www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Posts Tagged ‘subisudha’

यी सबै कसरी भयो काका ? : सुबिसुधा आचार्य

यी सबै कसरी भयो काका ? : सुबिसुधा आचार्य

पुसको चिसो काठमाडौं उपत्यकालाई हुस्सुले बेहुलीलाई झैं घुम्टो ओढाएको थियो । मानौ शहर प्रत्येक बिहानी नव दुलही बन्दै अन्मिन्छिन् दुलाहा रविको आगमनमा, जब जब रविका कलिला ताता र राता किरणरुपी हातले उनीलाई सुमसुम्याउँछन् तब बेहुली जस्तैनै हुन्छिन् । त्यही बेहुलीको... (थप पढ्नुस् )

दशैको खोजीमा सुबिसुधा आचार्य

दशैको पूर्वार्धमा काठमाडौ बेस्सरी छ तातेको उकुसमुकुससँग, हिन्दु नेपालीको एक महानचाड दशैले उसिनेको छ सम्पूर्ण नेपालीलाई पसिना छुटाउने गरि । खाद्यसामग्रिको मूल्यभाउले आकास चुमेको हुँदाहुँदै पनि हुनसक्ने अभावको कारण पिरोलिएका छन् उपभोक्ता । चहलपहल पहिलाकै तुलनामा नगन्यै मात्रामा हुनथाले पनि... (थप पढ्नुस् )

कथा:ज्यामिरेको खेत-सुबीसुधा आचार्य

प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड पानी मुण्ड... (थप पढ्नुस् )

भावनाको नाताले के सुखानुभूती देला र ? : सुबिसधा आचार्य

भावनाको नाताले के सुखानुभूती देला र ? : सुबिसधा आचार्य

नाता र सम्बन्धको हजारौं आकृतिहरु हिउँ फुस्फुसाएझैँ मनका भित्ताहरुमा तरेली परेर बर्षिएको सुखानुभूतीले उसै पुलकित भएकी म, फेरि अलिकति विगत उम्लिएर आगतको बग्दो बेगलाई सर्लक्क आफूमैं समापन गराउन तम्सिएपछि अनौठो कालो छायाँले निलेको महसुस हुन्छ मलाई । एक हप्ताको लामो... (थप पढ्नुस् )

बेवारिसे डायरी – सुबिसुधा आचार्य

बेवारिसे डायरी - सुबिसुधा आचार्य

एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा ढकढक गरेको आवाज आउँछ । म आफूले ओढेको कम्मल पन्छाएर जुरूक्क उठी ढोका उघार्न पुग्छु । ठिङ्ग उभिएको छ ढोकामा काम गर्ने फुच्चे । “म्याडम् ! सर बाहिर जानु पर्ने भयो, हजुर मेडिकलमा... (थप पढ्नुस् )

जलेको कपिलवस्तु र लुटिएकी म

बाँची बाँची मर्नु र मरेर बाँच्नुमा कति अन्तर हुँदो रहेछ । तीन दिनपछि मृत्युको मुखबाट फर्केर तिमीलाई सम्झने, याद गर्ने र सम्बोधन गर्ने मौका पाइरहेकी छु, मलार्ई लाग्छ यो सम्बोधन, सम्झना हाम्रो भेटघाट पश्चात् लामो अन्तरालको भएको छ । टेलिफोनमा... (थप पढ्नुस् )