मरुभुमिमा ओईलि रहेछ नेपाली सयपत्रि: बालक गुरुङ

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

मरुभुमिमा ओईलि रहेछ नेपाली सयपत्रि: बालक गुरुङ

घर आंगन ढकमक्क पार्दै
भmरि बर्षातहरुमा फुल्दै मुश्कुराउदै
देउसे भैलोका गित गाउदै
माईतिसंग सुमधुर शंबन्ध गांस्ने सयपत्रि
गांउ, बेंशी, शहर अनि संस्कृतिमा फुल्ने सयपत्रि
कठै…..बरा कुन पापिले बेचि दिएछ मरुभुमि भरि ।।।

झरि पर्दैन
उकुश मुकुश भै रहेछ सयपत्रि
माली छैन
पानी बिना ब्याकुल भैरहेछ सयपत्रि
तिहार पनि कतै गयो
माईति छैन
नियास्रो भै ओईलि रहेछ सयपत्रि
कठोर परश्रममा फुल्दा पनि
कहिल्यै खुशी भएन घर धनि
उष्ण खडेरिकको मरुभुमिमा
बिना माली बिना माईति
ओईली रहेछन नेपाली सयपत्रि ।।।

निर्दोष निरिह,
लछारिएका छन, लखेटिएका छन
सडक पेटिमा अलपत्र छन नेपाली सयपत्रि
बल जस्ति लुटिएका छन
टिप्दै लांदै गरि रहेछन करणी
कोठी भित्र, बनाईएका छन बन्दि
बलात्कृत छन् शोषित छन नेपाली सयपत्रि
उष्ण खडेरिको मरुभुमिमा
बिना माली बिना माईति
मरेर पनि बांच्न बाध्य छन् नेपाली सयपत्रि ।।।

पिर बेदना सुनाउने कसलाई
जलमल दिने कोहि भएन
कहालि लाग्दो यो मरुभुमिमा
बिचलित छन नेपाली सयपत्रि
हे माईति हो,
बस्नु भएन त्यशरी रमिता हेरि ?
हे माली हो,
बचाउनु पर्यो नेपाली सयपत्रि ।

कुवेत (bhs_grg@yahoo.com)

प्रतिक्रिया छाड्नुस्