गीत: उमा सुवेदी

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

गीत: उमा सुवेदी

याद आउने बाटाहरू बार्न सकूँ म
चाँडै अब तिम्रो माया मार्न सकूँ म

एकोहोरो रै’छ भन्ने थाहा भयो जहिले
आफूलाई सम्हालेर जोगाउँदैछु अहिले
तिम्लाई हेर्ने नजर कतै सार्न सकूँ म
चाँडै अब तिम्रो माया मार्न सकूँ म

निर्दोष तिमी बोलिरह्यैा मैले के के ठानेँ
माया बस्यो पहिले अनि पछि मात्र जानेँ
यो मनलाई सम्झाई बुझाई टार्न सकूँ म
चाँडै अब तिम्रो माया मार्न सकूँ म

1 प्रतिक्रिया

  1. अति राम्रो तर बसि सकेको मया मार्न गर्हो रैच्,

प्रतिक्रिया छाड्नुस्