शान्तिको कामना Anil Acharya

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

शान्तिको कामना Anil Acharya

युद्धका मैदान अगाडि

शिर ठाडो पार्दै ठडीएर

स्पन्दनका प्रत्येक ढुकढुकीमा

एउटै नेपाली÷नेपाली एउटै

शब्द÷सारथी उथलपुथल भै

बेजोडले दौडिएको

त्यो अभियान÷त्यो उत्सुकता

लटरम्म फलेका मानसपटल

आज मेरा प्रत्येक मोडबिच

ठिङ्ग जीजिबिषा बनेर

टाँगिएको छ आँखाका पर्दाहरूमा !

मन÷आत्माको अनुनय÷विनय

गुन्जाउँदै शान्तिका प्रतिध्वनी

लोलाएका बुद्धका नयन

चिसिएको अपनत्व

टाँसिन÷टुप्लुक्किन आउँदा

नयनका पर्दाहरूमा

एउटा अजीवको सपना

आत्महत्या गर्छ मेरो परेलीमा ।

क्याप्टसका फूलहरू बीच

ऐजेरू बन्दै नफक्रिएको

सुनौलो भविष्य÷अनिश्चित जिन्दगी

चौरी धपाउँदैको शेर्पा÷भोटे

ठेला घचेट्दैको मधेशी कान्छो

हत्केलामा प्राण सुम्पेर

सास झुण्डयाउँदै खुर्पेटोमा

देश÷जन्मभूमी÷मातृभूमीको खातिर

मृत्युसँग परेड खेल्ने पल्लाघरे साइँलो

मात्र आज स्मरणमा छन् डुबुल्की मार्दै ।

तातो रगतको भुल्कोमा

लपेटिएर रक्तरञ्जितभित्र

आमा÷आमाका कारूणिक चित्कार

कहालीलाग्दा÷अकल्पनीय दृश्य

कसरी सम्झुँ÷ बिर्सिउँ म

मुटुलाई परिणत गर्दै पत्थरमा ।

रित्तिएका काखको विलाप

पुछिएको सिउँदोको चिच्याहट

गर्भे टुहुराको तुहिएको भविष्य

निर्लिप्त गर्भमा लुकाएर

विगतले वतर्मान जन्माइसकेछ

विना प्रसव बेदना ।

निचोरेर आगतले धमिला याद

उमार्दै नव सिर्जित पालुवा

परिवर्तनको सम्वाहक बनि

युग सारथी भएछ नयाँ दिनको

कोर्न सुनौला सपनाका खाकाहरू ।

घाउमा खाटा बसेनि

खाटाभित्र घाउँ लुकेनि

मलाई चिमोट्न÷झकझकाउँन

पलपल झुल्किन÷चियाउन

आइपुग्छ विगत धमिलाउदै आगत

जिवनका गोरेटाहरूमा

लिएर तिखो काडाको रूप

अनि त म निर्धक्क जीउन सक्दिन

आफँभित्र ÷आफैँसँग÷आपैmदेखि ।

स्यालको खोल ओढेका व्वासाहरू

खरायोको मखुण्डो लगाएका चितुवाहरू

घरिघरि मेरै घरलाई वाकटे हान्दै

सिघौरी खेल्न थालेपछि

धढकन रोकेर÷ सास थुनेर

कतिन्जेल निदाएको अभिनय गर्दै

शान्तिको खोजीमा निस्किएका पैताला

संघारढेलैमा झुण्डयाइरहुँ निर्लज्ज ।

शान्ति कहाँ छ ÷कस्को कब्जामा

आकाश÷धर्ति

मन्दिर÷चर्च

मस्जिद÷गुम्बा

अपहरणमा÷गिरफ्तारीमा

ढुङ्गा टुसाउनु÷उन्यू फुल्नु

मैले शान्ति भेट्नु

शान्तिले मलाई भेट्नु

मृगतृष्णा÷बस् मात्र मृगतृष्ण ।।

1 प्रतिक्रिया

  1. anil acharya says:

    थफ्न्क्स दिदि

प्रतिक्रिया छाड्नुस्