कथा- कठै ! : रुपिन्द्र प्रभावी ‘कटु’

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा- कठै ! : रुपिन्द्र प्रभावी ‘कटु’

“सबैका छोराहरू कमाउने भए, हाम्रो त ……!” बुबा आज पनि कराइराख्नु भएको छ । पढेपछि जागिर खानेैपर्छ भन्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ –मेरा आमाबुबा । हुन पनि हाम्रो पारिवारिक अवस्था जग्गाजमिन भए पनि दुःख गर्नुपर्ने नै छ । बुबाआमाको भरोसाकेन्द्र म नै छु । मलाई पढाउन–बढाउन धेरै दुःख गर्नु भएको छ उहाँहरूले । मैले प्रमाण–पत्र तह उत्तीर्ण गरिसकेको छु, तर वेरोजगार छु । त्यसो त म ‘पढ्नुको अन्तिम लक्ष्य जागिर खानुमात्र होइन’ भन्दै आएको छु । मेरो यही विचार मेरा अभिभावकलाई तीतो भएको छ । त्यसैले मलाई १६ वर्ष नाघेर प्रवेशिका उत्तीर्ण गरेपछि निरन्तर ‘लाहुरे’ हुन दवाव दिइरहनु हुन्थ्यो –उहाँहरू । अ‍ैले विविध बहानामा लाहुरे उमेर गुजारें ।अहिले ूनातक स्वअध्ययन गर्दैछु । उहाँहरु जागिर खान या विदेश जान कर गरिरहनुहुन्छ ।
सामाजिक हितका लागि शिक्षाको प्रयोग गर्ने विचार हो मेरो । ‘पहिले आफू योग्य हुनुपर्छ, अनि जागिर आफूलाई खोज्दै आईपुग्छ’ भन्ने मान्यतामा म अडिग छु । “पढेर मात्र के गर्छस ?” आजचाहिँ बुबा अलि झर्केर बोल्दै हुनुहुन्छ । “कति पो पढेको छु र ? बल्ल त स्नातक पढदैछु ।” म पनि अलि नम्र भएर प्रतिक्रिया गर्छु –“एक दिन त अवश्य तपार्इंहरूको रहर पूरा गरूँला नि !” “हामी मरेपछि ? कि तँ बूढो भएपछि ……?” उहाँ अझै चर्किनुहुन्छ । “यसको कमाइ खान त यो जूनीमा यत्तिकै होला जस्तो छ ।” आमा पनि ‘आगोमा घिउ’ थप्नु हुन्छ । “हेर् बूढी ! तेरो छोराको चाला  ! अरूले एस. एल.सी. मात्रै पास गरेर पनि जागिर खा’का छन् । यसलाई चैं धेरै पढ्नु पर्ने रे !” आमाबुबाको निरन्तरको कचकच सकेसम्म सकारात्मक रूपमै लिने प्रयत्न गर्छु, तर कतिपय वचनहरूले शरीरभरि काँडा उमार्छन् । तैपनि झगडाको निहुँ थप्ने प्रयास गर्दिन । यही बीचमा मेरो मिल्ने साथी मध्ये एक सुवास आईपुग्छ । “के छ सुरज हालखबर ? आरामै छस् ?” ‘‘ठीकै छ तिम्रो बताऊ न ! विदेशतिर कस्तो रह्यो जीवन ?” मेरो यस सोधाइको जवाफमा  भर्खरै विदेशबाट पैसा कमाएर आएको सुवास आफ्नो कमाइको फुर्ति लाउँछ जसले मेरा पिताश्रीको रीसको पारो अझ चढ्छ । “देखिस् ? सँगैको साथीको कुरा सुनिस् ?” झण्डै नोकरलाई कराउने शैलीमा पिताश्री गर्जनु भो । ”दुई महिना पछि त म उतै जान्छु , जिन्दगी त उतै छ यार् । यहाँ त के छ र ? जाऊँ हिँड् … तँ पनि जाने भए म मिलाउँछु  सबै कुरा ।” सुवास आफ्नो कुरा धाराप्रवाह बताइरहेको थियो । माना,ैं ऊ चाहन्थ्यो, उसलाई माथि उठाएर मेरा पिताश्रीले मलाइै अझै बढी थचारून् । म  धैर्यवान् भएर “ठीकै छ यार ! तिमीहरूको सफलतामा रम्न सिकेको छु । तिम्रो उन्नति पनि त मेरो उन्नति हैन र ?” भन्दै  टार्न खोज्दै थिएँ । म चाहन्थें उसले यी सबै कुरा बन्द गरोस् तर उसले रोकेन आफ्नो कुरा । बताइरह्यो; भनीरह्यो । पछि ऊ मलाई निकै होच्याएर “गाउँमै कुहिएलास्, विचार गर्” भन्दै आफ्नो आत्मीयता देखाएर गयो ।
“ए सुरज ! तँ किन यति सा¥है ‘हरिप’ भएको हँ ?” अबचाहिँ अलि नम्र स्वरमा बुबा मलाई संझाउने शैलीमा बोल्दै हुनुहुन्छ । “अब त कमाउनु प¥यो नि, हेर् अर्काको छोराहरू सबै कमाएर ल्याउँछन् । तँ पनि कमाउन नसक्ने छस् अब ?” “हेर्नुस् बुबा, म अहिले पढ्दैछु । समाजमा विभिन्न कुरीति, कुसंम्स्कार हटाउने अभियानमा लागिरहेको छु । एकदिन त आवश्य पनि मेरो पनि दिन खुल्ला नि ! पैसा कमाउन विदेश नै जानुपर्छ वा जागिर नै खानुपर्छ भन्ने पनि त छैन नि ।” म पनि आफ्नो विचार राख्छु । “के गर्छस् त ? पढेकाले घरको काम, खेतीपाती गर्न पनि त सुहाउँदैन नि ।” आमा आफ्नो  सदासयता देखाउनुहुन्छ । “किन हुँदैन ? हुन्छ, पढेकाले जे पनि राम्रा काम गर्न हुन्छ । कृषि, व्यापार जे गरे पनि हुन्छ ।” मेरो यो कुराले बुबा फेरि तात्नुभयो –“सर्टिफिकेट भिरेर हलो जोत्छस् त त्यसो भए ?” “जोत्न पनि हुन्छ, कोदालो खन्न पनि हुन्छ , पढेकाले यी काम र नपढेकाले यी काम गर्नु भन्ने छैन । जो सँग जे सीप छ , त्यो काम गर्ने हो ।” म पनि सान्त्वना पाउने आशाले आफ्ना कुराहरू राख्दै थिएँ । एकजना जागिरे साथी दीपक आइपुग्यो  । ऊ मालपोत कार्यालयमा जागिरे छ । “लौन दीपक बाबु ! यो सुरजेलाई सम्झाइदिनु प¥यो, यसको कमाइ खाएर मर्ने धोको अधुरै रहला जस्तो छ ।”  दीपकलाई देख्नेवित्तिकै पिताश्रीले बिन्ति चढाउनुभयो । दीपक पनि के कम, पिताको बिन्ति शिरोपर गर्न थाल्यो । “अँ त, किन हो यत्रो पढेको मान्छे पनि फाल्तु बसेको ? मलाई हेर् न, मेरो त तेरो जस्तो राम्रो अंक पनि छैन– एस.एल.सी. मा । मालामाल छ । तलब त मेरो पनि त्यस्तै हो, तर कमाइ रामै्र छ । आफ्नो त जागिरै ‘माल’मा ! जागिर जसरी पनि खानुपर्छ क्या ! ‘कोरीको पनि पाउ मोल्नू’ भन्छन् आफ्ना स्वार्थका लागि । भन् जागिर खान्छस् भने मेरो मामा हुनुहुन्छ हाकिम । म भनसुन गरिदिउँला, म पनि त उहाँकै कृपाले यत्तिको भा’छु नि । ऊ आफ्नो शक्तिको बेलिविस्तार लाउँछ । वर्तमान  युवावर्गको प्रतिनिधितव गर्ने ऊ जसरी पनि कमाउनुपर्छ , मोज गर्नुपर्छ, भविष्यमा ‘देखा जाएगा’ भन्ने विचारको व्यक्ति हो, जस्तो सुवासको विचार छ । म र मेरा साथहिरूबीच यहीँनेर सधैं मतान्तर हुने गर्दछ । कहिलेकाहीं त उनीहरूको नजरमा हास्यपात्र बन्थें । म ‘कमाउनु त पर्छ तर सत्य र सही तरिकाले र स्वाभिमान बन्धक नराखीकन’ भन्ने विचार बारम्बार राख्थेँ । उनीहरू मेरो खिल्ली उडाउनुमा आफूलाई आनन्दित ठान्थे ।
बुबा सानो रेडियो सधैं भिर्नुहुन्छ । समाचार प्रायः सुन्नुहुन्छ । आज पनि समाचार सुन्दै हुनुहुन्छ –“कुवेत जानका लागि गएका नेपाली कामदारलाई इराक पु¥याइएपछि त्यहाँ १० जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुवास शर्मा लगायतका छन् …….।” यति सुन्नासाथ बुबा चिच्याउनुभयो –“सु..र..ज ।” म हतार–हतार बुबानेर गएँ । रेडियोले समाचार अझै भन्दै थियो –“….अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घूस खाँदा–खाँदै मालपोत  कार्यालयका कर्मचारी दीपक लम्साललाई रंगेहात पक्राउ गरी जेल सजायँ तोकेको छ ।” यो समाचारचाहिँ बुबा र मैले एकैचोटि सुन्यौं । बुबा नबोलिकन टोलाइरहनु भएको थियो । म पनि साथहिरूको यो अवस्थाको खबरले मर्माहित भएँ । एकछिनपछि आमा पनि आउनुभयो । “हेर् बूढी ! दीपक र सुवासको दुर्दशा भएछ । हाम्रो छोरोले भनेको ठीक रहेछ । अब ‘जागिर,विदेश’ भनेर छोरालाई तँ ‘कर–कर’ नगर है !” भावविव्हल मुद्रामा बुबा आमालाई अर्ती दिंदै हुनुहुन्थ्यो । “आफू कराउँछ , मलाई नकरा भन्छ । छोरालाई कराउने त तपाइँ नै त हो नि ।” “भो–भो बा–आमा जे हुनु भयो, अब विवाद गरेर केही फाइदा छैन ।” मैलो पो संझाउनु पर्ने भो आमा–बालाई । “म एउटा बैठकमा जानु छ , अहिले गएँ ।” म निस्केर गएँ । गाउँमा  “शान्ति, मानवअधिकार र सुशासनका लागि युवा परिचालन” नामक तीन वर्षे आयोजना विदेशी गैर सरकारी संस्थाबाट सञ्चालन गर्ने सम्बन्धमा बैठक थियो । संयोगवश त्यो योजनाको निर्देशक भएर काम गर्ने जिम्मा भेलाले र आयोजक संस्थाले मलाई नै दियो । यो खबर आमा–बुबालाई सुनाउन आतुर थिएँ । “देख्नु भो त बा–आमा ? आफू सक्षम भएपछि काम त्यसै मिल्छ ।” मैले बा–आमालाई संझाउँदै भनेंं । “हो रै’छ बाबु ! हामी भ्रममा रहेछौं । युवाहरू देशकै लागि परिचालन गरिनु पर्ने रै’छ । विचरा सुवास र दीपकको अवस्था ! ‘च्वःच्वः’ कठै !” माता–पिता झण्डै एकै स्वरमा भन्दै हुनुहुन्थ्यो ।

ड्डसमिभञ्ज्याङ्ग–५,लमजुङ,हालः पोखरा
Email-kaya_katu@yahoo.com

प्रतिक्रिया छाड्नुस्