www.kabyasudha.com -

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

Posts Tagged ‘subisudha acharya’

Page 1 of 212

बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र : सुबिसुधा

बिदेशिएका दाजुलाई नेपाली चेलीको पत्र : सुबिसुधा

मेरो मनभित्रको दादा, ह्दयको स्पन्दनदेखिकै न्यानो सम्झना । दादा हजुरलाई यो पत्र लेख्ने बेलासम्म, हजुरलाई सम्झने समयसम्म सम्पूर्ण नेपालीको महानचाड दशैँ दैलोबाट भित्रिसकेको छ मझेरीमा पसारो पर्न । सबैको नजरमा दशैँ आएको छ शङ्ख फुक्दै भएपनि, बाजा बजाउदै भएपनि यात... (थप पढ्नुस् )

यी सबै कसरी भयो काका ? : सुबिसुधा आचार्य

यी सबै कसरी भयो काका ? : सुबिसुधा आचार्य

पुसको चिसो काठमाडौं उपत्यकालाई हुस्सुले बेहुलीलाई झैं घुम्टो ओढाएको थियो । मानौ शहर प्रत्येक बिहानी नव दुलही बन्दै अन्मिन्छिन् दुलाहा रविको आगमनमा, जब जब रविका कलिला ताता र राता किरणरुपी हातले उनीलाई सुमसुम्याउँछन् तब बेहुली जस्तैनै हुन्छिन् । त्यही बेहुलीको... (थप पढ्नुस् )

दशैको खोजीमा सुबिसुधा आचार्य

दशैको पूर्वार्धमा काठमाडौ बेस्सरी छ तातेको उकुसमुकुससँग, हिन्दु नेपालीको एक महानचाड दशैले उसिनेको छ सम्पूर्ण नेपालीलाई पसिना छुटाउने गरि । खाद्यसामग्रिको मूल्यभाउले आकास चुमेको हुँदाहुँदै पनि हुनसक्ने अभावको कारण पिरोलिएका छन् उपभोक्ता । चहलपहल पहिलाकै तुलनामा नगन्यै मात्रामा हुनथाले पनि... (थप पढ्नुस् )

कथा:ज्यामिरेको खेत-सुबीसुधा आचार्य

प्रत्येक वर्ष खेत रोप्ने बेला आकासलाई नियाल्दा नियाल्दै दिक्क लाग्ने कारण भैरवले ज्यामिरेको खेत सस्तैमा बेच्यो । हुन त बाबुको ज्यान रहुन्जेल आकासे पानीकै भरमा बीस पच्चिस मुरी धान फल्थ्यो तर उही हो के भने जस्तो कुण्ड कुण्ड पानी मुण्ड... (थप पढ्नुस् )

भावनाको नाताले के सुखानुभूती देला र ? : सुबिसधा आचार्य

भावनाको नाताले के सुखानुभूती देला र ? : सुबिसधा आचार्य

नाता र सम्बन्धको हजारौं आकृतिहरु हिउँ फुस्फुसाएझैँ मनका भित्ताहरुमा तरेली परेर बर्षिएको सुखानुभूतीले उसै पुलकित भएकी म, फेरि अलिकति विगत उम्लिएर आगतको बग्दो बेगलाई सर्लक्क आफूमैं समापन गराउन तम्सिएपछि अनौठो कालो छायाँले निलेको महसुस हुन्छ मलाई । एक हप्ताको लामो... (थप पढ्नुस् )

निबन्ध: मृत्युलाई पर्खदा

सुबीसुधा आचार्य acharyasubisudha@yahoo.com घरले जा जा वनले आ आ भन्ने उमेरमा ओच्छ्यान लगाएर बस्नु जति पीडा दायक कुरा मान्छेलाई अरू के नै होला र ? हजारौं युगको इतिहास पल्टाएर हेर्दा पनि मानव मृत्युसँग जति अरू बस्तुसँग डराएको बिल्कुल पाइन्न ।... (थप पढ्नुस् )

बेवारिसे डायरी – सुबिसुधा आचार्य

बेवारिसे डायरी - सुबिसुधा आचार्य

एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा ढकढक गरेको आवाज आउँछ । म आफूले ओढेको कम्मल पन्छाएर जुरूक्क उठी ढोका उघार्न पुग्छु । ठिङ्ग उभिएको छ ढोकामा काम गर्ने फुच्चे । “म्याडम् ! सर बाहिर जानु पर्ने भयो, हजुर मेडिकलमा... (थप पढ्नुस् )

आफ्नै ठानेकी छु प्रिय

तिम्रा सारा खुशीहरु, आफ्नै ठानेकी छु प्रिय बिदेस नै तिम्रो लागि, ठुलो जानेकी छु प्रिय साथ छुट्यो नाता टुट्यो, भन्छौ अरे सबैसँग मेरो मन्को राजा भन्नु, तिमी मानेकी छु प्रिय जुन दिन देखी तिम्ले, माटो फेर्यौ यो धर्तिको मन पनि... (थप पढ्नुस् )

Tagged with:

मृत्युलाई पर्खंदा

घरले जा जा वनले आइज आइज, भन्ने उमेरमा ओच्छ्यान लगाएर बस्नु जति पीडादायक कुरा मान्छेलाई अरू के नै होला र हजारौं युगको इतिहास पल्टाएर हेर्दा पनि मानव मृत्युसँग जति अरू वस्तुसँग डराएको बिल्कुल पाइन्न । त्यसो त मान्छेको के कुरा... (थप पढ्नुस् )

Tagged with:

कल्ली

उनले प्यारी श्रीमतीको लागि भनेर वि.सं. १९७१ सालमा किनेका हुन् रे त्यो चाँदीको कल्ली, आजको जस्तो जमाना त्यतिखेर कहाँ थियो र आजका युवा पींढीलाई कल्ली भन्यो भने कुन चराको नाम हो भनेर सोध्छन् होला सायद । तर त्यो समयमा एक... (थप पढ्नुस् )

Tagged with:

मलाई अपाङ्ग बनाए

पहिलो काठमाडौ प्रस्थान, त्यो पनि गाडीको हुटमा बसेर । मंसिरको महिना, चुल्ठी परेर बहेको हावा पौंठेजोरी खेल्न आउँछ हामीसँग । हुटमा हाम्रो गाउँका अरू पनि छन् बसेका, प्रायः सबै पाका, परिपक्क भएका भएर हुन सक्छ आ–आफ्नो शरीरको सुरक्षाका खातिर कानेटोपी,... (थप पढ्नुस् )

Tagged with:

कलिलो मनका यादहरूमा

पच्छ्याउन खोज्ने साथ बैगुनी । रित्याउन खोज्ने याद बैगुनी । । बिर्सिऊ भन्दा हृदयको माझ बसेर– बिउँझाउन खोज्ने रात बैगुनी । । । साथ, याद अनि सिङ्गो रात बैगुनी भएपछि यहाँ कसको के लाग्छ र ? हिउँको सम्झना चिसोसँग, आगोको... (थप पढ्नुस् )

Tagged with:

अष्पस्ट समाचार

“ममी ! बीस रूपैया दिनुस् न भिडियो गेम खेल्न जान्छु, कति घरमै मात्र बस्नु थुनिएर । अरूको घरमा कति खेलका सामान हुन्छ आफ्नो त……. ।” ठूलो भद्दा ओठ त्यसमाथि चोसो पसारेर भन्छ ऊ । आमाचाहिँ थालमा पोतेका दाना बग्रेल्ती बनाएर... (थप पढ्नुस् )

Tagged with:

नजुरेको साइनो

गमलामा ढकमक्क फुलेको गोदावरीले हावामा सुगन्ध मिसाएर पृथक बनाइदिएको छ वातावरण । माघको महिना, घामको कलिलो शिशु स्पर्श अङ्ग–अङ्ग सुमसुम्याउँदा कता कता कुतकुतीले बनाउँछ आनन्द । छेवैको वरण्डामा राखेको अचारको सिसी तातेर निस्कन्छ तेल गुजुजु बाहिर र भिजाउँछ भुइँ ।... (थप पढ्नुस् )

Tagged with:

प्यासी चम्पाकली

“यता सुन्नुस् न भन्याँ, कता हराउनु भो तपाईं ?” काला माछाको कत्लाझैँ टलक्क टल्केको पिंडुलामा तोरीको तेल घस्दै बोलाउँछे चम्पाकलीले आफ्नो लोग्नेलार्ई । “फेरि के चाहियो र बोलाएकी ?” एक चाङ जुुठाभाँडा बोकेर दैलाबाट निस्कदै भन्छ ऊ, उसको मुहारमा अलिकति... (थप पढ्नुस् )

Tagged with:
Page 1 of 212