आइन्स्टाइन वा बुद्ध: —विद्याप्रसाद घिमिरे

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

आइन्स्टाइन वा बुद्ध: —विद्याप्रसाद घिमिरे

पश्चिमी सभ्यताका आइन्स्टाइन र पूर्वीय सभ्यताका बुद्ध यी दुवैको परिचय हिंसाबाट दिन सरल हुन्छ । यी दुवै हिंसाका अलगअलग किनारा हुन् । एक हिंसालाई पराकाष्टासम्म पु¥याउने सिद्धान्तका पिता हुन्, जसलाई आधुनिक विज्ञानका पिता भनेर समेत कतिपय स्थानमा चर्चा गरिँदै आएको छ । ती महान व्यक्तित्व हुन् यस संसार र संसारमा रहेका जीव तथा वनस्पतिसमेतलाई निमेषभरमा समाप्त गरी हजारौंहजार वर्षसम्म पुनः प्रयोगमा ल्याउन नसकिने अवस्थामा पु¥याउने अत्यन्त शक्तिशाली अणुबम सिद्धान्तका प्रवर्तक अल्वर्ट आइन्स्टाइन । र, अर्का हुन् संसारमा कहिल्यै हत्या, हिंसा कदापि हुनु हुँदैन । विश्वलाई शान्तमय बनाइराख्नु पर्छ भन्दै आजभन्दा पच्चीस सय वर्षअघि नै हिंसाबिरोधी अभियान चलाएका गौतम बुद्ध ।
सामान्यतः हिंसा भन्नाले मारकाट, हत्या आदिलाई बुझाउँदछ । तर क्रोध, रिस, इश्र्या, कलह, गालिगलौज, भैmझगडा, लडाइँ सबै हिंसाकै हिस्सा हुन्, हिंसाकै अङ्गप्रत्यङ्ग हुन् । हिंसा भन्नासाथ हामी झस्कन्छौं, यस्ता शब्द सुन्दा मात्र पनि मानिस गम्भीर बन्न पुग्छ, चित्त अशान्त हुन्छ
हिंसा मानिसको प्रकृति हो, मानवसभ्यताको इतिहास हिंसाले भरिएको छ । हाम्रो जीवनको परम आदर्श मानिने धर्मशास्त्रहरूमा पनि हिंसाकै घटनाहरू मात्र पाइन्छन् । हिंसाबिनाको मानवसभ्यताको इतिहास भेट्न मुस्किल छ । हिंसाका घटना नराखिएको भए हाम्रा कुनै पनि धार्मिकग्रन्थ त्ति रोचक हुने थिएन । देव–दानवको युद्ध होस् वा राम–रावणको लडाइँ, पाण्डव–दुर्योधनको झगडा होस् वा शिव–दक्षको युद्ध । रामायण होस् वा महाभारत, भागवत पुराण होस् वा स्वस्थानीको कथा; हाम्रा जतिपनि धार्मिक ग्रन्थहरू छन्, ती सबै हिंसा नै हिंसाका शृङ्खलाजस्ता लाग्छन् ।
पक्ष–बिपक्ष नभई लडाइँ, झगडा हुँदैन । इश्र्या, स्वाथ्र्य, द्वेष, अहमताविना द्वन्द्व चर्किदैन र द्वन्द्व र झगडाविना हिंसा हुँदैन । सामान्य दृष्टि लगाउँदा गल्ती, दोष एक पक्षको देखिएतापनि गहिरिएर मनन् गरेको खण्डमा झगडामा दुवै पक्षको दोष बराबर हुन्छ । क्रोध र अहम्ता झगडाका प्रमुख कारक हुन् । जिस्किएको शैलीमा भनूँ वा वास्तविकताकै अर्थमा—एक पक्षले दोस्रो पक्षलाई केही भन्यो । यसबाट दोस्रो पक्षको अहम्मा ठेस लाग्यो । आफ्नो अहम् गिर्दै गएको महसुस भयो, रिस उठ्यो, अनि सुरू भयो झगडाको सिलसिला । अब दोस्रो पक्षले पहिलोलाई आक्रमक शैलीमा शब्दबाण प्रहार गर्न सक्छ अथवा एक खुट्किलो माथि उक्लिएर शारीरिक बल नै प्रयोग गरी प्रहार गर्न पनि बेर लाउँदैन । यो ऊभित्र रहेको अहम्ता र उसको मनमा लागेको ठेस तथा रिसको मात्रामा निर्भर गर्दछ । जुनसुकै झगडाको पनि हामीले गहन रूपले विचार गरेर वास्तविकताको चुरो समात्न पुग्यौं भने त्यहाँ यिनै दुई कारणहरू भेटिन्छन्—अहम्ता र क्रोध ।
मानिसका हरेक क्रियाकलाप हिंसामुखी छन्, मानिस प्रत्येक बिहान हिंसाको खोजी गर्नका लागि ब्युँझन्छ । मान्छे रेडियो र टेलिभिजनमा हिंसाजनक समाचारहरूको खोजी गर्छ । पत्रपत्रिकाहरूमा कहीँ कतै हत्या, हिंसा भएको छ कि भन्ने खाजी गर्छ । कुन देशमा कुन पक्षले कसको हत्या ग¥यो ? मर्नेको सामाजिक प्रतिष्ठा कस्तो थियो ? यस्ता समाचारहरूको बढी खोजी हुन्छ समाचारहरूमा । हैसियत र सामाजिक प्रतिष्ठाविहीन मानिसको मृत्युभन्दा केही सामाजिक हैसियत र प्रतिष्ठा बोकेको मानिसको मृत्यु र हत्याको समाचार खोजिरहेको हुन्छ मान्छै, प्रत्येक समाचारमा । त्यसैले पनि हत्या र हिंसा नभएको समाचार फजुल र बेकार मानिन्छ आजकल । पत्रिका पढिरहेका कतिपय मानिस भित्रभित्रै कुँढिएर मुखबाट एक्कासि यस्तो शब्द फुस्किएको पनि मैले सुनेको छु कि—‘के पढ्नु खै ! समाचार, आज त केही रहेनछ समाचारमा ।’ त्यस्तै पत्रिकाको प्रतिक्षमा रहेको मान्छे पत्रिका हातमा पर्नासाथ आँखा दौडाउँछ शीर्ष खबर हेर्नेतर्पm । कहीँ हत्याको खबर भट्ने लालसामा । यदि त्यस्तो खबर नभेटेमा पत्रिकासँग रिस पोख्छ र भन्छ—के पत्रिका हेर्नू खै ! आज त कुनै खबर नै छैन ।’ यो हो मान्छेको प्रवृत्ति ।
कतै जान हतारमा हिँडेको मान्छे बाटोमा दुईपक्षबीच झगडा भइरहेको देखेमा आफ्नो काम एकछिन थाती राखेर भएपनि हेर्न थाल्छ, तमासा । झगडा खुब मच्चिएर घम्साघम्सीको अवस्थामा पुग्यो भने रमाइलो मान्छ, तालि पिट्छ । मान्छेको भीड थपिँदै जान्छ । किनकि सबै मानिसको भित्र कहीँ न कहीँ एक कुनामा झगडा र लडाइँ हेर्ने लालसा लुकेर रहेको हुन्छ । जब झगडा देख्छ, ऊभित्र उत्कण्ठा जाग्छ । नियन्त्रण गर्न सक्दैन आपूmलाई, अनि अडिएर रसस्वादन गर्न थाल्छ, आँखाले । यदि दुवैपक्ष मिलेर एकआपसमा अंकमाल गरिदिएमा खल्लोपनको अनुभूति गर्छ, ठगिएको जस्तो लाग्छ । सोचेभन्दा विपरितजस्तो लाग्छ । हात मिलाएको, अंकमाल गरेको र नमस्कारको अभिवादन प्रकट गरेको मित्रता हेर्ने बानी कहाँ छ र मान्छेलाई, लडाइँ झगडामात्र प्यारो लाग्छ । सधैँ यही नै नियति रहँदै आएको छ मान्छेको ।
परापूर्वकालमा मनोरञ्जनका लागि मान्छेले कुखुरा, च्याखुरा, परेवा लडाउँथ्यो, न्याउरी र सर्प लडाउँथ्यो र आनन्द लिन्थ्यो । आज पनि स्पेनजस्ता कैयौं सभ्य मुलुकहरूमा महिनौंदेखि प्रसस्त खुराक खुवाई पालेर राखेको उन्मत्त साँढेलाई खुल्ला मैदानमा छोडिन्छ र साथमा सुइरोजस्तो हतियार लिएको मानिसले हातमा रातो कपडा हल्लाउँदै साँढेलाई जिस्क्याई जिस्क्याई लडाइँ गर्छ । यस्तो खेल निकै राचक मानिन्छ त्यहाँ, ढुङ्गापस्ता मान्छेहरूलाई । यस किसिमको खेलमा चाहे साँढेले जितोस् वा मानिसले जितोस् के अर्थ रहन्छ । साँढे मानिसको दाँजोमा अजङ्गको प्राणी हो । अजङ्गको प्राणिले सामान्य मानिसलाई जितेमा त्यहाँ आश्चर्य मान्नुपर्ने कुरो हुँदैन । त्यस्तै मान्छेले जितेमा पनि त के आश्चर्य भयो र ? मान्छे भनेको विश्व विजेता हो । कुटिलता, चलाखी, धुत्र्याइँ आदि अनेकौं हतकण्डाको प्रतिरूप हो मान्छे । साँढेमाथि मान्छेको विजयलाई सामान्य नै मान्नु पर्ने हुन्छ । किनकि साँढे भनेको विवेकशून्य प्राणिकोे पर्याय हो । अविवेकी मानिसहरूलाई भनिने उपमा हो साँढे । त्यस्तो अविवेकी पशुसँग पनि लड्छ मान्छे, अनि शंखनाद गर्छ विजयको । ठूल्ठूला रङ्गशालामा प्रदर्शन गरिने यस्तो खेल हेर्न हजारौंहजार दर्शक अपार धनराशी खर्च गरेर आइरो लाग्छन् । अवोध पशुलाई रगतपच्छे बनाएर मार्ने यस्ता खेलले लाकप्रीयता पाएको अवस्थालाई हेर्दा यसले मानिसको अन्तरहृदयमा लुकेको हिंसाभावलाई प्रस्ट पार्दछ ।
हिंसाले हिंसा नै निम्त्याउँछ । मानिसे स्वादको बसमा परेर भगवान्लाई खुसी पार्ने बहानामा सयौं निर्दोष पशुको बलि चढाउँछ, हत्या गर्छ र आपूm पशुभन्दा बलवान भएको उदाहरण प्रस्तुत गर्छ । हत्या प्राय अवोधको हुन्छ । अलिकति बलवान र हिंस्रक खालको पशु रहेछ भने हिंसा गर्न हिच्किचाउँछ । निर्धोलाई बाँच्ने अधिकारबाट वञ्चित गराउँछ । यस प्रवृत्तिले समाजमा नकारात्मक सञ्चार पैmलिँदै जान्छ । काटमार भन्ने कुरो सामान्य बन्दै जान्छ । हत्यालाई हाम्रा हरेक पुस्ताले सहज रूपमा स्वीकार्दै जान्छ । ‘जोसुकैको हत्या गरेपनि हत्या भनेको हत्या नै त हो’—भन्ने भावनाको विकास हुँदै जान्छ । क्रुरताले मानिसको मन–मस्तिष्कमा जरा गाड्दै जान्छ । अनि मान्छे हिंसासँग डराउन छोड्छ । हिंसाबाट टाढा भाग्दैन । कसैले अहम्मा ठेस पु¥याइदियो, रिस उठ्यो, अनि मनमा हिंसाभाव जागृत भएर आयो । बस्, केवल यतिमात्र भएको कारण एकले अर्काको हात नकमाइकन हत्या गर्न उद्यत हुन्छ मान्छे ।
हिंसा पक्का पनि आजको मान्छेमा मात्र निहित प्रवृत्ति होइन । यो परापूर्वकालदेखि नै मान्छेलाई नासोको रूपमा मान्छेबाट नै प्राप्त उपहार हो । यो मानिसमा अन्तरनिहित स्वभाव हो । तरपनि मानिसद्वारा प्रत्येक युगमा हिंसाविरोधी अभियान चालिएका उदाहरण हाम्रो ईतिहासमा प्रशस्त छन् । प्रत्येक कालखण्डमा हिंसामा विश्वास राख्ने हिंसावादी तत्वबाट आफ्नो निहित स्वाथ्र्य सिद्ध गर्न हिंसालाई बढावा दिने किसिमका लडाइँ–झगडाहरू भएका छन् । त्यस्तै प्रत्येक युगमा अहिंसाका पक्षधरहरूबाट हिंसाबिरोधी अभियानहरू सञ्चालन गर्दै हिंसा नगर्ने आग्रहका साथ प्रचारप्रसार भएका पनि छन् ।
सामान्यतः हिजोको समाज आजभन्दा शान्त र सुरक्षित थियो । आजको जस्तो अराजक अवस्थामा हिजोको समाज थिएन । अहिलेको जस्तो हत्या, हिंसा, लुटपाट छँदै थिएन अर्थात भए पनि सामान्य र छिटपुट मात्र हुने गथ्र्यो भन्ने मान्यता हाम्रो छ । तर, होइन, पटक्कै होइन मानव समाज हत्या,हिंसाको चपेटाबाट कहिल्यै मुक्त छैन । सधैँ असुरक्षित रहँदै आएको छ मान्छेको जीवन । किनकि हामीभन्दा पहिलेको समाज कस्तो दुर्दशामा बाँचेको थियो भन्ने हामीले न देखेका छौ, न त भोगेकै छौ । नदेखेको र नभोगेको भएर नै होला अरूले कागजमा लेखिदिएको कुरो आँखा चिम्लेर पत्याउन हामी विवस छौं ।
हत्या हिंसा नहुँदो हो त सिद्धार्थ गौतम भगवान् बुद्ध हुने थिएनन् । उनलाई हत्या हिंसाले नै सिद्धार्थ गौतमबाट बुद्ध बनायो । हत्या हिंसाले बुद्ध बनायो भन्दा कताकता नमिल्दो लाग्छ यो कथन । तर पनि सबैतिर शान्त भए बुद्धदर्शनको के अर्थ रहन्छ र ? उनले जहाँगए ‘हिंसा नगर’ ‘भूmटो नबोल’ भन्दै अहिंसाको ज्ञान दिँदै हिँडे, प्रचारप्रसार गरे । हिंसाविरूद्ध वकालत गरे । यसबाट हामी सहजै अनुमान लगाउन कि बुद्धको समयमा पनि हत्या हिंसा व्याप्त थियो । संसार भूmटैभूmटको अड्डा थियो । अन्यथा हिंसाबिरोधी उपदेशको के अर्थ ? व्युँझिएको मानिसलाई व्युँझ उठ भन्नुको के महत्व ? तर निदाएको मानिसलाई उठ, व्युँझ भन्नुले छुट्टै अर्थ राख्छ । हिँडिरहेको मानिसलाई हिँड भन्नुको के अर्थ, तर बसिरहेको मानिसलाई हिँड भन्नुको बेग्लै महत्व हुन्छ । त्यस्तै हत्या हिंसा नै नभएको त्यस बेलाको समाजमा हिंसा नगर, हत्या नगर भन्ने उपदेश सुनाउने बुद्धलाई त्यसबेलाको समाजले पक्का पनि स्वीकार्ने थिएन र भगवान्को कोटीमा राख्ने थिएन । बुद्ध पुाजिँदैनथे । जताततै हत्या र भूmटले संक्रमित थियो, त्यसबेलाको समाज; त्यसैले त बुद्ध दर्शनले महत्व पायो । बुद्धको समयमा पनि अज्ञानी, पटमूर्ख, हत्यारा र लुटेराहरूको बिगबिगी थियो, त्यसैले त अरूभन्दा पृथक, बोधिसत्व प्राप्त गरेका बुद्ध ज्ञानीको काटीमा स्थापित भए । त्यसबेलाका सबै व्यक्ति बोधिसत्व प्राप्त महाज्ञानी भएको भए बुद्धको मात्र छुट्टै अस्तित्व हुने थिएन । तसर्थ ठोकुवासाथ भन्न सकिन्छ कि हिजोको संसार अवश्य पनि महाज्ञानीहरूले मात्र भरिएको, आजका भन्दा राम्रा चरित्रका मानिस भएका, हामीले सोच्ने र भन्ने गरेजस्तो स्वर्णिम थिएन । र, आज पनि हामी सोही अवस्थामा छौं ।
योे २१औं शताब्दी हो । महाज्ञानीहरूको परिभाषा अनुसार त झन् यो युग भनेको विज्ञान र प्रविधिको युग हो, यातायात र सञ्चारको युग हो र आइन्स्टाइनको आणु विज्ञानको युग हो । आज सबै क्षेत्रको विकास द्रुततर गतिमा भइरहेको छ । आजको मानिसले अत्यन्त प्रगति गरेको छ । मानिस चन्द्रमामा पुग्यो, यातायातको क्षेत्रमा आवाजको गतिभन्दा छिटो आफ्नो दूरी तय गर्ने विमान बनायो । त्यस्तै सञ्चार प्रणलीमा क्रान्ति नै ल्यायो । तर हत्या र हिंसाको मामलामा भनै जहाँको त्यहीँ छ । अझ भनूँ ढुङ्गे युगमा फर्कने तयारीमा छ । आज यहाँ सामान्य र खुद्रे हत्यालाई महत्व दिइँदैन । खुद्रे र सामान्य हत्या समाचार बन्न छोड्यो अब । हुन त यसलाई पनि सभ्यता र विकास मान्ने आइन्स्टाइनका हिमायतीहरूको दवदवा बढेकै छ, समाजमा ।
सामान्य हैन, विभत्स हत्या र एक–दुई हैन सामूहिक हत्याको लहर चलेको छ, आजभोलि । आणविक शक्तिमार्पmत संसार ध्वस्त बनाउने र त्यसैको माध्यमबाट विश्वलाई आफ्नो औंलाको इशारामा नचाउन चाहनेहरूबीच होड चलेको छ अहिले, विश्वभर । खुद्रेमा भन्दा सामूहिक हत्यामा विश्वास बढ्दै गएको छ आइन्स्टाइनपन्थीहरूको । शक्तिको सञ्चय गरी तर्साउन चाहनेहरूका अघि बुद्धमार्गीहरू तिल्मिलाइरहेका छन् । संसारभरका बुद्धपन्थीहरू विश्वशान्तिका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय सेमीनार र गोष्ठी गरिरहेका छन् । आणविक हतियारमा प्रतिबन्ध लगाउनुपर्छ, हत्या हिंसा रोकिनुपर्छ, मान्छेको बाँचन पाउने अधिकारको सम्मान गरिनुपर्छ भन्ने नारासहित विश्वशान्तिको आह्वान गरिरहेका छन् ।
संसारलाई आणविक युद्धमा होम्ने अणुबम सिद्धान्तका शूत्रधार अल्बर्ट आइन्स्रटाइन बूढा पनि मर्नुभन्दा अगाडि आत्मग्लानीमा छटपटाएर बिलौना गर्दै—‘हे इश्वर ! यदि अर्को जन्म मलाई दियौ भने म जेसुकै पनि बन्न पनि तयार छु, तर मलाई वैज्ञानिक आविष्कारक नबनाइदेऊ’ भनी बेस्सरी रोएका थिए रे
आज उही आइन्स्टाइनका दुहाइ दिने आइन्स्टाइनका मार्गमा हिँड्नेहरूको दिमाग के ले दिग्भ्रमित बनाइरहेको छ ? उनीहरू आफ्ना पिता आइन्स्टाइनले जस्तो आत्मालोचना गर्न सकिरहेका छैनन् ? हिंसापन्थीहरूको सिद्धान्तमा मान्यता नराख्ने हामीजस्ता निरीहहरू चुपचाप हेरिरहेका छौं, मृत्युको ताण्डवनृत्य । हामी बिचरा बन्दै मौनता साँध्नुलाई नै आफ्नो कल्याण ठानिरहेका छौं । अहिले विश्वमा हतियार कम गर्ने, आणविक हातहतियारको उत्पादनमा रोक लगाउन सन्धि महासन्धिहरू भइरहेका छन् । यस अवस्थामा हामी बिचरा र निरीहहरू आइन्स्टाइनवादको अन्त्य भई बुद्धवाद पैmलियोस् भन्ने कामनाका साथ प्रतिक्षारत छौं । पश्चिमी सभ्यताले जन्माएको आइन्स्टाइनवादको अन्त्यको पर्खाइमा छौं । र, पूर्वीय सभ्यताको बुद्धदर्शनको नौलो बिहानीको आशामा प्रतिक्षारत छौं ।

sattyarthi@gmail.com
 9841206661

1 प्रतिक्रिया

  1. Dinesh K.C. says:

    Nice Article, Lots of facts and truth things are here inside the Article, I am agree with the writer. We are waiting and watching. How we can established peace in Nepal, Buddha was born in your country we are proud but we we do not have peace, we have to really follow to Buddha and have to stand as a Follower.

प्रतिक्रिया छाड्नुस्