गजल:Indira Prayash

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गजल:Indira Prayash

एक चोटि सोची हेर,बिगतका पलहरु
सहिष्णुता फैलाउदै,मिल्नु सबै दलहरु

जनताका चाहनाको मनोभाव बुझ्दैगए
चाँहिदैन अघिपछि, सुरक्षाका बलहरु।।

बोलीभन्दा कामलाई,ठूलोमानी गर्नेभए
अशान्ती यो त्यसै हट्छ,नगरेमा छलहरु

घनिष्टता बढाएर, हामी जुटी रहे देखि
हुने छैन तानतान, शान्त हुन्थे हलहरु

जन हत्या बन्द गरी,भाइचार बढाएमा
सङ्ली बग्थे नदी नाला,सफा हुन्थे ढलहरु

एक चोटि सोची हेर,बिगतका पलहरु
सहिष्णुता बढाउदै,मिल्नु सबै दलहरु

प्रतिक्रिया छाड्नुस्