‘रहस्यमय भोगाइ’ मा घोत्लिंदा : मित्र पोखरेल

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

‘रहस्यमय भोगाइ’ मा घोत्लिंदा : मित्र पोखरेल

सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवं सिलसिलेबार प्रस्तुतीनै कथा लेखन हो । हाम्रो दैनिक जीवनमा घटेका यस्तै–यस्तै सामाजिक, राजनितिक तथा पारिवारिक घटनाहरूलार्ई कथानक बनाएर सिङ्गो कथासङ््ग्रह लिएर आएकी छन् कथाकार सुबिसुधा आचार्य कृति रहस्यमय भोगाई मार्फत् । नेपाली साहित्यको उर्भरभूमि धादिङको केवलपुरमा जन्मिएर पाल्पालीसँग जीवनको साइनो गाँसेकी उनको यो कृति पहिलो भने होइन । सुधाको सिर्जनाहरू भाग एक गीत, गजल र कविताको सङ्गालो, ताराझरेका रातहरू मुक्तकसङ्ग्रह, भावनाका छालहरूमा आधुनिक गीतसङग्रह, अब शहीद बोल्छ गजलसङ्ग्रह, सुरतरङ्गीणी गजलसङ्ग्रह जस्ता बिबिध विधामा कलम चलाइसकेकी आचार्यको यो कथा विधाको दोस्रो प्रकाशित कृति हो । अग्नियुद्ध कथासङ्ग्रहले पाठकीय मन जितिसकेकी कथाकार आचार्यको यो प्रयास लेखनमा सिद्धहस्तता पुष्टीगर्ने प्रमाण हुनपर्छ ।
अठार वटा कथाहरू संग्रहित यस कृतिमा कथाहरूले विविध पक्ष र विषयहरूको उठान मात्रै नगरेर तार्किक निश्कर्ष पनि निकाल्न सक्षम भएको छ । बिशेषत समकालिन राजनितिक परिदृष्यलाई झल्काउने कथाहरूको बलियो उपस्थिति रहेपनि प्रेमप्रसङ्ग, सामाजिक विभेद, शहरीया प्रबृत्तिहरू जस्ता पक्षहरूका बारेमा समग्रमा कृति बलियो छ । तत्कालीन नेपालको राजनैतिक परिवेशमा केन्द्रित रहेको बेवारीसे डायरी कथाले कृतिको दैलो उघार्ने काम गरेको छ। एउटा जागरूक युवा कसरी क्रान्तिमा होमिदोरहेछ भन्ने प्रश्नहरूको निरूपण गर्छ यस कथाले । युवाको गौरवमय कहानी कहन्छ यसले । कथामा म पात्र श्रीमान्को काममा सघाउन मेडिकलमा बसेको बेलो सोकेसमाथि एउटा डायरी रहेको हुन्छ । जुन कुनै ग्राहकले बिर्सेको हुनुपर्छ । घरमा लगेर फुर्सदमा पढ्दा जे डायरीका पानामा लेखिएको छ त्यही नै कथाका कथानक बनेको छ। डायरीमा छ– साठी सालमा एकदिन म पात्र युवकले गाडी हाकेर शहर तर्फ गइरहेको बेला रातको बखत अलपत्र परेकी एउटी केटीलाई लिफ्टदिन्छ । संयोगले त्यो दिन आमाको मुख हेर्ने औसी परको थियो । आमाको मुख हेर्न जान लागेकी भनेर म पात्रले प्रश्न गर्दा आफू एउटी आमाको लागि मात्र नभएर करोडौं नेपाली आमाहरूको मुक्तिमा लागेको जवाफ दिन्छे । रातको एघार बाह्रबजे तिर कार रोक्न लगाएर बाहिर निस्कन्छे । यत्तिकैमा ठूलोे बिस्फोटको आवाज आउँछ । माझबजारमा ठूलोे खैलाबैला हुन्छ । मान्छेको भागाभाग रूवाबासी हुन्छ । कारमा केटीले छोडेर गएको परिचयपत्र र पेस्तोल फेला पर्छ । पुलिसले युवकलाई पनि आतङ्ककारीको नाममा अनेक यातना दिन्छ । आफनो बुवासँगको सम्र्पक पछि बाहिरी जेलबाट छुटकारा पाउँछ तर उसको मनभित्र रहेको जेलबाट मुक्ति पाउन सक्दैन । सरकारी दमन र अत्याचारले उसमा क्रान्ति मोह बढ्दै जान्छ । अन्त्यमा मुक्तियात्रामा सरिक हुने निणर्य गर्छ । संघर्षको यात्रामा कैयौदिन भोकै जागै बस्नु परेको गौरवशाली कहानीले भरिएको यो डायरीनै कथाको मुख्य श्रोत तथा केन्द्रीय भाग बनेको छ ।
यस कथाले वर्गसंघर्ष सम्बन्धी माक्सवादी सिद्धान्तलाई आत्मसाथ गरेको छ । सरकारी स्वेत आतंकका विरूद्ध निम्न वर्गले संघर्ष सुरू गरेको र क्रमशः मध्यम, उच्चवर्गले पनि अन्तिममा सामेल हुन आएको स्थिति छ कथामा । कारमा लिफ्ट माग्ने केटीले निम्न वर्गको प्रतिनिधित्व गर्छे भने म पात्र युवकले मध्यम तथा उच्चवर्गको प्रतिनिधित्व गरेको छ । जो ढिलै भएपनि क्रान्तिको बाटोमा हिंड्ने प्रण गरेको छ । कथामा निम्न वर्गीय र अनपढ एउटा गाउँले केटीले पढेलेखेको सम्पन्न मानिने युवकलाई राजनितिक चेतना र प्रेरणा प्रदान गरेकी छे । शुरूमा लडाइ हिंसा जस्ता कुराको नामसम्म सुन्न नचाहाने युवकलाई क्रान्तिको सच्चा भक्त बनाउन सफल भएको कुरा डायरीमा लेखिएको नाम परिवर्तन नेपालले पनि प्रष्ट पार्दछ । समग्रमा १० वर्षे जनयुद्ध र त्यसमा सहभागी योद्धाहरूको वर्णन गरिएको यो कथा क्रान्ति चेतनाले भरिपूर्ण छ ।
कथाकार विषय, घटना छनौटमा अत्यन्त सजग देखिएकी छिन् । कथामा राजनितिक सन्देशमात्र प्रवाह नगरेर मानवीय जीवनका माया, प्रेम, रोमांश, जस्ता महत्वपूर्ण बिषयहरूको पनि उठान गरेकी छिन् । बसको यात्रा, विस्वासघात, उसको चिठ्ठी जस्ता कथाहरूमा । बसको यात्रामा पाल्पाबाट काठमाडौंसम्मको यात्रामा एउटा युवक र युवती वीचको विकर्षण–आकर्षण भलाकुसारीको वर्णन छ । यो यात्रामा युवकले आफ्नो अतीतको एकल पे्रमको रोचक प्रसङ्ग प्रस्तुत गरेको छ । एउटी जीवन संगीनीको दुष्टताको कारणले पुरूषले भागेको दुर्दशा प्रस्तुत छ विस्वासघात कथामा । नारीको परपुरूषसँग सम्बन्ध बढेपछि पारिवारिक खुशीको लागि विदेशमा रगतसँग साटेको धनसम्पती र लोग्नेको जीन्दगी समेत बर्बाद भएको छ, लक्की कथाले नारीको व्यवहार राक्षसी भयो भने पुरूषको जिन्दगी जिउँदो नरक हुन्छ भन्ने तितो यथार्थ बोकेको छ । शुरूमा म पात्रले क्षणिक आवेश र आकर्षणको भरमा विवाह गरे पनि मानसिक सुख सम्मान पाउन नसकेपछि परिवेश लथालिङ्ग भएर वैवाहिक जीवन खल्लोपनामा व्यतिथ गरेको तीतो यर्थाथ छ । शहरी भौतिक सुख र सम्पन्नताले ग्रामीण मानमर्यादाको आर्दशलाई जिते पनि सृजित स्थिति बयान गरिएको छ यस कथामा ।
समग्र कृतिकै न्वारन गराउने कथा रहस्यमय भोगाइ अन्य कथा भन्दा अलि भिन्न प्रकृतिको छ । कल्पना र यथार्थता, सपना र विपनाको समीश्रण रहेको छ यस कथामा । एउटी किशोरीले सपनामा देखेको घटनानै कथा बनेको छ । सपनीमा एउटा छायाँ नामको युवकसँग सम्पर्क भएपछि बच्चा जन्मन्छ, आमा बाबुले नवजात शिशुको हत्या प्रयास समेत गर्दछन् । बच्चा जन्मेपछि छायाँ आएर बच्चा लैजान्छ, जब बत्ति आउँछ तब दुर्ईवटा कालो सर्प देखा पर्छन् झ्यालबाट बाहिरिदै गरेको । समग्रमा यो कथालाई यौन मनोचाहनाको तान्द्राका आँखाबाट हेर्दा पूर्णता पाउँछ जस्तो देखिन्छ । यसरी देखिएको सपनाका अधिकांश कुरा वास्तविक जीवनमा पूर्ण हुँदैनन् सपना मात्र सपना हुन जान्छ । किशोर मष्तिष्कमा रहेका दमित इच्छा दमित आकांक्षाहरू औषत यही रूपमा आएर हेलिन्छ सपनामा ।
जलेको कपिलवस्तु र म कथा नेपालको इतिहासमा घटेको कालो दुखान्त घटनामा आधारित सत्य कथा हो । कपिलवस्तुमा समाजसेवी अब्दुल खाँको हत्याबाट उत्पन्न भएको मनमुटाब साम्प्रदायिक असहिष्णुतामा परिणत भएपछि उत्पन्न भएको नरसंहारकारी घटनाको जस्ताको तस्तै वर्णन गरिएको छ। दर्जनौ मानिसको मृत्यु सयौं घरहरूको आगजनी र करोडौं धनमालको क्षति भएको घटनामा त्यहाँका मानिसले भोगेको पीडा म पात्र आफैले भोगेको जस्तो गरी बडो यथार्थ तवरले ब्याख्या गरेकी छिन् कथाकारले। किसोरी बलात्कृत हुन परेको, भाइहरूको लासको भिडबाट भाग्नुपरेको र आफ्नै बाबुलार्ई मुडोसरी सडकमा घिसारेको देख्न विवश भएको त्रासदिपूर्ण घटनाको वर्णन अखबारे शैलीमा गरिएको छ यस कथामा । त्यसैगरी देशमा विद्यमान सशस्त्र द्धन्दले निम्त्याएको नमिठो अतित बोकेर वर्तमानमा बाँचिरहेको हजारौं द्धन्दपिडितको आत्मा भेटिन्छ म हत्यारा होइन नामक कथामा । गाउँमा एउटा शिक्षक रहेको ठाकुरप्रसाद द्धन्दले प्रताडित भएपछि राजधानीको सुन्धारामा जुत्ता पालिस गरेर जीवन चलाउन बाध्य छन् । सरकारी सेना र विद्रोहीसेनाबाट आमनेपालीले खेप्नु परेको शास्ती ठाकुरप्रसादले खेपेको शास्ती भन्दा कम छैन । द्धन्दले एउटा सुन्दर घर परिवार ध्वस्त भएको र द्धन्दले कसैलार्ई पनि कल्याण गर्न नसक्ने निस्कर्ष निकाल्छ यस कथाले ।
आरूबखडाका फूल कथाले शीर्षक जस्तो कुनै फूलको वर्णन प्रसंसामा समय नखर्चेर एउटी चेलीले बैगुनी सौतेनी दाइलाई गुनले मारेको कथाबस्तु उठाइएको छ । वाल्यअवस्थामा धन सम्पतिको लागि जस्तो सुकै कुकृत्य गर्न पनि पछि नपरेको सौतेनी दाजु धने राजधानीको एउटा अँध्यारो कोठामा पैसाको अभावमा मृत्युसँग लडिरहेको अवस्थामा देखेपछि गहनाहरू समेत बेचेर उपचारार्थ वीर अस्पतालमा भर्ना गराउँछिन् म पात्रले, अन्त्य अवस्थामा पुगिसकेको धनेको मृत्यु हुन्छ । सरिताकै पहलमा आर्यघाटमा दाहसंस्कार गराउँछिन् । कुनै दिन उनैको हत्याको लागि दुधमा बिष राख्न सकेत पछि नपर्ने धनेको अन्त्येष्टी पनि सरितालेनै गरिदिनु परेको छ । यस्तो क्षणीक र परिवर्तनशिल मानव जीवनलाई आरूबखडाको फूलसँग तुलना गरेकी छिन् कथाकारले ।
महिलाहरूको जीवनको महत्वपूर्ण पक्ष मातृत्वको बारेमा चर्चा गरिएको छ प्यासी चम्पाकली कथामा । हरेक महिलामा रहने आमा बन्ने इच्छा चम्पाकलीमा रहेको छ । पन्ध्रवर्षसम्म सन्तान नजन्मेपछि कसैको बच्चा ल्याएर आफंैबाट जन्मेजस्तो गरेपनि त्यो बच्चाकी आमा देखा परेपछि चम्पाकलीको सपना चकनाचुर हुन्छ । बच्चाकी आमाले बच्चाप्रति देखाएको माया र ममता बच्चा प्राप्तीको लागि गरेको संघर्षले समग्रमा एउटी आमाले आफ्नो सन्तानलाई गर्ने माया ममताको ज्वलन्त उदाहरण हो यो कथा ।
मानवीय सम्वेदनात्मक पक्षहरूको बलियो उपस्थिति रहेको यस कृतिमा मानवीय प्राकृतिक स्वभाव, इष्र्या, डाह जस्ता मानवीय स्वभावहरूको चर्चा छ उसको चिठ्ठी र नाजुक मन जस्ता कथाहरूमा । विवाह गर्न हिंडेको सुबिनले दिदी प्रतिमा भन्दा राम्री देखेर बहिनी प्रज्ञालाई रोजेपछि दीदी प्रतिमाले आत्महत्या गरेकी छ । प्रतिमाको आत्महत्या पछि सिङ्गो परिवार तहसनहस बनेको छ भने उता सुबिनमा प्रज्ञासँगको एकोहोरो आकषर्णको कारणले कुलतमा फसेर मृत्युशैयाबाट जीवनका अन्तिम दिनहरू गनिरहेको छ। त्यस्तै नाजुक मन कथामा लण्डनको सुन्दरताको वर्णन तथा लण्डनमा भेटिएकी क्लासमेट शिल्पाको सुखी र सफल दाम्पत्य जीवन देखेर आफ्नो असफल वैवाहिक जीवनसँग तुलना गर्दै इष्र्याले अत्तालिएको म पात्र कमलको नाजुक मनको ब्याख्या गरिएको छ ।
जीवनका हरेक पक्षलाई समेट्ने भिन्दा भिन्दै घटना तथा विषयहरूका कथाहरू यस कृतिमा रहेका छन् भने केही कथाहरू अखबारे शैलीमा जस्ताको तस्तै उतारिएका छन् जुन कथाहरू ऐतिहासिक, रोचक तथा मीठासपूर्ण छन् । कुनै कथाहरू ज्यादै रहस्य र कल्पनाको लेपनले जादुमय यथार्थवादको ढाँचामा अघि बढेका छन् । बेवारिसे डायरी, जलेको कपिलबस्तु र म हत्यारा हैन जस्ता तथ्यपरक कथाहरू पढ्दा कुनै अखबार पढेजस्तो लाग्छ भने रहस्यमय भोगाइ, छायाँसँग एकरात जस्ता कथा पढ्दा कुनै परीका पुराना कथा हरू पढेजस्तो लाग्छ । समग्रमा यथार्थ र कल्पनाको समिश्रण पाइन्छ कृतिमा । प्रायजसो प्रथमपुरूष दृष्टिबिन्दुमा लेखिएका र म पात्रको भोगाइ रहेकोले कथाहरू पाठकको अन्तरमनबाट टाढा रहन सक्ने स्थिति छैन । कथाबस्तु अनुसारको परिबेश, भाषाशैली र उपयुक्त बिम्बहरूको प्रयोगले कथाहरू प्रष्ट र बोध गम्य बनेका छन् । पत्रकारिता, समाजसेवाजस्ता क्षेत्रमा क्रियाशिल लेखिकाको प्रभाव रहेको हुनुपछर्, कतिपय कथाहरू अखबारे शैलीमा लेखिएका छन् ।् बिषयबस्तुको उठान, बहस र तिनले निकाल्ने निष्कर्षको हिसावले पनि कथाहरू सामाजिक यथार्थताको धरातलमा उभिएका छन् । क्रान्तिचेतना र माया प्रेमजस्ता भावत्मकता पक्षहरूलार्ई साथसाथै लैजान सक्नु कृतिको सवल पक्ष भएपनि रहस्यमय भोगाइ र छायाँसँग एकरात जस्ता कथाहरूमा रहेको ज्यादा कल्पनाको उपस्थितिले समग्र कृतिलाई परिकथा तर्फ उन्मुख गराउँछ कि भन्ने डर पाठकको मनमा उत्पन्न गराउन सक्ने सम्भावना देखिए पनि समकालीन राजनितिक घटनाहरूमा आधारित कथाहरूले यस कथासङग्रहलाई ऐतिहासिक कथा सङ्ग्रह बनाउन सहयोग गर्ने छ।
समग्रमा निकैनै उत्कृष्ठ कथाहरूको सँङ्गालो बन्न सफल यस कृति नेपाली नारी कथाकारहरूको कथाको लस्करमा अग्रपंक्तिमा आउन सफल छ। कथाकारले निरन्तरता दिएमा कथाकारितामा भविष्य निकैनै उज्वल छ । समालोचक प्रा. गोपीकृष्ण शर्मा र साहित्यकार मोहन दुवालको मन्तव्य रहेको यस कृतिको आवरण आकर्षण, भित्री कागज स्तरीय रहनुका साथै मूल्य नेपालमा रू.९९÷– र अमेरिकामा यू.एस. १० डलर लेखिएको छ । जम्मा १७६ पृष्ठसम्म फैलिएको यस कृति जनमत प्रकाशनले प्रकाशनमा गरेको हो । कृति पठनीय एवम् सङ्ग्रहणीय रहेको छ ।

‘रहस्यमय भोगाइ’ मा घोत्लिंदामित्र पोखरेल सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवं सिलसिलेबार प्रस्तुतीनै कथा लेखन हो । हाम्रो दैनिक जीवनमा घटेका यस्तै–यस्तै सामाजिक, राजनितिक तथा पारिवारिक घटनाहरूलार्ई कथानक बनाएर सिङ्गो कथासङ््ग्रह लिएर आएकी छन् कथाकार सुबिसुधा आचार्य कृति रहस्यमय भोगाई मार्फत् । नेपाली साहित्यको उर्भरभूमि धादिङको केवलपुरमा जन्मिएर पाल्पालीसँग जीवनको साइनो गाँसेकी उनको यो कृति पहिलो भने होइन । सुधाको सिर्जनाहरू भाग एक गीत, गजल र कविताको सङ्गालो, ताराझरेका रातहरू मुक्तकसङ्ग्रह, भावनाका छालहरूमा आधुनिक गीतसङग्रह, अब शहीद बोल्छ गजलसङ्ग्रह, सुरतरङ्गीणी गजलसङ्ग्रह जस्ता बिबिध विधामा कलम चलाइसकेकी आचार्यको यो कथा विधाको दोस्रो प्रकाशित कृति हो । अग्नियुद्ध कथासङ्ग्रहले पाठकीय मन जितिसकेकी कथाकार आचार्यको यो प्रयास लेखनमा सिद्धहस्तता पुष्टीगर्ने प्रमाण हुनपर्छ । अठार वटा कथाहरू संग्रहित यस कृतिमा कथाहरूले विविध पक्ष र विषयहरूको उठान मात्रै नगरेर तार्किक निश्कर्ष पनि निकाल्न सक्षम भएको छ । बिशेषत समकालिन राजनितिक परिदृष्यलाई झल्काउने कथाहरूको बलियो उपस्थिति रहेपनि प्रेमप्रसङ्ग, सामाजिक विभेद, शहरीया प्रबृत्तिहरू जस्ता पक्षहरूका बारेमा समग्रमा कृति बलियो छ । तत्कालीन नेपालको राजनैतिक परिवेशमा केन्द्रित रहेको बेवारीसे डायरी कथाले कृतिको दैलो उघार्ने काम गरेको छ। एउटा जागरूक युवा कसरी क्रान्तिमा होमिदोरहेछ भन्ने प्रश्नहरूको निरूपण गर्छ यस कथाले । युवाको गौरवमय कहानी कहन्छ यसले । कथामा म पात्र श्रीमान्को काममा सघाउन मेडिकलमा बसेको बेलो सोकेसमाथि एउटा डायरी रहेको हुन्छ । जुन कुनै ग्राहकले बिर्सेको हुनुपर्छ । घरमा लगेर फुर्सदमा पढ्दा जे डायरीका पानामा लेखिएको छ त्यही नै कथाका कथानक बनेको छ। डायरीमा छ– साठी सालमा एकदिन म पात्र युवकले गाडी हाकेर शहर तर्फ गइरहेको बेला रातको बखत अलपत्र परेकी एउटी केटीलाई लिफ्टदिन्छ । संयोगले त्यो दिन आमाको मुख हेर्ने औसी परको थियो । आमाको मुख हेर्न जान लागेकी भनेर म पात्रले प्रश्न गर्दा आफू एउटी आमाको लागि मात्र नभएर करोडौं नेपाली आमाहरूको मुक्तिमा लागेको जवाफ दिन्छे । रातको एघार बाह्रबजे तिर कार रोक्न लगाएर बाहिर निस्कन्छे । यत्तिकैमा ठूलोे बिस्फोटको आवाज आउँछ । माझबजारमा ठूलोे खैलाबैला हुन्छ । मान्छेको भागाभाग रूवाबासी हुन्छ । कारमा केटीले छोडेर गएको परिचयपत्र र पेस्तोल फेला पर्छ । पुलिसले युवकलाई पनि आतङ्ककारीको नाममा अनेक यातना दिन्छ । आफनो बुवासँगको सम्र्पक पछि बाहिरी जेलबाट छुटकारा पाउँछ तर उसको मनभित्र रहेको जेलबाट मुक्ति पाउन सक्दैन । सरकारी दमन र अत्याचारले उसमा क्रान्ति मोह बढ्दै जान्छ । अन्त्यमा मुक्तियात्रामा सरिक हुने निणर्य गर्छ । संघर्षको यात्रामा कैयौदिन भोकै जागै बस्नु परेको गौरवशाली कहानीले भरिएको यो डायरीनै कथाको मुख्य श्रोत तथा केन्द्रीय भाग बनेको छ । यस कथाले वर्गसंघर्ष सम्बन्धी माक्सवादी सिद्धान्तलाई आत्मसाथ गरेको छ । सरकारी स्वेत आतंकका विरूद्ध निम्न वर्गले संघर्ष सुरू गरेको र क्रमशः मध्यम, उच्चवर्गले पनि अन्तिममा सामेल हुन आएको स्थिति छ कथामा । कारमा लिफ्ट माग्ने केटीले निम्न वर्गको प्रतिनिधित्व गर्छे भने म पात्र युवकले मध्यम तथा उच्चवर्गको प्रतिनिधित्व गरेको छ । जो ढिलै भएपनि क्रान्तिको बाटोमा हिंड्ने प्रण गरेको छ । कथामा निम्न वर्गीय र अनपढ एउटा गाउँले केटीले पढेलेखेको सम्पन्न मानिने युवकलाई राजनितिक चेतना र प्रेरणा प्रदान गरेकी छे । शुरूमा लडाइ हिंसा जस्ता कुराको नामसम्म सुन्न नचाहाने युवकलाई क्रान्तिको सच्चा भक्त बनाउन सफल भएको कुरा डायरीमा लेखिएको नाम परिवर्तन नेपालले पनि प्रष्ट पार्दछ । समग्रमा १० वर्षे जनयुद्ध र त्यसमा सहभागी योद्धाहरूको वर्णन गरिएको यो कथा क्रान्ति चेतनाले भरिपूर्ण छ । कथाकार विषय, घटना छनौटमा अत्यन्त सजग देखिएकी छिन् । कथामा राजनितिक सन्देशमात्र प्रवाह नगरेर मानवीय जीवनका माया, प्रेम, रोमांश, जस्ता महत्वपूर्ण बिषयहरूको पनि उठान गरेकी छिन् । बसको यात्रा, विस्वासघात, उसको चिठ्ठी जस्ता कथाहरूमा । बसको यात्रामा पाल्पाबाट काठमाडौंसम्मको यात्रामा एउटा युवक र युवती वीचको विकर्षण–आकर्षण भलाकुसारीको वर्णन छ । यो यात्रामा युवकले आफ्नो अतीतको एकल पे्रमको रोचक प्रसङ्ग प्रस्तुत गरेको छ । एउटी जीवन संगीनीको दुष्टताको कारणले पुरूषले भागेको दुर्दशा प्रस्तुत छ विस्वासघात कथामा । नारीको परपुरूषसँग सम्बन्ध बढेपछि पारिवारिक खुशीको लागि विदेशमा रगतसँग साटेको धनसम्पती र लोग्नेको जीन्दगी समेत बर्बाद भएको छ, लक्की कथाले नारीको व्यवहार राक्षसी भयो भने पुरूषको जिन्दगी जिउँदो नरक हुन्छ भन्ने तितो यथार्थ बोकेको छ । शुरूमा म पात्रले क्षणिक आवेश र आकर्षणको भरमा विवाह गरे पनि मानसिक सुख सम्मान पाउन नसकेपछि परिवेश लथालिङ्ग भएर वैवाहिक जीवन खल्लोपनामा व्यतिथ गरेको तीतो यर्थाथ छ । शहरी भौतिक सुख र सम्पन्नताले ग्रामीण मानमर्यादाको आर्दशलाई जिते पनि सृजित स्थिति बयान गरिएको छ यस कथामा ।समग्र कृतिकै न्वारन गराउने कथा रहस्यमय भोगाइ अन्य कथा भन्दा अलि भिन्न प्रकृतिको छ । कल्पना र यथार्थता, सपना र विपनाको समीश्रण रहेको छ यस कथामा । एउटी किशोरीले सपनामा देखेको घटनानै कथा बनेको छ । सपनीमा एउटा छायाँ नामको युवकसँग सम्पर्क भएपछि बच्चा जन्मन्छ, आमा बाबुले नवजात शिशुको हत्या प्रयास समेत गर्दछन् । बच्चा जन्मेपछि छायाँ आएर बच्चा लैजान्छ, जब बत्ति आउँछ तब दुर्ईवटा कालो सर्प देखा पर्छन् झ्यालबाट बाहिरिदै गरेको । समग्रमा यो कथालाई यौन मनोचाहनाको तान्द्राका आँखाबाट हेर्दा पूर्णता पाउँछ जस्तो देखिन्छ । यसरी देखिएको सपनाका अधिकांश कुरा वास्तविक जीवनमा पूर्ण हुँदैनन् सपना मात्र सपना हुन जान्छ । किशोर मष्तिष्कमा रहेका दमित इच्छा दमित आकांक्षाहरू औषत यही रूपमा आएर हेलिन्छ सपनामा ।जलेको कपिलवस्तु र म कथा नेपालको इतिहासमा घटेको कालो दुखान्त घटनामा आधारित सत्य कथा हो । कपिलवस्तुमा समाजसेवी अब्दुल खाँको हत्याबाट उत्पन्न भएको मनमुटाब साम्प्रदायिक असहिष्णुतामा परिणत भएपछि उत्पन्न भएको नरसंहारकारी घटनाको जस्ताको तस्तै वर्णन गरिएको छ। दर्जनौ मानिसको मृत्यु सयौं घरहरूको आगजनी र करोडौं धनमालको क्षति भएको घटनामा त्यहाँका मानिसले भोगेको पीडा म पात्र आफैले भोगेको जस्तो गरी बडो यथार्थ तवरले ब्याख्या गरेकी छिन् कथाकारले। किसोरी बलात्कृत हुन परेको, भाइहरूको लासको भिडबाट भाग्नुपरेको र आफ्नै बाबुलार्ई मुडोसरी सडकमा घिसारेको देख्न विवश भएको त्रासदिपूर्ण घटनाको वर्णन अखबारे शैलीमा गरिएको छ यस कथामा । त्यसैगरी देशमा विद्यमान सशस्त्र द्धन्दले निम्त्याएको नमिठो अतित बोकेर वर्तमानमा बाँचिरहेको हजारौं द्धन्दपिडितको आत्मा भेटिन्छ म हत्यारा होइन नामक कथामा । गाउँमा एउटा शिक्षक रहेको ठाकुरप्रसाद द्धन्दले प्रताडित भएपछि राजधानीको सुन्धारामा जुत्ता पालिस गरेर जीवन चलाउन बाध्य छन् । सरकारी सेना र विद्रोहीसेनाबाट आमनेपालीले खेप्नु परेको शास्ती ठाकुरप्रसादले खेपेको शास्ती भन्दा कम छैन । द्धन्दले एउटा सुन्दर घर परिवार ध्वस्त भएको र द्धन्दले कसैलार्ई पनि कल्याण गर्न नसक्ने निस्कर्ष निकाल्छ यस कथाले । आरूबखडाका फूल कथाले शीर्षक जस्तो कुनै फूलको वर्णन प्रसंसामा समय नखर्चेर एउटी चेलीले बैगुनी सौतेनी दाइलाई गुनले मारेको कथाबस्तु उठाइएको छ । वाल्यअवस्थामा धन सम्पतिको लागि जस्तो सुकै कुकृत्य गर्न पनि पछि नपरेको सौतेनी दाजु धने राजधानीको एउटा अँध्यारो कोठामा पैसाको अभावमा मृत्युसँग लडिरहेको अवस्थामा देखेपछि गहनाहरू समेत बेचेर उपचारार्थ वीर अस्पतालमा भर्ना गराउँछिन् म पात्रले, अन्त्य अवस्थामा पुगिसकेको धनेको मृत्यु हुन्छ । सरिताकै पहलमा आर्यघाटमा दाहसंस्कार गराउँछिन् । कुनै दिन उनैको हत्याको लागि दुधमा बिष राख्न सकेत पछि नपर्ने धनेको अन्त्येष्टी पनि सरितालेनै गरिदिनु परेको छ । यस्तो क्षणीक र परिवर्तनशिल मानव जीवनलाई आरूबखडाको फूलसँग तुलना गरेकी छिन् कथाकारले । महिलाहरूको जीवनको महत्वपूर्ण पक्ष मातृत्वको बारेमा चर्चा गरिएको छ प्यासी चम्पाकली कथामा । हरेक महिलामा रहने आमा बन्ने इच्छा चम्पाकलीमा रहेको छ । पन्ध्रवर्षसम्म सन्तान नजन्मेपछि कसैको बच्चा ल्याएर आफंैबाट जन्मेजस्तो गरेपनि त्यो बच्चाकी आमा देखा परेपछि चम्पाकलीको सपना चकनाचुर हुन्छ । बच्चाकी आमाले बच्चाप्रति देखाएको माया र ममता बच्चा प्राप्तीको लागि गरेको संघर्षले समग्रमा एउटी आमाले आफ्नो सन्तानलाई गर्ने माया ममताको ज्वलन्त उदाहरण हो यो कथा । मानवीय सम्वेदनात्मक पक्षहरूको बलियो उपस्थिति रहेको यस कृतिमा मानवीय प्राकृतिक स्वभाव, इष्र्या, डाह जस्ता मानवीय स्वभावहरूको चर्चा छ उसको चिठ्ठी र नाजुक मन जस्ता कथाहरूमा । विवाह गर्न हिंडेको सुबिनले दिदी प्रतिमा भन्दा राम्री देखेर बहिनी प्रज्ञालाई रोजेपछि दीदी प्रतिमाले आत्महत्या गरेकी छ । प्रतिमाको आत्महत्या पछि सिङ्गो परिवार तहसनहस बनेको छ भने उता सुबिनमा प्रज्ञासँगको एकोहोरो आकषर्णको कारणले कुलतमा फसेर मृत्युशैयाबाट जीवनका अन्तिम दिनहरू गनिरहेको छ। त्यस्तै नाजुक मन कथामा लण्डनको सुन्दरताको वर्णन तथा लण्डनमा भेटिएकी क्लासमेट शिल्पाको सुखी र सफल दाम्पत्य जीवन देखेर आफ्नो असफल वैवाहिक जीवनसँग तुलना गर्दै इष्र्याले अत्तालिएको म पात्र कमलको नाजुक मनको ब्याख्या गरिएको छ । जीवनका हरेक पक्षलाई समेट्ने भिन्दा भिन्दै घटना तथा विषयहरूका कथाहरू यस कृतिमा रहेका छन् भने केही कथाहरू अखबारे शैलीमा जस्ताको तस्तै उतारिएका छन् जुन कथाहरू ऐतिहासिक, रोचक तथा मीठासपूर्ण छन् । कुनै कथाहरू ज्यादै रहस्य र कल्पनाको लेपनले जादुमय यथार्थवादको ढाँचामा अघि बढेका छन् । बेवारिसे डायरी, जलेको कपिलबस्तु र म हत्यारा हैन जस्ता तथ्यपरक कथाहरू पढ्दा कुनै अखबार पढेजस्तो लाग्छ भने रहस्यमय भोगाइ, छायाँसँग एकरात जस्ता कथा पढ्दा कुनै परीका पुराना कथा हरू पढेजस्तो लाग्छ । समग्रमा यथार्थ र कल्पनाको समिश्रण पाइन्छ कृतिमा । प्रायजसो प्रथमपुरूष दृष्टिबिन्दुमा लेखिएका र म पात्रको भोगाइ रहेकोले कथाहरू पाठकको अन्तरमनबाट टाढा रहन सक्ने स्थिति छैन । कथाबस्तु अनुसारको परिबेश, भाषाशैली र उपयुक्त बिम्बहरूको प्रयोगले कथाहरू प्रष्ट र बोध गम्य बनेका छन् । पत्रकारिता, समाजसेवाजस्ता क्षेत्रमा क्रियाशिल लेखिकाको प्रभाव रहेको हुनुपछर्, कतिपय कथाहरू अखबारे शैलीमा लेखिएका छन् ।् बिषयबस्तुको उठान, बहस र तिनले निकाल्ने निष्कर्षको हिसावले पनि कथाहरू सामाजिक यथार्थताको धरातलमा उभिएका छन् । क्रान्तिचेतना र माया प्रेमजस्ता भावत्मकता पक्षहरूलार्ई साथसाथै लैजान सक्नु कृतिको सवल पक्ष भएपनि रहस्यमय भोगाइ र छायाँसँग एकरात जस्ता कथाहरूमा रहेको ज्यादा कल्पनाको उपस्थितिले समग्र कृतिलाई परिकथा तर्फ उन्मुख गराउँछ कि भन्ने डर पाठकको मनमा उत्पन्न गराउन सक्ने सम्भावना देखिए पनि समकालीन राजनितिक घटनाहरूमा आधारित कथाहरूले यस कथासङग्रहलाई ऐतिहासिक कथा सङ्ग्रह बनाउन सहयोग गर्ने छ। समग्रमा निकैनै उत्कृष्ठ कथाहरूको सँङ्गालो बन्न सफल यस कृति नेपाली नारी कथाकारहरूको कथाको लस्करमा अग्रपंक्तिमा आउन सफल छ। कथाकारले निरन्तरता दिएमा कथाकारितामा भविष्य निकैनै उज्वल छ । समालोचक प्रा. गोपीकृष्ण शर्मा र साहित्यकार मोहन दुवालको मन्तव्य रहेको यस कृतिको आवरण आकर्षण, भित्री कागज स्तरीय रहनुका साथै मूल्य नेपालमा रू.९९÷– र अमेरिकामा यू.एस. १० डलर लेखिएको छ । जम्मा १७६ पृष्ठसम्म फैलिएको यस कृति जनमत प्रकाशनले प्रकाशनमा गरेको हो । कृति पठनीय एवम् सङ्ग्रहणीय रहेको छ ।

प्रतिक्रिया छाड्नुस्