सेलाएको घाममा ओइलाएको मन

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

सेलाएको घाममा ओइलाएको मन

गण्डकी अञ्चल नेपाली साहित्यको उर्वर थलो हो । गण्डकीकै सेरोफेरो लमजुङ्ग जन्मथलो भएका विद्याप्रसाद घिमिरे काठमाडौं कर्मथलो र संवेदनशील सरकारी नोकरीबाट पनि केही समय फुर्सत निकालेर ‘सेलाएको घाम’ कवितासङ्ग्रह प्रकाशित गरेका छन् । वि।एन।पुस्तक संसार प्रा।लि। प्रकाशक रहेको यस कवितासङ्ग्रहमा तीन दर्जन भन्दा बढी फुटकर कविताहरू छन् । कविताको सबैजसो अंशहरू पोटिला र चोटिला छन् । भिन्न भिन्न परिवेशलाई सङ्गालेर सिर्जनाको कोसली सेलाएको घाम लिएर नेपाली साहित्य आकाशमा उदाउ“दा स्रष्टाको मन भने ओइलाएको छ । उत्साहमा कमी आएको छ । उनी आफै भन्छन् शब्दमा विचार शीर्षक राखी पृष्ठ १३ मा – ‘साहित्यकार बन्ने चाहना पनि मेरो कहिल्यै रहेन † मेरो अन्तर्मनले मलाई कहिल्यै साहित्य लेखन र साहित्यिक क्षेत्रमा विविध विधाहरूमा कलम चलाउन अभिप्रेरित गर्दै गरेन ।

साहित्य विधाहरूमा संष्टा विद्याप्रसाद घिमिरेलाई दुई तीन पटक मैले सार्वजनिक समारोहमा बोल्न लगाए“ तर उनी खुलेर बोलेनन् । यसो भन्दा उनी लजालु स्वभावका छन् भन्दा फरक परोइन । स“गस“गै जसो काम गर्ने अर्का बोलक्कड भीष्म प्रसाईलाई एउटा कार्यक्रममा बोल्न लागाए“, उनी भने खुलेर बोले । सायद बचपनदेखि हिमचिम भएको र नभएकोमा पनि बानी व्यहोरा फरक हु“दो रहेछ ।

हो, जन्म देखि नै कोही विज्ञ हुन्न, न पारङ्गत नै ।  परिवेश, प्रकृति र परिघटनाहरुले उसलाई डो¥याउ“दै जान्छन् फलतः व्यक्ति फस्टाउ“छ, स्थापीत हुन्छ । आ–आङ्खनो क्षेत्र समातेर । यसो भन्दा स्रष्टा विद्याप्रसाद घिमिरे साहित्य क्षेत्रमा शिकारु छन् भन्न खोजिएको भने होइन । संगीत, कला, संस्कृति र साहित्य क्षेत्रका विभिन्न पंक्तिहरु युवराज नया“घरे, राजुबाबु श्रेष्ठ, खगेन्द्र लुइंटेल, महेश पौडेल आदिले विद्या घिमिरेको कलात्मक अभिव्यक्ति ‘सेलाएको घाम’लाई सेलाउन दिएका छैनन् र ओइल्याउन पनि यो पाएको छैन । बरु समीक्षाको क्रममा मेरो मन पटक पटक ओइलायो– सामान्यतया एकै रिडिङ्ग र एकै सिटिङ्गमा समीक्षा टिप्पणी लेखिसक्ने मलाई यस कवितासङ्ग्रह प्रति टिप्पणी गर्न चार सिटिङ्ग भन्दा बढी लाग्यो । अभिव्यक्ति नबुझेर होइन, प्रस्तुति सिलसिला नमिलेर पनि होइन, भाषा अशुद्धि वा लयात्मकता वा गेयात्मकता नभएर पनि हु“दै होइन । हो चाहि“ के त मैले पटक्कै बु¤न सकिन । झण्डै साढे छ दर्जन पृष्ठको ‘सेलाएको घाम’ कवितासङ्ग्रहमा मुलुक सेलाएकोले चाही“ पक्कै हो जस्तो लाग्छ मलाई । कारण आम नेपालीहरुमा फुर्ति छैन जसरी लेखक विद्याप्रसादलाई छैन ।

आफूमा ठूलो उत्साह नभए पनि पृष्ठ ७२ मा ‘युवा शक्ति’ शीर्षक कवितामा लेखक विद्याप्रसाद यूवापुस्तालाई ठूलो ढाडस दि“दै यसो भन्छन्–

बगिरहेछ नसा नसामा रक्तिम रत्तका नदी

चाहने छाती चिनारी तिम्रो बज्रैसम्म पाखुरी

ज्ञान र सीप विवेक राखी सि“गार जन्मभूमी यो

प्रकाश पुञ्ज नेपाली नभको दिव्य नक्षत्र भोलिको ।।।।।।

युवा शक्तिलाई नवीन ऊर्जा दि“दै उपयुक्तनुसारको सन्देश दिने स्रष्टा विद्याप्रसाद पृष्ठ ७३ मा ‘मुक्ति खोजेको देश’ शीर्षक कवितामा यसो भन्छन्–

मुस्कान मुहार म सक्तिन किन्न

अवशेष मात्रै हो सक्तैनौ चिन्न

दशगजा बीचको लमतन्न लास

खाएर छडिको जुठो पुरो गा“स।।।।।।।।।

राष्ट्र र राष्ट्रियता भित्रको अन्तर ह्दयको चुरोलाई लेखकले आफै छातीबाट निर्धक्क खुलेर ओकलेका छन् यहा“ । निरपराध कैदी जस्तो भएर राष्ट्र र राष्ट्रियता बा“च्यो भने मन र मुटु कस्तो हुन्छ भन्ने साहसलाई उजिल्याएकाछन् यसमा उनले । सेता परेवा भेटेपछि पनि शान्ति नभेटिने मुलुकमा स्वजनका चिता दन्किरह“दा कुन भावुक ह्दयमा ग्लानी नहोला र १ यस्तै ग्लानी बोकेका छन् लेखक विद्याप्रसादले पनि र त पृष्ठ ७५ मा यसो भन्दछन्–

कुरुक्षेत्र रणसङ्गम सम भइरहेछ मन पनि

बाहिर हेर्छु स्वजनका चिता दन्किरहेछ दन्दनी।।।।।।।।।।

लामो द्वन्द्वमा फसेको मुलुकले हतियार बिसाउ“दा पनि कताकता अशान्तिका बादलहरु मडारिने क्रम जारी रह“दा बुद्धको मुलुक भन्दा मुटु घो“च्छ कहिलेका“ही भन्ने उक्ति सुक्तिलाई बुझेका छन् स्रष्टा विद्याप्रसादले ।

आध्यात्मिक एवं धार्मिक पृष्ठभूमिको पुख्र्यौलीबाट सिर्जित उनका भावनाहरुमा पूर्वीय चिन्तन प्रशस्त रहेको कुरा तलका अभिव्यक्तिबाट स्पष्ट हुन्छ ।

तराजुका दुई पल्लामा अट्छ

जीवन र मृत्युको परिभाषा

दिन र रातस“गै

उदाउ“दै, अस्ताउ“दै गर्छ

सुख र दुःखको यथार्थता

सिक्काका दुई पाटामा अल्झिन्छ

मिलन र विछोडको अर्थ  ।।।।।।। –९म मृत्यु सिक्दैछु, पृष्ठ ३३ बाट०

भिखारीको मृत्यु र मेरो आत्महत्या शीर्षक कविताबाट आरम्भ भएको पुस्तक नाङ्गिएकी चन्द्रमा शीर्षकमा पुगेर टुंगिदा सहमती र असहमती हुनसक्ने थुप्रै उपशीर्षक र गन्थन पनि नभेटिने होइनन् । तैपनि साहित्य, साहित्य नै हो । सबै कुरो छर्लङ्ग हुन्छ भन्ने छैन एकैपटक । समय लिएर घोत्लिदै जानेक्रममा अभिव्यक्तिहरु सरल र सरस पनि हुन सक्छन् ।

जे होस् स्रष्टा विद्याप्रसाद घिमिरेमा लेखनीय माहोल छ, प्रस्तुति चातुर्यता छ, मनभित्र कुडिएका घाउहरु छन् । ती घाउहरुलाई मलमपट्टी लाउने काम उनी आफैले गरेका छन् । आहाल भित्रको चन्द्र सूर्य शीर्षक कविता पढ्दा नेपाली झण्डाको संकेत दिन्छ जस भित्र रगतको आहाल छ, रारा छ, छिटा छ र त पृष्ठ ५२ मा यसो भन्छन् उनी–

हिमाल जल्यो पहाड जल्यो

नदीमा आगो सल्कियो

चोइटियो आस्था अभिमान ढल्यो

द्वन्द्वको ज्वाला दन्कियो।।।।।

हाल मुलुक नया“ नया“ चिरामा र द्वन्द्वमा फस्दै गएकाले राष्ट्रिय स्वाभिमानमा चोट पर्न सक्ने समेत संकेत गर्ने स्रष्टा विद्याप्रसादका आगामी रचनाहरू अझ बढी स्तरीय होऊन् । यही शुभकामना अर्पण गर्दै दुईचार शब्द पुष्पाञ्जली यत्ति नै । अस्तु ।

 

2 प्रतिक्रिया

  1. Ramesh budhathoki says:

    UHA LE LEKHEKAA DARSAN CHITAN KA LEKH HARU KABYASUDHA MAA PADAN NAPAAYAKO DHERI BHO. KIN HO ?

  2. Arun k.c. Qatar says:

    अभिव्यक्ति नबुझेर होइन, प्रस्तुति सिलसिला नमिलेर पनि होइन, भाषा अशुद्धि वा लयात्मकता वा गेयात्मकता नभएर पनि हु“दै होइन । हो चाहि“ के त मैले पटक्कै बु¤न सकिन । झण्डै साढे छ दर्जन पृष्ठको ‘सेलाएको घाम’ कवितासङ्ग्रहमा मुलुक सेलाएकोले चाही“ पक्कै हो जस्तो लाग्छ मलाई । कारण आम नेपालीहरुमा फुर्ति छैन जसरी लेखक विद्याप्रसादलाई छैन ।……………………………………………………… य़ो लेख कस्ले लेखेको हो ? नाम किन नराखेको ? ओइलायो मेरो मनपनि / कबिलाई सुब्कामना ………………………..@Arun k.c. Qatar

प्रतिक्रिया छाड्नुस्