कथा : आमाको आसिक – उज्ज्वल जी.सी.

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा : आमाको आसिक – उज्ज्वल जी.सी.

–चिरायु रहेस् !
–चॉंडै जागिर पाएस् !
–रोगव्याधि केही नलागोस् !
–देशको सेवा गर्न सकेस् !
–शत्रुसामु शिर कहिल्यै नझुकोस् !
–बाबुआमालाई पालेस् !

आमाले दशै‘ंमा दिएका यी आसिकहरु बोकेर पॉंचसाल अघि नोकरीका लागि गाउ‘ंबाट शहर पस्दा महिना दिनभित्रै नेपाली सेनामा भर्ती हुन सफल भएथ्यो– लालबहादुर ।

सिपाही बनेको एक वर्षपछि घर जॉंदा उसका बाबुले भावविह्वलको मुद्रामा भनेका थिए – ‘लालेकी आमा ! अब हाम्रा दुःखका दिनहरु गए । छोराको जागिर भएन भनेर पहिला त‘ं कत्ति छट्पटाउ‘ंथिस् ? ईश्वरले तेरो पुकारलाई सुनिहाले नि अब ! छोरा सिपाही बनिहाल्यो क्यारे ! सिपाहीकी आमा हुनु कम्ताको कुरो होइन बुझिस् ?”

अनि,आमाले पनि गहभरि खुसीका ऑंसु टल्काउ‘ंदै भनेकी थिइन्– “सिपाहीमा जागिरे त भयो छोरो ! तर,कालवेला यस्तो नराम्रो छ । कहिले कता लडाइ‘ं भयो भन्छन्,कहिले कतिजना मरे भन्छन् । कुनैदिन शुभसमाचार सुन्न पाइएको हैन । हाम्र्रै पारी गाउ‘ंमा पनि लप्टनकाजीलाई गोली हानेर मारे,कति त बेपत्ता भा’छन् रे ! सेना र प्रहरीलाई त देख्नै हुन्न भन्छन् । कस्तो समय आयो प्रभु देशमा ? एकै सन्तानका नेपालीहरुबीच सधै‘ं यस्तो रडाको ! मिलेर बसेदेखिन् कति राम्रो हुन्थ्यो ?”

–हे मनकामना माई !
–मेरो छोरालाई चिरञ्जीवी राख !
–गोडामा कॉंडासमेत नबिझोस् !
–देशमा चॉंडै शान्ति छाओस् !

त्यसबेला आमालाई ढाडस दि‘ंदै लालबहादुरले भनेथ्यो–‘किन चिन्ता लिनुहुन्छ आमा ? छैटीमा भावीले जस्तो लेखेको छ तेस्तै हुन्छ । हुने कुरालाई कसले टार्न सक्छ र ? आखिर जे जसरी जुनबेला भए पनि मानिसले एकदिन नमरेर सुख छैन क्यारे । तपाइ‘ंको आसिकले जागिर भए‘ं,त्यो पनि सेनामा । देशको सेव ागर्ने मौका पाइरहेको छु । हेरौ‘ं,भविष्यमा कति सफल भइन्छ ? आजसम्म त यो शिर वैरीका सामु झुकेको छैन र भोलि
पनि नझुक्ला । त्यसो त समय–समयमा जनताका सेवा पनि गरिरहेकै छौ‘ं हामीले । चाहे कतै आगलागी होस्,चाहे बाढीपैह्रो होस् या कुनै विपद,हाम्रो उद्धारकार्यलाई सबैले प्रशंसा गरेकै छन् क्यारे । सत्य र न्यायको पक्षमा हि‘ंड्दा कसैबाट मरिन्छ भनेर कहिल्यै डराउनु हुन्न आमा !’

उसका कुरामा बाबुले थपेथे– ‘छोराले ठीक भन्यो । मर्न आखिर कसले पर्दैन र ? लालेकी आमा ! हामीले यो देशलाई एउटा वीर जन्माएर दिएका छौ‘ं । यो हाम्रो सौभाग्य हो । र, सम्झि राखेस्– वीरहरु कहिल्यै मर्दैनन् ।

जुन ऑंट र शाहसले हाम्रो छोरा सिपाही बनेको छ , उसलाई सधै‘ं हामीले हौसलाको माला पहि¥याइ दिनुपर्छ । भगवानसंग चिरायुको कामना गर्नुपर्छ । अन्ततः देश र जनता बचाउने हाम्रो लालेजस्तै सिपाहीले त हो नि ! त‘ंलाई थाहा छ ? सिपाहीका बारेमा एउटा कविले कत्ति राम्ररी कविता लेखेका छन्, सानो पंक्ति सुन् त –

के हैन र ऊ ?
देश र जनताका लागि
ऊ प्राणोत्सर्गी बाघ हो
आइलाग्ने वैरीका लागि
ऊ कर्कोटक नाग हो
ऊभित्र लालीगुरॉंस र नौरङ्गी डॉंफे
सौन्दर्य बनेर हॉंसेको हुन्छ
ऊभित्र चन्द्र–सूर्य अङ्कित झन्डा
फर्फराई निर्धक्क बॉंचेको हुन्छ
दुःखमा पनि हॉंस्ने
मृत्युमा पनि बॉंच्ने
न्यायको पक्षमा लड्ने
कर्मको शिखर चढ्ने
करोडौं नेपालीको पहरा भई
सुरक्षा बर्साउने छहरा भई
हि‘ंउमा पसिना बगाउने
मुटुमा राष्ट्रियता जगाउने
दुश्मनको गर्धन छिनाउने
‘गोर्खाली वीर’ भनि चिनाउने
ऊ सिपाही हो !

कविता सुन्दासुन्दै आमाको मुहारमा नेपाली सेनाको गौरवमय इतिहास सल्बलाएको देख्दा लालबहादुर हर्षविभोर बन्न पुगेथ्यो ।

–‘कस्तो लाग्यो त कविता ? त‘ंचाहि‘ं आकाशमा हेलिकप्टर उडेको देख्दा पनि झस्किन्छेस्,दुई–चारदिन चिठ्ठी ढिलो हु‘ंदा पनि पीर गर्छेस् । आखिर सिपाही भनेका को रै’छन् त ?’ भन्दै बाबुले प्रश्न गर्दा उनकी आमाले
मुस्कुराउ‘ंदै भनेकी थिइन्– ‘तपाइ‘ंकै छोराजस्ता नि ! , अब कुरा भनेको तेस्तै हो,तपाइ‘ं पनि तात्नुस् ! टामटुम पारेरै भए पनि यसको बिहेचाहि‘ं गरिदिनु प¥यो । हामी बुढाबुढी मात्र एक्लै कतिदिन बस्नु ? बेसीमा अधिकारीकी छोरीसंग म भोलि नै कुरा चलाउ‘ंछु । लालेलाई दिन पाए हुन्थ्यो भन्थे रे ! मिल्यो भने मन्दिरमा गएर यो हप्तै काम सक्नुपर्छ ।’

बाबुले पनि–‘त‘ं ऑंटछेस् भने ठीकै छ । बुहारी भइ भने हामीलाई पनि साथी नै हुन्छ । तै‘ंले पनि सुखको सास फेर्न पाउ‘ंछेस् ।’ भन्दै आफ्नो स्वीकारोक्ति पोखेपछि अन्ततः सात दिनभित्रै उसकी आमाले बुहारी भित्राउने काम सम्पन्न गरेकी थिइन् ।
लालबहादुरले जीवनसाथीका रुपमा कमलासंग केवल पन्ध्र रात मात्र बिताएर पुनः आफ्नो कर्मक्षेत्रमा फर्केको थियो । आज त्यो समय लम्बिएर चार वर्ष पुगिसकेको छ । यस अन्तरालमा परिवर्तनले धेरै रुपहरु देखाइसकेका छन् ।

ऊ गाउ‘ंबाट हि‘ंडेको केही दिनमै बाबुलाई केही अज्ञात व्यक्तिहरुले राती आएर पचासौ‘ं ठाउ‘ंमा छप्काउ‘ंदै मारे भने दश महिना नपुग्दै श्रीमतीले छोरा जन्माई । उसकी आमा सधुवाबाट विधुवा बनिसकी ।
हो,बाबुको काजकृया एवम् छोराको न्वारनमा घर जान चाहेर पनि सकेन उसले । आमा र श्रीमतीले नै ‘हाम्रो माया छ भने गाउ‘ं नआउनु’ भन्ने चिठ्ठी पठाएका कारण ऊ वाध्यतावस रोकिएको थियो ।

यी सबै अन्र्तवेदनाहरु छातीको एक कुनामा लुकाई राष्ट्रियता र सार्वभौमसत्ता जोगाउने गहन अभिभारा कॉंधमा बोक्दै दिनरात,घामपानी,भोकनिद्रा आदि नभनि एउटा महायुद्ध जित्ने सङ्कल्प गर्दैछ ऊ ।

कहिलेकाही‘ं बङ्करभित्रै होस् या युद्धस्थलमा,ऊ आफ्नी आमाको विधवा मुहार झल्झली सम्झन्छ, श्रीमतीको यौवन,तीन वर्षको हु‘ंदासम्म मुख हेर्न नपाएको छोरो सम्झन्छ । बाबुले कसरी मृत्युवरण गरे होलान् भन्ने सम्झन्छ । अनि  ती सबैबाट फुट्ने आक्रोसहरु धैर्यतामा अनुवाद गर्न पुग्छ ।
आजभोलि हरेक रात निद्रादेवीको काखमा पर्नु अघि ‘आमा त अलि बुढी हुनुभयो होला !,कल्पना छोराकी आमा भएर मोटाएकी होली !,छोराले तोतेबोली बोल्दै टुकुटुकु हि‘ंड्न थाल्यो होला !’ भन्ने आदि इत्यादि अनुमानहरु लगाउने गर्छ । सपनामा प्रायः स्वर्गवासी बाबुले –

‘–त‘ं वीर होस् !
–तै‘ंले देशको रक्षा गर्नुपर्छ । जनताको सेवा गर्नुपर्छ !
–तै‘ंले राष्ट्रियता जोगाउनु पर्छ !
–हरेश न खा ! देशमा शान्ति एकदिन अवश्य आउ‘ंछ !
–त‘ं समुद्र होस्,ऑंधीहुरी सहनु पर्छ !
–नडरा मृत्युसंग ! मृत्युले तेरो अस्तित्व डग्दैन !
–त‘ं महाभारतको अर्जुन होस् !’ आदिआदि भन्दै आत्मवल र सहानुभूति दिएको देख्छ ।

ब्यू‘ंझदा ऊ आपूmलाई बङ्करभित्र हातमा राइफल लि‘ंदै सुतिरहेको पाउ‘ंछ । शरिरभरि उम्रेका पसिनाहरु पुछ्दै मृत्युलाई पराजित गर्न सकिरहेकोमा सम्झन पुग्छ– दशै‘ंमा आमाले दिएका आसिकहरु ।

प्रतिक्रिया छाड्नुस्