी निन्द्रामा घुर्न थाल्यो । ड्राइभर भने क्यासेटमा बजेको गीतको तालमा स्टिरिङ घुमाउँदै थियो ।

त्यहाँ तीन प्राणी भए तापनि संवाद थिएन । पल्लवी दिमागी योजना बनाउदै थिइन् कहाँ गएर कसरी आत्महत्या गर्ने, ट्रक स्पिडमा अगाडि बढिरह्यो । गल्छी काटेर तल गएपछि झ्यालबाट पल्लवीले बाहिरी वातावरण नियालीन् चुक पोखिए झै अँध्यारेमा गाउँबस्ती सब मस्त निन्द्रामा थिए । गण्डकी भने आफ्नै बेगमा बगिरहेकी थिइन् जव अबिरल बगेको गण्डकीमा पल्लबीको ध्यान केन्द्रित भयो तव मनमा नयाँ योजना फु¥यो । त्यहीँ डुबेर आत्महत्या गर्ने । एकपटक रबीसँग बिताएका रमाइलो क्षणको कल्पना गरिन् अनि पबित्र मायामाथि गरेको बिश्वासघातले मुटु चस्स दुख्यो ।      सुनसान रातको अध्यारोलाई चिर्दै ट्रकको हल्का उज्यालोमा दायाँ बायाँका पसलहरु नियाल्दै थिइन् मलेखु पुगेको जानकारी त्यहाँको साइनबोर्डबाट जानकारी पाइन् एकान्त ठाउँमा झर्दा ट्रकका ड्राइभरले शङ्का गर्छ भनेर मलेखु बजारमै “म झर्छु यही रोकिदिनुस् ” भनिन् । चुपचाप ड्राइभरले रोकिदिए र पल्लवी पनि झरेर आफ्नो बाटो अगाडि लागिन् । खलासीले भाडा माग्दा पो उनी झस्किन कि उनीसँग भाडा दिने रकम थिएन । त्यसैले हातको घडि फुकालेर खलासीको हातमा थमाइदिइन् तर घडि लिन ड्राइभरले मानेन । त्यसपछि उनी सरासर आफ्नो बाटो लागिन् । कति सुन्दर सपनाहरु थिए जीवनका मोडमा, के—के गरौँला भन्ने चाह थियो सब रबिले भताभुङ्ग र लथालिङ्ग बनाइदियो । भनिन्छ ्“चौरासी लाख जुनि बेतित गरेपछि मात्र मानिसले मानिसको जुनि पाइन्छ रे यति अमुल्य चोला , लाउँ—लाउँ र खाउँ खाउँ भन्ने बेलामा नै जिन्दगीको इतिश्री गर्नुप¥यो । धिक्कार रैछ मेरो जन्म ।”उनका आँखाबाट झरेका बलिन्द्र आँसुले बाटो पहिल्याउन नै धौ–धौ प¥यो । चुक पोखिए झै अँध्यारो, त्यसमाथि आफूले नहिडेको बाटो छामछुम गर्दै उनी पुलमा पुगिन् । तल गण्डकी आफ्नै बेगमा बगीरहेकी थिएन । एकपटक जन्मदिने बाबा –आमालाई झम्झिन् र क्षमा मागिन् । एउटा सन्तानको कर्तब्य पुरा गर्न नसकेकोमा । फेरि आफ्नो गर्भमा रहेको कलिलो शिशुलार्ई सम्झिन अनि जन्म दिएर पालनपोषण गरी हुर्काउने दायित्वबाट पन्छिएर मार्न लागेकोमा क्षमा मागिन् । आँखाबाट आँसु साँच्चै अत्याधिक नै झरेको थियो । पुलको बार–बारबाट मुत्युले गिज्याए झै लाग्यो । टाढा टाढाबाट मसानको जमघटले पनि उनैलार्ई बोलाए झै लाग्यो । उनी बल्ल बल्ल पुलको बारमा चढिन् र आँखा चिम्लेर फालहाल्न लागिन् ।

ठिक त्यती नै बेला पछडिबाट कसैले समात्यो र भन्यो,–“मुर्ख आइमाई किन आफूलार्ई गण्डकीमा समर्पण गदैछस् के प¥यो तँलाई त्यस्तो र यो बाटो अँगालिस् ,मृत्यु नै समस्याको समाधान होइन । यो त कायरता हो भन्ने तँलाई थाहा छैन ?” “मलाई छाडिदिनुस् म बाँच्न लायक  छैन ।” पल्लवी हात जोडेर रुन थालिन् तर त्यहाँ भएका दुईजनाले उनको कुनै कुरा सुनेन् बरु हातमा समातेर घिसार्दै सडकमा ल्याए । पल्लवीलाई जवरजस्ती ट्रकमा उकाले । ती दुई ब्यक्ति अरु कोही नभएर आएको ट्रकको ड्राइभर र खलासी थिए । कलङ्गीदेखि नै पल्लवीको ब्यवहारमा शङका लागेको कारण पिछा गर्दै पुलसम्म पुगेका रहेछन् । ड्राइभरले अब पल्लवीलाई अनेकौ प्रश्नका बाणहरु तेस्र्याएर केरकार गर्न थाल्छ । सुरुमा भन्न इन्कार गरे पनि अन्तत्तोगत्वा सबै वास्तबिकता भन्ने करै लाग्छ ।आफ्ना जीवनमा आइपरेको बिवरण पोख्दै उनी रुन थालिन् । उनको कुराले के प्रभाव प¥यो त्यो त थाहा भएन तर ड्राइभर चुपचाप सुनिरहयो । मुग्लिन पुगेपछि केही समय ट्रक रोकियो । त्यहाँ ड्राइभरले पल्लवीलाई केही  नास्ता गर्न अनुरोध ग¥यो तर उनले मानिन् । “तिम्रो लागि नखाऊ त्यो कुनै सरोकारको विषय होइन तर पेटको बच्चाको लागि केही नास्ता गर्नै पर्छ ।” ड्राइभरको बचनले उनलाई भित्र छोयो , तव तल झरेर होटलमा गइ केही नास्ता गरिन् । त्यसपछि ट्रक तिव्र गतिमा अगाडि हुइकिदै विरगञ्जतर्फ मोडियो । ती यात्राका बिचमा पल्लवी सुकसुकाइरहिन् । गाडी  विरगञ्ज सामान लिन जाँदै रहेछ । विरगञ्जको एक ठूलोे गोदाम अगाडि रोकेर ड्राइभर  पल्लवीलाई सँगै लिई बजार तर्फ लाग्यो । सुरुमा त उनले मानेकि थिइनन् तर उसको जिद्दी अगाडि उनको केही जोड चलेन थाहा छैन बजारबाट उसले के–के समान किन्यो । एकाएक त्यतैतीरको  गणेशको मन्दिरमा उसले पल्लविलाई लग्यो ।

मुर्तीमा चढाएको अबिर साहिँली औँलाले उठाउँदै पल्लवीको अगाडि उभिएर भन्यो,“तिम्रो जीवनको कथा सुनेर दुखी भएँ , मलार्ई नरमाइलो लाग्यो म एक अविवाहीत पुरुष हुँ । बाबा आमाले मेरो लागि केटी हेरिसक्नु भएको छ आउँदो माघमा मेरो विवाह हुनेवाला छ तर मलार्ई तिम्रो र गर्भमा रहेको बच्चाको धेरै माया लाग्यो । मैले यो सोचेँ कि मसँग बिबाह हुन लागेको केटीलाई त सबैले विवाह गर्छन तर तिमीलाई जो पायो त्यहीले स्विकार्दैनन् यस अर्थमा म तिमीलाई साथ दिन चाहन्छु आज भगबान साक्षी राखेर म तिमीलाई आफ्नो बनाउँछु तिम्रो बच्चालाई पनि आफ्नै छत्रछायाँमा राखी बाबुको नाम र उसको जात दिन चाहन्छु मलार्ई थाह छ मेरो परिवारले तिमीलाई भित्राउँदैनन् तर केही छैन म उनीहरुबाट टाढै रहुँला । तिमीलाई महलको ऐसआराम त दिन सक्दिन बदलामा एउटा सानो कोठा लिएर हुरी बतास र घामपानिकाट पक्कै बचाउनेछु बिन्ती छ नाइ नभन ।”   यो सुनेर पल्लवी खुसीले हर्षबिहोर भए एकपटक फेरि हर्षको आँसुले मुहार पगालिए , संसारमा नारी आत्मालाई बुझ्ने पुरुष पनि हुँदा रहेछन् । त्यसपछि ड्राइभरले पल्लवीलाई सिन्दुर र पोतेले सुजाइदियो । त्यसपछि दुवैजना काठमाडौं फर्किए ।

मृत्यु अँगालि छाडेको काठमाडौ पुनः जीउने चाह सँगाली भित्रिइन् । आफूले चिने जानेका साथीभाइसँग पैसा सापटी मागी कोठाको एक सरो सामान किन्यो र बाफलमा एउटा सानो कोठा लिएर पल्लवीलाई राखी उ ट्रक चलाउन थाल्यो । यसै क्रममा उनले छोराको जन्म दिइन् ।ड्राइभरले बच्चाको न्वारान गरी आफ्नै नाम थर दिलायो । पल्लवीको प र बिनादको व मिलाएर छोराको नाम पवन राखे । अब उनीहरुको सुन्दर रमाइलो संसार बन्यो । बिस्तारै पवन एक वर्षको भएपछि पल्लवीलाई पनि सानोतिनो काम गरेर दुईचार पैसा कमाउन चाह जाग्यो । पल्लवीकै करकापले बिनोदले पृथ्वी राजमार्गको नौबीसे बजारमा  एउट होटल खोलियो । उनलाई दुख नहोस् भनेर काम गर्ने मान्छे पनि राखिदियो । यसरी दुवैजनाले कमाउँदा घर ब्यवहार चलाउन सजिलो हुँदै जान थाल्यो एवं रीतले तीन आत्मा हाँसो, खुशी जिविकोपार्जन गर्दैछन् ।     आजभोली गायक, नायक र कार्यक्रमप्रस्तोता भनेपछि टिन एजरका केटीहरु मरिहत्ते गर्दै पछि लाग्दछन् आगामी दिनमा कुनै पनि चेलीले पल्लवीकै जस्तो समस्या भोग्न नपरोस् । हामी आसा गरौँ ।

प्रतिक्रिया छाड्नुस्