कथा पात्र र भूमिका : बालाकृष्ण अधिकारी

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा पात्र र भूमिका : बालाकृष्ण अधिकारी

कथा सुरु भएकै थिएन । कथाको एउटा अनिर्धारित पात्र आएर आˆनो भूमिकाका बारेमा मसँग सोध्न लाग्यो । म असमञ्जस्यमा परेँ । पात्रकै रूपमा निर्धारण गरिनसकेको पात्रले आˆनो भूमिकाका बारेमा सोध्न आउनु कहाँसम्मको चाकडी Û मैले उसको भूमिकाको बारेमा नबताएपछि ऊ एकछिन अचम्म मान्दै यताउति घुमिरहृयो । सायद उसलाई लागेको थियो होला कि मैले उसलाई उसको भूमिकाका बारेमा सोचेर बताउँदै छु । करिब एक घण्टा कुरिसकेपछि मेरा कथाको अनिर्धारित पात्रले सहिरहन सकेनछ बिचरा Û कसरी सहिरहोस् त ? उसले जे सोधेको थियो त्यसमा मैले न त ‘राम्रो भूमिका दिएको छु’ भनेर जवाफ दिएँ न त ‘नराम्रो भूमिका दिएको छु’ भनेर जवाफ दिएँ । अलि झर्को लागेको जस्तो देखिए पनि ऊ मेरो नजिकै आयो र मिठो स्वरमा अनुरोध गर्‍यो, “कृपया कथाकारज्यू Û तपाईंको कथामा मेरो भूमिका कस्तो राखिदिनु भएको छ भनी दिनुस् न । राम्रै छ होला नि Û अलि सशक्त राखिदिनुस् है Û”

म अझै घोरिइरहेको थिएँ । मेरो कथाको त्यही अनिर्धारित पात्रले बोलीले मात्र हुने नदेखेर होला सायद आˆना हातहरू सक्रिय गराउन थाल्यो । शरीरका विभिन्न अङ्गहरू सुम्सुम्याउँदै मलाई फकाउन थाल्यो । उसका हातको स्पर्श एकदमै नरम, मायालु र आग्रहले युक्त थियो । नरम हातका सुम्सुम्याइले म उसको भूमिकाका बारेमा भन्ने वा नभन्ने निर्णयमा पुग्न भुलिरहेको रहेछु । लामो समयसम्म स्पर्श गरिरहँदा पनि मेरो जवाफ नआएकोमा उसको धैर्यमा आगो लाग्नु स्वाभाविकै थियो । विस्तारै उसका हातको नरमपन घट्दै गइरहेको मैले अनुभव गरेँ ।

उसले मलाई पुनः सम्बोधन गर्दै भन्यो, “कथाकारज्यू Û हैन, तपाईंको कथामा मेरो भूमिका कस्तो छ भनिदिनुस् न । राम्रै भूमिका दिनु भएको छ होला नि हैन त Û अत्यन्त सशक्त, प्रभावकारी, सकारात्मक र आदर्शवादी है Û यस्तो भूमिका राखिदिनु भयो भने म तपाईंलाई तपाईंको लेखकीय परिश्रम र महान्ताको कदर स्वरूप दक्षिणा टक्र्याउँछु नि Û”

यति भन्दै उसले झण्डै हावाबाट टिपेझैँ गरी एउटा नोटको बिटो मतिर तेर्सायो । मलाई पर्‍यो समस्या । यो घूस लिने र दिने चलन लेखक र पात्रका बीचमा पनि चलिसकेको रहेछ भन्ने मैले आजै थाहा पाएँ । मैले कथा लेख्न पनि सुरु गरेको थिइन । हल्काफुल्का घटना र पात्रको मानसिक खाका मात्र तयार गर्न थालेको थिएँ । घटनाहरू पनि पूर्ण थिएनन् । कति पात्र राख्ने, कस्ता पात्र राख्ने, को को पात्र राख्ने र तिनीहरूको चरित्र तथा भूमिका कस्तो दिने भन्ने कुराको पनि निर्णय गरिसकेको थिइन । मलाई घटनाक्रमको त्यति धेरै सम्झना पनि थिएन । त्यसका पात्र त झन् सपनामा देखेका मान्छेजस्ता लाग्थे । कुनचाहिँ पात्र प्रमुख थियो, कुनचाहिँ पात्र शक्तिशाली थियो, कुनचाहिँ पात्र अनुकूल र कुनचाहिँ पात्र प्रतिकूल थियो भन्ने कुराको पनि कुनै स्मरण थिएन । त्यसैले म कथा लेख्ने विचारले मेरो स्मृतिपटलमा घटना र पात्रहरूलाई बोलाउने प्रयत्नमा थिएँ ।

घटना घट्दा साल जन्मेर बामे सर्दै थियो । यहाँ समयको आँचल समातेर प्रत्येक बाह्र महिनापछि नयाँ साल जन्मिन्छ । जन्मिएर हरिलो भरिलो हुन नपाउँदै साल विस्थापित हुन्छ अथवा मर्छ र मात्र इतिहास बनेर भित्तेपात्रोका पानाहरूमा अङ्कित हुन्छ । त्यसैले नयाँ हुनु भनेको अनिश्चित हुनु पनि हो । मेरो कथाको घटना पनि त्यस्तै छ । एकपटक नयाँ नै थियो । घटना ताजा थियो । ताततातै कथाका रूपमा परिणत गरेर पाठकसमक्ष पठाएको भए त्यसले ठूलो वाहवाही पाउने पनि थियो र त्यसको तयारी पनि मैले राम्रै तरिकाले गरेको थिएँ तर समस्या यस्तै भएको थियो । कथाका पात्रहरू तँछाड मँछाड गर्दै भूमिका माग्न तम्सिए । त्यति मात्रै होइन ठूलै द्वन्द्व भयो पात्रहरूका बीचमा । धेरै पुरुषहरूमध्ये एक्ली नारी पात्र भएको चाहिँ याद छ मलाई । सबै पुरुष पात्रहरू उक्त नारी पात्रको एकलौटी वा सामूहिक नायकका रूपमा उभिन चाहन्थे भन्ने कुराको भेद भने मैले जान्न बाँकी थियो । जुन पात्र मैले असल, अनुकूल र भव्य ठानेँ त्यही पात्र खराब, प्रतिकूल र निक्रिस्ट भएर देखिएपछि मैले पात्र चयन गर्न सकिन । पात्र चयनमा असफल भएपछि म कथाकार होइन भन्ने दसी जुटाएँ मनमनै । त्यसपछि महिनौँसम्म उक्त घटना मेरो मानस पटलबाट विस्मृत प्रायः भएर गयो ।

एक्कासि एक दिन मेरो मरेको मस्तिष्क चलमलाउन थाल्यो । अनि मैले सोचेँ मेरो कथाकार मरेको रहेनछ । ऊर्जा पाएको भए मेरो कथाकार कुम्भकर्णे निद्रामा पर्ने रहेनछ । त्यस दिन किनकिन मेरो कथाकार कुम्भकर्णे निद्राबाट आँखा उघार्दै मलाई क्वारक्वार्ती हेर्न थाल्यो । आँखाभरि आँसु बनाएर भन्न थाल्यो, ‘साथी Û म मर्न सकिन । त्यस घटनाका बारेमा कथा नलेखी मलाई स्वर्गलोकमा ठाउँ मिलेन । त्यसैले अब म जागिरहेको छु । म गम्भीर भइरहेको छु कथा लेख्नलाई ।’

यति भनिसकेपछि म/ऊ अर्थात् कथाकार उक्त घटना र त्यस घटनाका पात्रहरूलाई कथाको कुन साँचोभित्र हालेर लेख्ने भनेर सोचमग्न हुँदाहुँदै अगाडि घूस दिने पात्र जुर्लुङ्ङ देखा परेको थियो । पाठक महोदय Û उक्त अनिर्धारित पात्रले आफूलाई नायक बनाउन मसँग गरेका सबै किसिमका कर्तुत र प्रयासहरू म तपाईंसमक्ष बताउँदै छु धैर्य गर्नुहोस् । हतारिएर भने सुनेको कुनै फाइदा छैन ।

अँ त, चाप्लुसीले मेरो दाल गल्ने नदेखेर उसले आˆनो स्वभावमा परिवर्तन ल्याउन थाल्यो । नरमबाट कडातर्फ, आग्रहबाट धम्कीतर्फ ऊ आफूलाई परिवर्तन गर्दै गइरहेको थियो । एउटा राजनीतिज्ञले आफूसँग भएका सबै शस्त्रअस्त्रहरूको प्रयोग गरेर जनतासँग भोट मागेझैँ उसले पनि अब उसँग बचेखुचेका शस्त्रअस्त्रहरू प्रयोग गर्न खोजिरहेझैँ लाग्थ्यो ।

“ए कथाकार Û तेरो कथामा मेरो भूमिका के हो, किन

भन्दैनस् ? तँलाईं आˆनो ज्यानको माया भए भन् अथवा मलाई तेरो कथामा एकदम असल, सकारात्मक, सशक्त, परोपकारी र आदर्शवादी भूमिका दे । होइन भने … … … Û” एक्कासि ऊ धम्की, रिस जोस र आक्रोसका साथ चर्कियो ।

बाफरे बाफ, पाठक महोदय Û मेरै कथाको अनिर्धारित मानस पात्रले मैलाई धम्क्याउँदै हातमा पिस्तोल समातेर मलाई नै ताक्न थाल्यो । म एकचोटि बेसरी डराएँ । सायद तपाईं भएको भए पनि डराउनु हुन्थ्यो होला

हगि Û कस्तो अनिश्चित छ जीवन Û को आˆनो, को अर्काको भन्ने कुराको कुनै भेद रहेन अब । कसले गर्न सक्ने, कसले गर्न नसक्ने त्यसको पनि कुनै अर्थ रहेन अब । जीवन बाँच्नु र मर्नुको दोसाँधमा घडीको पेन्डुलमझैँ हल्लिरहेको देख्दा लाग्छ जीवन अनिश्चय र अस्वाभाविकताको मुहानबाट बगिरहेको छ । यसको टुङ्गो पनि छैन र बगाइको अर्थ पनि त छैन । नबगिकन एक ठाउँमा स्थिर भएर बस्नुको पनि कुनै अर्थ छैन । जीवन निरर्थकहरूको पुञ्जबाट बनेको वाफ हो । कहिले बर्सिन्छ साउनमा, कहिले जम्छ माघमा र कहिले उड्छ चैतमा । जसले जसरी अथ्र्याए पनि अर्थिने तर अर्थहरूका भ्रान्तिले स्वयम् अर्थलाई अनर्थ भोग्न विवश बनाइदिने । केही गर्न खोज्नु पनि जीवन, केही गर्न नदिनु पनि जीवन । अर्थहरूको टुङ्गोमा पुग्न खोज्दा बुङ्गो बनेको जीवन । यस्तो जीवनसँग तपाईं भएको भए पनि पक्का डराउनु हुन्थ्यो, बुझ्नु भयो । हुन सक्छ, तपाईं मलाई ‘यो कथाकार त निकै कायर पो रहेछ’ भनि रहनुभएको होला । ठीकै हो । म कायर नै छु । वीरहरू त लड्न जान्छन् सिमानामा । बैरीहरूले सीमा मिच्दा कथा लेखेर बस्ने फुर्सद कहाँ छ

उनीहरूलाई ? वर्गशत्रुहरूले शोषण, दमन, अन्याय, अत्याचार गरे र देश खोक्रो बनाए भनेर कथा लेख्ने फुर्सद कहाँ र उनीहरूलाई ? म लड्न सक्दिन, त्यसैले कथा लेखेर आˆनो कायरताको परिचय दिइरहेको छु । यदि त्यस्तो ठान्नुहुन्न भने केही छैन म कायर होइन भन्ने कुराको प्रमाण पनि म तपाईंलाई दिन सक्छु ।

हो त, मैले अघिको घटना त भन्नै भुलेको रहेछु । उसले अर्थात् मेरो कथाको अनिर्धारित पात्रले आˆना दुवै हात दह्रो बनाएर समातेको कालो पिस्तोल ताकेपछि मैले बाँच्ने उपाय निकाल्न खोजेँ । तपाईं भएको भए पनि यसै गर्नु हुन्थ्यो होला हगि ?

“ओ पात्रजी Û तपाईंको पिस्तोल हेर्नुस् एकपटक । मलाई त त्यसमा गोली नै छैन जस्तो लाग्यो । पक्का हो, म तपाईंको भलाइकै लागि भन्दै छु । यहाँ मान्छेहरू बाँच्ने गोली खान नपाएर भकाभक मरिरहेका छन् । यस्तो बेलामा तपाईंको मर्ने गोलीको के महìव छ र ? पक्कै पनि तपाईंको पिस्तोलमा गोली छैन ।”

मेरो कुराले उसलाई केही प्रभाव पारेछ क्यारे । ऊ अलि सतर्क भयो । यद्यपि उसले मलाई ताकेरै टि्रगर दबायो ‘खच्याक् खच्याक्’ । साँच्चै हो रहेछ । गोली निस्किएन, यसको मतलब पिस्तोल पड्किएन । ऊ नतमष्तक भयो । म हाँस्न थालेँ । मेरो कथाको अनिर्धारित पात्रले लाज र ग्लानिले आˆनो अनुहार रातो बनाएको मैले देखेँ । मैले उसलाई धेरै नै गिल्लाएँ । साह्रै भएपछि उसले राताराता आँखा बनाउँदै भन्यो, “पख्, म गोली लिएर आउँछु । अनि कसरी नभन्दो रहेछस् मेरो भूमिका Û गोली भरिएको पिस्तोलले ‘घच्याँ घच्याँ’ छका छचोटि हानेपछि अनि मलाई जिस्काउलास् Û”

यति भनेर ऊ सरासर हिँड्दै गयो । एक छिनपछि दौड्दै गयो । अझ एक छिनपछि उड्दै गयो र अलप भयो ।

बल्ल मलाई तìवबोध भयो । रहस्यको संसारबाट अब म पूरै होसहवासमा आएँ । मलाई घटना याद भयो । पाठक

महोदय Û यस कथाकी नायिका एकजना आइमाई मान्छे हुन् । हुन त कथाका नायिका सबै आइमाई मान्छे नै हुन्छन् । उनी अहिले बेहोस छिन् । लगभग पैँसठ्ठी वर्षकी मेरो कथाकी नायिका नायकविहीन छन् । नायक नभएकी एक्ली नायिका घरमा एक्लै बसेको देखेका तेह्रजना खलनायकहरू -जसको अनुहार मैले चिन्दछु, तर अहिले सम्भिmसकेको छैन ।) पनि थिए उक्त घटनामा । एउटा निम्नवर्गीय जीवनस्तर सुहाउँदो घरभित्र पसेर ती तेह्र जना खलनायकहरू मध्ये दुई जनाले मेरो कथाकी नायिकाको हाततिर र दुई जनाले खुट्टातिर समातेर ताने र पालैपालो … … … । बस्, घटना यत्ति हो । कथाको सामग्री पनि यत्ति हो ।

पाठक महोदय Û तपाईंलाई लाग्न सक्छ ‘यति जाबो घटनाले पनि कथा बन्छ र ?’ म तपाईंसँग सहमत छु कि यति घटनाले त कथा बन्दै बन्दैन । भन्नका लागि थप अर्को कुरा पनि छ मसँग, जतिसुकै घटनाले पनि कथा बन्दैन । घटना एक्लैले कथा बनाउने भए यो संसारका सम्पूर्ण घटनाहरू कथा बनेर आफैँ कथासङ्ग्रहमा बस्थे । त्यस्तो भएको देखिँदैन । कथाका लागि त पात्र पनि चाहिन्छ नि होइन त Û हो त, मेरो कथाको लागि पात्र त चयन भएकै छैन । अब मलाई एकैछिन कथाका पात्रको चयन र भूमिकाका लागि सोच्न दिनुस् । मलाई एक जना पात्रको अनुहार याद आयो । कताकता देखेजस्तै पात्र छ । मैले सम्भिmने प्रयत्न गरेँ । ओहो, पाठक महोदय Û त्यस घटनाका खलनायकहरूमध्ये एउटा अनुहार अघि मसँग आˆनो असल, अनुकूल, भव्य र आदर्श भूमिका माग्ने त्यही अनिर्धारित पात्र हो । हो हो Û अब उसको भूमिका स्पष्ट भइसकेको छ । अब ऊ मेरै कथाको खलपात्र हो । अब मैले कथामा उसको भूमिकाका बारेमा तपाईंहरूलाई बताइरहनु पर्दैन होला ।

पाठक महोदय Û यहाँ धेरै पात्रका भूमिका रहस्यमयी बनेका छन्, विस्मृत बनेका छन् । चनाखो भएर कथा पढ्नु होला । मेरो कथाकी नायिका होसमा आएपछि म तुरुन्त तपाईंहरूलाई खबर गर्नेछु । कथाका अन्य बाह्र जना खलपात्रको भूमिका थाहा पाएमा पाठक भएका नाताले तुरुन्त मसँग सम्पर्क राख्नु होला । यदि यसो भएमा मेरो कथा पूर्ण हुने छ ।

त्र पर्वत

म समय हुँ, म वर्तमान, भूत र भविष्य पनि हुँ । मैले हेरेको आजहरू हिजो हुँदैछन्, मैले हेर्ने भोलिहरू प्ानि आज हुँदै हिजोमा परिणत हुनेछन् । आज घट्ने सबै घटनाहरू हिजोसँग जोडिएका हुन्छन्, प्रत्येक आजहरूको निर्माण हिजै भइसकेको हुन्छ, हरेक भोलिहरू आजै बनिरहेका हुन्छन् । हिजो, आज र भोलिका बीच म रिङ्गरिहन्छु ।

पूर्वी पाल्पाको एउटा पहाडी गाउँ मिदिममा म चिप्लिरहेछु ।

म अहिले २०४६ साल वैशाख महिना जनाइरहेछु । यो लगनको महिना हो । १० कक्षा पढ्दापढ्दै विद्या बेहुली बनेर अन्मिरहेकी छ । पन्चेबाजा बजिरहेको छ ।

पारि गाउँका कपडा साहूका छोराले हत्ते हाले, बाबाले चाँडै बिहेवारी गरिदिनु भयो । माइतीमा बसेर एसएलसी गर्ने अनि केटासँगै तानसेन वा काठमाडौँ बसेर क्याम्पस पढ्ने मोहमा लोभिएर उसले पनि हुन्छ भनेकै हो । त्यसैले यसलाई करकापको विवाह पनि नभनौं । उसको बाबाको हैसियत त्यतिबेला राम्रै भए पनि छोरीलाई एक्लै डेरामा राख्ने आँट थिएन । पढाई दिन्छन् भने उसको रहरै पूरा हुन्छ भन्ने आशमा डोली चढाई पठाइदिए ।

समाजको चलन, जाँच सकिएपछि घर नबसी सुखै पाइएन । वारि माइती पारि घर, वल्लोपल्ल्ाो गाउँको दूरी, सम्पन्न परिवार, पहिले त छोरीलाईझैँ पुलपुल्याएर रोखेकै हुन, जति बेला मन लागे, आए गए हुने । एसएलसी प्रथम श्रेणीमा पास भएकोले अब ठाँटिएर क्याम्पस पढ्ने खुब रहर छ, साइन्स पढेर डाक्टर बनौंला भन्न्ो विद्याको मनैदेखिको धोको आफ्नै लोग्नेले गर्दा पूरा नहुनेे छाँटकाँट देखियो । ” तपाईँ काठमाडौँमा क्याम्पस पढिरा मान्छे, गाउँ फर्केर किन त्यसै बसेको ? पढ्न मन लाग्दैन ?” लोग्नेसँग विद्याको पहिलो बोली नै यही थियो ।

” त्यहाँ पढ्न दुःख छ, डेरामा बस, आफँै पकाउ, भाँडा धस्काउ, बरु यही आनन्द Û नोकरचाकर कज्याएर खान पाइया छ, पसलमा बस्न मन लागे बस्यो, नभए डुल्यो, खायो । खुँडेभरिको दूध, ठेकीभरिको दही सम्झदैँ काठमाडौँमा कल्पेर बस्नु पर्‍या छैन मलाई Û” उसको जवाफले विद्या चिसिई ।

“त्यसो भनेर कहाँ हुन्छ, बेलामा पढ्न सकिएन भनेपछि दुःख हुन्छ, मान्छे गाउँ छाडी तान्छिन -तानसेन) जान्छन, सक्नेले छोराछोरी काठमाडौँ राख्छन, तपाइर्ँ त्यहाँ पुगिसक्या मान्छे गाउँमा खाली बस्नु हुँदैन, बासँग सल्लाह गर्नुस् Û चाँडै हिँडिहालौं Û अब त म उता डेराको सबै काम गरिहाल्छु, हामी सँगै पढौंला नि Û” विद्याले उसलाई कसैगरी मनाउन सकिन । “के का लागि पढनु ? केका लागि दुःख गर्नु ? त्यही पैसा कमाउनका लागि हैन ? यहीँ बसी बसी पैसा कमाउन सकिन्छ भने किन टाढा जानु पर्‍यो ? हामीलाई यही कपडा र किरानाको बेपारले छेलोखेलो पुगिरा’छ, फलिपाप भइराबेला दःुख गर्न सक्दिन म त Û” ऊ ओछ्यानमा लम्पसार पर्‍यो ।

” तर मलाई त कुरो छिन्दा तिमीसँगै राखेर पढाउने भनेका थिए, नभए म मान्दै मान्ने थिइन के ?” विद्या ठुस्किई ।

” केलाई पढ्न दुःख गर्नु पर्‍यो तिमीलाई ? यहीँ कपडा साहूनी भएर मोज गरेर बस न Û” ऊ सिरकले मुख छोपेर निदायो । विद्याले त्यो रात रोईरोई काटी ।

” तपैहरूले मलाई माग्दा पढाउने कुरो चलाउनु भो, आज बोली फेर्दै हुनुहुन्छ, पढाउँदिन भनेको भए बाबाले दिनुहुन्थेन, म पनि मान्ने थिइन ।” विद्यालाई अब सासूससुराको अगाडि मुख खोल्न पनि लाज पचिसक्यो ।

“पढाउँछु भनेको हुम्, तर अब छोराले पढ्न रहर नगरेपछि मैले क्यारम ? तिमीलाई एक्लै पठाउनु भएन क्यारे ?” सासू ससुराहरू छोरो घरमै बसेर बेपारमा सघावोस् भन्न्ो चाहन्थे, एक्लो छोरोलाई सुतीसुती खान पुग्छ भन्न्ो घमन्ड थियो ।

” दुईचार अक्षर सिकिहाल्यौ, पुगिहाल्यो नि Û तिमी पनि बेपार सिक Û, अर्कालाई विश्वास गर्ने जमाना छैन अब, मलाई सघाउने मान्छे चाहिएको छ, अर्को पसल पनि थाल्ने सुर छ, सासूबूढी केही जान्दिन, हाम्रो बिंडो थाम्ने तिमीहरू त हौ नि Û” ससुराको कुराले विद्याको कानको जाली फुट्लाजस्तो भ्ायो ।

तानसेन बजारभन्दा यहाँ दोब्बर मूल्य राखेर कपडा र मालसामान बेच्दा पनि किन्ने मान्छे आएकै छन, त्यो भेगकै यो सबैभन्दा चल्तीको पसल हो । वरिपरि मगर गाउँ छ, कामको चटारोले यो दुर्गम गाउँबस्तीबाट बजारसम्म किनमेल गर्न जाने फुर्सत कसैलाई छैन, सदरमुकाम आउँदा जाँदा ल्याएको सामानले कति दिन पुग्छ र ? यहाँ त महँगै भए नि उधारो पाइन्छ, तानसेनको साहूले गाउँलेकोे गर्जो टार्दैन ।

“उसले हाम्लाई पत्याउँदैन, गाउँका साहूले पत्याइराछन, अन्नबाली स्याहारेपछि तिरौंला भन्न पाइया छ Û ” भन्दै, जति मूल्य राखे पनि किनेर लान्छन् बिचराहरू ।

” छि ः यो व्यापार हो र ? यो त शोषण हो । सीधासादा गाउँलेहरूलाई मनपरी मूल्य राखेर कपडा र सामान बेच्न सक्दिन म” विद्यालाई एकछिन पनि पसलमा बस्न मन लाग्दैन । केही भन्न वा सुनाउन परे मात्र ऊ पसलतिर झर्छे ।

” कस्ती मुखाले केटी परिछ , हामी त मान्ने मान्छेको अगाडि समेत पर्न धकाउँथ्यौ, यो त ठाडै मुख लाग्न आउँछे, कुल घरानकी छोरी भनेर ल्याएको, यस्ती पो परिछे, अब घर भाँडिने भयो, बरबादै भै गयो नि Û ” सासू चाहिँ उसलाई मात्र हैन माइतीका सात पुस्तालाई लाग्ने गरी छेडपेच हान्ने गर्छिन् ।

एक वर्ष क्याम्पस पढ्नै नपाई त्यसै खेर गयो ।

न्ाामै त विद्या, पढ्न अति चाहने ऊ, र आइमाईले पढेर के हुन्छ भन्न्ो लोग्ने र सासूससुरा । जबरजस्ती कसैले कसैलाई बदल्न सक्दैन । न ऊ बदलिई, न उनीहरू । घरमा ठाकठुक परिरहन्छ, उसलाई सोझो मुखले कसैसँग बोल्न पनि मन लाग्दैन, लोग्ने त झन् शत्रुझैँ लाग्छ, “सारा समस्याको जरो उही त हो

नि Û” ऊ घरिघरि माइती मात्र हिँडिरहन्छे ।

“मेरा घरका सबै मान्छे जाली फटाहा हुन्, बिचरा गरिबहरूले चर्को भयो, भाउ घटाउनु साहूजी Û भनी बिन्तिभाउ गर्दा पनि सुको तलमाथि गर्ने होइन, यति त आफ्नै पर्‍या छ, सत्ते Û रामोराम Û भन्दै किरिया समेत हाल्छन्, ठग्नुको पनि हद हुन्छ नि Û गरिबलाई मारेर कमाएको सम्पत्ति, के सम्पत्ति ?” ऊ आमासँग गन्थन गरिरहन्छे ।

” बाबा Û तपाइर्ँले पनि मलाई झुक्याउनु भयो ” बाबासँगै उसको सधैंको गुनासो यही हो ।

“हुर्केकी चेली, सहरतिर एक्लै डेरामा राखेर क्याम्पस पढाउनुभन्दा ज्वाइँसँगै बसेर पढ्न पाउलिस् भनी तँलाई उता सारेको हो छोरी Û अब हुँदैन भन्छन् भने धेरै हत्ते नगर, घर बिग्रन्छ ” बाबालाई इज्जत जोगाउनु छ ।

“दोकानमा सघाउनु त कता हो

कता ? दिनभरि कोठामा उपन्यास हेरेर बस्छे Û” सासू च्याठ्ठिएको सुन्दा उसलाई आनन्द लाग्छ, । उनीहरू जुन किताबलाई पनि कामै नलाग्ने फाल्तु उपन्यास भन्ठान्छन्, उपन्यास पढे मान्छे बिग्रन्छ भन्ने हल्ला सुन्छन् । किताबप्रतिको घरका मान्छेको वितृष्णा देख्दा अचम्म लाग्छ, कुरा सुन्दा हाँसो उठ्छ । भेटन आउने साथीहरूसँग ऊ किताब कोसेली माग्छे, कोही तानसेन जाँदैछ भन्ने थाहा पाए लुकाइराखेको पैसा दिएर नयाँ किताब मगाउँछे । ल्याउनेले जस्तो किताब ल्याइदिए पनि रहर मानेर पढ्छे । एउटै किताब दोहर्‍याई तेहर्‍याई पढ्नु उसको बाध्यता हो, पसलमा किराना सामान पोको पारेर दिन भनी अरूले बेच्न ल्याएको रद्दीसमेत बाँकी नराखी उठाएर ल्याउँछे र छानीछानी पढ्छे । महिना वा वर्ष दिन अगाडिका बासी अखबार पनि फेला परे टिपिहाल्छे । छापिएका अक्षर देख्नै हुँदैन, देख्यो कि पढ्ने सकसक लाग्छ उसलाई ।

कस्ता किताब पढ्दा राम्रो हुन्छ, बजारमा के आएको छ , शिक्षासँगै मनोरञ्जन दिने किताब कस्तो हो ? सिकाइदिने कोही छैन । आफू एक्लै बजार जान मिल्ने होइन । पढेलेखेको, आफूभन्दा जान्नेसुन्ने भनेको त्यही लोग्ने हो तर उसको ताल सरसङ्गत पटक्कै गतिलो छैन ।

बुटवल वा तानसेन बजार घुम्न गएको बेला लोग्ने चाँहि गहना, लुगा, जुत्ता, ब्याग, टीका, चुरा र शृङ्गारका सामान किन्न कर गरिरहन्छ । ऊ भनेे प्यासी नजरले किताब पसलतिर क्वारक्वार्ती हेरिरहन्छे । अर्थोक कुनै चीजबिजमा उसको आशक्ति छैन, आकर्षण भन्नु नै पुस्तक हो । उसलाई लोभ छ त मात्र पुस्तकको, उसलाई मोह छ त मात्र अक्षरहरूसँग, उसलाई कागजदेखि पे्रम छ, ऊ पुस्तककी दिवानी हो, किताब देख्यो कि पढुँपढुँ लागिहाल्छ । गाउँदेखि सितिमिति बजार आउन पाइर्ंदैन, आएको बेला किनुँ भन्दा लोग्ने रिसाउँछ । तै पनि ऊ सुटुक्क एक दुईवटा किताब पोको पारेर घर लान्छे । कोठामा लुकाईलुकाई पढ्दा पनि घरकाले चाल पाइहाल्छन् । उनीहरू किताब पढेकोमा भन्दा बढी समय खेर फालेकोमा रिस पोख्छन् । ” काम न काजका किताब किनेर ल्याउँछे, किने नि यसो अखबारहरू किन्नु, सस्ता पनि हुन्छन्, पढेसी सामान कपडा पोको पारेर दिन मिल्छ” ससुराका लागि किताब किन्नु पानीमा पैसा बगाउनु सरह हो ।

ऊ अटेरी र जिद्धि बन्दै गइरहेकी छ, माइत आएपछि घर जानै नमान्ने । लोग्नेको सामिप्य र शारीरिक आकर्षणले बाँधिने गरी उसको उमेर छिप्पिसकेको छैन् । भनेजस्तो नपुर्‍याइदिएपछि अब त्यो मान्छे उसको नजरमा “जाबो लोग्ने” सावित भइरहेको छ । मनमा लाग्या कुरा एकथोक छ, ऊ अर्को कुनै कुरामा रमाउनै सकिरहेकी छैन् । उसका दिनहरू माइतीमै बित्न थालेका छन् । बाबाले पनि घोक्र्याएर पठाउने कुरै भएन ।

यो ०४६ को जनआन्दोलन अगाडिको कुरा हो, जति बेला ऊ बिहेपछि पनि स्कुल पढदै थिई । विद्यालयमा उनीहरूलाई सङ्गठित गर्न आउने दाइ दिदीहरूले भनेका थिए ” विद्या तिमीमा ठूलो सम्भावना छ, तिमीभित्र चेतनाको ज्योति बलिरहेको छ, त्यसलाई निभ्न नदिनु, भोलि तिमी धेरैमाथि पुग्न सक्छ्यौ” उनीहरू उसलाई विद्यार्थी राजनीतिमा सक्रिय गराउन चाहन्थे, केही सिकाउन चाहन्थे तर उसले सिक्नै पाइन ।

उनीहरूसँग हिजोआज पनि बाटाघाटामा भेट भइरहन्छ ,

“विद्या Û तिमीले पढाइ चटक्कै छाड्नु हुन्थेन, त्यस्तो प्रगतिशील सोचाई राख्ने मान्छेले किन चाँडै बिहे गरेकी ? तिम्रा साथीहरू कति माथि पुगिसके, तिमी त गाउँमै गाडियौ” उनीहरू उसको प्रतिभा खेर गएकोमा मनदेखि नै सहानुभूति देखाउँछन । ” के गर्नु ? पढ्न मन भएर पनि कर्ममा नलेखेर त होला नि, जोहो मिलेन, पढाउँछु भनेर झुक्याए, नभए बिहे गर्ने थिइन” ऊ निराश भइसकेकी छ ।

” यस्त्ाा लाछी कुरा नगर, झुक्याउनेले आफ्नो स्वार्थका लागि झुक्याए, राम्री देखेर छोरोले हत्ते हाल्यो, दाइजो धेरै दिनसक्ने ठानेर बाबुले मागी ल्यायो तर उनीहरूले जे गरिरहेछन्, त्यो सहिरहनुपर्छ भन्ने छैन्, झुक्किरहनु, सहिरहनु पनि कायरता हो, समाधानका उपाय अनेक छन्, मान्छेमा आँट हुनुपर्छ, असम्भव केही छैन” मायादिदीको आवाज उसलाई आज नेताको भाषण जस्तो लागेन ।

“डटेर सामना गर्‍यो भने एक न एक दिन जिन्दगी तिमीले सोचे अनुकूल बन्छ बन्छ तर तिमीले कडा मिहिनेत र धैर्य भने गर्नै पर्छ Û” टोलाइरहेकी विद्यालाई झक्झक्याउँदै मायाले धेरै कुरा भनिरहिन्, उसले ध्यान दिएर सुनिरही ।

पढने रहर अझै मरेको छैन, पढाइको प्यासले ऊ यति तिर्खाएकी छे, कि अब उसको धैर्यको बाँध भत्किनै लागिसक्यो, ऊ खोलासम्म्ा जसरी पनि धाउन तैयार मनस्थितिमा पुगी सकी । उसलाई अब घर बिगार्न सके, पढाइ सपार्न सक्छु कि जस्तो लाग्न थालेको छ । बाबालाई पनि उसको सानै उमेरमा बिहे गरिदिएको पापको प्रायश्चित गर्नै पर्छ जस्तो लाग्यो, घर जान पटक्कै कर लाउँदैनन् । आमा केही बोल्न खोज्दा बाबाले नै चुप लाउँथे, घर हुने सम्भावना पटक्कै नदेखेकाले उनी एउटा निर्णयमा पुगिसकेका छन् । बाबाले मनमा ईख लिई कपडा साहूलाई देखाउनका लागि पनि उसलाई गाउँमा सडाएर राख्न चाहेनन् । आउँदो हिउँददेखि तानसेन बजारमा भाइ र उसलाई डेरा गरी पढाउने बन्दोबस्त मिलाइदिने भएका छन् । भाइबहिनीहरूलाई पढाउन लेखाउन सघाएर ऊ त्यो उज्यालो दिन कुर्दैछे ।

माइतै बस्न थालेपछि ऊ गाउँघरमा काम नलाग्ने, घर गरी खान नसक्ने आइमाईको रूपमा चिनिन थाली । सात पुस्तालाई पुग्ने सम्पत्तिवाल घर छाडेकोमा मान्छेले उसलाई महामूर्खको संज्ञा दिइरहेका छन् । यत्रो सम्पत्तिको चयन गर्न छाडी दुःख पाउन हिँडेकी बौलाही भनिरहेछन् । त्यस्तो राम्रो लोग्ने छाडेर अब बाईफाले भएर हिँड्ने भई भन्ने लख काटिरहेछन् ।

विद्याले गरेको बिद्रोहमा बाबाले साथ दिएर क्याम्पस भर्ना भएको दिनदेखि कपडा साहूको छोरोसँगको सम्बन्ध आफँै बिच्छेद भयो । उनीहरूले त्यो विषयलाई साह्रै अपमान ठाने । बोलचालै बन्द भयो ।

“बल्ल मान्छे भएर बाँच्न पाइयो Û” भाइलाई स्कुल पठाएर क्याम्पसतिर लाग्दा विद्यालाई संसारै जितेजस्तो लाग्छ । स्कुल बेला देखि नै राजनीतिमा रुचि राख्ने उसले क्याम्पस आएपछि धेरै कुरा सिक्ने मौका पाई । उतिबेला प्रतिबन्धित पार्टीहरू अहिले खुला भएका छन्, तिनका भातृ सङ्गठनहरूमा लागेर काम गर्न अहिले चुनौती पनि छैन, पढाइसँगसँगै राजनीति अगाडि बढाउन सकिन्छ । मुलुकमा मात्र हैन, साँच्चै भन्ने हो भने प्रजातन्त्रको पुनर्बहाली उसको जीवनमा पनि भएको छ ।

पढाइभन्दा राजनीति उसलाई फापेको छ, ऊ लोकप्ाि्रय हुँदैछ, साथीहरूको उत्साह र माथिबाट मिलेको जिम्मेवारीले उसको आत्मविश्वास बढिरहेको छ । पहिलो वर्ष सकिने बेलासम्म ऊ धेरै अगाडि बढी । अब बहिनीहरूलाई पनि ठाउँम्ौ ल्याएर आफूजस्तै बनाउने चाहना उसमा पलाइरहेको छ ।

“कुकुरलाई घिउ नपचेको” भन्दै कपडा साहूले छोरोको अर्को विवाह गरिदिएको खबर विद्याको कानसम्म पनि आयो । त्यो कुराले उसलाई रौं बराबर पनि छोएन, उल्टै बिझाउने काँडा झिकेझैँ सन्चो भयो । जुन कुरा त्यागियो, त्यो सदाका लागि त्यागियो ।

“अब बाँचेछ भने पनि त्यसको मुखै हेर्न पर्दैन, मरेछ भने पनि किरिया गर्न पर्दैन” समाजले भन्ने बाटो छुटेको थियो, त्यो पनि मेटियो ।

वकिलले अंश माग्ो पाइने राय दिँदा उसले ” थुकेर हिँडेको हाडको टुक्रामा के लोभ गर्नु ?” भनी । तानसेनको जिल्ला अदालतमा बिना झन्झट उनीहरूकोे कानुनी रूपमा सम्बन्ध बिच्छेद भयो ।

ऊ आफ्नो इतिहास कथा बनाएर क्याम्पसतिर अरूलाई सुनाउन पनि चाहन्न । कसैले थाहा पाएको रहेछ, र सोधिटोपल्यो भने लुकाइराख्दिन । डिभोर्स हो भनेपछि कुरै सकियो ।

आफ्नो सफलतामा सन्तोष मान्दै ऊ सुखका दिनहरू कुरिरहेकी छ । उसलाई घर छाडेर आजसम्म्ा पछुताउनु परेको छैन, जे गरेँ ठीकै गरेँ मात्र होइन, रामै्र गरेछु जस्तो ठान्छे । क्याम्पसमा धेरै साथीहरू अविवाहित छन्, उनीहरूबीच बस्दा आफू कन्याकुमारी नै होजस्तो लाग्छ । उसको पनि विवाह भएको थियो, कुनै पुरुषसँगै उठबस भएको थियो भन्ने कुरा उसलाई पूर्वजन्मको पूर्वस्मृतिजस्तो लाग्छ । जतिजति दिन बित्दै गइरहेछ, ती घटनाहरू सपनाजस्ता लागिरहेछन्, सपनाका कुरा धेरैबेर सम्भिmन सकिँदैन, मनमा अडिदैन । आँखा खुल्यो, अब ती कुराहरू माथि पर्दा लागिसके । मिठो सम्झेर बाँचेको कुनै पल भए पो याद आइरहन्थ्यो, सबै कुरा दिमागबाट डिलिट भइसके । पानीमा डुङ्गा चलाउँदाका जस्ता ती दिनहरूको डोब मानिसको कुनै कुनामा पनि अब जीवित छैनन् ।

वर्तमानमा यिनै भाइबहिनीहरूसँगको सङ्घर्षरत परिवार मात्र छ उसँग । बाआमाले पाखुरा बजारेर पठाएको खर्च फारोसित चलाउन पुगेकै छ, परेको बेला आफूले ट्युसन पढाएर काम चलाउँछे । सीमित खर्चमा लडिरहेकाछन् उनीहरू यो सानो पहाडी बजारमा, आ-आफनो भव्ािष्य निर्माणका खातिर । तैपनि निस्पिmक्री छ, अर्कालाई शोसेर, झुक्याएर कमाएको पैसा होइन, पसिना बगाएर कमाएकोे शुद्ध आर्जन हो ।

विद्याले स्नातक गरेपछि उनीहरू काठमाडौँ आए । ऊ बोर्डिङ स्कुलमा जागिर खोजिरहेकी छे, अरू भन्दा पढाउने कामैै सजिलो लाग्छ, अक्षरहरूसँगै खेल्न उसलाई खुबै मन पर्छ, साइन्स पढेको हुनाले ट्युसन पाउन पनि सजिलो छ ।

आउँदा दिनहरू कस्ता होलान भनेर ऊ कहिल्यै पीर गर्दिन । जसरी आज बित्यो, त्यसै गरी भोलि पनि बित्छ । भावी दिनहरूसँग डराउने भए त्यत्रो श्रीसम्पत्ति स्याहार्ने एक्लो छोरोलाई कहाँ यसै छाडिदिन्थी र ? मान्छे भएर बाँच्न उसलाई आफूले ठूलै मूल्य चुकाएजस्तो लाग्छ । त्यो बेला लहडले घर छोड्ने साहस गरी तर आज सोच्छे, डिभोर्स गर्न पनि आँट चाहिन्छ, सबैले यो आँट गर्न सक्दैनन् ।

समाजसँग लड्ने, सारा भनाइ र कुरा कटाइलाई सुन्ने धैर्य चाहिन्छ, नत्र मथिङ्गल रिङ्ग्याउने बचनवाणहरूले मुटु छियाछिया पार्छ । आफू भएर बाँच्न आइमाईलाई जहाँ गए पनि गाह्रै छ, बाँच्ने कला सिक्नुपर्छ, बाँच्न जान्न्ाु पर्छ, एउटा लक्ष्य लिएर जीउनु पर्छ, एउटा रहर साँच्नु पर्छ, त्यस्ता नाथे दःुखहरू आफैँ किनारा लाग्छन् । कुरा गरेर नथाक्नेहरू दिन, महिना र वर्षहरू बितेर जाँदा आफँै थाक्छन् र चुप लाग्छन् । बाआमाहरू अचेल कसैका कुरा सुन्दै सुन्दैनन्, बहिनीहरूलाई चाँडो बिहे गर्ने कर गर्दै गर्दैनन्, उनीहरू अब छोराछोरीले जे गर्छन् रामै्र गर्छन् भन्ने मान्यतामा पुगिसके ।

भाइलाई अघि लाएर गाउँबाट तानसेन झरेको दिन विद्यालाई हिजैजस्तो लाग्छ, उसैलाई साथी मानेर सहर आएकी हो, ऊ नभएको भए शायद बाबाले पठाउने निर्णय लिन्थे कि लिन्थेनन्, सानै भए पनि यो समाजमा देखावटी संरक्षकको काम त यसैले गरेको हो ।

पढ्दै, काम गर्दै, राजनीति सिक्दै उसले ठूलै फड्को मारिसकी । दृढ इच्छाशक्तिका कारण हरेक काम सजिलै पार लागिरहेछन् । आफ्नै गाउँमा पनि अचेल त उसको खुब मनितो हुन थालेको छ । अब त त्यो गाउँमा उसको आफ्नै पहिचान बनिसकेको छ । सहरमा आफूलाई चिनाउनु पर्दा ऊ जहिलै त्यो गाउँको नाम काढ्छे, जुन गाउँले उसलाई पीडा मात्र दियो, तिनै गाउँलेहरू आज उसमाथि गर्व गर्छन् ।

विद्याकोे काँध दह्रो हुँदैछ, एकपछि अर्को बोझ थपिदैंछ, थपिदै गइरहेछ, गाउँबाट एकएक गर्दै सबै बहिनी यतै सरिसके । कोही त कमाउने र सघाउने कुरा गर्छन् तर उनीहरूको पढाइ बिग्रला भनेर उसले कतै जागिर खान दिएकी छैन । आफूजस्तो दुःख गर्न पनि तयार छे, तर बहिनीहरूलाई असजिलो नपरोस् । जन्म मात्र नदिएको हो तर सबै कर्म उसैले चलाइदिई, उनीहरूमा निर्माण भएको निर्भिक र स्वतन्त्र स्वभाव उसैको छाप हो । राजनीतिमा सबैले उसैको बाटो पछ्याउँदै छन् । उसले खनेको बाटोमा उनीहरूलाई हिँड्न सजिलो भएको छ ।

विद्यार्थी, नेता, जागिरे र अभिभावक, उसले सबै थोक बन्नु परेको छ । उसलाई दिन छोटो लाग्छ, रात अलि लामो भइदिए हुन्थ्योजस्तो लाग्छ । दिउँसो त किताब समाउनै भ्याउन्न, पढ्ने भनेकै राति हो । जीउलाई एक छिन आराम दिन भ्याउँदिन, खानपान सबै अस्तव्यस्त छ ।

राजनीतिमा ऊ जति दौडनसक्थी, त्यति भ्याइरहेकी छैन्, जागिर र ट्युसनले उसलाई फनफनी रिङ्ग्याइरहेका छन् । कामले नै समय खाइदिँदा ऊ आफू भने तल झर्दैछे, उसका साथीहरू माथि जाँदैछन । विश्वविद्यालयको पढाइ सकेपछि त ऊ झनै व्यस्त जिन्दग्ाी बाँच्न थाली, बढीभन्दा बढी क्याम्पस र उच्चमाविहरूमा क्लास लिदैं ठिक्क छ, कताको राजनीति गर्नु ?

हेर्दाहेर्दै राजनीतिमा बहिनीहरूले पनि उसलाई उछिनिसके । डिग्री पूरा गरुन्जेल बहिनीहरू विद्यार्थीबाट नेता बनिसके । ऊ भने विद्यार्थी छँदै पाखा लाग्नु पर्‍यो । समयले विद्यालाई रुङ्गेर बसेन, भने जति समय दिन नसक्दा ऊ पछि पर्नु पर्‍यो, उसको समय कर्तब्यहरूमा बाँडियो, आफ्ना रहरहरू साँचेर उसले आफू मुन्तिरकाहरूलाई अगाडि बढाई ।

हरेक काममा समयको निकै महìव हुन्छ, राजनीतिमा त अझ बढ्ता । आफ्नो अमूल्य समय अन्यत्र खर्चिनु परे पनि उसलाई पछुतो छैन । आफ्नो ठाउँ भाइबहिनीहरूले लिएका छन्, ऊ यसैमा सन्तोष मान्छे । उसका भाइबहिनीहरू उसैलाई कुल्चेर माथिमाथि उक्लदैछन् । उनीहरू यो कुराको हेक्कासम्म राख्न चाहदैंनन् । एक दिन यिनीहरू सांसद मन्त्री बन्लान, कुनै काम मिलाइदिनु पर्‍यो भन्दै विद्या पछिपछि लाग्नुपर्ने दिन पो आउँछ कि ?

 

प्रतिक्रिया छाड्नुस्